[Show all top banners]

ALSON Nepal
Replies to this thread:

More by ALSON Nepal
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 आन्दोलन थामियो, आँसु थामिएन
[VIEWED 897 TIMES]
SAVE! for ease of future access.
Posted on 05-03-06 2:58 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आन्दोलन थामियो, आँसु थामिएन

जनआन्दोलनका घाइतेहरू पीडाले अस्पतालमा छट्पटाइरहेका छन्

माधव ढुङ्गेल

जनआन्दोलनको दबाबले विघटित प्रतिनिधिसभा ब्यूँताएको खुसीयालीमा सिङ्गै राजधानी उमङ्गमा डुबिरहेका बेला जनआन्दोलनका योद्धा विष्णुलाल महर्जन, ३८, पीडामा डुबेका छन् । काठमाडौँको सतुङ्गल घर भएका उनको स्वास्थ्य अहिले एकदमै नाजुक छ । चेतना त छ दिमागमा तर टाउकोमुनिका शरीरका कुनै पनि अङ्ग चल्दैनन् । हलचल त के, भ्यान्टिलेटरको सहयोगबिना साससमेत फेर्न सक्दैनन् । "टाउको ठीकै छ, टाउकोमुनि नो म्यान," डा मधु घिमिरे भन्छन् ।

वैशाख ७ गते कलङ्कीमा प्रहरीको कुटाइमा परेका हुन् उनी । प्रहरीको लाठी प्रहारबाट उनको गर्धननिरको 'स्पाइनल कर्ड' -स्नायु नशा) काटिएको छ । उनको उपचारमा संलग्न डा अनु कुशवाहका अनुसार, मेरुदण्डको पाँचौँ हड्डी भाँचिँदा त्यहाँभित्रबाट जाने स्नायु नशा पनि काटिएको छ, जसले गर्दा उनले शरीरमा छोएकोसमेत थाहा पाउँदैनन् । चिकित्सकका अनुसार यसरी चुँडिएको नशा जोड्न सम्भव छैन । डा घिमिरे भन्छन्, "पाचन प्रणाली ठीकै छ, मुटु चलेको छ । तर, भ्यान्टिलेटर झिक्दा सास फेर्न सक्दैनन् । यस्ता बिरामीलाई छिटो निमोनिया हुने हुनाले त्यसैले ज्यान लिन सक्छ ।" एक छोरा र दुई छोरीका पिता विष्णुलाललाई भ्यान्टिलेटरमा राख्नैका लागि मोडलबाट ह्याम्स पठाइएको छ ।

गोली लागेका स्युचाटारका प्रद्युम्न खड्का, ३२, वैशाख १३ गते उपचारार्थ भारतको नयाँदिल्ली लगिएका छन् । उनलाई लागेको धातुको गोलीले ठूलो आन्द्रा र मूत्रनलीमा आघात पुगेको छ । वैशाख ८ गते नेपाल सँग उनले भने, "गोली सकियो भनेर दमन गर्ने प्रहरीसँग जुध्न गएको, जोडेरै गोली हान्यो ।" त्यसबेला आफ्नाबारेमा आफैँ बताउने प्रद्युम्न १३ गते अचेत अवस्थामा दिल्ली पठाइए । डा विजेन्द्र जोशीसहित चार जनाको टोली उनीसँगै गएको छ ।

स्थायी घर धादिङ भएका चन्द्र बयलकोटी पनि मृत्युसँग पौँठेजोरी खेल्दैछन् । मेडिकेयर अस्पतालमा भ्यान्टिलेटरको सहायताले सास फेररिहेका उनी अश्रुग्यासको सेलले छातीमा लागेपछि बेहोस भएका हुन् । वैशाख ८ गते भोटाहिटीमा घाइते भएका उनको अझै होस खुलेको छैन । मोडल अस् पतालबाट मेडिकेयर पठाइएका उनलाई अखबारमा प्रकाशित तस्बिर हेरेर चार दिनपछि मात्र परविारले फेला पारेका हुन् । चिकित्सकले उनको अवस्था नाजुक रहेको बताएका छन् ।

प्रतिनिधिसभा पुनःस् थापनाको घोषणा भएको भोलिपल्ट वैशाख १२ गते शहीदमञ्चमा आमसभा भइरहेका बेला वीर अस् पतालअगाडि प्रहरीको कुटाइमा परेका लमजुङका अर्जुन अधिकारी, ३५, पनि बेहोस नै छन् । उनको शिक्षण अस्पतालको सघन उपचारकक्षमा उपचार हुँदैछ । पेटमा गोली लागेका कारण सानो आन्द्रा काटेर जोडिएका काठमाडौँ मच्छेगाउँका सुनील थापा मगरको अर्धचेत अवस् थामै उपचार भइरहेको छ । उनी मोडल अस् पतालको पोस्टअपरेटी वार्डमा छन् ।

१९ दिन लामो जनआन्दोलनमा देशभरमिा करबि पाँच हजार व्यक्ति घाइते भएको अनुमान छ । राजधानीको मोडल अस्पतालमा उपचार गराउनेको सङ्ख्या वैशाख १५ सम्ममा सात सय नाघेको छ । चिकित्सक डा शम्भु उपाध्यायका अनुसार, काठमाडौँ मोडल अस्पतालले २० दिनसम्म जनआन्दोलनका घाइतेको मात्र उपचार गरेको छ । संसद् पुनःस् थापनाको घोषणा भइसकेपछि पनि दैनिक करबि ५० नयाँ बिरामी वैशाख १५ गतेसम्म उपचारका लागि आइरहेको जानकारी उपाध्यायले दिए ।

मोडलपछि सबैभन्दा बढी घाइतेको उपचार त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा गरएिको छ । सो अस्पतालका अधिकृत ध्रुव रमिालले दिएको जानकारीअनुसार, शुक्रबारसम्म चार सय ५४ जनाले त्रिवि शिक्षण अस्पतालमा उपचार गराएका छन् । तीमध्ये ४० जनाको शल्यक्रिया गरएिको छ । "आज पनि सात जना नयाँ बिरामी आए," रमिालले वैशाख १५ गते नेपाल लाई बताए ।

शरीरभर िगोलीका चोटैचोट भएका रौतहटका राजन राई, १६, वैशाख १४ गते अस्पतालबाट 'डिस् चार्ज' भएका छन् । चाल्नाजस्तै हुने गरी शरीरभर िरबरका गोली लागेका राईको आन्द्रा नै बाहिर निस्केको थियो । उपचारमा संलग्न चिकित्सकका अनुसार, उनी पूर्ण रूपमा निको हुन दुई वर्ष लाग्छ । चैत २९ गते काठमाडौँको गोङ्गबुमा उनलाई गोली लागेको थियो ।

आन्दोलनमा १७ जनाको मृत्यु भएको पुष्टि भएको छ । अझै दर्जनौँ बेपत्ता छन् । चैत ७ गते प्रहरीको कुटाइबाट कलङ्की चोकमा रगतपच्छे भएर ढलेका युवा थानकोटका यातायात मजदुर शिवहर िबिडारी भएको थाहा भएको छ । उनी मारएिको आशङ्कामा मानवअधिकारवादी सङ्घसंस्था र पत्रपत्रिकाले तस्बिर प्रकाशित गरेका थिए । उनी अस् पतालबाट डिस्चार्ज भएको थाहा भएको छ ।
 
Posted on 05-03-06 2:58 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आन्दोलनले विश्राम लिए पनि अधिराज्यभरकिा अस्पतालहरूमा बिरामीहरू भरभिराउ छन् । उपचारपछि केही घर जाने र शल्यक्रिया गर्नुपर्नेहरू पुनः अस्पताल भर्ना हुने क्रम पनि जारी छ । संसद् पुनःस्थापना भएको भोलिपल्टै एमाले महासचिव माधवकुमार नेपालले काठमाडौँको कलङ्कीमा आयोजित सभालाई सम्बोधन गर्दै जनआन्दोलनका प्रत्येक शहीद परविारलाई कम्तीमा १० लाख र घाइतेलाई दुई लाख रुपियाँ दिनुपर्ने घोषणा गरे । त्यसपछि अस्पताल आउने पुराना घाइतेको सङ्ख्या बढेको अस् पतालहरूबाट थाहा भएको छ । मोडल अस्पतालमा दैनिक ५० जना नयाँ घाइते आइरहेका छन् ।

घाइते हुनेमा केटाकेटी पनि उल्लेख्य छन् । बालमजदुर सरोकार केन्द्र -सिविन) ले तयार गरेको एक प्रतिवेदनअनुसार, चैत २४ देखि वैशाख ७ गतेसम्म काठमाडौँ उपत्यकाभित्र मात्र १६ वर्षमुनिका एक सय ८१ जना बालबालिका घाइते भएका छन् । तीमध्ये तीन जनालाई गम्भीर चोट लागेको छ । टाउकोमा २५ टाँका लगाएकी दक्ष्ािणकालीकी १३ वषर्ीया सुनीता आचार्य १० दिनको अस्पताल बसाइपछि वैशाख १३ गते घर गइन् । स्थानीय श्रीकृष्ण माविकी सात कक्षाकी छात्रा सुनीता भन्छिन्, "बाटो हिँडिरहँदा टाउकोमा ढुङ्गा लागेर लडेछु ।" रत्नराज्य क्याम्पसमा आईए प्रथम वर्षका छात्र विवेक ढुङ्गाना, १६, को दायाँ घुँडा छेडेर निस् केको धातुको गोलीले देब्रे घुँडामा समेत गहिरो चोट पुर्‍याएको छ ।

शिक्षण अस्पतालमा उपचारार्थ भर्ना भएका आठ जनाले त आँखाको ज्योति नै गुमाएका छन् । चैत २९ गते चाबहिलमा देब्रे आँखामा रबरको गोली लागेका दिनेश शेर्पाले ज्योति गुमाएका छन् भने आन्दोलनकारीलाई पानी खन्याउँदै गर्दा आँखामा गोली लागेका गोर्खाका कृष्ण राना मगरको पनि ज्योति गुमेको छ । मोटर चलाएर हिँड्दै गर्दा दायाँ आँखामा प्रहरीको ढुङ्गा प्रहारबाट ज्योति गुमाएका छन्, ओखलढुङ्गाका राजेश केसीले । बनेपाको तीनघुम्तीमा प्रहरीले हानेको गोली लागी आँखा गुमाएका अर्का घाइते विक्रम कपाली भन्छन्, "हामीले आँखा गुमाए पनि नेताहरूले सही बाटो देखून् ।" उनीजस्तै अधिकांश घाइतेहरू नेताले देशलाई सही ढङ्गले अघि बढाएमा आफूले दिएको बलिदानको कदर हुने तर विगतमा जस्तै गल्ती दोहोर्‍याएमा राजालाई ठीक लगाउने युवाहरू नेताहरूविरुद्ध खनिने बताउँछन् । ललितपुरको चापागाउँ दोबाटोको जुलुसमा छातीमा गोली लागेपछि भर्खरै अपरेसन गरेका नयाँबानेश्वरका हरभिक्त खड्गी भन्छन्, "राजाले जस्तै हाम्रा नेताले पनि फेर िआफ्नै भुँडी भर्न लागे भने ठीक हुन्न ।" वैशाख ८ गते नयाँबानेश्वरमा प्रहरीको लाठीबाट खुट्टा भाँचिएका धुलिखेलका राजमान श्रेष्ठ भन्छन्, "हामीलाई शान्ति चाहियो । हामीले काम पाउनुपर्‍यो ।" ग्रील कारखानामा काम गर्ने राजमान अबको सरकारले रोजगारी दिने कुरामा आशावादी छन् ।

वैशाख १० गते पुरानो बानेश्वरमा प्रहरीले टाउकोमा हानेको लाठी छेक्दा दुवै हात गुमाएका बाँके कोहलपुरका सुदर्शन केसी अस्पतालको शय्यामा छन् । "नेताले धेरै चेतेकाले आशावादी छु," केसी भन्छन्, "परविर्तनको ढोका मात्र खुलेको छ । संविधानसभाको सुनिश्चितता नभएसम्म आन्दोलन रोकिनुहुन्न ।" चाँडै नै कलेज खुल्ने तर आफू सात साता अस्पताल बस्नुपर्ने कुराले प्रचण्डकुमार पोखरेललाई सताएको छ । त्रिवि, कीर्तिपुरमा नेपालीमा एमए गररिहेका उनी भन्छन्, "डिस्चार्ज गरेपछि कहाँ गएर बस्ने भन्ने समस्या छ ।"

घाइतेमध्ये सयौँको सङ्ख्यामा अङ्गभङ्ग हुने छन् । हड्डी टुक्रेका र फुटेकाहरूको निको हुन एक वर्ष लाग्छ । त्यस्तै टाउकोमा आघात पर्नेहरूको १८-२० वर्षपछि समेत असर देखिने चिकित्सकहरू बताउँछन् । शिक्षण अस्पतालका चिकित्सक डा चोपलाल भुसालका अनुसार, घाइतेमध्ये आधाभन्दा बढी टाउकोमा आघात परेका र अङ्गभङ्ग भएकाहरू छन् । अझ गजब त के भने यस जनआन्दोलनमा जेल पर्नेभन्दा घाइतेको सङ्ख्या बढी छ । "नेपालको इतिहासमै यस्तो दमन कहिल्यै भएको थिएन," मानवअधिकारवादी कृष्ण पहाडी भन्छन्, "यस्तो दमनमा संलग्न अधिकारी कसैले पनि उन्मुक्ति पाउनु हुँदैन, अपराधीमाथि कारबाही गरनिुपर्छ ।"

अहिले आन्दोलनका घाइतेहरू देशभरकिा विभिन्न अस्पतालहरूमा छरएिर रहेका छन् । यकिन तथ्याङ्कसम्म जम्मा गरएिको छैन । कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरविंश आचार्यको अगुवाइमा सुरु गरएिको उपचारकोषमा वैशाख १५ गतेसम्ममा करबि एक करोड ८५ लाख रुपियाँ सङ्कलन भइसकेको छ, जसमध्ये ४० लाख खर्च भइसकेको छ । "जिल्लाका बिरामीहरूलाई क्षेत्रीय स्तरका अस्पतालहरूमा जम्मा गरेर उपचारको व्यवस्था सरकारले गर्नुपर्छ," हरविंश आचार्य भन्छन्, "नयाँ सरकारले सबभन्दा पहिला जिल्ला-जिल्लाबाट गम्भीर घाइतेको सूची सङ्कलन गर्नुपर्छ ।" रकम दुरूपयोग नहुने गरी कमिटी बनाएमा मोडल अस्पतालका बिरामीलाई भविष्यका निम्ति आवश्यक केही छुट्याएर बाँकी रकम उपलब्ध गराउन तयार रहेको पनि हरविंश बताउँछन् ।

रुकुमका तारा खड्काजस्ता ०४६ सालको जनआन्दोलनका जिउँदा शहीदहरू हालसम्म पनि सडकमा दुःख पाइरहेका छन् । हिजो राज्यले उचित व्यवस्था नगर्दाको त्यो दृश्य जनतासामु प्रस्ट छ । धेरै शहीदका छोराछोरीले होटलमा भाँडा माझेर भात खानुपरेको तथ्य पनि हाम्रासामु ताजै छ । यसपल्ट पनि ताराजस्तै धेरै अपाङ्ग भएका छन् । कृष्ण पहाडी भन्छन्, "घाइतेको उपचार, घाइते र शहीदका परविारका लागि उचित क्षतिपूर्ति र रोजगारीको कुरा राज्यको प्रथम दायित्व हो । नयाँ बन्ने सरकारले तत्कालै यसतर्फ कदम चाल्नुपर्छ ।"
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
Lets play Antakshari...........
शीर्षक जे पनि हुन सक्छ।
NRN card pros and cons?
What are your first memories of when Nepal Television Began?
TPS Re-registration
TPS Re-registration case still pending ..
Democrats are so sure Trump will win
is Rato Bangala school cheating?
What Happened to Dual Citizenship Bill
Basnet or Basnyat ??
nrn citizenship
H1B fraud
इन्दिरा जोशीको चिन्ता लौच
Sajha has turned into MAGATs nest
Nas and The Bokas: Coming to a Night Club near you
श्राद्द
सेक्सी कविता - पार्ट २
डलराँ कमाएर ने .रु मा उडांउदा !@#
ChatSansar.com Naya Nepal Chat
Why always Miss Nepal winner is Newari??
Nas and The Bokas: Coming to a Night Club near you
राजदरबार हत्या काण्ड बारे....
Mr. Dipak Gyawali-ji Talk is Cheap. US sends $ 200 million to Nepal every year.
Harvard Nepali Students Association Blame Israel for hamas terrorist attacks
TPS Update : Jajarkot earthquake
is Rato Bangala school cheating?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters