हिजोआज केही समययता धेरै जोडीका बीचमा खटपटी शुरू भएको धरहरालाई थाहा छ। प्रेमीप्रेमिकाबीचमा पनि निकै दिन भइसक्यो धेरैका मनमुटाव शुरू भएको। अझ धेरै जोडी जो भर्खरै विवाहबन्धनमा बांधिएका छन्, तिनको त झन् अर्कै खालको खटपटी चलिरहेको छ। त्यसमा पनि जो पत्रकार छन् अझै तिनको त टेन्सनै बेग्लै।
खासमा कुरा के रहेछ भने रातरातभरिजसो विश्वकप फुटबल हेर्दा पतिपत्नीबीच, प्रेमीप्रेमिकाबीच त्यस्तो अवस्था सिर्जना भएको रहेछ।
अब श्रीमती अथवा प्रेमिकाचाहिं खेलकुदमा खासै चासो नराख्ने तर श्रीमान् फुटबल भनेपछि श्रीमतीलाई नै फुटबल बनाउनसमेत पछि नपर्ने भएपछि त्यस्तो बिजोग हुने रहेछ। धरहरा त्यस्ता सबै जोडी, प्रेमीप्रेमिकाहरूलाई सुझाव दिन चाहन्छ- नेपालको कुनै बेकह्ययाम, रोनाल्डिन्हो, रोनाल्डो, काका, भतिजा एउटै सहभागी नभएको खेलका लागि किन हो बल्लबल्ल जोडिएको नातासम्बन्धमै खलल पुग्ने गरी खतरा मोल्नु ?
Source :
newsofnepal.com