To be song in "संसद विक्रीती छन्द".
धेरै पहिले
हामिले धेरै झगडा गर्यो
नङरा तिखार्यो
एक आर्का लाइ टोक्यऔ
जिन्दाबाद र मुर्दाबादको नारा लगायौ
फासी को सजाय सुनायौ
हिजो
हाम्रा दुष्ट र बदमास मालिकले
हामि सब लाइ सिक्री ले बाधे
एकै खोरमा थुनिदिए
हामिले गुहार माग्यौ
हामि कारायौ
हामि चिच्यायौ
हामि दिन रात भुक्यौ
अहिले हाम्रा दयालु मालिकले हामिलाइ
खोर बाट निकालिदिनुभो
सिक्रि पनि खोलिदिनु भयो
र
मिठा हड्डी का टुक्रा दिनु भयो
अब हामि मस्त ले खान्छौ
बनभोज मा रमाउछौ
मदिरा खान्छौ
मातिन्छौ।
Let us hope the last stanza doesn't turn into reality.