सथिहरु, मैले एउटा धागो शुरु गरेको छु,ज्ञानेन्द्र भजनको नाममा। कृपया,यसलाइ जिबितै राखौ है, यो मेरो पहिलो प्रयास हो। त्येसैले,गुनासाहरु प्रसस्त अपेक्षा गरेको छु।
हर ज्ञानेन्द्र, भर् ज्ञानेन्द्र,
अब त अति भो, मर ज्ञानेन्द्र,
हत्यारा तिमि हौ, अधर्मि कति छौ?
ज्यानमारा तिमि त, पापी अति छौ।
बिष्णु अबँतार् हु भन्दै, राक्षस रुप् धर्ने,
आफ्नै दाजु मारेर, राज तिमि गर्ने,
हर ज्ञानेन्द्र, भर् ज्ञानेन्द्र,
अब त अति भो, मर ज्ञानेन्द्र।
मान्छे बलि चडाउने,पापी तिमि हौ,
मुर्ति जति चोर्ने पातकि तिमि हौ,
कति जना मार्ने बिचार् छ तिम्रो?
भरियो कि अब त पाप को त्यो धोक्रो?
हर ज्ञानेन्द्र, भर् ज्ञानेन्द्र,
अब त अति भो, मर ज्ञानेन्द्र।
वरिपरि हेर, कोइ छैन साथि,
यमराजले अब बोलाइसक्यो माथि,
कि त देश छोड, कि त संसार् छोड,
नरकमा जानलाइ खुलिसक्यो रोड।
हर ज्ञानेन्द्र, भर् ज्ञानेन्द्र,
अब त अति भो, मर ज्ञानेन्द्र।
हर ज्ञानेन्द्र, भर् ज्ञानेन्द्र,
अब त अति भो, मर ज्ञानेन्द्र।