[Show all top banners]

s.sigdel
Replies to this thread:

More by s.sigdel
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 Prachanda in the PM Resident (BaluwTar)
[VIEWED 1857 TIMES]
SAVE! for ease of future access.
Posted on 06-16-06 1:09 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Guys !!!!!
break News Prachanda is holding talk with PM in PM Resident..
http://www.parewa.com/newsview.php?id=2433
 
Posted on 06-16-06 1:16 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

प्रचण्ड सहितको शिखर वार्ता प्रधानमन्त्री निवासमा जारी (Updating...)
माओवादी अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता बाबुराम भट्टराई सामेल शिखर वार्ता प्रधानमन्त्री निवास बालुवाटारमा भइरहेको छ। शिखर वार्तामा सातैदलका शीर्षनेताहरु समेत सामेल छन्। यसअघि प्रधानमन्त्री कोइराला र माओवादी नेताहरुबीच बिहान ८ बजेदेखि अनौपचारिक छलफल भएको थियो।

सद्भावना आन्नदीदेवीका महासचिव भरतविमल यादव केही समयअघि बालुवाटार पुग्नुभएको छ। कांग्रेस उपसभापति सुशील कोइराला र नेपाल मजदूर किसान पार्टीका नारायणमान विजुक्छे पनि शिखर वार्ताका लागि अघि वालुवाटार पुग्नुभएको परेवा सहकर्मीले जनाएका छन्।

यसअघि माओवादी अध्यक्ष प्रचण्ड र बाबुरा भट्टराईसँग प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले करिब २ घण्टा अनौपचारिक छलफल गर्नुभएको थियो। प्रचण्डहरुसँगै एकजना महिला समेत बालुवाटार प्रवेश गरेको बालुवाटारबाट परेवा सहकर्मी सागर श्रेष्ठले बताएका छन्।

अनौपचारिक सो छलफलमा माओवादी वार्ताटोलीका संयोजक कृष्णबहादुर महरा, सदस्यहरु दीननाथ शर्मा र देव गुरुङ पनि सामेल थिए। शिखर वार्ताले राजनीतिक मुद्दाहरुमा निर्णय लिनसक्ने बताइएको छ। शुक्रबार भएको वार्तापछि शिखर वार्ता चाँडै हुने बताइएको थियो।

प्रधानमन्त्री कोइराला बैंकक भ्रमणमा शनिबार प्रस्थान गर्नुहुने भएकोले राजनीतिक मुद्दाहरुमा आज शुक्रबारको बैठकबाटै निष्कर्ष निकाल्ने प्रयास हुनेछ।

बिहान ८ बजेतिर माओवादी नेताहरु डानेस्टी एयरको हेलिकोप्टरबाट काठमाडौं आइपुग्नुभएको थियो। वार्तास्थलमा सञ्चारकर्मीहरुलाई पस्न नदिएको विरोधमा फोटो पत्रकारहरुले धर्ना दिइरहेका छन्।

 
Posted on 06-16-06 1:33 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

प्रधानमन्त्री निवासमा प्रचण्ड, भट्टराइ र कोइरालाबीच वार्ता जारी (UPDATING....)
एफएन न्युज सम्वाददाता
काठमाडौ १६ जुन २००६ । सरकार र माओवादीका शिर्ष नेताहरुबीच शिखर वार्ता प्रधानमन्त्री निवास बालुवाटारमा ११ बजेसम्म पनि जारी रहेको छ। माओवादी अध्यक्ष प्रचण्ड र नेता बाबुराम भट्टराइ पोखराबाट आज बिहान एयर डाइनेस्टीको हेलिकोप्टरमा काठमाडौ आउनु भएको हो । यो समाचार लेख्दा प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला, माओवादी अध्यक्ष प्रचण्ड र बाबुराम भट्टराइबीच प्रधानमन्त्री निवासमा वार्ता भइरहेको बताइएको छ। आजै दिउँसो सात दल र माओवादीका शिर्ष नेताहरुबीच वार्ता हुने कार्यक्रम रहेको छ। गृहमन्त्री कृष्णप्रसाद सिटौला आज बिहानै पोखरा पुगेर माओवादीका शिर्ष नेताहरुलाई ल्याउनुभएको हो । माओवादी नेताहरु त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट गृहमन्त्रीकै गाडीमा बालुवाटार छिर्नु भएको थियो । प्रधानमन्त्री निवास बालुवाटारमा सरकार माओवादी वार्ता टोलीका साथै कांग्रेस उपसभापति सुशिल कोइराला र बरिष्ठ अधिवक्ता सिन्धुनाथ प्याकुरेल पनि छिर्नु भएको छ। वार्तास्थालबाछ एफएन न्युज सम्वाददाताले जनाएअनुसार ११ बजेसम्म भित्रबाट संचारकर्मीहरुलाई बाहिर कुनै जानकारी दिइएको छैन । प्रधानमन्त्री निवासमा केही माओवादी कार्यकर्तासमेत छिरेका छन् । प्रधानमन्त्री कार्यालय छिर्नुअघि प्रचण्ड र डा. बाबुराम भट्टराईले प्रेसलाई कुनै प्रतिक्रिया भने दिएनन् । अहिले वार्तास्थल बारिह सैयौ देशविदेशका पत्रकार रहेका छन् । एफएन न्युज सम्वाददाताकाअनुसार आजै दिउँसो सात दलका शिर्ष नेताहरुसँग शिखर वार्ता हुने बुझिएको छ। स्रोतहरुले दिएको जानकारीअनुसार करिब १२ बजेबाट औपचारिक वार्ता सुरु हुने बताइएको छ। आजको वार्तामा अन्तरिम विधान निर्माण र अन्तरिम सरकारका बारेमा छलफल गर्ने बुझिएको छ। सरकार र माओवादीबीच हिजो भएको दोस्रो चरणको वार्तामा शिखर वार्ता गर्ने निर्णय गर्दै डा. देवेन्द्रराज पाण्डेको संयोजकत्वमा ३१ सदस्यीय युद्धविराम आचारसंहिता राष्ट्रिय अनुगमन समिति बनाउने लगायतको निर्णय गरेको थियो । ताजा समाचारका लागि एफएन न्युज हेर्दै गर्नुहोला

 
Posted on 06-16-06 1:39 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सेरेमोनियल किङ मान्य हुने छैन
(GMT5.5)

प्रिचण्ड, अध्यक्ष, माओवादी



मलाई लाग्छ, प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले अहिलेको प्रसंगमा संवैधानिक राजतन्त्र र सेरेमोनियल किङको कुरा गर्न हुने थिएन, किनभने त्यो १२बुदे समझदारीको स्प्रिटअनुसार छैन र नेपाली जनताको भावनाअनुसार पनि छैन, फेरि पनि उहा“ले एउटा प्रधानमन्त्रीको हैसियतले र संविधानसभा निर्वाचनको घोषणा गर्नुपर्दछ भन्ने नीतिगत घोषणा पनि भइरहेको सर्न्दर्भमा सेरेमोनियल किङको त्यसरी कुरा गर्न हुने थिएन।

आजभन्दा करिब साढे तीन वर्षगाडि मेरो पहिलोचोटि गिरिजाप्रसाद कोइरालास“ग भेट भएको थियो। पहिलो भेटमा मेरो पहिलो भनाइ उहा“प्रति के थियो भने अब तपार्इंहरू गणतन्त्रमा आउनुहोस्, हामीहरू बहुदलमा आउ“छौं, त्यसरी मात्र देशको भलो हुन सक्छ, शान्ति आउन सक्छ भनेर भन्दा गणतन्त्रमा मचाहि“ आउन सक्दिन“ भनेर भन्नुभयो। स्पष्टै, शुरूकै भेटमा र शुरूकै वाक्य थिए यी चाहि“।


अहिले साढे तीन वर्षछि देशमा आन्दोलन ठूलो भयो, युद्धको प्रकृति पनि नया“ ठाउ“मा आयो, नया“ स्थिति बन्यो, फेरि पनि उहा“ले राजतन्त्र छोड्ने कुरा गर्नुभएको छैन। अहिलेको आवश्यकतालाई उहा“को त्यो अडानले परिपूर्ति गर्दैन। यस कारण त्यो अडानलाई सकारात्मक रूपमा लिन गाह्रो पर्छ जनतालाई।

फेरि पनि उहा“ले आज अलिकति सच्याएको मैले फिल गरेको छु। आज -बिहीबार) काठमाडौंमा बोल्दै हुनुहुन्थ्यो सायद कि जनताले गणतन्त्रको फैसला गर्छन् भने मेरो भन्नु केही छैन भनेर। उहँ“ले केही करेक्सन गर्ने कोसिस गर्नुभएजस्तो लाग्छ। तर जनताको फैसलाको अधिकारलाई कुण्ठित गर्दै उहा“ले त्यस खालको भूमिका खेल्नु भएन भने त्यही योगदान पनि उहा“को ठूलो हुन सक्दछ।



स्वतन्त्र र निष्पक्ष रूपमा संविधानसभाको निर्वाचन गरेर जनताको अभिमतलाई व्यक्त हुन दिनुभयो भने मेरो विचारमा ९५ प्रतिशतभन्दा बढी गणतन्त्रमा जान्छ नेपालको जनमत। त्यसलाई रोक्ने कोसिस गर्नु भएन भने उहा“ले जेसुकै बाहिर भने पनि त्यो उहा“को कन्टि्रब्युसन नै हुन्छजस्तो लाग्छ मलाई।

गिरिजाबाबुले यस्तो भनेर माओवादीलाई केही घाटा हु“दैन भन्ने मलाई लाग्छ। यसले त गिरिजाबाबु र नेपाली कांग्रेसलाई नै राम्रो हु“दैन। जनताको आन्दोलन, जनताको भावनाविपरीत गएमा घाटा उहा“लाई नै हुन्छ। हामी त लोकतान्त्रिक गणतन्त्र र संविधानसभामार्फ पनि गणतन्त्र नै संस्थागत गर्ने कुरा गरिरहेको स्थितिमा हामीलाई कसरी घाटा हुनू -



संवैधानिक राजतन्त्र नराखे मुलुकमा व्रि्रोह हुन्छ जस्तो त्यस्तो केही पनि देख्दिन“। जनताको तहबाट राजाको पक्षमा व्रि्रोह हुन्छ भन्ने सोच्नु मलाई बडा हास्यास्पद पनि लाग्छ, यत्रो आन्दोलनको बीचबाट बनेको प्रधानमन्त्रीबाट यस्तो कुरा आउनु थोरै लज्जास्पदजस्तो पनि लाग्छ, बडो नमीठो पनि लाग्छ।



त्यो व्रि्रोह नेपाली जनताले होइन, पुरानो सेनाको केही जनरलहरूले आतंक मच्याउन सक्छन्। यदि गिरिजाबाबुले त्यही कुरालाई इंगित गर्नुभएको हो भने त्यो चाहि“ ठूलो दुभाग्य हो। जहा“ उहा“ले व्रि्रोह देख्नुभयो भने त्यो सेनाबाट व्रि्रोह हुन्छ भनेर देख्नुभयो होला सायद, त्यो हो भने त्यसलाई कारबाही गर्ने आ“ट गर्नुपर्‍यो, राजा राख्ने कुरा गरिदिएर गिरिजाबाबुले इतिहासको धारा जनताको भावना र आकांक्षाको विपरीत आफूलाई खडा गर्नुभएको छ, मैले बुझ्या छैन उहा“ले यसो किन गर्नुभयो, त्यो त समयको साथमा थाहा हुन्छ।



यदि जनताको भावनाअनुसार संविधानसभाको चुनाव भएन, यदि लोकतान्त्रिक गणतन्त्रको नेपाली जनताको आकांक्षा पूरा हुने स्थिति भएन भने जनताले अर्को व्रि्रोह गर्छन्, त्यसको नेतृत्व हामीले गर्र्छौं, यो कुरा हामीले प्रस्ट रूपमा भनेका छौं, जति गिरिजाबाबुले भन्नुभएको छ, हाम्रो पार्टी पनि मैले पनि स्पष्ट भन्छु कि त्यसो भएन भने नेपाली जनताले अर्को ठूलो व्रि्रोह गर्छ, त्यो व्रि्रोहको नेतृत्व हाम्रो पार्टी गर्छ, त्यो शान्तिपूण्ा पनि हुन सक्छ र सशस्त्रपूण्ा पनि हुन सक्छ।



एकदुइ दिनमै गिरिजाबाबुसग हाम्रो भेटघाट हुन्छ, आजको वार्ताको संकेत हेदा संसद् विघटन गर्ने र अन्तरिम संविधान बनाएर अन्तरिम सरकार बनाउने प्रक्रियाको थालनी सम्भवतः एकदुइ दिनमा नै हुन्छ। सेरोमोनियल किङ राख्ने र्सत भएमा हाम्रा लागि मान्य हुने छैन। राजतन्त्र राख्ने कुनै पनि कुरामा हाम्रो सहमति हुन सक्दैन। हामीले निःर्सत भन्नुको तार्त्पर्य नेपालमा राजतन्त्रबारेमा नै भनेको हो, अरू कुनै विषय होइन। राजतन्त्रलाई फाल्नुपर्छ, गणतन्त्र स्थापना गर्नुपर्दछ र जोकोही भोर्टस, जोकोही राजनैतिक दल, जोकोही राजनैतिक विचारका मानिसहरू स्वतन्त्र हुनुपर्दछ भनेको हो, त्यसकारण यसमा हामी सहमत छैनौं।



हाम्रो गिरिजाबाबुस“गको भेटघाट भएपछि पहिलो कुरा अन्तरिम संविधान बनाउने प्रक्रिया कसरी थाल्ने हुन्छ, त्यो अन्तरिम संविधान बनिसकेपछि एउटा राष्ट्रिय सम्मेलन होस्, हाम्रो, सात पार्टी, नागरिक समाजको प्रतिनिधिहरूको, जातीय, क्षेत्रीय व्यक्तित्वहरू समावेश भएको एउटा सम्मेलन होस्।

पोखरा संवाददाता राजेन्द्र अधिकारीस“गको वार्तामा आधारित

Source : Newsofnepal.com
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
Lets play Antakshari...........
शीर्षक जे पनि हुन सक्छ।
NRN card pros and cons?
What are your first memories of when Nepal Television Began?
TPS Re-registration
Democrats are so sure Trump will win
TPS Re-registration case still pending ..
is Rato Bangala school cheating?
What Happened to Dual Citizenship Bill
Basnet or Basnyat ??
H1B fraud
nrn citizenship
इन्दिरा जोशीको चिन्ता लौच
Sajha has turned into MAGATs nest
Nas and The Bokas: Coming to a Night Club near you
श्राद्द
सेक्सी कविता - पार्ट २
डलराँ कमाएर ने .रु मा उडांउदा !@#
ChatSansar.com Naya Nepal Chat
Why always Miss Nepal winner is Newari??
Nas and The Bokas: Coming to a Night Club near you
राजदरबार हत्या काण्ड बारे....
Mr. Dipak Gyawali-ji Talk is Cheap. US sends $ 200 million to Nepal every year.
Harvard Nepali Students Association Blame Israel for hamas terrorist attacks
TPS Update : Jajarkot earthquake
is Rato Bangala school cheating?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters