[Show all top banners]

Mirmiray
Replies to this thread:

More by Mirmiray
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 Kick the ball back into king's court
[VIEWED 3472 TIMES]
SAVE! for ease of future access.
Posted on 04-22-06 5:55 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आशुजीले साझामा कतै उल्‍लेख गर्नुभएको १.३ करोड भित्र नपर्ने यदाकदा अकलझुकल कलमकारी अनि श्रमजीवि र हालको स्‍थिति देखी बिचलित यो नेपालीलाई यी प्रश्‍नहरु सहित प्रस्‍ताव प्रस्‍तुत गर्न मनलाग्‍यो:

के भने, सात दललाई राजाको प्रस्‍ताव स्‍वीकार्य नभएको भर्खरै थाहा लाग्‍यो। आन्‍दोलन जारी राख्‍ने रे। गरीव जनताले अझ दु:ख पाऊने भो। राहत नपाऊने भो। सात दलको लागि को प्र.म. हुने भन्‍ने नै सायद गठबन्‍धनलाई ठुलो चुनौति हुनसक्‍छ। पुराना नेताहरुमा कोहि पनि छैनन छवि सफा भएका हरु। राजाको पहिलो रोजाई स्‍वघोषित राजावादी केपी भटराईलाई प्र.म.नियुक्‍ति गर्ने योजना बिफल भएपछि पहिलेदेखि राजाको नियतमा रहिआएको शकाँ अझ बढेको छ।

शुक्रवारको सम्‍वोधन र जनताको बिशाल आन्‍दोलनले यो शक्‍तिहीन र जनताको बिश्‍वास हराएका राजालाई सबैधानिक सभा माग्‍न भन्‍दा, यसो गरे कसो होला त?

-अन्‍तरिम प्र.म.ले अन्‍तरिम सर्वदलीय सरकार गठन गर्ने
-सो अन्‍तरिम सरकारले थोरै समय र पुर्वनिश्‍चत कार्यहरुका लागि सँसद
पुर्नस्‍थापना गर्ने (साँसदहरुले सो समयका लागि सरकारी भत्‍ता नलिने वाचा गर्नपर्‍यो अघिवाटै, त्‍यो सानो त्‍याग र क्षमता सासदहरुमा पाइएला?)

-पुनर्स्‍थापित सँसदले तुरन्‍तै पारित गर्नपर्ने ती पुर्वनिश्‍चित कार्यहरु हुन:

१. सर्वदलीय बैठक र सविँधान सभाको गठन र त्‍यसको रुपरेखाको घोषणा

२. आन्‍दोलनकारीहरु प्रति राज्‍य पक्षबाट भएका ज्‍यादतीहरुको न्‍यायोचित जाँच र
कार्वाही निश्‍चित समयावधि भित्र तोकिने। जाँच आयोगको गठन र कार्यक्षेत्रको घोषणा

३. प्रबल जनईच्‍छा बमोजिम राजदरवारको फजुल खर्चमा कटौति र यात्रामा रोक

४. सबै सरकारी खर्चमा मितब्‍ययिता अपनाऊन पर्ने सख्‍त नीतिको निर्धारण र कार्यावानन

५. भ्रष्‍टाचार रोकथाम प्रति बिशेष कदमहरु।

६. शाही सेनालाई नेपाली सेनामा परिवर्तन गरिने बारेमा बिशेष कदमहरु।

अब भन्‍नुहोला राजालाई यी कुनै पनि मान्‍य हुनेछैन। नमाने नमानुन। मन नलागी नलागी नासो त जनतालाई फर्काईदिन वाध्‍य भएपछि नमानी भो र? जनताको बल पाएका अन्‍तरिम सरकारले जनचाहना बमोजिम प्रस्‍ताव पारित गर्दा जनता साथ रहनेछन। यो बेला सविधानको यो धारा र त्‍यो धारा भन्‍नमा विवाद खडा नगरेर यो बिशाल आन्‍दोलनले ल्‍याएको जनचाहना बमोजिम कार्य गरने।

जब राजाले जनताको शक्‍तिलाई जबर्जस्‍ती खोसेर पछि त्‍यसलाई नासो भनेर फर्काऊन बाध्‍य
भएका छन भने ती आन्‍दोलनमा भएका शहीदहरुको आत्‍माको शान्‍तिको लागि पनि जनचाहना
बमोजिम लोकतत्रको आधारहरु तयार गरिनपर्छ।

अब सात दलले ऊदाहरणीय बनेर देखाऊने मौका आएको छ; नेताहरुले घुस, नातावाद, कृपावाद र हैकिमी प्रबृत्‍तिलाई तिलान्‍जली दिनपर्‍यो सधैँलाई।असक्षम नेताहरुलाइ कामकाजमा अघि ल्‍याऊनु भएन।

राजाको चुनौतिलाई स्‍वीकारेर खुरुक्‍क सक्षमतम ब्‍यक्‍तिलाई प्रधानमँत्रीमा छनौट गर्नपर्‍यो र
सो नामका साथै यी कामहरु नवनियक्‍त प्र.म. र अन्‍तरिम सरकारले गर्नेछन भनेर राजालाई सो छनौटपत्रमा उल्‍लेख गरिनपर्छ। राजाले सो ब्‍यक्‍तिको छनौट सँगै प्रस्‍तावित कार्यहरुको पनि स्वीकार गरेको ठहरिनेछ।

राजाले स्वीकार नगरे यतिका दिनहरु यो जनसागरको लहरलाई फेरि अवहेलना गरिएको
मानेर जनता फेरि सडकमा उत्रिनेछन, जसको परिणाम भयँकर हुन सक्‍नेछ।

सातदललाई सदबुद्‍धि प्राप्‍त होस। kick the ball back into the king's court.
 
Posted on 04-22-06 5:59 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 04-22-06 5:59 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Good points mirmiray.

I also agree that the House should be reinstated under the condition that the MPs can not claim benifits.
 
Posted on 04-22-06 9:13 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

My point being ---must the SPA ask or even wait the king to grant
the permission to go for a constituent assembly? Why not revive the
parliament, finish the business and call it off. On one hand, they say
the king is virtually dethroned by the peoples power II, and on the other
hand, you still cite some bendable articles, subject to interpretation, of the
constitution and still look upon the king. Go without the king, the new
PM is empowered by the people to initiate actions.

MPs: Show us that you are not hankering after money; do not take the salary and
allowance for the period that the parliament is brought back to life. I know
Rana Bhat has been taking benefits and will not agree to giving up his pay and allowance.It is his greediness that sets a bad example.
 
Posted on 04-22-06 9:23 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

.
.
नेताहरु हो अब जनताको नसो जनतामा फिर्ता दिइसकेपछी
अहिले त सिंहदरबारको संसद भवणमा संसद्सभा गर्न गए हुन्न!
.
 
Posted on 04-22-06 9:52 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
Lets play Antakshari...........
डीभी परेन भने खुसि हुनु होस् ! अमेरिकामाधेरै का श्रीमती अर्कैसँग पोइला गएका छन् !
शीर्षक जे पनि हुन सक्छ।
What are your first memories of when Nepal Television Began?
[New post] Why Would Krishna Have To Run From The Battlefield
Sajha Poll: नेपालका सबैभन्दा आकर्षक महिला को हुन्?
ChatSansar.com Naya Nepal Chat
is Rato Bangala school cheating?
Why always Miss Nepal winner is Newari??
NRN card pros and cons?
Basnet or Basnyat ??
पुलिसनी संग - आज शनिवार - अन्तिम भाग
निगुरो थाहा छ ??
Nas and The Bokas: Coming to a Night Club near you
श्राद्द
सेक्सी कविता - पार्ट २
TPS Re-registration
What Happened to Dual Citizenship Bill
पाप न साप घोप्टो पारि थाप !!
अमेरिकामा छोरा हराएको सूचना
Nas and The Bokas: Coming to a Night Club near you
राजदरबार हत्या काण्ड बारे....
Mr. Dipak Gyawali-ji Talk is Cheap. US sends $ 200 million to Nepal every year.
Harvard Nepali Students Association Blame Israel for hamas terrorist attacks
TPS Update : Jajarkot earthquake
is Rato Bangala school cheating?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters