गरुँला गरुँला गरुँला भनेरै
गयो जिन्दगी औँला गनेरै ।
पारिजात जी ! यो मैले भनेको होइन, राजा रावणले मर्ने बेला बोलेको उक्ती हो रे । रावणलाइ स्वर्ग सम्म
भेटने यौटा भ-याङ हाल्ने मन थियो रे तर विडम्वाना पापी रामको दुष्कर्मले गर्दा उसले आफ्नो इच्छा पुरा
गर्न नपाइ मर्नु पर्यो । ऊ नमरेको भए हामीलाइ अहिले कति सजिलो हुँदो हो ?
हामी विदेशमा बसेर शायद त्यही दोहोर्याउँदै छौँ ।हामी सजिलो जिन्दगीको भ-याङ खोज्दै छौँ जहाँ सजिलो
के हो हामी आफैलाइ थाहा छैन ।विदेशमा बसेर केहि गरुँला भन्दा भन्दै हामी धोविको कुकूर झैँ बन्न के
बेर , हैन र ?
यथेष्ट पैसा जम्मा गरम, केही सिकौँ, प्रतिस्पर्धाको दुनियामा आफुलाइ ससक्त बनाऊँ र त्यसपछि फर्कूँ भन्ने
मनशाय सबैको हुनसक्छ तर न त लोभ र दौलतको कुनै सीमा छ न त सिकाइको ! सन्तुष्टी तुलना गर्न गाह्रो
छ र नाप्न सकिन्न । मलाइ लाग्छ, स्वदेशमा गिट्टी कुटेर साँझ बिहान को छाक टार्नुपर्नेहरु यहाँ मर्सिडजमा
गुड्नेहरु भन्दा आफ्नो जीन्दगीसँग बढी सन्तुष्ट होलान् ।
जे होस्, तपाइँको बिचार सटिक लाग्यो, दोस्रो या तेस्रो दर्जाको यौटा नागरिकले विदेशमा कस्तो स्वाभिमान
खोज्ने हैन र ?
सन्तोषम् परमम् सु:खम्,
असन्तोषम् परमम् दु:खम् ।
हरि शरणम् ॥ :)