[Show all top banners]

focus.nepal
Replies to this thread:

More by focus.nepal
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 IS IT TRUE? NEPALI DAWOOD ?
[VIEWED 3250 TIMES]
SAVE! for ease of future access.
Posted on 06-13-06 6:18 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मेरो समूहको नाम स्पाइडर ग्रुप हो । म नेपालबाहिर छु र यहीँबाटमेरो समूह संचालन गर्छर् ।मेरो समूहमा १९ जना छन् उनीहरूले एक-अर्का लाई चिन्दैनन् । सेना, प्रहरी र माओ वादी छाडेकाहरूलाई मिलाएर मैले आफ्नो समूह बनाएको छु । मेरा समूहका दर्ुइजना सदस्य दिल्लीमा पनि छन् ।पैसा असुल्छु, तर लागूऔषध, चेलीबेटी बेचबिखन र लुटपाटको काममा म कहिले लाग्दिनँ । एउटा नर्सिङ होममा पैसा असुल्न जाँदा भर्खरै मेरो एकजना भाइ समातिएको छ ।more .... http://focus.blogsome.com काठमाडौं मेडिकल कलेजका अध्यक्ष तथा वरिष्ठ बालरोग विशेषज्ञ डा. हेमांग दीक्षितमाथि वैशाख २१ गते बानेश्वर हाइटमा गोली प्रहार गर्न े गिरोह आफ्नो नेतृत्वको भएको मिलन लामा ‘पासाङ’ नामका व्यक्तिले दाबी गरेका छन् । ‘नो नम्बर’ सम्भवतः विदेश)बाट समयसँग टेलिफोनमा कुरार्गर्दै उनले मोटो रकम असुल्ने उद्देश्यले उक्त गोली काण्ड गराएको बताए ।
प्रहरीले पनि ‘स्पाइडर गु्रप’ नामको आपराधिक समूहको उक्त घटनामा संलग्नता पाइएको बताएको छ र त्यसका नाइके सन्दीप पाठक वा मिलन लामा भएको आशंका गरेको छ । उपत्यका अपराध अनुसन्धान शाखाका प्रमुख प्रहरी उपरीक्षक केशव अधिकारी अनुसन्धानको निष्कर्षतत्काल र्सार्वजनिक गर्दा अपराधी चनाखो हुने उल्लेखर्गर्दै भन्छन्, ‘सन्दीप पाठक वा मिलन लामाको विषयमा हामीलाई केही जानकारी प्राप्त भएको छ तर त्यसबारे सम्पर्ूण्ा तथ्य तत्काल बाहिर ल्याउने पक्षमा हामी छैनौं ।’

के हो ‘स्पाइडर गु्रप’ र को हुन् सन्दीप पाठक र मिलन लामा

नेपालको अपराध संसारमा भर्खरै सुनिएका यी नामबारे प्रहरीसँग केही जानकारी भए पनि त्यो पर्याप्त नभएको प्रहरीको भनाइले स्पष्ट पार्छ । पछिल्ला बै ंक डकैती, लुटपाट र डा. दीक्षितमाथिको आक्रमणमा एउटै गिरोहको हात रहेको र त्यो सन्दीप र मिलन समूह नै भएको प्रहरीको आशंका छ । तर, मिलन भने काठमाडौ ं मेडिकल कलेजकै अर्का संचालक बिएस राणामाथि २०६२ पुस ४ को गोली प्रहारको प्रयास, डेढ वर्षघि त्यही कलेजमा बम विस्फोटनको प्रयास र डा. दीक्षितमाथिको आक्रमण मात्रै आफ्नो समूहले गराएको बताउँछन् ।

तर, सन्दीप पाठक आफै वा आफ्नो गिरोहका सदस्य भएको रहस्य भने उनी खोल्दैनन् । पछिल्ला समयमा बैंकहरूमा भएका लुटपाटका घटनामा भने आफ्नो संलग्नता नरहेको उनको दाबी छ । निजी लगानीका स्वास्थ्य संस्था र त्यसका संचालकहरूसँग लाखौंकरोडौं रुपैयाँ मागिएको र नदिए ज्यान मार्न े धम्की दिइएका घटना यसअघि नै पटक पटक र्सार्वजनिक भएका छन् ।

यसअघि त्यस्ता धम्कीका केही घटना र्सार्वजनिक भए पनि डा. दीक्षितमाथि आक्रमणपछि आफूसँग रकम मागिएको र धम्की दिइएको बताउने हिम्मत उनीहरूले गर्न सकेका छैनन् । एक प्रतिष्ठित चिकित्सक नाम नछाप्ने र्सतमा भन्छन्, ‘लाखौं रकम माग गर्दै मलाई पनि विदेशबाट फोन आएको छ, नरम स्वरमा बोल्ने उसले मागिएको रकम नदिए डा. दीक्षित बनाइदिने धम्की दिने गरेको छ ।’

काठमाडौं मेडिकल कलेजका अध्यक्ष तथा वरिष्ठ निजी लगानीका स्वास्थ्य संस्था जस्तै वैदेशिक रोजगार व्यवसायी पनि यो गिरोहबाट अत्यधिक पीडित छन् । नेपालबाहिरबाट टेलिफोन गरेर करोडौं रकम माग्ने गरिएको र डा. दीक्षितमाथि आक्रमण गरिएको दिन ‘वैशाख २१’ सम्झन धम्की दिने गरिएको बताउँछन्, उनीहरू । उनीहरूका अनुसार अहिले यो व्यवसाय यस्तै धम्कीका कारण पीडित र त्रस्त बनेको छ । नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष एलपी सावा भन्छन्, ‘बामे र्सन थालेको यो व्यवसायलाई यस्तो धम्कीले संकटमा पार्ने सम्भावना देखिएको छ ।’

को हुन् मिलन लामा - more.........................................

 
Posted on 06-13-06 10:35 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

काम पाएन जे पायो तेहि लेखेर बस्ने ।।।
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 90 days
Recommended Popular Threads Controvertial Threads
What are your first memories of when Nepal Television Began?
निगुरो थाहा छ ??
TPS Re-registration case still pending ..
Basnet or Basnyat ??
Sajha has turned into MAGATs nest
NRN card pros and cons?
Will MAGA really start shooting people?
मन भित्र को पत्रै पत्र!
Top 10 Anti-vaxxers Who Got Owned by COVID
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
TPS Work Permit/How long your took?
Breathe in. Breathe out.
3 most corrupt politicians in the world
Guess how many vaccines a one year old baby is given
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
चितवनको होस्टलमा १३ वर्षीया शालिन पोखरेल झुण्डिएको अवस्था - बलात्कार पछि हत्याको शंका - होस्टेलहरु असुरक्षित
शीर्षक जे पनि हुन सक्छ।
Disinformation for profit - scammers cash in on conspiracy theories
someone please tell me TPS is here to stay :(
Travelling to Nepal - TPS AP- PASSPORT
Nas and The Bokas: Coming to a Night Club near you
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters