[Show all top banners]

Nepe
Replies to this thread:

More by Nepe
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 What Nepricans say..NPost
[VIEWED 2428 TIMES]
SAVE! for ease of future access.
Posted on 05-03-06 1:07 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

The following part from Nepali Post is my share.

- http://www.nepalipost.com/nepali/kurakani.php?nid=508

अहिलेको नेपालको राजनीतिक परिवर्तनलाई कसरी हेर्नुहुन्छ ?

आधा करोडभन्दा बढी मानिसहरु स्वस्फूर्त रुपमा ज्यानको बाजी थापेर राजतन्त्रको अन्त्यका लागि सडकमा उत्रेको यो अभूतपूर्व र विराट जनआन्दोलन क्रान्तिकारी समापनको अन्तिम क्षणमा पुगेर पनि नेतृत्वको अभावको कारणले यथास्थितिवादीहरुको वर्चस्व रहेको सातदलिय मोर्चाकै घुमाउरो र अनिश्चित मार्गचित्र स्वीकार गर्न बाध्य हुन प-यो ।

समापनका लागि अझै प्रतिक्षा गर्नुपरे पनि यो जनआन्दोलनले "लोकतान्त्रिक गणतन्त्र" को माग गरिएको क्रान्तिकारी जनादेश दिएर क्रान्तिकै रुपमा टुंगिएको छ । त्यसो हुँदा अब हुने सम्विधान सभा प्राविधिक रुपमा जे देखिए पनि भावनात्मक रुपमा भने यो लोकतान्त्रिक गणतन्त्र लाई अनुमोदन गर्ने औ पचारिकता मात्र हुनुपर्छ ।

दरबारको चलखेल हुन सक्ने संभावना ?

चलखेलको संभावना होईन अवश्यम्भाविता छ । तर यो चलखेल सक्रिय राजतन्त्र को वा २०४७ सालको यथास्थिति कायम राख्ने कठोर नारामा नभएर कथित "सेरेमोनियल राजतन्त्र" कै नरम नारा अन्तर्गत हुनेछ ।

जनआन्दोलनको बलले राजतन्त्र अहिले मृतप्रायः देखिए पनि हाम्रो विडम्वना के हो भने अहिले सत्तामा जुन व्यक्ति छन् उनी राजतन्त्रलाई जोगाईराख्न चाहने व्यक्ति हुन् । यीनैको समुहलाई माध्यम बनाएर दरबार ले "सेरेमोनियल राजतन्त्र" को आवरणमै यसको परासम्वैधानिक शक्ति जगेर्ना गर्दै राजकाजमा २०४७ यता भन्दा अलि परोक्ष परन्तु समान नियन्त्रण र प्रभाव राख्ने रणनीतिकासाथ खेल खेल्नेछ ।

यसको लागि दरबारको पहिलो चाल हुनेछ जनआन्दोलनको चाहना लोकतान्त्रिक गणतन्त्र नभएर अन्यथा नै थियो भनेर स्थापित गर्नु ।

सातदलीय मोर्चाका यथास्थितिवादी घटक र समुहहरुले जनआन्दोलनको जनादेशलाई आफुखुशि तोडमोड गर्न शुरु गरेर दरबारको पहिलो चाललाई मद्दत पु-याईरहेका छन् । प्रधानमन्त्री कोइरालाले राजाबाट सपथ ग्रहण नगर्न गरिएको जनमागलाई र यसको सांकेतिक अर्थलाई लत्याएर जनादेशको पहिलो अवज्ञा गरिदिए । आगामी दिनहरुमा यथास्थितिवादी कोइराला समुह र पुनर्जीवनको आशावादी राजाका बीच अव्यक्त घनिष्टता बढ्दै जाने निश्चित छ । यी सब विकासहरुले एउटा नयां र परिमार्जित ध्रुविकरण लेराउने छ "गणतान्त्रिक मोर्चा" भर्सेस "गणतन्त्र विरोधी मोर्चा" को द्धन्दको रुपमा । दरबार को कोशिस हुनेछ- यो ध्रुविकरणलाई सकेसम्म अस्पष्ट बनाएर गणतन्त्र विरोधी मोर्चालाई सेरेमोनियल राजतन्त्रको नरम छविको लाभ दिलाउनु ।

छोटकरीमा, दरबारको चलखेल पुराना भारदारलार्इ अघि सारेर नभई कोइरालाको राजमै त्रित्वको अधिकतम लाभ उठाउने चालमा हुनेछ ।

सम्विधान सभाका बारेमा

सम्विधान सभा सामान्यतः क्रान्तिपछि अर्थात् पुरानो सत्ता खत्तम भएपछि नयाँ शक्तिले नयाँ सम्विधान निर्माण गर्ने एक विधि हो । नेपालमा मात्र माओवादीले यसलाई द्धन्द्ध समाधानको विधिको रुपमा प्रस्तुत गरेका हुन् यद्यपी र्सार्वजनिक बहसहरुले यसमा राज्य पुनसंरचनाका थप विषयहरु, जस्तै समावेशी र उदार लोकतन्त्रको स्थापना, समेत थपेका थिए ।

माओवादी र सात दलको पछिल्लो सहमतिसम्म पनि यो वार्ताद्धारा द्धन्द्धको समाधान गर्ने अर्थात् आन्दोलन क्रान्तिको विकल्पको रुपमा थियो । सात दलले राजामाथि दवावका रुपमा परिकल्पना गरेको आन्दोलन राजतन्त्रको अन्त्य गर्न बढिरहेको जनक्रान्तिका रुपमा विकसित भएपछि संविधान सभा ले पुनः यसको मौलिक उद्देश्य अर्थात् राज्यपुनसंरचना प्राप्त गर्ने आँटेको थियो । तर यो क्रान्तिले तत्काल साकार हुन नसकेर यसको जिम्मेवारी संविधान सभा लाई दिएपछि यो माओवादीले प्रस्तुत वैकल्पिक क्रान्तिको रुपमा पुगेको छ । फरक के हो भने अब जनआन्दोलनले सम्विधान सभा लाई राजतन्त्रको अन्त्यका लागि जनादेश सहित स्वीकार गरेको छ । यी सबै बांगाटिंगा घटना क्रमको निचोड के हो भने, अब सम्विधान सभाले राजतन्त्र समाप्तै गर्ने टुंगो लागिसकेको मानेर त्यसमा धेरै बहस नगरी बरु समावेसी र उदार लोकतन्त्र स्थापना गर्न पट्टिको अनगिन्ति र जटिल विषयतर्फ ध्यान लगाउँदा हुन्छ ।

त्यो त थियो संविधान सभा को आदर्श स्थिति । तर राजतन्त्रले संविधान सभा लाई आफ्नो अस्तित्व रक्षाका लागि प्रयोग गर्न चाहे र अझ उता यथास्थितिवादी दल र समुहले त्यसलाई वैधानिकता दिएको खण्डमा भने संविधान सभा अझै एक जनमत संग्रहको रुपमा सीमित हुन वाध्य हुनेछ र राज्यपुनसंरचनाको विषय गौण हुने पुग्नेछ । तर यसमा चिन्ता लिइरहनुपर्ने कारण छैन । राज्यपुनसंरचनाको लागि पुरै भविष्य छ । राजतन्त्रबाट शान्तिपूर्ण तरिकाले मुक्त हुन भने यो एकमात्र मौका हो । हामी सबैको ध्यान त्यसैमा केन्द्रीत हुनपर्छ । यसमा चुक्नु भनेको एउटा झन ठूलो गृहयुद्दलाई निम्ता दिनु हो ।

_________
 
Posted on 05-03-06 2:19 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

me no political analyst. but, keepin in par wiht my optisim, which i realize can be crushed any morning, i do seee some positive signs...positive being a relative word. for example,
"Reciprocating the Maoist announcement of a three-month-long ceasefire, the government on Wednesday evening withdrew the Red Corner Notice and removed the “terrorist” tag labelled on the Maoists"
"The government [led by koirala] also annulled the municipal elections conducted by the royal government recently"
"With the major political parties boycotting the Feb.8 municipal polls conducted by the royal government, the turnout of voters was very poor—less than 21 percent of the total voters across the country"
by teh way, didn't the recent oath taking ceremonies of ministers take place in singa durbar instead of folloing the tradition at the royal palace"
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration
What are your first memories of when Nepal Television Began?
निगुरो थाहा छ ??
ChatSansar.com Naya Nepal Chat
Basnet or Basnyat ??
Sajha has turned into MAGATs nest
NRN card pros and cons?
TPS Re-registration case still pending ..
Do nepalese really need TPS?
कता जादै छ नेपाली समाज ??
Nas and The Bokas: Coming to a Night Club near you
Will MAGA really start shooting people?
Democrats are so sure Trump will win
मन भित्र को पत्रै पत्र!
Top 10 Anti-vaxxers Who Got Owned by COVID
I regret not marrying a girl at least for green card. do you think TPS will remain for a long time?
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
TPS Work Permit/How long your took?
Breathe in. Breathe out.
3 most corrupt politicians in the world
Nas and The Bokas: Coming to a Night Club near you
Mr. Dipak Gyawali-ji Talk is Cheap. US sends $ 200 million to Nepal every year.
Harvard Nepali Students Association Blame Israel for hamas terrorist attacks
TPS Update : Jajarkot earthquake
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters