[Show all top banners]

shirish
Replies to this thread:

More by shirish
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 यो अमेरीकामा !

[Please view other pages to see the rest of the postings. Total posts: 39]
PAGE: <<  1 2  
[VIEWED 16299 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 2 pages, go to PAGE 1.

This page is only showing last 20 replies
Posted on 08-01-06 9:50 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"ए तपाई नेपाली हो?" पछाडीबाट मेरो कांधमा हात हाल्दै एउटा आवाजले सोध्यो !
मैले हो भनें !
"ए बडा खुशी लाग्यो, मेरो नाम राम ! यो अमेरिकांमा पनि रेलमा टन्न नेपाली भेटिदो रहेछ ! हिजो अस्ती नि भेटें ! नेपाली केटीहरु पनि कस्तो फोहोर फोहोर कुरा गरेर बस्ने नि यो अमेरिकामा ! नेपाली केटाहर त हेर्नै न लाग्दैन पो भन्छन् है यो अमेरिकामा ! हैन अमेरीकांमा आउनु भा’को कति भो?"
"चार बर्ष जति भो !"
"ए यो अमेरीकांमा म आएको ठ्याक्कै एक बर्ष पुग्न आट्यो ! यो अमेरीकामा त दिन पनि कति छिट्टो बित्दो रहेछ ! यो अमेरीकामा आएको हिजै जस्तो लाग्छ ! अनि बसाई कता तिर नि ?"
"नेटिकमा बस्छु!"
"कता हो नेटिक भन्या? सत्ते अमेरीका आए देखि कंहि गा’भए ! यो अमेरिकामा गाडी नभई केही गर्न पाए ! कति बिशाल रै’छ हो यो अमेरीका त ! अनि अमेरीकामा तपाईको हरियो पत्ता छ?"
"के हो हरियो पत्ता भनेको ?" मैले सोधें !
" अमेरीकाको ग्रीन कार्ड के ?"
" परमानेन्ट रेजीडेन्सी छ !"
"के के हो के के यो अमेरीकामा ! त्यसो भए तपाईको कागज भा’को कि नभा’को यो अमेरीकामा ?"
"लिगल हो ! अनि तपाईको नि ?"
"आफ त तेही हो ! आर्काको टुरीष्ट भिसामा आईयो फोटो फेरेर यो अमेरिकामा ! यी बसिया छ तैतिकै यो अमेरिकामा ! कनै दिन समाइए फर्कन पर्ला यो अमेरीकाबाट !"
"अनि कंहा काम गर्दै हुन हुन्छ त ?"
"यो अमेरिकामा का पाउन केही गाह्रो हुन्न रै’छ ! पहिले धोतीको गरियो, दल्न सम्म दल्यो साला धोतीले ! टिप्स पनि नदिने यो अमेरीकामा पनि ! त्यसपछि डोनट पसलां गरियो ! त्यसपछि यो अमेरीकामा सुसी बनाईयो बुझ्नु भो ! जोर्नी दुखेर भुतुक्कै पार्ने रहेछ ! अहिले स्याण्डबिच पसलमा ! गाडि जान्या भए पिजा डेलीभरी गर्न हुन्थ्यो। टन्न टिप्स पो हुन्छ भन्ने सुन्छु ! के को लाज काम गर्न यो अमेरीकामा हैन त, साथी ! अनि तपाई चाहि के गर्न हुन्छ नि यो अमेरीकामा?" सब-वेमा अंगालै मार्ला जस्तो गरेर उनले भने !
"म यूनिभर्सिटिमा काम गर्छु !"
"बसेर गर्ने का कि उठेर? दई थरीका हुदो रै’छ यो अमेरिकामा !"
"कहिले बसेर कहिले उठेर !"
"बसेर गर्ने बेला त हरियो कमाउनु हुन्छ होला नि यो अमेरीकामा ! कति कमाउनु हुन्छ?"
"अलि अलि। ट्याक्स पछि भाडा तिर्न र अरू खर्च गर्दा पुग्छ ! फेरी रिसर्च मा अरु जस्तो पैसा पनि त छैन नि ! त्यहि चालीस पचास हजार त हो नी"
"ए टयाक्स पनि लाग्छ यो अमेरीकामा ? तपाई भन्दा त बढी मैले पो कमाउदो रहेछु !
आफू त क्यासै बाहेक केही गरिन्न आफू त अमेरीकामा सात सात जना साथी मिलेर बस्या छौ दुई सय लाग्छ महिनाको ! फेरी आफ्नो त ब्रेकफाष्टै स्याण्डविच, लन्चै स्याण्डविच, डिनरै स्याण्डविच यो अमेरीकामा ! डेरामा कोही साथीहर भात पकाएर खान्छन् बिजुली बालेर ! आफू भने बिन सित्तीमा बिजुलीको पैसा मात्र तिर्न पर्छ ! आफूले त यो अमेरीकामा आधा धण्टा बत्ति बाल्या भए त के ! बिहानै उठ्यो.....काममा गयो... सुरङ्गै सरङ्ग राती फर्केर आयो सुरङ्गै सुरङ्गै... यो अमेरीका भनेकै सुरङ जस्तो लाग्न थाल्या छ ! बरू तपाईलाई नि भोक लाग्यो होला, स्याण्डविच खानु हुन्छ ? चिकेन नि छ, रोष्टेड बिफ नि छ ! यो अमेरीका बसे पछि बिफ पनि दिन पर्यो नि ! बाहून हिन्दू भनेर कहा साध्य ? झोला म तिर फर्काउदै भन्यो !"
"हैन म मासु खान्न !"
"यो अमेरीकामा पनि थुप्रो मान्छेले नास नखादो रै’छ ! भेजीटेरियान नि छ, मशरूम वाला। भोली ब्रेकफाष्टलाई भने र ल्या’को, बिहान बिहान के मासु खान भनेर ल्या’को ! आफू त खादा खादा हैरान। पेट त पानी मात्र पिए पनि बढ्ने रे’छ यो अमेरीकामा !"
"मेरो साउथ स्टेशन आई पुग्यो लागें है " भनेर जानै के लागेथें "लानुस् लानुस्"भनेर एक पोका स्याण्डविच थम्याई दिए मेरो हातमा यो अमेरीकामा !
 
The postings in this thread span 2 pages, go to PAGE 1.

This page is only showing last 20 replies
Posted on 08-02-06 11:02 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Birkhe ke hunu ni, Poonteko kura sunera, I suddenly feel an ache in my stomach! Phewww!
 
Posted on 08-02-06 12:56 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Gautam B sir,are you from WRC??
 
Posted on 08-02-06 3:08 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

माथि शिरिष गुरु को कथामा थपथाप मात्रै सप्पै चैं होइन ।

---------------
अमेरिकामा:'बाबु कुन जातको पर्नु भो को'नि?'
शिरिष:"बाहुन भन्छन् नेपालाँ। "
अमेरिकामा: 'बाबुले कति पढ्नु भा हो?'
शिरिष:"अबको एक बर्ष पछि जाँच सकिन्छ अनि दाक्टर लेख्न पाइन्छ।"
अमेरिकामा: ' अनि बाबु को बिहे भो?'
शिरिष:"छैन"
अमेरिकामा:' मेरी २टी छोरी पनि बिहे गर्ने बेला भाथ्यो। एउटीले त नर्सिङ्ग पढ्छे। बाबु के बिचार छ। फोटु हेर्ने भए म सँगै छ ।'
शिरिष: (मनमनै) "होइन भन्या यो बुढोले त अहिले नै छोरि भिडाउँला झैं गर्यो बा भएन । भगि हाल्नु परो।"
अमेरिकामा:'(फोटो बगलिबाट निकाल्दै) ल ल हेर्नुस् रामरी छे। आफु लाइ त सानि लाग्थ्यो तर के गर्नु। हलक्क बढेर यत्री भैसकिछे।'
शिरिष: "मेरो साउथ स्टेशन आई पुग्यो लागें है "

यत्ती भनेर जानै के लागेथें "लानुस् लानुस्"भनेर एक पोका स्याण्डविच थम्याई दिए मेरो हातमा यो अमेरीकामा साथमा फोटो पुनि सँगै रैछ।
--------------------------------

कसैको बास्तबिक जीबन संग मिले केबल संयोग सम्झनु होला । मिल्यो भने भउतेसिति । मलाई के को टनटन ।

लेक्ख्न त भुत्रै सिति लेखेको , गल्ति ले मिस्टेक भे छ माफ् पाउँ होइ।



:-)>

ईश्वर
 
Posted on 08-02-06 3:34 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

त्यो "अमेरिकामा" लै त चिने चिने झैं लाग्यो नि।
Last edited: 18-Oct-07 10:22 AM

 
Posted on 08-02-06 5:06 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तेही त । यो मधिसे भन्ने जातै त्यस्तो क । तेरो काम येत्रै सिति भनेर हिड्दिन मन लग्छ तर क् गर्नु ढेवा चाहिहाल्यो यो अमेरिकामा।
 
Posted on 08-02-06 5:33 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

sirish ji ko narration sandarvik cha sathia prastuti lay ajhhai lobhlagdo banayeko cha.

ma ni thpam ek dui kura tara yo chai Nepal ko pariprechhyama :

1) pugya bholi palta jhyaal bata ewuta lay sodhcha: kati dincha amricama?..sancho bisancho..kailey aaipugya naamnishaana chaina

2) aphu bhanda ek dashak badhi umer khako dai parni bhetinchhan tole ko chok ma: ye bhai! kailey aa? telephone gara hai..mero didi ko chhoro lay hattey garirecha janchu bhanera

3) aphno babu saraha ka ni bhetinchhan kaileykai phattaphutta: Haamlai birsya babu lay..ayesi ek choti awunu pardaina ma ka!

4) school ma padhaka guru ba ni yaso chhyaschussa bhetinchhan sahar bazzar tira:
ye! auni raati kaam garera koon bela padhni ta!......helchekrai nagar hai

5) phupu parni ni ghar ma awuchhin: mero saani lay aagu SLC dinchhey..minut garchhey asadhhey..babu haamlai birsinu hunna hai

6) sarswati campus mai 8 barsha bitako dost bhetinchan yaso lainchawur tira: M*** sunni chhas ni....ghanta ko kati dincha tun basya thaam ma? sisirey ni gayo ni Japan bhena ko passport ma..tunlai garcha phone woota?

7) nepal ma cyber kholera basya dost ni bhetinchhan yata wooti: Ye! milana tero mgr lai bhanera ewuta chithi thokni ta ho ni....gai ra chhan tyasari ni..woota ni bhansoon chalcha ni, haina?



Nepal janda ni ghar mai dhoka thunera basna parni bhanya jasto
 
Posted on 08-02-06 6:46 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

This one is in NEPAL not in AMERICA and not in JAPAN

--------------
त्यसदिन वेलुका म मेनुकाको घरमा गएँ। त्यहाँ पुगेपछि भने मलाई सधैँको जस्तो नभएर अलिक अर्कै जस्तो लाग्यो। मेनुकाको व्यवहार पनि अलिक भिन्नै लाग्थ्यो। उनी निकै नै फूर्तिली थिईन्। बोली र हाउबाउले नै उनी निकै खुशी जस्तो देखिन्थिन्। बेलुकाको खानपिन भयो, निकै किसिमका परिकारका साथ। सबैजना मिलेर टिभी हे-यौँ। रातिको १० पनि बज्नै लाग्यो। मेनुकाको भाइ मदन सुत्न भनेर आफ्नै वेडरुममा गयो। मेनुका पनि आफ्नै कोठामा गईन्। मेनुकाको बाबा, ममी र म चाहिँ बैठक कोठामै थियौँ।
“अनि बाबू, के गर्ने बिचार छ त अब? अरु पनि पढ्ने कि स्थाई जागिर खानतिर लाग्ने?” मेनुकाको बाबाले सधैँ झैँ मेरो बारेमा पनि सोध्नुभयो।
“पढ्ने कुनै योजना छैन। अब स्थायी जागिरमा नाम निकाल्नेगरी लोकसेवाको तयारी गर्ने विचार छ”
“कि बिहेसिहे गरेर घरजम गर्ने विचार छ?” उहाँले हाँस्तै भन्नुभयो।
“अहिल्यै के बिहे गर्नु र? केही त ब्यवस्था भा छैन। भर्खर त अस्थाई जागिर शुरु गरेको छु। स्थायी हुन अरु कति समय लाग्ने हो?” मैले आफ्नो कुरा भनेँ।
“बिहे गरेपछि पनि त ब्यबस्था गर्न सकि हालिन्छ नि” उहाँले फेरि दोहो-याउनु भो।
“हाम्री मेनुकाले पनि बिए सकिन् यसपाली। अब राम्रो केटा पाए बिहे गरेर पठाईदिने भनेको। खै भने जस्तो केटा पनि मिल्दैन” मेनुकाको ममीले आफ्नै छोरीको कुरा गर्नुभो।
“पाईहालिन्छ नि। पढेको मान्छेलाई केटा त जति पनि पाईन्छ” म पनि कति न बिहेको कुरामा पोख्त जस्तो गरी कुरा गरेँ। मेरो उदेश्य मेनुकाको ममीलाई सान्त्वना दिनु थियो।
“खै बाबू, छ‍-सात महिना भैसक्यो मेनुकाको बाबाले कोसिस गरेको, अहिलेसम्म चित्तबुझ्दो मिलेकै छैन” ममीले नैराश्यता देखाउनुभो।
“बाबूका साथीहरु कोही छैनन्? यसो ईञ्जिनियर केटा खोजेर दिन पाए पछि दु:ख पाउदिनथी कि भनेर नि वाबु” ममीले फेरि कुरा मैतिर फर्काउनु भो।
“अब के बाहिर खोज्दै हिड्नु, बाबूको के विचार छ? मेनुकालाई पनि मन पर्ने रहेछ। बाबूलाई पनि मन छ भने…” मेनुकाका बाबाका उन्नाईसवटा शब्दले मेरो मुटुमा भूँईचालो लगाईदियो। म त अक्क न बक्क परेँ। केही बोल्नै सकिन। के भन्ने न के भन्ने भन्ने लाग्यो। सपनामा पनि नचिताएको कुरा एक्कासि आँउदा म त पुरै सल्याकसुलुक भएँ। मेनुकाका बाबा र ममीले कुरा गरीरहनु भयो धेरैबेर, मैले सुनिमात्र रहेँ। सोधेको प्रश्नको उत्तर नकारात्मक नहुनेगरी दिने बाहेक केही प्रतिकृया जनाईन।
सायद म धेरै नै चुपलागेको देखेर होला, मेनुकाका बाबाले भन्नुभो “वाबु, यो त हाम्रो कुरा हो। बिहे जस्तो कुरामा एकतर्फी कुराले हुन्न। बाबूलाई पनि चित्त बुझ्नु पर्छ। मेनुकाको पनि चित्त वुझ्नु पर्छ। एकपटक मेनुकासँग कुरा गर्दा हुन्छ नि”। मेनुकाका बाबा निकै नै सिरियस हुनुभयो।
“म मेनुकालाई बोलाईदिँउ” मेनुकाको ममीले छिट्टै बोल्नुभो।
“मेनुकाको कोठैमा गएर कुरा गर्दा हुन्छ” मेनुकाका बाबाले कुरा गराउने नै विचार गर्नुभो।
“हुन्छ नि” मैले उहाँहरुका कुनैपनि कुरा काट्न उचित मानिन। उहाँहरुलाई नराम्रो लाग्ने कुनैपनि कुरा गर्नै सकिन।
हामी तीनैजना मेनुकाको कोठामा गयौँ। मेनुकाको बाबाले कोठाको ढोका ढक्ढक्याउँदै भन्नुभो “ए मेनुका?”
उनले छिट्टै ढोका खोलिन्, मानौ उनी त्यहि कुरालाई नै पर्खेर बसिरहेकी थिईन् ढोका नजिकै। म र मेनुकालाई कोठामा छोडेर उहाँहरु फर्कनुभयो। बाबाममी हिड्ने वितिक्कै मेनुका गएर ढोकाको चुकुल लगाईन् र खाटमा गएर बसिन्। म सोफामा बसिरहेको थिएँ। उनी सिरियस थिईन्। अघि म उनको घरमा आँउदाको चन्चलेपन उनीवाट हराएर बेपत्ता भैसकेको थियो।
म नजिकैको कान्तिपुर हातमा लिएर हेर्नथालेँ। उनी पनि किताब हेरिरहेकी थिईन्। दुबैजना निकैबेर सम्म बोलेनौँ। मेनुकाले केही कुरा शुरु गर्छिन् र अनि गफ गरौँला भन्ने ताकमा बसेँ म, सायद उनी पनि त्यहि धुनमा थिईन्। निकैवेर सन्नाटा छायो कोठामा। हामी दुबै चुपचाप थियौँ।
मेनुकाले कुरा शुरु गर्लिन् जस्तो नलागेकोले मैले नै शुरु गरेँ “माष्टर डिग्री नपढ्ने हो, मेनुका अब”
“पढ्ने नि। अर्को बर्षबाट भर्ना गर्ने। मिलेसम्म जागिर पनि खाँदै पढ्दै गर्ने। बाबाले जागिरको लागि साथीहरुसँग कुरा गर्दिन्छु भन्नु भाको छ” उनले सबैकुरा सकिन् एकैपटकमा। अनि फेरि हामी चुपचाप भयौँ।
“अनि तपाईँ?” एकछिन पछि उनलाई पनि मेरो कुरा सोध्न मन लागेछ।
“ईञ्जिनियरिङ चाहिँ पुग्यो अब। बरु एमविए चाहिँ पढ्नु पर्ला? अब स्थायी जागिरमा नाम निकाल्न लोकसेवालाई नै ध्यान दिने मन छ”।
त्यसपछि ट्युशन पढ्दाका कुरा भए। सँगै ट्युशन पढेका उनका साथीहरु को काहाँ छन् भन्ने कुरा भए। शनिवार सबैजना पिकनिक जान लागेको कुरा पनि उनले सुनाईन्। तर हाम्रा गफहरु गाँठीकुरामा पुग्दै पुगेनन्, निकै बेरसम्म।
उनबाट कुरा शुरु होला भन्ने लागेन मलाई। मैले नै सोधेँ “अनि मेनुका, बाबाममी खै के-के कुरा गर्नु हुन्छ त, कुरा के हो?”
“के कुरा गर्नुभो र?” उनले थाहा नपाए जस्तो गरी स्वाङ पारिन्।
“बिहे गर्ने रे हो?” मैले भनेँ।
“खै, बाबाममी अब बिहे गर्नुपर्छ भन्नु हुन्छ” उनले बाबाममीतिर पु-याईन् कुरा।
“बाबाममीले मात्र कि तिमीले पनि” मैले केरेँ।
उनी चुपलागेर टाउको तल झुकाईन्, केही बोलिनन्। त्यतिखेरसम्म पनि उनी किताबमै हेरीरहेकी थिईन्।
“बाबाममीले मसँग कुरा गर्नुभो। तिमीलाई पनि मन लागेर हो कि बाबाममीको करले मात्र हो?” मैले झन् केरेँ।
“मैले नि त बाबाममीसँग कुरा राखेकी। हाम्रो घरसल्लाह हो धेरै महिना देखिको। छ-सात महिना अघिदेखि नै तपाईँको र मेरो बिहेको कुरा हुन्थ्यो हाम्रो घरमा” उनले उनको घरमा महिनौँदेखि पाकिरहेको खिचडीलाई छताछुल्ल पारिन्।
“त्यसोभए, तिमीलाई म मन पर्छ?” मैले उनको राय जान्न खोजेँ।
“पर्छ नि!” उनी मुसुक्क मुस्काइन् र लाजले टाउको तल झुकाईन्।
“किन मन परेको?”
“तपाईँको ट्यालेन्सी”
“ट्यालेन्सीले मात्र पुग्छ?”
“त्यो नै सबभन्दा ठूलो हो”
“रुप?”
“रुप त देखावटी मात्र हो। मान्छे भित्रैदेखि सफा हुनुपर्छ। तपाईँको मन सफा छ”
“धन-दौलत?”
“म त्यस्ता कुराहरुलाई घृणा गर्छु”
“घृणा गरेपनि आवश्यक त पर्छ नि हैन र?”
“चाहिने जति भए हुन्छ”
“कति चाहिन्छ?”
“साधारण जीवन जीउनका लागि चाहिने मात्र?”
“त्यति पनि हुन सकेन भने?”
“दुबै मिलेर दु:ख गरौँला”
“तिमीलाई म मन पर्नाको मुख्य कारण?”
“तपाईँ अन्य केटाहरु भन्दा बेग्लै हुनुहुन्छ, युनिक हुनुहुन्छ”
“कसरी थाहा भयो तिमीलाई”
“यत्रो छ-सात बर्षसम्म पनि मैले तपाईँलाई बुझ्न सकिन त?”
“यत्रो बर्ष वितिसक्ता पनि मलाई किन नभनेको नि?”
“तपाईँ पढ्दै हुनुहुन्थ्यो, म पनि पढ्दै थिएँ, किन हतारिनु थियो र?”
“अनि अहिले चाहिँ?”
“अब पनि नभन्दा त तपाईँ मबाट फुस्कन सक्नु हुन्थ्यो”
“किन फुस्कनु र? मलाई त अहिले बिहे गर्ने मनै छैन” मैले भनेँ।
उनले अँध्यारो अनुहार लगाईन्, केही पनि बोलिनन्।
“अनि तिमी आफैँले किन कुरा नराखेकि त?” मैले सोधेँ।
“मैले भन्दा बाबाममीले कुरा राख्नु भो भने तपाईँले मान्नु हुन्छ भनेर”
“मैले मानिन भनेँ?”
“मेरो भाग्यमा लेखेको रैनछ”
“मैले माने भनेँ?”
“मेरो जिन्दगीको सबभन्दा खुशीको क्षण हुनेछ”
“हेर मेनुका। कुरा तिमीले देखेजस्तो मात्र सजिलो छैन। मेरो बारेमा सबैकुरा थाहा छ तिमीलाई?”
“जान्न खोज्दैछु। तपाईँले नै भन्नु भयो भने मलाई बुझ्न झन् सजिलो हुन्छ”
“मेरो घर काहाँ हो, थाहा छ?”
“पुर्वी पहाड”
“कति दिन लाग्छ पुग्न, थाहा छ?”
“तीनचार दिन लाग्छ रे हिँडेर जान। बाबाले भन्नुभको”
“पहाड गएर घाँस काट्न, मल बोक्न, कुटो कोदालो खन्न, खेतबारीमा काम गर्न सक्छ्यौ? आमालाई सब काममा सघाउनु पर्छ नि”
“अहिलेसम्म चाहिँ गरेको छैन। परेपछि त गरिहालिन्छ नि, मान्छेले नै गरेको काम त हो” उनले अनुमानको भरमा कन्फिडेन्स देखाईन्।
“तिमी यस्तो घरमा बसेकी मान्छे, बिहे गरेपछि भाडाको कोठामा बस्नु पर्छ, त्यो त थाहा होला नि?”
“त्यस्तो कुरामा मलाई मतलव छैन। तपाईँ जहाँ जानु हुन्छ त्यहाँ जान्छु, तपाईँ जहाँ बस्नु हुन्छ त्यहि बस्छु, तपाईँ जे खानु हुन्छ त्यहि खान्छु” उनले परिपक्कता देखाईन्।
“तिमीलाई कुनै कुराको पनि प्रोवोलम छैन हैन त त्यसो भए” मैले अझै खेरेँ।
“केही पनि छैन। मैले तपाईँलाई राम्रैसँग चिनेकिछु जस्तो लाग्छ।”
“त्यसो भए, बिहे गर्ने?”
“म त खुशी, तपाईँले स्वीकार्नु भो भने…”
“म के गरौँ?”
“प्लिज हुन्छ भन्नुस् न ल…” उनले अनुरोध गरिन्।
“मलाई, चाहिँ केही नसोध्ने?”
“सोध्ने नि, मेरो पालो आउँदैछ”
“ल सोध अब” मैले अनुमति दिएँ।
“म तपाईँलाई कस्तो लाग्छ?”
“मलाई कस्तो पनि लाग्दैन।”
“मतलव? तपाईँलाई म मन पर्दैन हो?”
“मन पर्ने नपर्ने कुरा हैन। मैले तिमीलाई त्यस रुपमा कहिल्यै सोचिन”
“किन, म तपाईँसँग बिहे गर्न योग्य छैन?”
“हैन, मैले त्यसो भनेको छैन”
“मेरो केही कमजोरी?"
“तिम्रो कुनै कमजोरी देखेको छैन मैले, पढाई बाहेक”
“म स्वीकार्छु। बिहेपछि तपाईँको संगतले राम्रो बनाउने कोषिस गर्छु त्यो पनि”
“अरु केही छ सोध्ने?”
“तपाईँ आफ्नो जीवनसाथी कस्तो होस् भन्ने चाहनुहुन्छ?”
“मैले त्यतातिर ध्यानै दिन पाको छैन।”
“केही त भन्नुस्?”
“म जस्तै”
“मतलव?”
“जस्तो परिस्थितिमा पनि जीउन सक्ने”
“मलाई सब मञ्जुर छ। मैले तपाईँको कुरालाई जहिले पनि मनमा राख्नेछु”
धेरै बेरसम्म गफ भए, सबै कुराहरु खुलस्त रुपमा। मेनुकाले पनि सबैकुरा सोधिन्। सबै कुराहरु पोजिटिभ रुपमै अगि बढे। विस्तारै बिस्तारै बिहे गर्ने नै गरी कुरा भए। करिब १ घन्टा जति बितेपछि म सोफाबाट उठ्दै भने “ल मेनुका भन, के भन्दियौँ त बाबाममीलाई?”
“प्लिज हुन्छ भन्नुस् न ल?” उनले अनुरोध गरिन्।
“तिमी नै भन, जे भन्न मन लाग्छ त्यहि। तिमीले भनेको कुरा म मान्न तयार छु। हुन्छ भनेपनि हुन्छ, हुन्न भने पनि हुन्छ।”
“थ्यांक्यु। म धेरै खुशी छु आज” उनी धेरै खुशी भईन्।
“एउटा कुरा सोधौँ?” मैले उठ्दा उठ्दै उनीतिर फर्केर सोधेँ।
“के कुरा सोध्नुस् न?” उनी पनि खाटबाट उठीन्।
“तिम्रो कसैसँग लभसब चलेको त छैन? छ भने भन है। बाबाममीलाई भन्न नसकेको भए म भन्दिन्छु नि” मैले अलिकति हाँसेर सोधेँ।
“म त्यस्तो लभ गर्दै हिड्ने केटी हैन के! बरु तपाईँको भए भन्नुस्” उनले मलाई सोधिन्।
“हाहाहा…” म लामो हाँसो हाँसेर कोठाबाट बाहिरिएँ।
-------------------
 
Posted on 08-02-06 9:06 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Ok,
लामो समयको अन्तरल मा साझामा आउनु भयो त 'ओक्'
त्यसो भए मेनुकाको लभस्भ नगर्ने खल्को केटीरे । । राम्रो छ तपाईंको कथा । । अनि साचै "मन्जु मलाई माफ गर्" कथा त गायब नै भयो त!

JOhn,
तेही त थर गोत्रो सबै आन्द्र भुँडी नै सोध्छन्न ।
त्यो भन्दा पनि । । अनि नानी को बोय्फ्रेन्ड छ कि छैननि ? अब अमेरिकाम त सबै को बोय्फ्रेन्ड र गिर्ल्फ्रेन्ड के हो के ?
अनि नानी नेपाल म गयर बिहे गर्ने को आमा बाबा लाई यही बोलाउने ?

हाहाह । यस्तै रहेछ यहाँ को चलन । । ।
 
Posted on 08-02-06 10:03 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ok,
लामो समयको अन्तरल मा साझामा आउनु भयो ।
राम्रो छ तपाईंको कथा ।

हिरोशी, हो म तेतैको हुँ।
अनि नाम हेर्दा जापानमै जस्तो लाग्यो नि!हाम्रो चिनजानलाई renew गर्नको लागि एक राउण्ड बिजुली चिठ्ठी पाम्।
 
Posted on 08-03-06 8:26 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

nepali kt haru le nepali kta haru lai kina mannnaparako yo america ma. western chu bhanera dekhako ki yo america ma. swang nai badhi yo america ma. daath ra chaak bata pasina nikaldai swang nai badhi yo america ma. tei pani kina kt haru le swang pareko yo america ma. hehe yo kura ko baaal matlab aba nepal ma j sukai hos yo america ma. nepal ma ok matra ho yesko answer.
 
Posted on 12-09-06 11:19 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

dharane kta

dukha ta cha yo america ma !
 
Posted on 12-09-06 11:53 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

फेरी एक चोटी पढे यो अमेरीकामा । आको त २ -३ बर्ष भो तर थर गोत्र चाइ सोधेको छैन यो अमेरिकामा । यस्तो रमाइलो गफ सुन्न त न्युवर्कको सव वे तिर छ्रर्नु पर्छ कि जस्तो छ यो अमेरीकामा ।
 
Posted on 12-10-06 12:04 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Total fiction by Sirish.
 
Posted on 12-11-06 12:42 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Shirish Ji,

Ur writing is surealistic. I like it very much. I am still confused to settle in US even though I have GC. Coz I am working as an international expat.

Hope to get to read ur writings in future too.

Thanks,
urfren
 
Posted on 12-11-06 11:55 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

i couldn't stop laughing ..great job guys.......
 
Posted on 12-16-06 12:49 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

nice taking between two nepali in america ma
 
Posted on 01-31-07 5:58 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यो अमेरिकामा- भाग २


कन्फरेन्सको शिलशिलामा चार दिन वासिङ्टन डि सि मा पश्चिमी खाना खांदा खांदा मलाई दाल भात खान निकै तलतल लागि रहेको थियो ! सांझको ब्याङ्क्वेट डिनर छाडेर कनेक्टिक आभेन्यू छिचोल्दै म डुपोण्ट सर्कल पुगेर चाईनीज, जापानीज, कोरीयन जहां भात भेट्छु त्यहि खान्छु भनेर खोज्दा खोज्दै एउटा ईन्डीएन रेष्टूरां भित्र छिरें !

भित्रको डेकोर देख्दा पाच छ बर्ष पहिले त्यहि ठाउंमा पूरानो साथी राज काम गर्ने याद आयो। राज वेटिङ् गर्थ्यो ! र मलाई राज त्यहि ठाउंमा अझै छ कि छैन भन्ने कौतुहलता जागेर आयो । नभन्दै राज एउटा मेनु बोकेर म तिर आए ।
“अहो राज के छ ?”
“अनि तिमी कताबाट नि ?”
“म यहा कन्फरेन्समा आएको, चार दिन भो भात खान नपाएको त्यसैले यता तिर छिरेको….सुनाउ न अरु के छ ?”
“त्यस्तै हो रेष्टुरेण्ट चलाउन निकै गा-हो हुंदो रहेछ….बिहान देखि राति सम्म खट्नु पर्दो रहेछ…पहिला अरुकोलागी काम गर्दा पो केहि मतलब हुन्थेन, अब आफ्नै भए पछि त रात दिन गर्नै प-यो नि…”
“ए तिमीले यो रेष्टुरेण्ट किनि सक्यौ ?” मैले सोधें !
“अं पहिलेको वोनर ले यहिबाट गर..ग्रीन कार्ड गरिदिन्छु भनेर यहि चार बर्ष दु:ख गरें । बचेको पैसा जति लयर लाई तिर्दै ठिक्क थियो तर अचेल राम्रै भै राखेको छ, दु:ख र टेण्सन चाहि निकै हुंदो रहेछ ।”
“त्यसो त सबै काममा स्ट्रेश र प्रेसर त भई हाल्छ नि । कस्तो चलि राख्या छ त? ” मैले सोधें ।
“ पहिले भन्दा त राम्रै छ । पहिलेको वोनरलाई गा-हो हुन थालेको थियो । मान्छेहरु रिटेन गर्न गा-हो..फेरि एकजनाले सिक कल गर्दिए पछि सबैलाई असर पर्ने…र गार्हो भएर बेच्न खोज्दै थिए । नबेच म चलाउछु भनें । उ त आजीत भैसकेकाले हुन्छ भने । बरु तैले किन र चलाउ तर पैसा एकैपल्ट दिनु पर्दैन, बिस्तारै तिर्दै जाउ भनेर कागज गरि दिए ! सबै पैसा तिरि सके पछि मात्र मैले यो रेष्ठूरांको नाम फेर्न पाउने शर्त छ ।“
“राम्रो भएछ त ।”
“म त आफूलाई भाग्यमानी नै ठान्छु ।” उनले भनें र एकछिन है भन्दै नँया आएका कस्टोमरहरु तिर लागे !
“हेरन आफैले पनि गर्नै प-यो, नभए त…के पिउछौ? ”
“बियर छ ? ”
“पूरा बारको लाईसेन्स छ । किङगफिसर पिउछौं ?”
“हुन्छ, ईण्डीयन बियर नै खाम् न त “ मैले भनें !
“ए श्याम, दुईटा किङगफिसर, चिकन टिक्का, पकौडा लिएर आउ त ।”
मेले उस्को स्वरमा एउटा म्यानेजर र वोनर भेटें ।
“राम्रो ठाउंमा रहेछ” मैले फेरि कुरा शुरु गरें !
“अं रिएल ईष्टेटमा लोकिशन्, लोकिशन् भने जस्तै रेष्टुरेण्ट पनि लोकिशन् मै भर पर्दो रहेछ ! सर्भिस दिन सक्नु पर्दो रहेछ चल्दो रहेछ ! भाई सेफ छ, र अरु सबै नेपाली नै राखेको छु ! आफूलाई परेको दु:ख सम्झेर सबैलाई मैले नै स्पोन्सर र lawyer fee तिरि दिएको छु !”
“ए राम्रो गरेछौ !”
“रेष्टुरेण्टको पनि झण्डै आधा जस्तो तिरि सकें । पहिले नहुंदा पनि चलेकै थियो, अहिले चार पांच दोब्बर ईनकम हुंदा पनि मोर्टगेज, गाडीको लोनले गर्दा क्याश चाहि निकै टाईट छ ।”
“ ए कहां किनेका छौ नि घर ?”
“मानाससमा…तीन हजार स्क्वायर फुट छ ।”
“बिहे ग-यौ त?”
“गरें एउटा छोरा छ ..दुई बर्षको”
“लौ तिमीलाई कति चीजको बधाई दिनु !” भन्दै थिएं तातो बास्मति चामलमा घिउको बास्ना र चिकन करि आई पुग्यो ।
“ल तिमी इन्ज्वाई गर..क्वालीटीमा कम्प्रोमाईज गर्दैनौ है हामी…. म यस्सो उता तिर हेर्छु ” भन्दै उनी लागे !
आखीरमा मैले बिल तिर्न खोज्दा मान्दै मानेनन् । तर मैले सम्झाएर भनें “हेर मेरो एक्सपेन्स सबै रिईम्बर्श हुन्छ, तिम्रो बिजिनेसमा यस्तो जेनेरोसिटि भयो भने डुब्ला फेरि.. बरु अर्को पल्ट आउंदा घरैमा आऐर खाउंला ! ”
निस्कदा निस्कदै मैले सोचें “मिहेनत, लगन लगायो र धैर्य भयो भने समय त लाग्छ तर
फल चांहि मिल्ने रहेछ यो अमेरिकामा ।”
 
Posted on 01-31-07 6:12 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

.
सिरिसजि धन्यबाद।
तपाइंको लेखले त मलाइ पनि एउटा काठमाण्डौ किचेन खोलुं खोलुं जस्तो भयो।
.
 
Posted on 01-31-07 7:01 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

532 (A) dai good one keep it rolling
 
Posted on 01-31-07 9:38 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मिहेनत, लगन लगायो र धैर्य भयो भने समय त लाग्छ तर
फल चांहि मिल्ने रहेछ यो अमेरिकामा ।”
 



PAGE: <<  1 2  
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 30 days
Recommended Popular Threads Controvertial Threads
What are your first memories of when Nepal Television Began?
nrn citizenship
Send Parcels from USA to Nepal & Worldwide.
Why is every youths leaving Nepal? Why are not youths entering politics and serving the country, starting business etc?
TPS Work Permit/How long your took?
महँगो अण्डाको पिकल्प : कुखुरा र खोर भाडामा लिने
Travelling on TPS advance travel document to different country...
Informatica consultancy share
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
TPS Renewal Reregistration
Nepali doctors future black or white usa ?
हेर अमेरिकामा नेपालीहरुको बेज्जत
Thank you for the sajha policy
Are you ready to know the truth?
मन भित्र को पत्रै पत्र!
चितवनको होस्टलमा १३ वर्षीया शालिन पोखरेल झुण्डिएको अवस्था - बलात्कार पछि हत्याको शंका - होस्टेलहरु असुरक्षित
Another Song Playing In My Mind
Does the 180 day auto extension apply for TPS?
Travelling to Nepal - TPS AP- PASSPORT
WHAT DO YOU GUYS THINK ABOUT THIS?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters