[Show all top banners]

zingkira
Replies to this thread:

More by zingkira
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 श्री ५ आब हत्यो
[VIEWED 1022 TIMES]
SAVE! for ease of future access.
Posted on 04-10-06 2:19 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

'श्री ५ को' भन्ने शब्द हटाइएको घोषणा
आइतबार, ०९ अप्रिल २००६
प्रर्दशनलाइ रोक्नको लागि प्रसाशनले कर्फयु लगाएपनि आज लुम्बिनी अञ्चलको मुख्यकेन्द्र बुटवल तथा भैरहवामा प्रर्दशन भैराखेका छन्। प्रर्दशनहरु ग्रामिणभागमा पनि कर्फयुको अबज्ञा गर्दै निस्केका छन्। कर्फयुको अबज्ञा गर्दै रुपन्देहीको डाइभरटोल देखि निस्केको हजारौ महिला सहभागि रहेको जुलसले अबदेखि श्री ५ को सरकार लेखिएका कुनै पनि कार्यालयलाइ श्री ५ को सरकार नभन्ने भन्दै 'श्री ५ को' भन्ने शब्द हटाउने घोषणा गरेको छ। त्यसैक्रममा महिलाहरुले शंकरनगरमा रहेको खानेपानि सँस्थानको कार्यालयमा लेखिएको श्री ५ सरकारलाइ मेटाएर नेपाल सरकार लेखेका छन्। महिलाहरुले देशमा लोकतन्त्र स्थापना नहुन्जेल सम्म र लोकतन्त्रको स्थापना नहुन्जेल स्म्म आफूहरु घरको चुलोचौको छोडेर आन्दोलनमा लाग्ने प्रतिबद्धता ब्यक्त गरेका छन्। त्यसैगरि हजारौ जनतासहमभागि रहेका जुलुसहरुले अहिले चारैतिरबाट बुटवललाइ घेराबन्दी गरेको छ। कर्फयुको अबज्ञा गर्दै निस्कीरहेका जुलुसहरुमा महिला, युवा, बृद्धबृद्धाहरुको पनि सहभागिता रहेको छ। प्रर्दशनलाइ नियन्त्रण गर्नका लागि बुटवलमा सेना परिचालन गरिएको छ। सेनाले सर्बसाधारणका घरघरमा गइ सर्बसाधारणलाइ जर्बजश्ती धम्काउने , कुटपिट गर्ने गरेको छ। सेना परिचालन गरिएपनि ठाँउ ठाँउमा प्रर्दशन भैराखेका छन्।

यता आज भैरहवामा भएको शान्तिपूर्ण प्रदर्शनमा प्रहरीले ब्यापक बल प्रयोग गरेको छ। प्रहरीले भैरहवाको बुद्धचोकबाट निस्केको जुलुसमाथि हस्तक्षेप गरि आधा दर्जनलाइ गिरफ्तार गरेको छ। प्रहरीको कुटाइबाट सर्बसाधारण समेत घाइते भएका छन्। प्रहरीले बन्दुकको कुन्दाले हानेर पेशाकमी तिलकराम ज्ञवालीलाइ घाईते बनाएको छ। कर्फयुको अबज्ञा गर्दै आज नेपाल पत्रकार महासंघ रुपन्देहीको अगुवाइमा बुटलमा भएको नागरिक धर्नामा प्रहरीले हस्तक्षेप गरी नेपाल पत्रकार महासंघ रुपन्देहीका सभापति डि आर घिमिरे सहित १४ जनालाइ गिरफ्तार गरेको छ। गिरफ्तारीमा पर्नेहरुमा प्रधायापक सघका केन्द्रीय उपाध्यक्ष गोपाल पाण्डे, पत्रकार कर्णबहादुर कार्की, कमला कुंवर, तथा पेशाकर्मी खगराज शर्मा, नेकपा एमालेका लुम्बिनी अंचल सचिव नेत्र पँन्थी, कमल गौतम जनमोर्चाका चन्द्र बहादुर केसी पुष्कर सापकोटा, लगाएत रहनुभएको छ। प्रहरीको कुटाइबाट पत्रकार दिपेन्द्र कुँवर, दिनेश पाण्डे तथा गोपालराज न्यौपाने घाइते हुनुभएको छ। घाइतेहरुको लुम्बिनी अञ्चल अस्पतालमा उपचार भैरहेको पत्रकार मुकेश पोख्र्रेलले जनाएका छन्।

श्रोत:: हिमाल खबर
 
Posted on 04-10-06 4:27 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 7 days
Recommended Popular Threads Controvertial Threads
TPS Work Permit/How long your took?
मन भित्र को पत्रै पत्र!
Travelling to Nepal - TPS AP- PASSPORT
Does the 180 day auto extension apply for TPS?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters