ब्रायनले देशनिकाला हुनुअघि के बोले-
- ब्रायन कब
जनान्दोलनको परिणामस्वरुप निर्माण भएको नेपाल अधिराज्यको संविधान- २०४७ प्रति राजा ज्ञानेन्द्रको प्रतिवद्धता हटिसकेको छ । शान्तिपर्ूण्ा जनान्दोलनलाई निर्मम दमन गर्ने, जनतालाई सुसूचित गर्न लागिपरेका स्वतन्त्र सञ्चारमाध्यमहरुलाई हतोत्साही गर्ने तथा मानवअधिकारको उल्लंघन गर्ने एवं प्रजातन्त्रको मेरुदण्डका रुपमा रहेका राजनैतिक पार्टर्ीी गतिविधिलाई अघोषित प्रतिबन्ध लगाउनेजस्ता कार्यले राजा ज्ञानेन्द्रमा संवैधानिक राजतन्त्रप्रति कुनै चाख नभएको देखिन्छ ।
पञ्चायतका खुंखार र्समर्थकहरुलाई एकपछि अर्को गर्दै उच्च पदमा आसिन गराउने, ठाउ“-ठाउ“मा दौडाहा गरी हुकुम प्रमाङ्गीबाट विकास निर्माणका काम गर्न लालायित हुनेजस्ता कार्यले गर्दा राजा अब संवैधानिक भएर बस्न नचाहेको प्रष्ट भइसकेको छ ।
संयुक्त राष्ट्रसंघीय मानवअधिकार उच्चायुक्त, एम्नेष्टी इन्टरनेशनल, यूरोपियन कमिशन, ह्यूमन राइट्स वाचलगायत अन्य मानवअधिकार पक्षधर समूह तथा संस्थाहरुले राजाको प्रत्यक्ष नेतृत्वमा रहेको सरकारले हत्या, बलात्कार, यातनाजस्ता थुप्रै घटनामा मानवअधिकारको उल्लंघन गरेको उल्लेख गरेका छन् ।
जनता भोकभोकै मर्ने देशमा दरबारका लागि विनियोजित रकम वास्तवमा कहालीलाग्दो छ । अप्रत्यक्ष रुपमा त राजपरिवारको खर्चको लेखाजोखा नै छैन । तर, प्रत्यक्ष रुपमै राज्यको ढुकुटीबाट हरेक वर्षराजा र उनको परिवारलाई ६५ करोड रुपिया“ खर्च छुट्याइने गरिएको छ । त्यो रकमले ११ हजार शिक्षक या नर्सलाई तलब ख्वाउन पुग्छ । यसको हिसाब गर्दा ५ हजार नर्सले दैनिक ३० जना बिरामीको उपचार गर्न सक्छन्, फलस्वरुप यो खर्चले गरीब नेपालीलाई ३ करोड ५० लाख पटक उपचार गर्न पुग्छ । यदि प्रत्येक नर्सको प्रयत्नबाट प्रतिमहिना एकजना मात्र बिरामीको ज्यान बच्यो भने पनि प्रतिवर्ष६० हजार जीवन बचाउन सकिन्छ । त्यसैगरी, ६ हजार शिक्षकले प्रत्येकले २५ जना केटाकेटीलाई साक्षर बनाउने हो भने पनि १ लाख ५० हजार केटाकेटी जीवनभरको अज्ञानता र निरक्षरताबाट मुक्त हुनेछन् । तर्सथ, राजपरिवारलाई विलासिताको लागि खर्च गरिएको सो रकम गरीब जनताको शिक्षा र स्वास्थ्यको लागि खर्च हुने भए कोही पनि यो सेतो हात्तीलाई पालिराख्न तयार हु“दैनन् ।
उनले जननिर्वाचित संसदका प्रधानमन्त्रीलाई 'अक्षम' भनी बर्खास्त गरेपनि वास्तवमा सबैभन्दा 'अक्षम'चाहि“ राजा नै हुन् भन्ने कुरा घटनाक्रमहरुले पुष्टि गरेका छन् । हाल राजाको प्रत्यक्ष शासनको १८ महिना बितिसक्दा पनि शान्ति-सुरक्षाको अवस्था झन् ब्रि्रेर गएको छ, भ्रष्टाचारमा कुनै कमी आएको छैन । ट्रान्सप्यारेन्सी इन्टरनेशनलको प्रतिवेदनअनुसार भ्रष्टाचारमा झन् बृद्धि भएको छ । शेरबहादुर देउवालाई चुनाव गराउन नसकेको आरोप लगाइएको थियो र हालसम्म संसदको चुनाव हुन सकेको छैन । र, भएको भनिएको नगरपालिकाको चुनावमा जनसहभागिता एकदमै न्यून रहेको थियो । नेपाली जनताले भन्न थालेका छन्- 'प्रधानमन्त्री देउवालाई असक्षम भनेर बर्खास्त गर्न सकिन्छ भने राजा ज्ञानेन्द्रलाई किन नगर्ने -'
राजतन्त्र अब इतिहासमा मात्र पढ्न पाइने विषय भइसकेको छ । सक्रिय राजतन्त्र त अब कतैकतै मात्र पाइन्छन् । साउदी अरेबियाजस्ता केही देशमा मात्र यस्ता राजतन्त्र अस्तित्वमा रहेका छन् । कतिपय समृद्ध मुलुकहरु -जस्तैः बेलायत, डेनमार्क, जापान) मा राजतन्त्र रहेपनि ती नाममात्रका खोपीका राजा/ रानीको रुपमा रहेका छन् । तर्सथ, आजकोजस्तो आधुनिकयुगमा असान्दर्भिक भैसकेको संवैधानिक राजतन्त्र त देशले धान्न नसक्नेमा अझ सक्रिय राजतन्त्र त कुनै पनि हालतमा व्यहोर्न सकि“दैन ।
जतिसुकै बद्नाम भएपनि राजाको जेठो छोरो नै राजा हुने चलन नेपालमा छ । साथै, यस्तालाई कुनै निर्वाचनको विधिबाट हटाउन पनि नसकिने हु“दा यस्तो प्रणालीको औचित्य समाप्त भइसकेको छ ।
साउदी अरेबिया, बेलायतजस्तै राजपरिवारभित्र हुने कैयौं काला कर्तुतहरुको बेलाबेलामा चर्चा हुने गरेका छन् । जुवा-तास खेल्ने, सुरा-सुन्दरीको प्रयोग गर्ने, बिवाहेत्तर सम्बन्ध राख्नेजस्ता कार्यले राजतन्त्र बद्नाम छ । सभ्य समाजमा यस्ता कर्तुतहरु सुपाच्य हुन सक्दैनन् ।
राजतन्त्र एउटा रक्तशुद्धता, जातीय शुद्धताजस्ता कुराहरुमा विश्वास गर्दछ र राजपरिवारको बैवाहिक सम्बन्ध पनि अभिजातवर्गको बीचमा मात्र हुने गर्दछ । तर, इतिहासले देखाउं“छ कि तल्लावर्गबाट आएका व्यक्तिहरुसमेत उत्तिकै योग्य र सक्षम हुने गर्दछन् । उदाहरणको लागि अब्राहम लिङ्कन, के. आर. नारायणन आदिलाई लिन सकिन्छ । तर्सथ, अवैज्ञानिक आधारमा चलेको राजतन्त्र आजको एक्काइसौं शताब्दीमा चल्न सक्दैन ।
नेपालको राजतन्त्रले आफूलाई विष्णुको अवतार भनेर सोझा-सीधा नेपालीलाई आजसम्म पनि शोषण गरिरहेको छ । त्यस्तै, एकमात्र हिन्दूराष्ट्रको राजाको रुपमा मित्रराष्ट्रहरुको र्समर्थन लिनको लागि विश्व हिन्दू परिषद्जस्ता संस्थाहरुको दुरुपयोग गरिएको पाइन्छ । साथसाथै, राजा ज्ञानेन्द्र ज्योतिषीहरुको अन्धविश्वासी सल्लाहको आधारमा शासन सञ्चालन गर्न खोजिरहेका छन् । यो अन्धविश्वासको जगमा उभिएको र आफैं अन्धविश्वासी रहेको राजतन्त्र आजको वैज्ञानिक युगमा सह्य हुन सक्दैन ।
नेपालमा राजतन्त्र युद्धबाट नै स्थापना भएको हो । पृथ्वीनारायण शाहले रगतको खोलो बगाएर स्थापना गरेको नेपालमा राजपरिवारमा पटक-पटक रगतको खोलो बगेको इतिहास रहेको छ । माओवादी र देशका सबै राजनैतिक शक्तिको एकमत हु“दा पनि राजा हालको अशान्ति समाप्त पार्न कत्ति पनि इच्छुक नदेखिनुले राजा ज्ञानेन्द्रको बन्दूकको भरमा पेलेरै लैजाने अभ्रि्राय देखिन्छ, जुन उनको हिंसाप्रियताको एउटा उदाहरण हो । वर्तमानमा शान्तिको बाधक र हिंसाको सूत्रधार राजा ज्ञानेन्द्र भएको हु“दा उनलाई किनारा नलगाइकन नेपाली जनताको शान्तिको चाहना पूरा नहुने भएकोले राजतन्त्रको अन्त्य अत्यावश्यक भइसकेको छ ।
(अनामनगरका प्रदीप शर्मास“गको कुराकानीमा आधारित ।)
(http://www.nepalnews.com.np/contents/2006/nepaliweekly/janastha/apr/apr19/nod.php)