[Show all top banners]

nepalean
Replies to this thread:

More by nepalean
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 Nepali Mentality!
[VIEWED 3225 TIMES]
SAVE! for ease of future access.
Posted on 05-17-06 6:29 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

खास यो धागोमा नेपाली प्रब्रितीको बारेमा गनथन गर्न सुरु गरेको छु । हुन त मैले दोष अथावा राम्रो कुरा देखाउदा मलाइ पनि पर्न जान्छ किनकी म पनि नेपालीको बथानमा नै परे ।
तल हिमाल खबर पत्रिकामा छापिएको लेखले गर्दा १,२ वटा दिकदारीका कुरा राख्न मन लाग्यो ।
उत्तरमा चिन र दक्षिणमा भारतका भिन्न भिन्न ब्यबस्था भैकन पनि बिकासको गतिमा एक्दम अघि बढेका छन। त्यसको ठिक बिपरित १५ बर्ष अघि मात्र बनेको संबिधान र प्रजातन्त्रको किन यस्तो दुरदशा ? अहिलेको स्थतिमा देशहुनु कस्को दोष ? अरु जोसुकै भए पनि साधरण जनताको पक्कै पनि होइन । हात मुख जोर्न धौ धौ पर्नेलाइ न त प्रजातन्त्रको वास्ता हुन्छ न त लोकतन्त्रको ? कहिले राजा शक्तिसाली छन त कहिले पार्रटीहरु त कहिले माओबादी । खासकुरा के भने एकले अर्कोलाइ निमिट्यान्न पार्न खोज्दैछन । यो त भयो देशको राजनिति माहोल । समाजमा पनि यसको कुनै न कुनै रुप देख्न पाइन्छ । कुनै न कुनै कारण भेट्टाए तोड फोड आदि गरेर आफ्नो शक्ति पर्दशन गरिहाल्लनु पर्छ । या त अरुका जग्गा मिचेर वा वाटोमा हिड्दा अर्काको अर्काको साइड मिचेर वा अन्य तवर बाट अरुलाइ माइनस गर्ने प्रबिति वा आफु शक्तिसालि हुन पर्बिते नेपालमा जताततै देख्न पाइन्छ । हुन त आफ्नो राम्रो गर्ने जसलाइ पनि मन लाग्छ तर नेपालमा वा नेपालिमा गतिनै छाडेर यस्तो गर्ने गरेको मैले महसुस गरेको छु । तलको लेख एउटा यस्तै मानसिकताको उपज हो । यस्ता निच मानसिकताका उदाहरण अन्य तवरले प्रस्तुत गरेको पनि देख्न पाइन्छ ।
‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍----------------------------------------------------
दाइजो नल्याएको निहुँमा चार महिनादेखि थुना
माइतीबाट दाइजो नल्याएको निहु“मा चार महिनादेखि घरको कोठामा थुनेर श्रीमानबाट दैनिक शारीरिक र मानसिक यातना पाउँदै आएकी एक गर्भवती महिलालाई सोमबार मानवअधिकारकर्मीले थुनामुक्त गरिदिएका छन्।

बिराटनगरबाट पत्रकार राजेन्द्र पोखरेलले पठाएको समाचार अनुसार सुनसरी प्रकाशपुर- ८ निवासी जीवन पन्तले श्रीमती रमा कार्कीलाई विवाहमा ससुरालीले दिने भनिएको २ लाख रुपैयाँ दाइजोवापत नल्याएको जनाउँदै कुटपिट गरी यातना दिदै आएका थिए। श्रीमानट पीडित रमाले भनिन्- 'विवाहको १६ दिनदेखि नै मलाई कुटपिट गर्ने र सजाय दिने गर्दै आएका थिए।'

रमाले सात महिनापछि माइती गएर बाबुआमा र दाजुभाइलाई आफ्ना श्रीमान्ले विवाहमा भएको खर्च र थप दाइजो वापत २ लाख माग गरी कुटपिट गर्ने र सासूससुराले नोकरको जस्तो व्यवहार गर्ने गरेको बताएकी थिइन्। त्यसपछि माइती पक्षले झगडा मिलाउन समाज राखेर उनलाई पुनः श्रीमान्कै घर पठाइदिएका थिए । त्यसपछि पनि उनीमाथि जीवनले झन् अमानवीय तबरले यातना दिदै आएका थिए ।

श्रीमान चरमयातना खप्न नसकेर उनी दोस्रो पटक पुनः माइती पुगिन्। त्यसपछि स्थानीय महिला समूह र संघसंस्थाले श्रीमान्लाई र्सार्वजनिक भेलामा बोलाइ आइन्दा कुटपिट र मानसिक यातना नदिने कागज गराएर रमालाई घर भित्र्याउन लगाएका थिए। दोस्रो पटकको घटनापछि क्रुद्ध जीवनले उनलाई कोठामा थुनेर चरम यातना दिएको रमाले बताएकी छन्।

जीवनले गत माघ महिनादेखि घरभित्र कोठाबाट बाहिर निस्कन र छरछिमेकी, आमाबाबु, दाजुभाइ कसैस“ग पनि भेटघाट गर्न नदिई दैनिक कुटपिट गर्ने र विभिन्न खाले यातना दिन सुरु गरेको पीडितले बताएकी छन् । सोही समयदेखि जीवन पन्तले भात खाएर छाद्ने र सो छादेको भातमा थुकेपछि सोही खान दिने, भात खाएर थालमा चुठ्ने र सोही चुठेको फोहोर पानी खान लगाउने, खान नमान्दा लौरोले संवेदनशील अंगमा घोच्ने, र पिट्ने गरेको उनले बताएकी छिन्।

चार महिनादेखि घरभित्रै कोठामा बन्दी बनाएर शारीरिक तथा मानसिक यातनाको पीडा पाइरहेकी रमालाई जीवन पन्तले निर्वस्त्र पारी लाठीले कुटपिट गरेपछि उनी रु“दै गरेको अवस्थामा छिमेकी मोहन कार्कीले देखेका थिए । त्यसपछि ढोका फोरेर हेर्दा जीवनले कुट्दै गरेको लाठी समातेर उनलाई निकाली सम्झाई बुझाई गरेको कार्कीले मानवअधिकारकर्मी र सञ्चारकर्मीलाई बताए । कार्कीका अनुसार यस्तो घटना एकपटक मात्र हैन दुई पटक आफैंले देखेर छुट्याएका थिए।

पन्तका छिमेकी कमला बस्नेतका अनुसार रमालाई चार महिनादेखि घरबाट बाहिर निस्केको नदेखेपछि उनका माइतीलाई खबर गर्दा माइतीबाट उनका दाजु दिलीप कार्की बहिनी भेट्न आएका थिए।उनले बन्दी अवस्थामा होस् गुमाएर कोठाभित्रै रहेर झ्यालबाट चिहाइरहेकी बहिनीलाई देखेपछि रमाको कारुणिक अवस्था र्सार्वजनिक भएको हो।

रमालाई राति राति जीवनले कहिले भैंसीको गोठ त कहिले बरन्डामा मरणासन्न हुने गरी कुटपिट गरेको देखेर उनलाई बचाउन जा“दा जीवनले छिमेकीलाई मार्ने धम्की दिएर खुकुरी देखाई त्रास उत्पन्न गराउने गरेको छिमेकी अर्जुन अधिकारीले बताएका छन् ।
शारीरिक र मानसिक यातनासहित बहिनी रमालाई कोठामा ज्वाईले बन्दी बनाई राखेको अवस्था देखेपछि रमाका दाजु दिलीप कार्कीले मानवअधिकारकर्मीहरुको पहल र सहयोगमा उनलाई सोमबार थुनामुक्त गराएका थिए ।

घरबाट थुनामुक्त गरी माइतीको जिम्मामा मानवअधिकारकर्मीले लगाई दिएपछि रमा मंगलबार सदरमुकाम इनरुवा आई सामाजिक न्याय र कानुनी न्याय तथा जीवनको अधिकार रक्षाका लागि मानवअधिकारकर्मी, कानुन व्यवसायी, पत्रकार महिला अधिकारवादी र प्रहरी प्रशासन समक्ष निवेदन दिएकी छन् । पशुवत व्यवहार गरी अमानवीय रुपमा मानवता विरोधी अपराध गर्ने जीवन पन्तलाई कडा भन्दा कडा कार्वाही गर्न सहयोग गरिदिन सम्बद्ध सबै पक्षलाई उनले आग्रह गरेकी छन्।

यातना पाएर विक्षिप्त भएकी पीडित रमालाई महिला पुनर्स्थापना केन्द्र -ओरेक) विराटनगरले स्वास्थ्य उपचार र मनोसामाजिक मनोविमर्श सेवा प्रदान गर्न मंगलबार आफ्नो केन्द्रमा लिएर गएको छ।

यो समाचारलाई बिराटनगरबाट प्रकाशित हुने उदघोष दैनिकले प्रमुखताका साथ मंगलबारको अंकमा प्रकाशित गरेको छ।
 
Posted on 05-17-06 9:59 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

khoi yar..kasaiko ganthan chhaina?
 
Posted on 05-17-06 10:14 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

herana tyo font padnai garo cha ..
 
Posted on 05-18-06 12:42 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

aba herana aznshwaty ko nai attitude, nepali bhayera nai garo bhayo re font padna...yo taal le ta nepali language will survive in roman unicode hahahahahah.............aba she is stucked in between like my brother na ta purai nepali na ta purai gora.

well no offence , afnai bahini ra bhai jasto laagyo ra bhaneko.............i souldnot be judgemental.



karma yogi
 
Posted on 05-18-06 1:05 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

tyeslai katnu parcha. chapkaidehuncha
 
Posted on 05-18-06 6:00 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

http://www.kantipuronline.com/kolnews.php?&nid=74049
another mentality to find flaws in other's work, to one that has thought that Nepalese are mere bheda bhakra and they will much on any crap they write

Seized-ceased, buttom-button?
 
Posted on 05-18-06 7:02 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Jhan arko ramailo kuro.....protesting is banned around singhadarbar and rajdarbar area.
K bhann k hoi...??
 
Posted on 05-18-06 7:26 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मनि माइन्डेड ब्रोको कुरा एकदम चित्त बुझ्यो।

हो.. हो... आजकल थुप्रै छन जसले नेपाली पढन आउँदैन, कस्तो गाह्रो भनेर आफ्नै बेइज्जत गर्छन। लाज शरम पचेपछि हामीले के भन्ने? १ घण्टा समय दिएर लेख्न पनि सिक्नु छैन, अझ पढनै सकेन रे। नेपाली नआउने भए कि फेरी अंग्रेजी गजबको हुनु पर्यो नि, त्यो पनि छैन।
 
Posted on 05-18-06 7:57 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

also about numbers...... i have met people who did not know how much 'paitish' or 'satattar"was. I had to translate it into 35 and 77. Yes, they were Nepalis. Made me sick to the core.
 
Posted on 05-18-06 10:04 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Then they must be ABCD.
or like ABCN ( American borned confuesed nepali) or somewhat trying to be this type of character.
 
Posted on 05-18-06 10:04 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

maybe she doesn't have right font. need to use E explorer with aprropriate font ni ho
 
Posted on 05-18-06 11:32 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ani ke garne ta, mero fault haina ni, i CAN read nepali a bit, but the words are soo tiny !
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 30 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
nrn citizenship
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
Travelling to Nepal - TPS AP- PASSPORT
emergency donation needed
ढ्याउ गर्दा दसैँको खसी गनाउच
मन भित्र को पत्रै पत्र!
Morning dharahara
Guess how many vaccines a one year old baby is given
जाडो, बा र म……
Susta Susta Degree Maile REMIXED version
Elderly parents travelling to US (any suggestions besides Special Assistance)?
कल्लाई मुर्ख भन्या ?
1974 AD Pinjadako Suga Remixed
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters