[Show all top banners]

BinodB
Replies to this thread:

More by BinodB
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 हरि बंशलाई धम्कि - मण्डले बाट?
[VIEWED 1784 TIMES]
SAVE! for ease of future access.
Posted on 05-10-06 4:33 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

May 10, 2006


हरिवंश आचार्यलाई फोनबाट धम्की


२०६३ वैशाख २७, बुधबार
कलाकार हरिवंश आचार्यलाई आज मोबाइल फोनबाट धम्क्याउने काम भएको छ। यससम्बन्धमा बुझ्न मैले भर्खरै मदनकृष्ण श्रेष्ठसित उहाँको मोबाइलमा सम्पर्क गरेको थिएँ। उहाँले दिनुभएको जानकारी अनुसार टौदहमा सुटिङमा छँदा हरिवंश आचार्यको मोबाइलमा मेरो मोबाइलबाट सञ्चालित नम्बर देखिने मोबाइलबाट फोन आएर केएमसीको घटना सुन्नुभएको छ ? त्यो घटना मैले नै घटाएको हुँ, तपाईँसित पनि यस विषयमा कुराकानी गर्नुपर्नेछ भनेर भनिएको रहेछ। केएमसी भनेको काठमाडौं मेडिकल कलेज- डा हेमाङ दीक्षितमाथि गोली प्रहार भएको घटना। अनि उहाँहरुले सोधपूछ गरेर हेर्दा आपराधिक प्रवृत्तिको र प्रहरीले खोजिरहेकै अपराधीले फोन गरेको र फोन गर्नेको आवाजसिरियससुनिएको बताउनुभयो। सुरक्षाका लागि केही विचार गर्नुभएको छ ? भनेर सोध्दा उहाँले यसबारेमा विचार गर्नुपर्ने देखिएको छ भनेर भन्नुभयो।सरकारले सुरक्षाको बारेमा विचार गर्नुपर्छउहाँले भन्नुभयो। उहाँसितको कुराकानी अडियो ब्लगका रुपमा सुन्न भित्र आउनुस्।


जनआन्दोलन प्राथमिक उपचार कोषका संस्थापक अध्यक्ष भएको कारणले धेरै पैसा जम्मा भएको देखेर त्यही माग्नलाई त्यो अपराधीले फोन गरेको हुनसक्ने अनुमान आफूले गरेको मदन दाइले बताउनु भयो।


आफ्नै खल्तीबाट १ लाख रुपैयाँ राखेर जनआन्दोलन प्राथमिक उपचार कोषको स्थापना गर्ने मह जोडीलाई यस्तो किसिमको धम्की आउनुलाई हल्का तवरले बिल्कुलै लिनु हुन्न। यसप्रति गम्भीर ध्यानाकर्षण हुनुपर्छ। जनआन्दोलनपछि दलहरुको सरकार बनेका बेला ठाउँ-ठाउँमा यस्ता आपराधिक घटना भइरहेका छन्। कतै सर्च गर्न आएको भन्दै घरभित्र पसेर लुट्ने, दिउँसै बाटोमा लुटपाट हुने कार्य दिनहुँ बढ्दो छ। भक्तपुरतिर त सुरक्षाका लागि टोलभरीका घरहरुबाट एक-एक जना आलोपालो गरी खटिएर सुरक्षा समिति नागरिक स्तरमा बनाइएको समाचार सुनेको थिएँ।


 
Posted on 05-10-06 4:34 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

17 प्रतिक्रियाहरु »


1.     DEAR UMESH IN NEPAL THERE ARE SO MANY MANY DAKA HARU.
DEAR MADHAN KRISHNA AND HARI BANSHA
PLEASE DONT WORRY BE HAPPY. BUT YOU HAVE TO BE CAREFUL BECAUSE IN NEPAL THERE ARE SO MANY DAKAHARU.


KP FROM OVERSEAS


Comment by MR KPMay 10, 2006 @ 7:28 pm


2.     this must be the work of a royalist pervert.now that their days are numbered, they are taking to disdainful acts to satisfy their bedeviled minds. cold blooded murder and threats will not deter a true nepalese son like mr. acharya to renegade from his path. down with monarchy.


Comment by sandesh — May 10, 2006 @ 7:30 pm


3.     **************


माफ गर्नुस्, तपाईँको कमेन्टलाई स्थान दिन सकिनँ। कृपया ध्यान दिनुस्, अबदेखि कि अंग्रेजीमा कि नेपालीमा लेखिएको कमेन्टमात्र स्वीकार गरिनेछ। hami le gareko यसरी रोमन लिपिमा लेखिएका कमेन्ट पढ्न गार्‍हो हुने गर्छ। तपाईँले दुःख गरी लेख्नुभएको कमेन्ट कसैले पढेनन् भने तपाईँलाई नै घाटा हुनेछ। त्यसैले नेपालीमा लेख्ने बानी थाल्नुस्।


रोमनमा टाइप गरेर नेपालीमा ल्याउन मिल्ने साइट पनि छ। त्यसका लागि यहाँ क्लिक गर्नुस्। यसको लिङ्क मेरो साइटको बायाँ छेउमा रोमनबाट युनिकोडमा पनि रहेको छ। यो साइटमा गएर तपाईँले बायाँ छेउमा hami भनेर टाइप गर्नुभयो भने दायाँ छेउमा हामीदेखाउँछ। आफ्नो कमेन्ट लेख्न सकिएपछि त्यसलाई कपी गरेर यो साइटको कमेन्ट बक्समा पेस्ट गरिदिनुस्।


अलि दुःख त हुनसक्छ। तर यसले भाषाको पनि विकास गर्छ र तपाईँले दुःख गरेर लेखेको कमेन्ट अरुले पनि पढ्न पाउँछन्।


धन्यवाद !


Comment by manandhar — May 10, 2006 @ 7:41 pm


 
Posted on 05-10-06 4:36 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

1.     guy who called him must be small and vey tiny hoodlum.so mr comedy don’t be afraid bec leaders are with u .


Comment by vickyt — May 10, 2006 @ 7:49 pm


2.     हरिवंशजीले यसो भनेको भए:


सारङ्गी रेटौँला ,किन लुक्छस् आइजा भेटौँला


डा दिक्षित पनि लोकतन्त्रको आन्दोलनमा बेसरी लागेको मान्छे अनि हरिवंशजिले पनि जनआन्दोलनमा ऐक्यवद्दता देखाई उपचार कोष खडा गर्न थालेको मान्छे भएकाले ,यो धम्क्याउने काम र गोली हान्ने काममा हिजोका मण्डलेहरु कै हात हुनुपर्छ जस्तो लाग्छ मलाइ त ।


Comment by Krishna Paudel — May 10, 2006 @ 7:55 pm


3.     नमस्कार मह दाई हरु,
तपाईंहरु भनेको नेपालको निधी हो, सरकारले कुने पनि हालतमा तपाईंहरुको सुरक्षाको ग्यारेन्ट लिने छ, र सरकारले सुरक्षाकर्मी परिचालन गरेर तत्काल अपराधीको पहिचान गरी कदा भन्दा कदा कारबाही गर्नु पर्‍यो, अनि मात्र त्यस्ता अपराधीहरु निरुत्सहित हुने छन्
,
aakash,
कतार


Comment by Gagan — May 10, 2006 @ 8:03 pm


4.     My dear Hari dai
Yes indeed, I am shocked having this latest coverage in Merosansar blog, someone called you in your cellular phone and threatended you giving ref of Dr. Hemanga`s Dixit assasination attempt. I am not wondering at all at this very critical transition period of nepalese political scenario where we are very clearly moving towards the democratic republic without bloodshed.
Fuedal monarch and his 239 years institution will not give up easily without some sort of ploy and criminal attempts. We even in USA have been targeted by their loyalist being vocal and vibrant for the loktantra and complete abolishment of monarchy.
You “MAHA” are and were the advocate and leader of people`s movement, you do not need any formal security, entire Nepali people will be with you. But of course you have to be alert with such a criminals.
Take care
with love
Shailesh Shrestha and family
New York, USA


Comment by Shailesh Shrestha — May 10, 2006 @ 8:38 pm


 
Posted on 05-10-06 4:36 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

1.     मद्न जी र ह्री जी
नमस्कार
ह्री जी डराऔनु पर्दैन चिन्ता नलिनुहोस्! तपाईंहरुको पछाडी हामी छौ!यो बेला कुनै तानाशाहको मन्पर्दी राज्य हैन जहाँ कानुन आफ्नो पकेट्मा हालेर हीडने,यो बेला देशमा कानुन्को राज्य छ! हे लोकतन्त्रबादी साथी होशगरौ यस्तै बेला ती हीजोका भाट हरुले देशमा अराक्जता फैलाउछन र यस्तै बेलामा हामीहरुले च्नाखो हुनुपर्छ!
सुनौलो बीहनी लन्डन बाट


Comment by Nimesh Bhattarai — May 10, 2006 @ 8:41 pm


2.     Where is SpA leaders? they were just acting for Chairs? if u leaders can not give security people of nepal. Please give chair to Parchanda? you would lead our country.


Comment by jeewan — May 10, 2006 @ 9:40 pm


3.     नेपालमा पनि फोनबाट धम्काउन थालेछन? मैले त जापानमा मात्र धम्काँउथ्यो भन्ने पढेको थिए। भने पछि मन्डले र भिजिलान्तेहरु जहाँपनि एकै रुपका, एकै प्रकृतीका हुँदा रहेछन। जनआन्दोलन-२मा नागरिक समाजको सहभागिता र ऐक्यबद्धताले गर्दा जनताको पसिनामा रजाईगर्न पल्केका समुहबाट भएको हो यो ब्यबहार हाम्रा प्रमुख नागरिक तथा कलाकारहरु माथि। बर्तमान लोकतान्त्रिक सरकारले नागरिक समाजका प्रत्येक सदस्यहरु तथा जनआन्दोलनमा घाइते भएकाहरुका उपचारमा सहयोग पुर्याउँदै हिँडेका नेपालीहरुका सुरक्षाको जिम्मेवारि
लिनुपर्दछ।


सुन्दर


Comment by Sunder — May 10, 2006 @ 10:34 pm


4.     at this time hari dai and madan dai you must be carefull coz if somethings happen everybody will say just “kadhaibara” after they will build one “salik” around ktm then you will be a history …………….. so please be carefull and takecare yourself…………
thank you
bikram bhattarai
uk


Comment by bikram bhattarai — May 10, 2006 @ 10:56 pm


 
Posted on 05-10-06 4:39 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

1.     यो हारेको मान सिकताको बिकृत रुप हो ।
यसमा ति नै मन्ड्ले हरुको हात छ यो १००% ग्यारेण्टि हो।


अब त्यो फोन मा धम्की दिने भाडाको टाट् लाइ होईन कि त्यस्लाई प्रयोग् गर्ने मन्ड्ले लाई कारबाही गर्नु पर्छ । ति मण्ड्ले हरु को हुन भन्ने कुरा त हिजो नै चिनियको होईन र? हिजो नेकपा यमाले को पार्टी कार्यालय मा आगो लगाउन भनेर कलंकीमा आउने भिजिलन्ते हरुलाई कस्ले खटायको थियो? त्यसै बाट चिनिन्न र को हो त्यो भनेर? अनि कहाँ छ त्यस्को अन्तिम खेलाडी भनेर? यती पनि भनि रहनु पर्छ? यदि जनताले दियको सक्तिले नेताहरुमा साच्चिकै हयाउ आयको छ भने चाहे त्यो जो सुकै किन नहोस् चाहे जुन सुकै दरबारमा किन नहोस् त्यस्लाई क ठालोमा समातेर ल्यायर कारबाही गर्न सक्नु पर्छ होईन भने यस्ता अप्रराधी हरुको मनोबल झन बढछ ।


बस्नेत


Comment by basnetMay 10, 2006 @ 11:11 pm


2.     मह जोडी हो
जनआन्दोलन उपचार कोषमा धेरै पैसा जम्मा त भयो तर त्यो पैसा जती सबै मोडेल हस्पिटलले राखे जस्तो छ। कति कति पैसा को कसलाई दिएको हो जानकारी गराइदिए हामीजस्ता बिदेशमा दुख गरेर तपाइहरुलाई पैसा पठाउनेलाई राहत मिल्थ्यो । पैसा उठाउदापनि बिदेशमा बसेका नेपाली मन्डलेहरुले खुब खिस्यिट्यूरी गरे । फ्रान्समा त त्यो एउटा ठकूरी थरको गुन्डाले नेपाली कार्यक्रम भको रेष्टुरेन्टमा रक्सी खाएर धुमधाम झगडा गर्यो । पैसा उठाउने नेपालीहरुलाई त्यो पैसा मह ले खाने हो किन उठाको भनेर हातपातै गर्यो । उसले त पैसा दिएन नै ठीकै भो उसको इच्छा हो तर दिनेहरुलाई पनि भांडेर धुमधाम गर्यो । राजदूतको चाकडी गर्ने त्यो थेच्चरोले भनेको मिल्यो भने त हामीलाई मुख देखाउनपनि हुन्न। त्यसैले मह दाइ त्यो पैसा जम्मा भएको देखेर ठकूरी जस्तै गुन्डाहरुलाई थर्काएका होलान्। अथवा त्यो थर्काउने मान्छे पुलीस या सेनाको माथिल्लो तहको मान्छेपनि हुनसक्छ।
तपाइहरुको कोषमा जम्मा भएको पैसा बढी भएमा कुन काममा लगाउनुहुन्छ कृपया जानकारी दिनुहोला। अनि भर्खरै दिवंगत भएका दुइ शहिदका परिवार र एक गहन घाइतेका परिवारले पैसा पाइएन उपचार गर्दा भनेका छन् । यस्तो किन भको हो । तपाइहरुले किन उनीहरुलाई ध्यान नदेको हो । हामीले पठाको पैसा त सबै घाइतेकालागि हो । न कि मोडेल अस्पताललाई । कृपया यसै अनलाईनमा उत्तर पाउ । नभए कान्तिपूरमा एउटा लेख आअोस ।
रामहरि पन्डित


Comment by Rasmila Kayastha — May 11, 2006 @ 12:24 am


 
Posted on 05-10-06 4:40 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

1.     dont worry Haribansa dai, we all are with you. But you need special careful because may such damn fool can do anything to make Society harashment.


You need special protection and out and in your house until THE SATAN can arrest.


Comment by parashu — May 11, 2006 @ 1:03 am


2.     यो घाटन दुखद हो , तर यसमा राजाका मन्द्लेहरुको हात छ पत्त लगयर कर्बिही गर्नु पर्छ नत्र यो दल्को सरकार देखौने मात्र त होईन नि ,नत्र यिनिहरुलाई नै ठीक पर्नु पर्छ है


Comment by himal — May 11, 2006 @ 1:04 am


 
Posted on 05-10-06 4:43 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मन्डले हरु खबर दार्!!
साथी हरु, जब सम्म पञ्चायत काल का भुत हरु लाई, जनतको आन्दोलन लाई दबाउने मन्डले हरु लाई यो सरकार ले कदा भन्दा कडा कारबाही र हामी सचेत जनताले सामाजिक बहिश्कार गर्न सक्दैनम तब सम्मा यिनिहरु ले देश र जनता अनि प्रजातन्त्र को बि रुद्ध्मा सधैंनै षड्यन्त्र गरी नै रहनेछन्, त्य्सैको एउटा सानो नमुना हरिबन्श दाई लाई आएको धम्की बाट थाहा हुन्छ, भोली यस्ता खाले धम्की उमेश जि तपाईंलाई नि नाउल भन्न सकिन्न, त्यसैले हामी सजग र सचेत हुनु जरुरी छ ।
 
Posted on 05-10-06 4:44 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


देशमा प्रजातन्त्र चाहिन्छ भनेर निर्भिक भयि समाज म डाक्टर जस्तो उच्च पेशामा संलग्न ब्यक्तिलाई खुलेआम्, दिन दहाडै गोली हानी हत्या गर्न समेत आट गर्ने ती मन्दले हरु लाई तुरुन्तै कारबाही हुनु पर्‍यो ।
छान्बिन आयोग बल्ल बन्यो, त्यसले छान्बिन गरेर कहिले सका उने त्यस्को रिपोर्ट सरकारले कहिले हेर्ने, अनि दोशी माथि कारबाही कहिले हुने
?
यत्तीनजेल सम्म मा त मन्डले, गुण्डा हरु जस्तै कमले थापा षरद चन्द्र हाब्रे, निरन्जन थापा, प्रज्वल्, प्रवल्, शिशिर्, अन्तरे जन तरे र भर्र्याङ मुनिका माथिका सबै राणा शाह हरु ७ पुषता लाई पुग्ने गरी झिटिझ्याम्लो कसिसक्या हुन्छन्, ,३ बर्षा पछी फेरी थाहै नपौने गरी छिर्छन र फेरी प्रजातन्त्र मास्न मा लाग्छन्, त्य्सैले यस्त चोर पपी अधम अपराधी स्मुग्ग्लेर मुर्ती चोर, कालो धन्दा गर्ने नेपाली समाज का भाइ रस् हरु लाई जरा सहित उखेलेर फाल्नु पर्छ, तीनका सर्बस्व राष्ट्रियकारण गरेर तीनलाई कालो मोसो दली, गधामा उल्टो फर्काआएर पुरा काठमाडौं घुमा उनु पर्छ र तीन लाई हनुमन कट्टु मात्र लएर जिउ भरि शखर दलेर दिन भरि घाम मा झिङा भन्कएर सिस्नु पानी ले झ्याम कि झ्याम हन्दै सजाय दिनु पर्छ ।
मलाई त यो कमल थापा, निरन्जन थापा, शरद चन्द्र हब्रे, यस्ता कुयिसकेका मान्छे हरु अझै पनि हामी जनतलाई कसरी दुख दिन सकिरहेक छन्, अचम्म लागि राछ
तर जाभा सम्म्, नेपाल मा ज्ञाने वा पारशे रहिरहन्छन्, तब सम्म यस्त डान्का, चोर, देश्द्रोही, भ्रस्टाचारइ हरुले सरण पायि नै रहन्छन्, त्य्सैले अब यिन्लाई सधैं को लागि सर्बस्व हरन गरेर देश निकाल गर्ने हो वा नख्खु जेल म लगेर त्यहिन षड्ने गरी सधैं का लागि थुन्ने हो, चन्डै भन्दा चान्डै यो सरकार ले निर्णय लिन पर्छ, र त्यस्को लागि हम्ले सरकारलाई दवाब दिनु पर्छ ।
उमेश जि, कमले चोर, षरद चन्द्र मुर्ती चोर, निरन्जन ज्यान मारा, जस्ता अरु पनि छन नि हो तीनक बारेमा एउटा अनुशन्धानात्मक लेख तयार पार्नुस् न ।
जब सम्म यि चोर हरु लाई सजाय हुन्न तब सम्मा शाहीद को बलिदान पुरा हुँदैन ।
सरकार ले तुरुन्तै कमले, निरन्जन्, तुल्सी गिरी, अनि राणा हरु को को हुन साला कुकुर हरु तीनका राहदानी (पास्पोर्ट)जफत गरी छान्बिन पुरा नहुन्जेल देश बहिरा जान नपाउने गर्नु पर्‍यो, माधव नेपाल लाई तेत्रो दिन्, राम चन्द्र पौडेल, णरहरि आचार्य र अरु हरु लाई त्यो ज्ञाने को तलुवा चाट्ने कमले चोर ले कति दिन थुनेर राख्यो, खोइ सरकार के गर्दै छ, छान्बिन अयोग त पञ्चायत को अबशान पछी पनि त बन्यो, खोइ दोशी माथि कारबाही भाको
?
साथी हरु, अयोग बन्यो, २ महिना म रिपोर्ट आउन्छ, अनि ति चोर हरु लाई कारबाही हुन्छ भन्ने भ्रम मा पर्ने बेला छैन अहिले, भोली नै सिंहदरबार म डेलिगेसन लिएर जानु पर्छ, साथी हरु २ महिना पछी जनता को रिश मर्न सक्छ, दोशी हरु देश को लुटेको सम्पत्ति लिएर भागन सक्छन्, तुरुन्तै केही हुनु पर्‍यो, सरकारले केही गर्नु पर्‍यो ।
एक दुई जनलाई तुरुन्त थुनेर राख्नु पर्‍यो, अनि फोन गरेर मर्ने धम्की दिने भरउटे हरुको के हालत हुन्छ हेर्नु पर्छ ।
सरकार लाई दवाब दिन पुगेन, दोशी फरार हुन थाले । साथी हरु साबधान्!


Comment by AjataShatru — May 11, 2006 @ 2:40 am


 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
शीर्षक जे पनि हुन सक्छ।
NRN card pros and cons?
What are your first memories of when Nepal Television Began?
Basnet or Basnyat ??
nrn citizenship
Sajha has turned into MAGATs nest
Nas and The Bokas: Coming to a Night Club near you
डीभी परेन भने खुसि हुनु होस् ! अमेरिकामाधेरै का श्रीमती अर्कैसँग पोइला गएका छन् !
3 most corrupt politicians in the world
if you are in USA illegally and ask for asylum it is legal
Top 10 Anti-vaxxers Who Got Owned by COVID
निगुरो थाहा छ ??
Poonam pandey - death or suicide?
ढ्याउ गर्दा दसैँको खसी गनाउच
Doctors dying suddenly or unexpectedly since the rollout of COVID-19 vaccines
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
Travelling to Nepal - TPS AP- PASSPORT
TPS Work Permit/How long your took?
How long does Citizenship take?
Will MAGA really start shooting people?
Nas and The Bokas: Coming to a Night Club near you
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters