[Show all top banners]

focus.nepal
Replies to this thread:

More by focus.nepal
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 यो त अति नै गरेको भएन र??
[VIEWED 2715 TIMES]
SAVE! for ease of future access.
Posted on 06-21-06 8:03 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हिप्पीहरूको हैरानी

"ओ मिस्टर नो किसिङ्, वन्ली टकिङ्," एकाइका प्रहरी जवानले संयोजन नमिलेको यो अङ्ग्रेजी वाक्यमा हप्काएपछि केहीबेरका लागि चाइफा डेभिड र क्यारोलिना वाल्कर गम्बोवा एकअर्कासँग नछोइएरै बस्छन् ।
Hipi Jodi
तर, उनीहरू दुवैको मुहारमा असन्तुष्टिको भाव भने स्पष्ट देख्न सकिन्छ । १९ जेठ ०६३ मा नौ सय ग्राम चरेससहित थाइल्यान्ड जान लाग्दा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पक्राउ परेका यी दुई इटालियन हिप्पी जोडीलाई अहिले प्रहरी हिरासत जीवनकै सबैभन्दा कष्टकर क्षणमा परविर्तन भएको छ । प्रहरीको व्यवस्थापकीय प्रावधानअनुरूप दिनभर हिरासतमा सँगै राखे पनि राती भने दुवैलाई अलगअलग राखिन्छ । "हामी प्रेमी-प्रेमिकालाई सँगै सुत्न पनि नदिने यो कस्तो कानुन हो नेपालको ?" २९ वषर्ीय डेभिड त यदाकदा मुख फोरहिाल्छन् ।

प्रहरीको आँखा छल्न पायो कि अँगालोमा बेरनिे मात्र होइन, मुखसमेत जोडिहाल्ने यी दुईबाट एकाइका प्रहरीहरू पनि कम्ता आजित छैनन् । झन् यी दुईको कर्तुत त सबैलाई आश्चर्यचकित पार्ने खालको छ । नाक, कान, आँखीभौँ र शरीरभर िगरेर झन्डै ८० वटा मुन्द्री लगाएकी २३ वर्षे गोरी ठिटी गम्बोवाले सो परमिाणको चरेस निल्ने मात्र होइन, कन्डममा 'प्याकिङ्' गरेर आफ्नो यौनाङ्गको भित्री भागमा समेत लुकाएर प्रहरीलाई छल्न खोजेकी थिइन्, -हेर्नुस्, तस्बिर)
Condom Drug
। उता काठमाडौँ जिप्रकाको प्रहरी टोलीद्वारा तीन किलो ३० ग्राम चरेससहित १५ जेठमा सुन्धाराबाट पक्राउ परेका दुई रसियन हिप्पी रोमन फाटिजेन र लारमिले हनुमानढोकामा उपद्रो मच्चाएका छन् । हिरासतमा रहेका अन्य बन्दीमाथि हातपात गर्ने, प्रहरी अधिकृतहरूसँग अभद्र व्यवहार गर्ने, अपशब्द बोल्ने गरेकाले केही दिन दुवैलाई हिरासतभित्र पनि हत्कडी लगाएर राखिएको डीएसपी शरद ओली बताउँछन् ।
 
Posted on 06-21-06 8:05 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यो लेख नेपाल साप्ताहिक बाट साभार गरिएको हो ।

link - http://www.kantipuronline.com/Nepal/drugs.php
 
Posted on 06-21-06 8:21 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

mori sarai ramri rahechhe ta!! :)
 
Posted on 06-21-06 9:20 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नेपाल लाइ अरु देश को अगाडि नराम्रो बनाउन को लागि बिदेशि नै लागि परेका छन जस्तो छ ।
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 30 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
मन भित्र को पत्रै पत्र!
TPS Work Permit/How long your took?
Guess how many vaccines a one year old baby is given
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
Travelling to Nepal - TPS AP- PASSPORT
Morning dharahara
Another Song Playing In My Mind
Does the 180 day auto extension apply for TPS?
1974 AD Pinjadako Suga Remixed
Susta Susta Degree Maile REMIXED version
Elderly parents travelling to US (any suggestions besides Special Assistance)?
कल्लाई मुर्ख भन्या ?
ढ्याउ गर्दा दसैँको खसी गनाउच
जाडो, बा र म……
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters