Why maoit leaders do not react over such incident? Because they are in power by scaring people.
सर्वसाधारण कुटिए
कास
बागलुङ, साउन २६ - 'जनअदालत' छँदाछँदै अदालतमा मुद्दा दिएको भन्दै माओवादीले शुक्रबार यहाँ सर्वसाधारणलाई कुटपिट गरेका छन् ।
माओवादी एरिया सेक्रेटरी रत्नलाल कँडेल 'राजु' ले तारा-२ का कुलराज कँडेललाई कुटेका हुन् । अनुहारमा गम्भीर चोट लागेका कुलराजलाई जिल्ला अस्पताल भर्ना गरिएको छ । चितवनमा १८ कठ्ठा जग्गा कुलराजका भाइ नन्दलालले आफ्नो नाममा गरेका थिए । त्यसविरुद्ध कुलराजकी श्रीमतीले अदालतमा मुद्दा हाली जितेकी थिइन् । मुद्दा पुनरावेदनमा विचाराधीन रहेको अवस्थामा नन्दलालले माओवादीसमक्ष उजुरी गरेपछि कुटपिट गरेको पीडितले बताए । माओवादी जिल्ला सदस्य विकिरणले दोषी पाए रत्नलाललाई पाइए कारबाही गरिने बताए ।