सर्दारको एउटा रमाइलो जोक छ ....
एउटा सर्दार, एउटा बिहारी, एउटा बगांली र एउटा नेपाली ले धनी हुने इच्छाले महादेबको तपस्या गर्न लागेछन्। धेरै समया पछि महादेब
प्रसन्न भएर तिनीहरुलाई धनी हुने बर दिएछन् तर एउटा सर्तमा। चारैजनाले खोलाको तिरै तिर हिडेर पहाडको टुप्पोमा रहेको महादेब थान
पुग्नु पर्ने। यदि कसैले बाटोमा केहि कुरो देखेर लोभ गरेमा त्यो मान्छे भस्म हुने भन्ने सर्त थियो। सबै सहमत् भएपछि
लागे खोलाको तिरै तिर्। बाटोमा नेपाली मोरो ले सुन्को ढिक्का देख्यो...पुगिहाल्यो नि...आहा! मात्र के भनेको थ्यो, भस्म
भएर खरानी भइगो। बाँकी तीन जना लागे आफ्नो बाटो। पर पुगेसी बंगालीले देख्यो खोलामा माछा। " दादा! मोछ्ली, उडी बाबा" भनेर उफ्रेको
त बंगाली पनि गयो खेर।
सर्दार र बिहारी लागे आफ्नो बाटो। मेन्दिर आउनै लाग्या थ्यो, बिहारीले देख्यो पर एउटा हिराको हार्, केहि भन्नै
लाग्या थ्यो ..याद आयो, लोभ गर्यो भने भस्म भइन्छ भनेर अनि आकास तिर हेरेर भगवानको प्रार्थना गर्यो "प्रभु, मैले
लोभ गर्या होइन, तर यो हिरा को हार म एक पटक छोएर मात्र हेर्छु, प्रभु माफ पाउ" भनेर निहुरेको मात्र के थियो...............
......................... सर्दारजी भस्म भयो।
बुझ्ने लाई स्रीखण्ड, नबुझ्ने लाई कुकुरको ...