[Show all top banners]

another_nepali
Replies to this thread:

More by another_nepali
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 नेपालको बास्तबिक समस्या के हो?
[VIEWED 5321 TIMES]
SAVE! for ease of future access.
Posted on 04-18-06 1:07 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मेरो बिचारमा अहिलेको नेपालको समस्या रिपब्लिक हुने कि सबैंधानिक राजतन्त्र हुने वा राजाले देश चलाउने कि पार्टिहरुले अथबा माओबादिहरु ठिक कि सेना ठिक भन्ने होइन। यि त गौण प्रश्नहरु हुन्। अधिकाशं साझाबासिहरु छोटा-मसिना कुराहरु तथा ब्यक्तिगत गालि-गलौजहरुमा मात्रै अल्झिरहनु दुर्भाग्यपुर्ण छ। यो भन्दा पहिले हामिले धेरै महत्वपुर्ण बिषयहरुबारे सोच्न बिर्सिरहेका छौं।

अब देश कसले चलाउने भन्ने प्रश्न सामन्ति दरबारियाहरु, भ्रश्ट नेताहरु र हत्यारा माओबदिहरुलाई मात्रै महत्वपुर्ण छ। किनभने सत्ता हत्त्याएर मात्रै उनिहरुको पालनपोषण हुनसक्छ। दरबारियाहरु जसरि भएपनि सत्ता आफ्नो पकडबाहिर जान नदिइ परम्परादेखि चलिआएको शोषण कायम राख्न चाहन्छन् भने अहिलेका राजनैतिक पार्टिहरु जसरि पनि सत्तामा पुगेर आफ्नो १५ बर्ष अगाडि शुरु भएको लुट पु:न शुरु गर्न चाहन्छन्। लामो समयदेखि चलिआएको यस्तो बेथितिको कारणले जन्मिएका र मौलाइरहेकाहरु माओबादिहरु त झन नागरिकहरुको लास चढेर भएपनि सत्तामा पुगेर आफ्नो राजनैतिक एजेन्डा जनतामाथि थोपर्न आतुर छन्। अहिलेको पार्टिहरुको आन्दोलन वा माओबादिहरुको जनबादि युद्ध वा राजाको माघ १९ गतेको कदम आ-आफ्ना यिनै उद्धेश्यहरु पुरा गर्नको लागि गरिएका हुन्। प्यारा साझाबासि साथिहरु जजसले राजा, दलहरु वा माओबादिहरुको बुझेर वा नबुझेर अन्ध समर्थन गरिरहनु भएको छ अथबा जोजो साथिहरुलाइ ति गुटहरु सत्तामा पुग्दा ब्यक्तिगत् फाइदा हुनसक्ला, उहाँहरुले निश्चयपनि मेरो यो बिचारको कडा प्रतिबाद गर्नुहुनेछ, सायद् गालि गर्न पनि नछोड्नुहोला। तर यो साचों तथ्य हो। परापुर्ब कालदेखि अहिलेसम्मको नेपालको राजनैतिक्, आर्थिक र सामाजिक तथ्यहरु केलाएर हेर्नुहोस्, सबै आफै प्रस्ट हुनेछ।

अहिलेका हाम्रा सबै समस्याहरुको मुल् कारण हाम्रो अन्यायपुर्ण समाजको उपस्थिति नै हो। जबसम्म हामि एउटा न्यायपुर्ण समाजको निर्माण गर्ने प्रतिबद्धता गर्दैनौ र त्यो प्रतिबद्धतालाइ इमान्दारिपुर्बक बास्तबिकतामा उतार्दैनौं, अहिलेको स्थिति कायमै रहनेछ। त्यसो हुनाले हामिले आफ्नो सोच्ने र काम गर्ने स्तरमा सुधार नल्याएसम्म जसले देश चलाएपनि वा जस्तो सबिधांन ल्याएपनि केहि हुनेवाला छैन। त्यसैले अहिलेको नेपालको प्रमुख एजेन्डा कसले शासन चलाउने भन्दा पनि हामि कस्तो समाज निर्माण गर्न गैरहेका छौं भन्ने हुनुपर्दछ। यदि हामि स्वतन्त्र, न्यायपुर्ण तथा कानुनि राज्यको स्थापना गर्न चाहन्छौ भने अहिले सतहमा देखिएका तिनवटै शक्तिहरु दरबार, दलहरु र माओबादि सबैको अन्त्य गरिनुपर्दछ। यि तिन दुष्टहरु (Three Evils) को चलखेल रहेसम्म उन्नत नेपालि समाजको स्थापना सम्भब छैन।
 
Posted on 04-18-06 1:13 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

You nailed it !!!!
 
Posted on 04-18-06 1:19 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Totally agree with Nepali. And education is the best way to do it. But what happens is that the king tries to bring royalist education system in the country. Everybody knows what Maoists are doing in schools in remote Nepal. The goal of the so-called multy party is to send all the youth to Middle East so that they don't have to worry about the education system. How can we change the society and the way we think in this situation? The other problem is to recreate a new society will take a long long time. It is a decade worth of project. What do you do in the meantime with the political power because the country can not exist in vacuum?
 
Posted on 04-18-06 1:21 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Your meditation on present situation of Nepal is praiseworthy.
 
Posted on 04-18-06 1:28 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Theo
You are damn right..Education is the only way.... I mean military education and tatical combat training to all citizens is a must .
 
Posted on 04-18-06 1:30 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Excellent ! yehi nai sattay ho.. jo aye pani ustai ho !
 
Posted on 04-18-06 1:51 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जुन जोगी आए पनि कानै चिरेको भन्ने उखान नेपालको राजनैतिक इतिहासमा चरितार्थ भएको छ
 
Posted on 04-18-06 1:58 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सोरै आना साँचो
 
Posted on 04-18-06 2:07 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

खोइ ! हामी नेपालीको बानी ब्यबहार देख्दा त हामी सबै नेपाली रहे सम्म उन्नत नेपालको स्थापना सम्भब छैन जस्तो लाग्यो मलाई त। :-(
 
Posted on 04-18-06 2:22 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

I dont know why the hell Prithivi Narayan Shah founded a country called Nepal.
Nepal as a country establish garnaa naii baakaar thiyoo bhaan yaa.
 
Posted on 04-18-06 8:11 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अनोदर नेपाली ज्यू,
दलहरूलाई पनि पाखा लगाउने हो भने देश चैँ कसले चलाउने नि? यस विषयमा पनि तपाईँको विचार सुनूँ न त।
 
Posted on 04-18-06 8:14 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Hetterika yar
why the heck you guys dont understand yar. Kick the current leaders out of the power, not the parties. Bring the enregetic and credible generation in frontline.
 
Posted on 04-19-06 3:59 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Dear all, अब हाम्रो रणनिति कस्तो हुनुपर्छ भन्नेमा मेरो बिचार् यस्तो छ।

परापुर्बकालदेखिनै नेपालको सामाजिक, आर्थिक र राजनैतिक संरचना गिनेचुनेका ब्यक्तिहरुको मात्र पालनपोशण हुनेगरि ब्यबस्थित गरिआइएका छन् र त्यो सिलसिला अहिलेसम्म चलिरहेको छ। यस क्रममा २०४७ साल अघि नेपालि समाज दरबारियाहरुको पुर्ण नियन्त्रणमा थियो। आफ्नो निर्बाध स्वार्थमा अलिकति धक्का पुग्लाजस्तो लागेपछि उनिहरु गोलमटोल कुराहरुले भरिएको २०४७ को सबिँधानमार्फत सुकिला हुन खोजे। २०४७ सालको संबिधान नेपालि नागरिकलाई पुर्णरुपले सार्मभौम र स्वतन्त्र बनाउने भन्दा पनि पुरानो दरबारिया सामन्ति बर्ग र नयाँ उदियमान भ्रश्टहरु, जसलाई आज हामि बिभिन्न दलहरुको नामबाट चिन्दछौं, का बिचको अशंबन्डा थियो।

यो अशंबन्डाले आम नागरिकका जन्मसिद्ध अधिकारहरु यि दुइ बर्गहरुको अधिनमा रहने ब्यबश्था गरिदियो। पुरानो दरबारिया सामन्त र नयां भ्रस्टहरु बिचमा फरक यत्ति छ कि उनिहरु ठाडो हुकुमको भरमा राज्य सचांलन गर्थे भने नयाँहरु आफुलाइ मात्र अनुकुल हुने प्रजातन्त्रको खोल ओढेर शासन् गर्छन्। यसरि आमनागरिकका अधिकारहरु जबर्जस्ति हडप्न पाइरहँदा पनि यि लोभि र पापिहरुका बिच आफुआफुमै सक्तिसघंर्श भैरहे। परिणामस्वरुप् हत्या र हिंशाको माध्यमबाट आफ्नो सिद्दान्त थोपर्न चाहने माओबादि नाम गरेको नयाँ दानबिय समुहको उदय भयो। अहिलेको अन्यायपुर्ण, अनुसाशनबिहिन् र हिँस्रक् समाज यि सबै घटनाक्रमहरुको परिणाम हो ।

यसरि सरसर्ति हेर्दा तिन दुश्टहरु दरबार, दल र माओबादिहरु अहिलेको तिन करोड नेपालि समाजको दुर्दशाका नाइकेहरु भएपनि यिनिहरु जन्मनु र टिक्नसक्नुको पृश्ठभुमि भने हाम्रै समाज हो, हामिनै हौं, हाम्रो सोच्ने र काम गर्ने तरिकानै हुन्। हाम्रो समाज् त्यहि हो, जहाँ बहुसख्यंक, बलिया र सम्पतिवालहरुको आवाजले मात्रै महत्व पाउँछ, जहाँ अझै पनि छुन नहुने भनि बर्गिकरण गरिएकाहरुको अस्तित्व कायम् छ, जहाँ असहाय, अपागँ र अशक्तहरु अधिकारबिहिन छन् र जहाँ आधा जनसख्याँ ओगट्ने महिलाहरु दोश्रो दर्जाका नागरिकका रुपमा गनिन्छन्। त्यसबाहेक अरुको सरोकार नराखि आफुलाई मात्र सजिलो हुनेगरि नियमहरु बनाउने, पालन गर्ने वा ब्याख्या गर्ने, अरुको बिचार र अधिकार पटक्कै नसहने, जसरि भएपनि धन् र शक्ति कमाउनुपर्ने वा कमाउनेहरुको सम्मान् गर्ने हामिहरुनै हौं। यस्ता गलत प्रबृतिहरु हाम्रो समाजको स्वभाबिक चरित्रको रुपमा स्थापित भैसकेका छन्। यि बिकृतिहरु हाम्रा शहर, गाउँ, घर र हामि आफैभित्र ब्याप्त छन्। हाम्रो हरेक सोच्ने, काम गर्ने र निर्णय गर्ने परिपाटि यिनै खराब प्रबृतिद्वारा निर्देशित छन्। यसरि बुझेर या नबुझेर हामिहरु आफै नै बिकृतिपुर्ण समाजको सृजना, पालनपोषण् र रक्षा गरिरहेका छौं। अहिलेका दुष्ट शक्तिहरु यसै समाजका उपज हुन् र तिनिहरुबाट मुक्ति पाउन हामिले आफ्ना सोच्ने र काम गर्ने तरिकाहरुमा परिबर्तन् नगरि सभंब छैन।

परिबर्तन त हुने तर कसरि? यो ज्यादै गम्भिर र जटिल प्रश्न हो। अधिकाँश जनताहरु अशिक्षित, भोका, नागाँ, रोगि र भयग्रस्त रहेको अबस्थामा त यो अझै कठिन् छ। तत्कालिन् परिबेशमा कम्तिमा पनि तिन बिकल्पहरु उपलब्ध छन्।

पहिलो बिकल्पमा केहि पनि नगर्ने अर्थात् समय बित्तै जादाँ आन्तरिक र बाहिरि प्रभाबहरुले बिस्तारै परिबर्तन गराउनेछन् भनि आशा गर्ने। यो सबैभन्दा सरल र कम जोखिमपुर्ण बिकल्प हो। तर यो ज्यादै ढिला छ र नागरिकहरु लामो समयसम्म अहिलेकै बेथितिबाट पिडित भैरहनुपर्ने हुनजान्छ।

दोश्रो बिकल्प भनेको अहिले भएका वा भबिश्यमा आउने राज्य शक्तिमार्फत परिबर्तन् गर्न लगाउने हो। यसअन्तर्गत तत्काल देखिएका दरबार, भ्रश्ट दलहरु वा माओबादि जोसुकै सत्तामा आएपनि उनिहरुमार्फतनै परिबर्तन ल्याउने हो। यो सम्भब छ तर त्यति सजिलो छैन किनभने न्यायपुर्ण कानुनि राज्यको स्थापना ति दुष्टहरुको स्वार्थअन्तर्गत पर्दैन। त्यसो गरेमा अन्तत:गत्वा उनिहरुकै अस्तित्व समाप्त हुनेछ, यो उनिहरुले बुझेका छन्। तर बिबेकशिल नागरिक समाजको चलाखिपुर्ण तथा अटुट पहुँच र दबाब उनिहरुमाथि राखिरहन सकियो भने केहि उपलब्धि हासिल गर्न सकिन्छ।

तेश्रो बिकल्प भनेको आमनागरिकहरुको सोच्ने, बुझ्ने र काम गर्ने तरिकामा परिबर्तन ल्याइ दुष्टशक्तिहरुको अश्तित्व पुर्णरुपले समाप्त पार्ने हो। यो एकदमै अहिशाँत्मक, धैर्यपुर्ण तथा बिबेकशिल नागरिक परिचालनको बाटो हो। यो बिकल्प सबैभन्दा कठिन् छ तर यसले मात्रै हामिले खोजेजस्तो परिणाम दिनसक्छ।
 
Posted on 04-19-06 4:23 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अहीले सम्म थाहाछैन नेपाल् को समस्या? त्यसोभय के नेपालि खै?,,,
 
Posted on 04-19-06 7:38 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अर्का नेपालीजीले घुमाउरो भाषामा "नागरिक समाज"लाई वन हेरालो राख्नु प-यो भन्न खोज्नु भा हो?
हो भने कुरो त मनासिबै हो तर त्यो पनि दुधको साँछी बिरालो पो हुने हो कि।
बिधिको शासन भन्दिम् न बरु!
राजा, दल या बाओबादी ३ दुस्टहरुभन्दा माथि सम्बैधानिक निकायहरु।
हुन त यसमा पनि राजनैतिक नियुक्ति हुन्छ नि फेरि।

क्या हो क्या हो खै। अरु नि सुनुम् न।
 
Posted on 04-19-06 10:40 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कुरो त मनासिब गर्नु भो तर मलाई मेरो पुरानो गुरुजिको याद आयो, वहाँ भन्नु हुनथ्यो नाक जता बाट समाते पनि जसरि समाते पनि कसरी सजिलो सँग सम्भव छ भन्ने हो । हुन त आम नेपालि सबैले योग सिकेर खुट्टा ले नाक समते पनि हुन्छ तर त्यो अलि सम्भव छैन। मेरो बिचारमा जे छ त्यसै को राम्रो सङ उपयोग गर्न सक्नु पर्छ। पार्टि हरुले नया नेतृत्वको बिकास हुन दिनु पर्छ, भ्रस्टाचार निर्मुल गर्ने र जानता प्रति उत्तर्दाइ हुनु पर्छ उनि हरु को बफादारि नेपालि जनता प्रति हुनु पर्छ दिल्लि वा आफ्नु पार्टि भन्दा ठुला नेपालि जन्ता हुन भन्ने बुझ्नु पर्छ। सबै भन्दा ठुलो जानता सर्बभौम हुन भन्ने बुझ्नु पर्छ र त्यहि अनुसार आचरण गर्नु पर्छ। राजालाइ सम्भिधान अन्तर्गत गर्नु पर्छ तथा माओबादि लाइ निशस्त गर्नु पर्छ।

यो सबै उपलब्धि कसरि गर्ने? पख्नुस म नेपाल जान्छु अनि राजनितिमा जान्छु, पार्टिले टिकट दिये भने नेता हुन्छु, टिकट न दिये लेखन्दास बन्छु, लौ जा त, जे परि पचास।
:-)
 
Posted on 04-20-06 11:47 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Dear All, अहिले नेपालका जनताहरु तिन दुष्टहरु (दरबार, दलहरु र माओबादि) का प्रहार लगातार खपिरहन बाध्य भएका छन्। यि तिन दुष्टशक्तिहरु सत्ताको लागि गिद्धले सिनो लुछेझैं एकआपसमा लडिरहेका छन्। हरएक सामान्य, न्यायप्रेमि र इमान्दार नागरिक यि सबै अत्याचार, बेथिति र लुछाचुडँ केहि गर्न नसकि टुलुटुलु हेरिरन र चुपचाप सहन बाध्य छन्। हेरौं, कस्ता छन् त यि तिन दुष्टहरु।

यि तिनमध्ये माओबादि दुष्टहरुको उध्येश्य सबैभन्दा स्पष्ट छ - बढिभन्दाबढि जनताको हत्या गरेर सत्ता कब्जा गर्ने। त्यसैले होला उनिहरु आफुलाइ स्पष्टबादि भन्न रुचाउँछन्। उनिहरु आफ्ना बिचारसगँ असहमत हुनेहरुसगँ छलफल गरेर समय खेर फाल्दैनन्। त्यो काम त एउटा गोलिले केहि सेकेन्डमै सम्पन्न गरिदिन्छ। त्यसैले उनिहरु अरु दुइ दुष्टहरुभन्दा आफ्नो काम बढि efficiently गर्न सफल छन्। बिगत् १०-१२ बर्षमै बिसौं हजारको लास थुप्रिनु यसको अकाट्य प्रमाण हो। बधाइ छ कमरेडहरु!! तपांइहरु आफ्नो लक्ष्यको धेरै नजिक हुनुहुन्छ, अब दुइ-अढाइ करोड जनता मात्र मार्न बाकिं छ।

आर्को दुष्टशक्ति दलहरुको उध्येश्य पनि त्यहि हो, प्रजातन्त्रको नाममा जसरि हुन्छ सत्तामा पुग्ने र पहिले १२-१३ बर्ष सत्तामा बस्दा सम्पन्न गर्न नसकिएको लुट सम्पन्न गर्ने। यिनिहरु बोल्दा प्रजातन्त्र, मानबअधिकार, कानुनिराज्य, बिधिको शासन, भ्रस्टाचार निबारण जस्ता सब्दहरु नमिसाइकन बोल्दैनन्। त्यसैले उनिहरुलाइ प्रजातन्त्रबादि भन्ने गरिएको हो। यिनिहरु सत्तामा रहंदा खानेबाहेक केहि गर्दैनन् र सत्ताबाहिर रहँदा ढुगाँमुढा गर्ने, गाडि जलाउने, नाराजुलुश गालिगलौज गर्ने, जबर्जस्ति हड्ताल तथा बन्द गर्ने र सुगारटाइ भाषण गर्ने यिनिहरुको दिनचर्या हो। यसलाइ नै उनिहरु प्रजातन्त्र भन्छन्। सौभाग्यबस्, केहि समययता नेपालको घटनाक्रम यिनै प्रजातन्त्रबादिहरुले भनेजस्तै चलिरहेछ र जनताले प्रयोग गर्न पाउने प्रजातन्त्र अहिले उत्कर्षमा छ। उहाँ प्रजातन्त्रबादिहरुले मात्र प्रयोग गर्न सक्ने प्रजातन्त्र पनि छिटै आउलाजस्तो छ। बधाइ छ प्रजातन्त्रबादिहरु र उहांहरुका समर्थकहरुलाइ!!! तपांइहरु पनि आफ्नो लक्ष्यको धेरै नजिक हुनुहुन्छ, मात्र थप् केहि दिन् ढुगाँमुढा र तोडफोड् होओस्, बिनाकारण अरु थप नेपालिको ज्यान जाओस् र स्थिति अराजकताको परकाष्ठामा पुगोस् न। तपांइहरुको त्यत्रो महान् लक्ष्यको लागि यो त केहिपनि होइन। यो त सुत्केरि हुनुअघि ब्यथा लागेजस्तो मात्रै हो।

तेश्रो दुष्टशक्ति दरबारियाहरु सत्तामा टिकिरहन सबैभन्दा सिपालु छन्। यिनिहरु के हुन्, कहां छन् र कस्ता हुन्छन् भन्ने थाहापाउन नेपालको इतिहास राम्रोसगं पढ्नुपर्छ। परापुर्बकालदेखिनै यिनिहरुले जसोजसो भने जनताहरुले त्यसै त्यसै गर्दै आएका छन्। केहि दसकयताचाहिं त्यो गरिदिने ठेक्का दुष्ट दलहरुले लिएका छन्। बधाइ छ दरबारियाहरु, आफ्नो उद्देश्यमा सधैं सफल भइरहनुभएकोमा!!!
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 90 days
Recommended Popular Threads Controvertial Threads
शीर्षक जे पनि हुन सक्छ।
NRN card pros and cons?
What are your first memories of when Nepal Television Began?
TPS Re-registration case still pending ..
Basnet or Basnyat ??
nrn citizenship
Sajha has turned into MAGATs nest
Nas and The Bokas: Coming to a Night Club near you
डीभी परेन भने खुसि हुनु होस् ! अमेरिकामाधेरै का श्रीमती अर्कैसँग पोइला गएका छन् !
3 most corrupt politicians in the world
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
if you are in USA illegally and ask for asylum it is legal
Travelling to Nepal - TPS AP- PASSPORT
Top 10 Anti-vaxxers Who Got Owned by COVID
emergency donation needed
निगुरो थाहा छ ??
ढ्याउ गर्दा दसैँको खसी गनाउच
Poonam pandey - death or suicide?
Doctors dying suddenly or unexpectedly since the rollout of COVID-19 vaccines
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
Nas and The Bokas: Coming to a Night Club near you
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters