[Show all top banners]

newuser
Replies to this thread:

More by newuser
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 Janatako boli neta ko kalam bata
[VIEWED 5277 TIMES]
SAVE! for ease of future access.
Posted on 04-16-06 4:57 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

http://www.kantipuronline.com/kolnepalinews.php?&nid=71265


*अब परिवर्तन अपरिहार्य छ तर उल्झिएका केही गाँठाहरू अझै फुक्न बाँकी छन् । सडकमा निस्केको जुलुसको माग सीधा गणतन्त्रतिर लक्षित छ । तर सात दलभित्रको नेतृत्व पंक्ति लिको नेपालको राजनीतिक चित्र फरक-फरक रंगमा सिँगार्ने प्रयत्नमा छ।


*बार एसोसिएसन, पत्रकार महासंघ, श्रष्टा-सर्जक, पेसाधर्मी, उद्यमी, व्यापारी -एक दुई अपवाद
बाहेक), शिक्षक-प्राध्यापक, सिङ्गो नागरिक समाज त्यस्तो एउटा स्वतन्त्र समाजको कल्पना गर्छ जसले व्यक्तिभित्रको अनन्त सम्भावनालाई उजागर गर्न सकोस् र त्यो निकट भविष्यमै
समाजलाई प्रतिनिधित्व गर्न सक्षम होस् । तर कुनै वाद विशेषले मात्र यथार्थमा यसलाई अनुदित गर्न सक्ने सम्भावना देखिँदै।


*अबको गम्भीर प्रश्न नै व्यक्तिको अकुंठित, असीमित र अनन्त स्वतन्त्रता दिन सक्ने राज्य व्यवस्थाको खोजी हो । आन्दोलन गणतन्त्र माग्छ, राजनीतिक दल र माओवादी पनि राजासहितको जनताको शासन माग्छन् । यसको टुंगो कहाँ र कसरी लगाउने ? आ-आफ्ना पार्टीका आ-आफ्नै अधिनायक छन्- सही अर्थको वैयक्तिक स्वायत्तता र स्वतन्त्रता पार्टी
नेतृत्वलाई नै स्वीकार्य छैन । माओवादी हुन् वा अरू दल बहुदलवादको मात्र कुरा गर्छन् बहुलवादमाथि बोल्दैनन् ।


*आन्दोलनरत नेपाली महिला-पुरुष, युवा-वृद्ध, किसोर-किशोरी, माओवादी-लेनिनवादी,
समाजवादी-पुँजीवादीले सर्वांग सामाजिक, आर्थिक रूपान्तरणको माग गरेका छन् । त्यो रूपान्तरण कुन वाद, कुन सिद्धान्त, कुन मूल्य व्यवस्था वा कुन मान्यताले दिन्छ त्यसको निक्र्यौल भएको छैन र हुन पनि सक्दैन । यो सापेक्षित यथार्थलाई आन्दोलनले मुख्य सूचीमा
राख्न सकेन भने केही समयपछि फेरि आन्दोलन अपरिहार्य हुन सक्छ ।


*जुनसुकै सैद्धान्तिक आवरणमा गरिएको क्रान्ति होस् त्यसको अन्तिम उद्देश्य व्यक्तिको सीमित
स्वतन्त्रता नै हो । भोलिको स्वायत्तताको निर्धारण उसभित्रको विवेकले मात्र गर्ने राजनीतिक, सामाजिक व्यवस्थापन नै सभ्यताको पहिचान हो र त्यही नै हुनुपर्छ।
 
Posted on 04-16-06 12:28 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यी महाशयले एउटै स्पष्ट कुरा के राखे भने जनआन्दोलनले गणतन्त्र मागिरहेको छ । बाँकी सारा कुरा अस्पष्ट र अमुर्त राखेका छन् । रमाईलो कुरा त के देखिन्छ भने यी महाशयले गाँठाहरु भनेर प्रश्नहरु यसरी राखेका छन् मानौ ती प्रश्नहरुको उत्तर यी महाशय स्वयं (नेता जो हुन् यिनी) ले दिनुपर्ने कुरै होईन । आजको संगीन र बादल छाँटिएको वातावरणमा आफ्नो पोजिशन स्पष्ट गर्न नसक्ने यी आकारविहिन नेता जनआन्दोलनका आवश्यकता होईनन् ।

यीनले कम्तिमा पनि यसो भन्नु पर्ने हो- दलहरुले, सक्छन् भने, गणतन्त्रवादी जनआन्दोलनको नेतृत्व दिन अघि लागुन्; नभए, कम्तीमा, जनआन्दोलनको खुट्टा नतान्ने कसम खाएर यसको पछि लागुन् ।

*** *** *** ***

दलहरुले सधै दरिद्र नेतृत्व देखाएकै हुन् । तर अहिलेको क्षमाजनक क्षणमा पनि लगभग उही ताल छ ।

देशभर जनविद्रोह उर्लिरहेको छ, राजाको लाठी र गोलीले घाईते हुनेको संख्या हजारौंमा छ, आधा दर्जन शहिद बनिसके । सरकारी संस्थाहरुवाट "श्री ५" लाई विस्थापन गर्ने लहर चलिरहेको छ ।

दलहरु भने श्री ५ महाराजधिराज सरकारले समय तोकेर दर्शनभेटको लागि हुकुम बक्सेन भनेर सार्वजनिक गुनासो गर्दैछन् ! ए बाबा ठाकुरे, अब त राजा पछिको गणतान्त्रिक "नेपाल सरकार" स्थापना गर्ने सहज संक्रमण (smooth transition) को लागि के के योजना तयार छ भनेर देखाई जनआन्दोलनलाई ढुक्क पार्नु पर्ने होईन ?

आन्दोलन अब राजाको आत्मसमर्पण, आत्म-निर्वासन वा आत्मदाह बाहेक अन्य कुरामा थामिनेवाला छैन ।

त्यसैले दलहरुले राजा पछिको रिक्तता तत्काल पुरा गर्न, खास गरेर सुरक्षाबलको कमाण्ड स्वत: नागरिक सरकारको हातमा पुग्ने गर्न एउटा "अन्तरिम नेपाल सरकार" तम्तयार पारेर राख्नुप-यो ।

"अन्तरिम नेपाल सरकार" मा जनविश्वास पाउन सक्ने, जुन स्वभावत: गणतन्त्रवादी नेताहरु हुन्, को आधिक्य हुनुपर्छ । अहिलेलाई यो सातदलभित्रबाट निर्माण हुनुपर्छ, शक्तिमा आउने बित्तिकै (अर्थात सुरक्षाबलको कमाण्ड हातमा आएपछि) माओवादी र नागरिक समाजको यथोचित प्रतिनिधित्व हुने गरी ।

राजावादी शक्तिको प्रतिनिधित्व यसमा बिल्कुलै हुनुहुँदैन ( ब्युरोक्रेसी राजाको हातमा भएको भए यो जायज र आवश्यक समेत हुने थियो, तर जनआन्दोलनले देखाईहाल्यो ब्युरोक्रेसीको वफादारीता दलहरुप्रति रहेछ भनेर । त्यसैले यो अनावश्यकमात्र होईन प्रत्युत्पादक समेत हुनेछ। )

त्यसैले सातदल मोर्चाको अहिलेको तत्काल काम हो, राजापछिको राज्यको बागडोर हातमा लिनको लागि "अन्तरिम नेपाल सरकार" तयार छ भनेर घोषणा गर्नु ।

"अन्तरिम नेपाल सरकार" को घोषणा पछि बाकी कुराहरु आफसेआफ सेट हुन्छन् ।

सम्पूर्ण ब्युरोक्रेसीलाई "श्री ५ को सरकार" बाट सामुहिक राजीनामा गरी "अन्तरिम नेपाल सरकार" को लागि पुरानै अफिसमै बसेर वा सडक अफिस स्थापना गरेर काम गर्न र सुरक्षाबललाई बन्दुक र लाठी शान्त गर्न अवज्ञा वा विद्रोह गर्ने आव्हान गर्ने कुरा भनिरहन पर्ने कुरै होईन ।

त्यसपछिको अन्तिम काम हो, दलहरुले राजालाई आत्मसमर्पणको लागि २४ घण्टे अल्टिमेटम ।

बाँकी काम दलहरुले गर्ने होईन, जनआन्दोलनले गर्छ ।

राजाले युद्धको घोषणा "ईमर्जेन्सी" लगाएर गर्न सक्छ । त्यसले केही फरक पर्दैन । 'ईमर्जेन्सी" घोषित वा अघोषित जे सुकै होस्, जनविद्रोह जारी रहनेछ । दलहरु "अन्तरिम नेपाल सरकार" मा सत्तासिन हुन पर्खेर बसे पुग्छ ।

यति पनि गर्न सकेनन् दलहरुले भने, विद्रोही जनताहरु बन्दूक माग्न माओवादीकहाँ पुग्नेछन् । माओवादीहरुले लोकतान्त्रिक गणतन्त्र नै स्थापना गर्ने कुरामा शंका कम विश्वास धेरै गर्नुपर्ने आधारहरु छन् । तर दलहरु पाखा लागेर बनेको माओवादी-जनताको सशस्त्र मोर्चाले गर्ने क्रान्ति रक्तपातपूर्ण हुनेछ ।

हेरौं नेपालको भाग्यमा के लेखिनेछ ।

Nepe
 
Posted on 04-16-06 1:31 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

.शायद सरलता नेपेजीको strong suit हुनुपर्छ । अहो कति सजिलो कुरा गर्नुभाको राजाले २४ घण्टे ultimatum पछी छोडछन् भनेर । मलाई त आर्मीको rank and file बाट बिद्रोहको support वा कम्सेकम acknowledgement नआईकन यो shadow government को कुरा चाँही बकबास जस्तो लागो ।

खयर्, मेरो प्रश्न अलि बेग्लै छ । दुईटा option दिनुभो नेपेज्यु - एउटा SPA-led, अर्को violent । तपाईंको preference चाँही कुन option माथि छ नि?
 
Posted on 04-16-06 2:44 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

What More-jee,

Philosophically, yes, I believe in simplicity. I believe everything about life is simple. It is only lack of information and conflict of interests-- where information is available-- make things look complicated.

Your dismissal of "shadow government" before the security forces signal "green" is a classic error of looking for a son to give birth to his father.

सुरक्षाबल, केहि सभ्रान्त सर्वोच्चपदाधिकारीहरु र आन्दोलन अपराधीहरु बाहेक, निश्चित रुपमा विद्रोहको लागि competent छ । सुरक्षा अधिकारीहरुका परिवारहरु समेत आन्दोलनमा ओर्लिरहेका छन् ।

यो विद्रोहलाई प्रोत्साहन गर्न एउटा स्पष्ट, एकल, जनपरिचित र जनअनुमोदित "केन्द्र" चाहिएको छ, पहिले ।

त्यो बिना नै सुरक्षाबलले के हावामा विद्रोह गर्ने, यार ?

एउटा स्पष्ट "केन्द्र" चाहियो पहिला, त्यो पनि यस्तो उस्तो होईन, आन्दोलनले चिनेको र अनुमोदन गरेको । चिन्न र अनुमोदन गर्न ट्याम लाग्छ, त्यसैले जतिसके छिटो गर्दा राम्रो ।

जहासम्म मेरो पोजिशनबारे तपाईको प्रश्न छ, यदि तपाईले मलाई राजनैतिक रुपले थोरबहुत चिन्नु भा छ भने, सोधिरहनु पर्ने कुरै होईन । पटक्कै चिन्नु भा छैन भने, does it make any difference ?
 
Posted on 04-16-06 3:32 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नेपेजी,
तपाइको बिश्लेशण धेरै हद्सम्म, provided if it works out the way you are saying, प्रयोगी जस्तो लाग्यो। In fact my personal roadmap is very much similar to what you are saying. मनमा लाग्या एउटा प्रश्न राख्दैछु। RNA comprises officers who are loyal to the king. तपाईंले भन्नु भएको "अन्तरिम नेपाल सरकार" ले राजतन्त्र ढलेपछि RNA भित्र possible बिद्रोह आउन नदिन कस्तो किसिमको homework गर्नु पर्छ जस्तो लाग्छ?
 
Posted on 04-16-06 4:48 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हो ,अबा पार्टी हरु ले सोच्ने बेला आएको छ!नयाँ नेपाल को चीत्र कोर्न को लागि! जनता हरु अब जगी सके,आफ्नो अधिकार को लागि,बरु पार्टी हरु ले सम्रचना कसरी हस्तन्तरन गर्ने भनेर सोच्ने बेला आएको छ!
 
Posted on 04-16-06 5:23 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Lonelyji,

१) केही गैरराजनैतिक अवसर र स्थानमा उल्लेख्य संख्यामै उच्च, मध्यम त तल्लो दर्जाका सैनिकहरुसंग कुरा गर्ने अवसर पाएको छु । र उनीहरुको राजनैतिक चेतनशिलताबाट छक्क परेको छु (म त उनीहरुलाई पञ्चायतकालकै जस्तै भेडा ठान्ने गर्दथें त्यतिन्जेल, नत्र ।)

२) वीरेन्द्रको परिवारनाशपछि राजतन्त्र demystified भएको छ । ज्ञानेन्द्रको परिवार प्रति सेनाको वफादारिता वीरेन्द्रको तुलनामा अत्यन्त कमजोर, अत्यन्त नगन्य छ ।

३) जो वफादारीता छ, त्यो पनि merit based नभएर प्राविधिक कारणको मात्र छ ।

४) ज्ञानेन्द्रको उत्तराधिकारी, केही गरी राजा भईहाले भने (अल्पायु राजपरिवारको वंशानुगत गुण देखिन्छ, त्यसैले यो सुदुर भविष्यको सम्भावना होईन), प्रति त सेनाले आत्मग्लानी बाहेक अरु केही महसुस गर्नेछैन ।

*** *** *** ***

So, I think we are overestimating army's loyalty to Gyanendra's family.

When Gyanendra is gone, the whole army will pledge it's loyalty to the Civil government. As for the possibility of rebellion by some officers, what would they do it for ? For dignity ?

I think this kind of thing will be very negligible. In any case, an assurance of dignity to co-operating officers would be a good policy on part of the political parties.

There is one issue that needs to be handled carefully however. That is about the issue of the Maoist army. It should be clarified.

Although the Maoists have pledged their commitment to democratic republic, the republican revolution will be smoother if political parties appear leading it.

The movement is now decisively pro-republic. However, Koirala-led SPA is still reluctant to accept republic as a goal. This is where it is not helping.

Politically correct or not, at this point, the Maoists are virtual political leadership to the pro-republic mass movement.

So, SPA needs to make republic as it's goal in order to snatch the leadership, virtual though, of the movement from the Maoists' hands.

So SPA has some tough and bold decisions to make. If they did, change will come relatively smoothly. If not, it is going to be quite bumpy.

Change led by SPA's leadership will be smoother.

That by Maoist's leadership will be bumpy and bloody.

Led whether by SPA, Maoist, their alliance or just by spontaneity of the mass, the movement will continue until it establishes the republic.

Nothing is over until republic is established.

If SPA gives up, Maoists are there. If Maoists give up, whose likelihood is next to zero, expect a new round of armed rebellion of democratic republicans. However, things will never go that far. Gyanendra's satta is a house of cards when ordinary Nepali people rise up. And now they have.

Nepe
 
Posted on 04-17-06 4:18 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

>पटक्कै चिन्नु भा छैन भने, does it make any difference ?

it does. त्यही भेर त सोधेको । anyways, that's that, i guess. भन्ने नै हो भने खासै चिनेको छैन तपाईंलाई । तर उत्तर दिनुभएन, त्यो पनि ठिकै छ । not a big deal.

i agree my logic sounded like son-before-father. but yours does too. i agree there needs to be a central "unit" - just don't think a shadow govt. should be that unit. the easiest would be to have a person - one person. as you say, this "unit" has to be vetted by the people, so if it is one person, the vetting process becomes that much simpler. besides multiplicity at the highest level of leadership will create confusion - so i want, i call for, a leader who can listen and who can tell, who can welcome and who can talk, etc. etc. etc. i dismiss a full-blown "shadow government" because it is too clunky - and will be too slow to move, unsuitable for this "war". thus, my reasoning for a movement within the armed forces before a shadow govt.

ani, i have no doubt that this can be accomplished. i have no doubt that this is the next thing to do.

you see, i felt a little strange when i made that simplicity comment. i am a कट्टर believer of simplicity, too. but with regards to what you said - that the people will take care of [it] themselves - sounded "too" simple for me. why? because such a flippant comment may marginalize the actual difficulty and the sacrifice required in "taking care of [it]". in short, i love simplicity but wouldn't want to take away anything (e.g. credit) from the PEOPLE.

ल, धेरै लामो भो, माफ पाम है ?
 
Posted on 04-17-06 5:28 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

.
all this talk about a shadow government is all fine and dandy, but what is the face of this government?
girija? makune? deuba?
will any of these people inspire any confidence?
not being in nepal means this might be misinformed opinion, but it hardly seems to me that this movement has a central rallying point. who are the folk to trust when it comes to representing them?
this, i think, will be the biggest challenge in the next few days/weeks
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
श्राद्द
TPS Re-registration
सेक्सी कविता - पार्ट २
What are your first memories of when Nepal Television Began?
पाप न साप घोप्टो पारि थाप !!
पुलिसनी संग - आज शनिवार - अन्तिम भाग
निगुरो थाहा छ ??
ChatSansar.com Naya Nepal Chat
Lets play Antakshari...........
What Happened to Dual Citizenship Bill
Basnet or Basnyat ??
TPS Re-registration case still pending ..
Sajha has turned into MAGATs nest
NRN card pros and cons?
मेरो अम्रिका यात्रा -२
Do nepalese really need TPS?
कता जादै छ नेपाली समाज ??
susta manasthiti lai ke bhanchan english ma?
कृष्ण नै अन्तिम सत्य
पुलिसनी संग - आज शुक्रवार - भाग २
Nas and The Bokas: Coming to a Night Club near you
राजदरबार हत्या काण्ड बारे....
Mr. Dipak Gyawali-ji Talk is Cheap. US sends $ 200 million to Nepal every year.
Harvard Nepali Students Association Blame Israel for hamas terrorist attacks
TPS Update : Jajarkot earthquake
is Rato Bangala school cheating?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters