[Show all top banners]

nepalean
Replies to this thread:

More by nepalean
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~ ~ चौतारी महोत्सब~ ~

[Please view other pages to see the rest of the postings. Total posts: 373]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19  
[VIEWED 123569 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 19 pages, go to PAGE 1.

This page is only showing last 20 replies
Posted on 09-06-06 12:30 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

~ ~ चौतारी महोत्सब~ ~





एक बर्षसम्म चौतारीमा बिताउदा २४ पटक चौतारीका छपनिहरु त फेरीसकिएचन । बार्है महिनाका चिसा र ताता हावा खादै गफ मार्दा कम्ता रमाइलो त हुदो रइनच गाठे । अब त झन यो पहिलो महोत्सबमा कति रमाइलो हुने हो कति? यसपाली त खास्साले कुदेको छु के रे चौतारीका छपानि पनि । अब सप्पैले यि चिटिक्का परेका छपनिमा कथा,कबिता,गजल,गित,ठट्टा,राम्रा राम्रा फुटा अनि अरु कुराहरुले बुट्टा भरेर च्याट्ट पार्नु पर्च के रे । गाम तिर मेलाको चापा चाप भए नि चिया खाने निउ पारेर यो महोत्सबलाइ महामहोत्सब बनाउनु पर्च है ?
ल हेर सप्पै जनालाइ चौतारी महोत्सबको चाड लागिसकेच । मलाइ त नाम पनि सप्पैको कण्ठ भइसकेच के रे !नेपे दाजी,नेपे साइला, बिर्खेमाइला, दादा, पुन्टे, चित्रे,काका,निरे,सन्जु, सिरे, भौते, कुम्ले,गोतामे,ग्वाचे,फुलौरे ,भट्टे, मास्टर्नी नानी,डल्ली,तिरु, ठुल्नानि, प्रिती, मुन्द्रे, लाले, गालब , पिकरेली, कलंकि, साँहिला, आइते,काने,मुखियाबा, लालुपाते, गुरासे, ईश्वर,लाउरे दाई, लुते, नटे, सेर्पिनि, चमेली,लन्लि, रामकिस्ने, रुइना, नेप्चे, बेमानि ,आशे, चिप्ले, परदेशी, पानपाते ,हर्के, यामे , सुभे, हिते ,नारने, कैले, झाक्री, चरीनङ्रगे, बब दाई, सान्कान्छा, राते, रामे, माने, इन्द्रेणी,हिमाल, फोक्से, डि बी र मिस्टे , मज्जाले जम्न पर्च है यो बिसेष चौतारीमा । ल हेर मैले त मलाइ नै बिर्सेचु । मेरो नाम चै नमे है ?
यो एकदमै बिसेष भकोले मुइले त लम्बर पनि देको छैन यसलाइ । सप्पै मिलेर २ दिनामा भर्ने कुरा भको छ के रे ? अब भर्नि भनेको जति भरे पनि हुन्च है रउसीको घ्याम्पो भरे जस्तै अरेर । तर चाड आयो भनेर टन्न रौसि धोकेर नआम है,ह्या आमा पाटी न भे नि दिदी बैनि पार्टी छन् क्या , फेरी उठ बस अराउलान सप्पैको अगाडी । दशैमा सप्पैले बर्ष भरिको रिस, झगडा भुलेर मिलिजुलि चाड मनाउचन के रे, अब यो चौतारीमा कोइ कोइलाइ तेस्तै परेको भए एइ अबसर पारेर नराम्रो कुरा भुलेर आम के रे । हुन त तेस्तो कल झगडा परेको त छैन यो चौतारीमा तर अलिकति मुन्छेहरु आउन छोड्दा केइ भ कि भन्नि यो पापी मन को सुर्तना क्या ?
मैले मात्रै बोले त फेरी अरुको बोल्ने पालो नै नआउला , ल त है गोतामेको देशको मया अर्नि कबिता जप्दै म अलि उता सरें ।
पूरै जुनी अटेको निमेष देखें
आज फेरि सपनीमा देश देखें,

हिमाली सेतो आकाशमा ठोक्किई
चम्केको फाँट, वन-प्रदेश देखें,

थाप्लामाथि,लहरै पाखाहरुको
निला दह सुसेलेको भेष देखें,

फूलमा चढेको रंगको के कुरा?
पातमा वसन्तको प्रवेश देखें,

कस्ले कोरिदियो त्यति राम्रो चूल्ठी?
पहरामा छहराको केश देखें,

आफ्नो भन्नु रहेनछ अरु केहि
"नेपाल" नै श्री-सम्पत्ती, यश देखें,

आज फेरि सपनीमा देश देखें
आज फेरि सपनीमा चौतारी देखें।
 
The postings in this thread span 19 pages, go to PAGE 1.

This page is only showing last 20 replies
Posted on 09-09-06 11:21 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

:D :D
लौजा!!!! म नि हास्दिन्छु

लौन के भनेको होला त्यस्तो ( kumleko katha ma)सबैले केहि न केहिमा पएको छ नि त् पुरस्कार्

ग्वाँचे---जिवन्त कथा लेखेको र समारोहमा सबैलै स्वागत गरेको
नमे--चौतरीबनाएर
भौते र पुन्टेदा----हसाएको
कुम्ले---चौतारीकै पात्र राखेर कहानी बनाएर्
साइलो-- पुरानो कथा टाँसेर
गौतम्--जोकस् सुनाएर
बिर्खे माइला --बुढोभएर
प्रीति, ठुलि, लुते, फुलौरे, दिप , मिस्टे,गालव, कैले , भट्टे,काइलो,कलंकि---तालि बजाएर
नेपेदा-- एकपटक् मात्र लेखेर्
सुरज,मनेपालीकेटो----? ( था नै भएन)
दादा-- झल्याक् झुलुक् मात्र गरेर
अरु कोहि छुट्नु भएको भए माफि चाहान्छु है ।)(कास् मैले नि पुरस्कार् पाउने काम् गरेको हुन्थे :(:(:
 
Posted on 09-09-06 11:30 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

miss lai ni chha ni life time achievement award +2.25 ko chasmaa :D :D
 
Posted on 09-09-06 11:37 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मिती- सितम्बर ०९, २००६

सम्पूर्ण चौतारीबासिहरु
साझा चौतारी
साझापुर, इन्टरनेट

बिषय - बुढेसकालको पुरस्कार चौतारोको हक हितकोलागि सुम्पिएको बारे

आदरणिय गाम्लेहरु,

उपरोक्त सम्बन्धमा, म सा.जी.(साझा जिल्ला) चौतारेगाउँ वडा नम्बर १ बस्ने बर्ष ७० को जिम्माल भन्ने बिर्खे माईलाले प्रथम चौतारी महोत्सवको उपलक्षमा बुढो भएकोले पाएको पुरस्कार चौतारीको हकहितको लागि चौतारीलाई नै टक्र्र्याउने निर्णय गरेको छु। पुरस्कारमा मैले प्राप्त गरेको जुनसुकै, नगद, जिन्सि, तक्मा, दोसल्ला, फूल, माला तथा सम्मान यसै निबेदन मार्फत चौतारीको सम्पत्ती भएको घोषणा गर्दछु। यसबाट अरु पुरस्कार पाउने महानुभावहरुले पनि चौतारीलाई कुनै न कुनै रुपमा सहयोग गर्नुहुनेछ भन्ने आशा गर्दछु। यो चौतारी फलोस फुलोस र सधैँ यसैगरि दुख-सुख, आँशु-हाँसो बाँडचुड गर्ने थलो बनोस भन्ने कामना गर्दछु। अन्त्यमा चौतारी महोत्सव भव्यताका साथ मनाउन सहयोग गर्नुभएकोमा सबै चौतारीबसिलाई हार्दिक धन्यवाद् दिन चाहन्छु।
धन्यवाद्

सहि-----------------
बिर्खे माईला
:)
 
Posted on 09-10-06 12:29 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हन, जुन दिन पनि राति मै बुडो मात्तै हुँदोरहेछु चौतारीआँ!!
एउडा गजल गाउनु परो।

थोडि सि पि शराब थोडि उछाल दि
कुछ इस तरह से हमने जवानी गुजार दि

मै चुर हुँ नशेमे मुझे कुछ खबर नहिँ
मुझपे निगाह ए' शोख कब तुमने डाल दि

हमने सिया है ईश्कमे होठोँको इस तरह
जिसने भि दि जहाँमे हमारि मिसाल दि

अब डर नहिँ किसिका जमाने मे दोस्तोँ
हमने तो दुश्मनि भि मुहब्बतमे ढाल दि

यु मुझको था तुम्हारे हि आनेका ईन्तजार
गुमनाम हमने मौत भि रसते मे टाल दि

 
Posted on 09-10-06 12:36 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तो गजल चाइँ गुलाम अलि को है गाम्लेओ भन्नै बिर्सिराको :)
 
Posted on 09-10-06 12:42 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Wah Wah, Birkhe!
दिलका खिलौना हाय टुट गया
कोई लुटेरा आके लुत्त गया।।। लुत्यो बिर्खेले लुत्यो!! :D

कुम्ले ले नि क्या द्या वाह!! सकिन म।।। Trivia ma Wd Wd garya taal bho. :D

त्यो पुरस्कार कस् कस् ले पा हो, खबर पाम -- झ्याप हान्नु पर्छ :P
 
Posted on 09-10-06 12:17 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 09-10-06 5:13 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सब लाइ weekend लागेको ?
 
Posted on 09-10-06 5:30 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हजुर सबलाई Weekend लागेको जस्तै लाग्यो।

तितौरीलाई लागेको छैन त Weekend?
 
Posted on 09-10-06 5:35 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

छैन कुम्ले छैन ! तेइ भएर त चौतारी मा आ' कोहि छैन यहा पनि । तिमि कहा बाट झुल्कियौ नि weekend मा ।
 
Posted on 09-10-06 5:45 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

म उ त्यहाँबाट झुल्केको तितौरी।

देखेनौ रे??

उ त्यहाँ के! यता मेरो छेउमा आएर हेर त अनि पो देख्छौ।

हो हो! यहाँबाट हेर त। उ त्यहाँबाट के!

हो त्यहि बाट।

अनि के त त्यहाँबाट झुल्किन मिल्दैन त? बिहान घाम कहिले भउतेको छानाबाट झुल्किन्छ, कहिले जिम्माल बाको घराँट झुल्किन्छ, अनि म चाँहि त्यहि भएर आज उ त्यहाँबाट झुल्केको।

ओहो! कस्तो मिठो! तिमीले आफै बनाएको?

सार्‍है मिठो बनाउने रहेछौ तिमीले यो त। भोलीपनि लिएर आउ है चौतारीमा।

:-)
 
Posted on 09-10-06 5:53 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हि..हि..हि मैले सान्ननि ठुल्नानि सँ बाडेर खान ल्या' मकै तिमिले चोरेर् खान भ्याइसक्यौ :(
ल कि २५ पटक् उठ् बस् गर , कि भने एउटा कथा भन ,सारै आल्छि लाग्यो :D होइन भने भोलि मिस् लाइ भन्दिउला किलासाँ :D
 
Posted on 09-10-06 6:11 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अब देख्ने गरि राखेको खानेकुरा खाँदा नि चोरेको हुन्छ त? झन मेरो लागि लिएर आएको होला भनेको त, हेर!!

लौ ठिकै छ, कथा सुन्ने भए अलि समय पर्खनु पर्छ। उठ बस गराउने भए, गन्न सुरु गरे हुन्छ। सबै तिम्रै हातमा छोडेको छु।

हजुरको जो आज्ञा!!
 
Posted on 09-10-06 9:24 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल त है म त मेरो पुरस्कसार नवाड्ने के ।
तर यो खुशि संगै यो महोत्सबमा राम्रो संग सामेल हुन नपाको मा दु:ख ब्याक्त पनि गर्न चाहान्छु । तर पनि सबै चौतारी बासीहरु आफ्नो काममा ब्यस्त भएर प्रगती पथमा लम्केर जिबन उज्लवल पार्न तिरलागेकोम चाहि हर्ष लागिराखेको छ ।
 
Posted on 09-11-06 4:57 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मेरो दादा

हिजो मात्रै दादाको इ मेल पाएको थिए, न्यू योर्क जाँदै हुनुहुन्छ रे, एउटा कन्फ्रेन्समा भाग लिन । दुई तीन महिना पछि फुर्सद मिलाएर नेपाल आउने रे । दादा - मलाई संसारमा सबैभन्दा बढी माया गर्ने मान्छे मेरो 'रोल मोडेल', मेरो ठुल्दाइ । दीपा दिदिलाई पनि मेल पठाउनुभएको छ रे । दीपा दिदी - मेरो दादाको सबैभन्दा मिल्ने साथी । दीपा दिदीको बाबा र मेरो बाबा क्याम्पसको जमाना देखिको साथीहरु, एउटै टीम बाट भलिबल खेल्नु हुन्थ्यो रे । अहिले उहाँहरुको अफीस छुट्टा-छुट्टै भए पनि शनीबार र बिदाको दिन उहाँहरु धेरै जसो समय सँग-सँगै बिताउनु हुन्छ । हाम्रो एउटा सानो संसार छ, केही नातेदारहरु अनि केही पारीवारिक मित्रहरु । यसपाली दादा घर आउँदा दादा र दीपा दिदीको बिहे गरिदिने रे, इनगेजमेन्ट त पोहोर साल दादा दसैंमा घर आउँदा खेरी नै गरेको हो । अब त दीपा दिदीलाइ पनि भाउजु भन्नु पर्छ मैले तर कसरी भन्ने होला, सानै देखि दिदी भनि राखेको मान्छेलाइ भाउजु ? 'म तपाईंलाइ दिदी नै भन्छु है, भाउजु भन्दिन ' भन्दा दीपा दिदी भन्नु हुन्छ, 'हुँदैन अब त तिमीले मलाई भाउजु नै भन्नु पर्छ' ।

दादा म भन्दा पाँच बर्ष जेठो, हाम्रो स्कूल पनि फरक फरक थियो । मैले होस् सम्हाले देखि नै मेरो सबैभन्दा नजीक दादा नै हुनुहुन्छ । हाम्रो घरमा धेरै कोठाहरु भए पनि म र दादा एउटै कोठामा सुत्थ्यौं । दादाले मलाई होम-वर्क गर्न मद्दत गर्नु हुन्थ्यो, मलाइ धेरै नयाँ-नयाँ कुराहरु सिकाउनु हुन्थ्यो। मलाइ गितार बजाउन पनि दादाले नै सिकाउनु भएको हो। पहिलो चोटि 'देउराली उकाली चढेर बिजयपुर खोला तरेर........' भन्ने नेपली गीत र 'एक दो तीन.....' भन्ने हिन्दी गीतको नोटेसन हेरेर गितार बजाउन सक्ने हुँदा कति खुसी भएको थिए, छ क्लासमा पढ्थे म, त्यतिबेला। छुट्टीको दिनमा मेरो साथीहरुलाइ घरमा बोलाएर त्यहि गीतहरु बजाएर सुनाउँथे, दादाको गितारमा। पहिलो चोटि गीतार बजाउन सिक्दा औंलाको छाला खोस्रेर असाध्यै दुखेको थियो। तर दादाले 'हरेस खान हुन्न, बिस्तार-बिस्तारै बानी पर्छ' भनेर सम्झाउनु भएको थियो। दादाले मलाइ हरेस खान हुन्न भनेर सिकानु भएको कुरा अहिले पनि मनन गर्छु म। मलाइ साइकल, मोटर साइकल र गाडी चलाउन सिकाउने पनि दादा नै हुन्। हरेक् अर्थमा दादा नै मेरो पहिलो गुरु हुन्। पहिलो पल्ट साइकल चलाउन सिक्दा दादाले पछाडिबाट साइकल समाइदिनुहुन्थ्यो अनि म पाइडल चाल्थे। एकचोटि दादाले साइकल छोडिदिनु भएछ पछाडिबाट, मैले थाहा नपाउने गरेर। धेरै अगाडि सम्म मैले साइकल चलाएर लगेपछि उहाँले 'बाबु पछाडि हेर् त, मैले समाएको छैन, तैले आफैं चलाउन सक्ने भइस्' भन्दा पो हड्बडाएर साइकल समेत बाटो छेउको सिस्नो घारीम लडेको थिए। मलाइ चोट त लागेन तर सिस्नोले पोलेर धेरै बेरसम्म पोलिराखेको थियो। यो घटना सम्झिँदा हामीहरु पछिसम्म पनि धेरै बेरसम्म हाँस्थ्यौं। मैले साइकल चलाउन सक्ने भइ सकेपछि दादा र म टाढा-टाढासम्म साइकलमा सँगै जान्थ्यौं। मोटर साइकल चलाउन सिक्न मलाइ त्यति गार्हो भएन। गाडी चलाउन सिक्दा दादा र म दुइ घन्टा पुलिस चौकीमा बस्नु परेको कुरा सम्झेर पनि हामीहरु धेरै बेरसम्म हाँस्थ्यौं। दादाले मलाइ गाडी चलाउन सिकाउँदा मैले एकचोटि नगरपालिकाको ट्रयाक्टरलाइ पछाडिबाट ठोकाउन पुगेछु अनि त ट्राफिक केस भैहल्यो। दुइ घन्टा पछि बल्ल बाबा आएर हामीहरुलाइ छुटाएर लिएर जानु भयो। कति रमाइलो गर्थ्यौँ हामीहरु त्यति बेला।
 
Posted on 09-11-06 4:58 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

म सानो छँदा पकेट मनी पाउँदिन थें, ममीले नै स्कूलको लागि टिफिन प्याक गरेर पठाइ दिनु हुन्थ्यो, पाँच क्लासमा पढुन्जेलसम्म । त्यतिबेला मलाई चक्लेट खान मन लागे म दादासँग पैंसा माग्थें, कहिलेकाँही आँफै पनि चक्लेट किनेर ल्याइदिनुहुन्थ्यो । एक चोटि चोकमा एकजना खेलौना बेच्ने मान्छे आएको थियो । मलाई एउटा खेलौना असाध्यै मन परेको थियो, दुर्बिन जस्तो तर त्यसमा आँखाले नजीकबाट हेर्‍यो भने फिल्मका हिरो-हिरोइनको फोटो देखिने, पाँच रुपैयाँ रे त्यसको । मसँग पैसा थिएन, दादा पनि घरमा हुनुहुन्थेन्, ममीले त्यो फजूल कुराको लागि पैसा दिने कुरै भएन । हाम्रो घरमा एकजना पाहुना आउनु भएको थियो, मेरो अंकल, बाबाको मामाको छोरा । मैले अंकलले टेबुलमा राख्नु भएको मनी पर्सबाट खुसुक्क पाँच रुपैयाँ निकालेर मलाई मन परेको खेलौना किने । बेलुका दादाले खेलौना देखेर सोध्नु भयो,'कहाँबाट ल्याइस् बाबु यो खेलौना ?', म दादासँग कहिल्यै झुठो बोल्दिन्थे या शायद दादासँग म झुठो बोल्नै सक्दिनथें। दादाले मलाई राम्ररी सम्झाउनु भयो, यस्तो काम गर्नु हुँदैन भनेर र पाँच रुपैयाँ दिएर मलाई नै अंकलको मनी पर्समा राखेर आउ भन्नु भयो । हामी दुबैजना गएर अंकल कोठामा नभएको समयमा अंकलको मनी पर्समा पाँच रुपैयाँ रखेर आएका थियौँ । त्यतिबेला देखि म नसोधिकन कसैको पनि समान अथवा पैसा उठाउँदिन्, मेरो दादाले सिकाउनु भएको शिक्षा ।

दादा इन्जिनियरिङ्ग पढ्न ईन्डिया जानुभयो, बेङ्ग्लोर्, म स्कूल मैं पढ्थे । पहिलो चोटि दादासँग छुट्टीएको थिएं म, असाध्यै नरमाइलो लाग्यो केही दिन सम्म । बेला-बेलामा फोन गरिरहनुहुन्थ्यो, चिठ्ठी पनि पठाइरहनुहुन्थ्यो, इ मेल थिएन त्यतिबेला । छुट्टीमा दादा घर आउँदा कति धेरै समान लिएर आउनुहुन्थ्यो मेरो लागि, कति रमाइलो गर्थ्यौं त्यतिबेला हामीहरु । काठमाडौंमा भए भरका रेस्टुराँमा जान्थ्यौं, मोटर साइकलमा टाढा-टाढासम्म घुम्न जन्थ्यौं । दादा , दीपा दिदी र म धेरै चोटि आईसक्रीम खान गएका छौं । दादा र दीपा दिदी कतै घुम्न जाँदा धेरैजसो मलाई पनि सँगै लिएर जानु हुन्थ्यो । असाध्यै रमाइलो हुन्थ्यो त्यतिबेला । वास्तवमा मैले पहिलो चोटि बियर पिएको पनि दादासँग नै हो, दादाको एकजना साथीको बर्थडे पार्टिमा । दादाले भन्नु भएको थियो,'स्वाद सबै कुराको लिनुपर्छ तर यसैलाइ आदत बनाउनुहुँदैन' । अहिले पनि म कहिले काँही नपिइ नहुने ठाउँमा मात्रै ड्रीन्क गर्छु । छुट्टीमा घर आउँदखेरी नै हो दादाले मलाई गाडी चलाऊन सिकाउनु भएको पनि। दादाको छुट्टी सकिन-सकिन लाग्दा मलाई असाध्यै नरमाइलो लाग्थ्यो । दादा सँधै मसँगै बसिरहनु भए कति रमाइलो हुन्थ्यो । तर दादाले फर्किनु त पर्थ्यो नै । जानुभन्दा अगाडि दादाले मेरोलागि धेरै-धेरै कमिक्स्, लुगा अनि खेल्ने र खाने सामान किनिदिनु हुन्थ्यो ।

दादा पढाई सिद्ध्याएर ईन्डियाबाट फर्किनु भयो, म त्यतिबेला दस् क्लासमा पढ्थें । दादा काठमाडौं मै एउटा अफिसमा काम गर्न लाग्नुभयो । मलाई एस.एल.सि.को लागि पढाईमा धेरै मद्दत गर्नुभयो । केही समयपछि मेरो एस.एल.सि. शुरु हुनुभन्दा केहि महिना अगाडि मात्रै दादा 'फर्दर स्टडि'को लागि अमेरिका जानुभयो । अब म पनि बुझ्ने भइसकेको थिए, मलाई थाहा थियो दादा चाहेर पनि सँधै मसँगै रहन सक्नुहुन्न । म दादाको सफलतामा धेरै-धेरै खुशी भएको थिएँ र दादा जस्तै सफल बन्ने प्रण गरेर राम्ररी एस.एल.सि. को तयारी गर्न थालें । दीपा दिदीले आँसु रोक्न सक्नुभएको थिएन, दादा अमेरिका जाने दिन । मलाई पनि नरमाइलो त धेरै लागेको थियो तर एक थोपा पनि आँसु झर्न दिइन मैले त्यो दिन । दादाले बेला-बेलामा फोन गरिरहनुहुन्थ्यो, (अब त चिठ्ठी होईन) इ मेल पनि नियमित रुपमा पठाउनुहुन्थ्यो । हामीहरु ढिलोसम्म च्याटिङ गरेर पनि बस्थ्यौं । मेरो एस.एल.सि. को रिजल्ट पनि भयो, राम्रो नम्बरले पास भएँ म । दादाको जती नम्बर ल्याउन सकिन मैले तर म सन्तुश्ट थिएँ।

मैले कहिले पनि दादालाई जित्न चाहेको थिइन र आज दादाको भन्दा 'एग्रीगेट्'मा चार नम्बर कम ल्याउँदा म धेरै खुशी भएको थिएँ। म सँधै दादाभन्दा एक कदम पछाडि रहन चाहन्थें र अहिले पनि म दादाभन्दा पछाडि नै रहन चाहन्छु।

पोहोर साल दसैंमा घर आउनुभएको थियो दादा। त्यतिबेला दादाले मलाई मन परेको मोटर साइकल किनिदिनु भएको थियो, पहिलोपल्ट त्यसैमा चढेर हामी दुबै नगरकोट गएका थियौँ । त्यहिबेला हो दादा र दीपा दिदीको 'इनगेज्मेन्ट' गरिदिएको। कति रमाइलो भएको थियो, बिहेको पार्टी नभए पनि मैले मेरो क्लासका सबै साथीहरुलाइ बोलाएको थिएँ । मैले र दादाले एउटै किसिमको दाउरा सुरुवाल लगाएका थियौं, रङ मात्रै फरक। हामी दुबैले नै पहिलोपल्ट हो दाउरा सुरुवाल लगाएको कुनै समारोहमा। दादाले त स्कूल र कलेजमा पढ्दाखेरी नाटक र 'डान्स'मा भाग लिँदा दाउरा सुरुवाल लगाउनु भएको थियो क्यारे, केही फोटोहरु देखेको थिएँ दादाको अल्बममा । दादा र दीपा दिदी कति सुन्दर देखिनु भएको थियो त्यो दिन्, बेहुला-बेहुली जस्तै, स्वर्गमैं बनेर आएको जोडी जस्तै । हामीले त्यो दिन डान्स पनि खुब गर्यौँ, दादा पनि नाच्नु भयो एकछिन। खासमा भन्ने हो भने मेरो दादा असाध्यै राम्रो नाच्नु हुन्छ। हजुरआमा बित्नु भन्दा पहिला म, दादा अनि हजुरआमा तलको बैठक कोठामा गएर बाबाले थाहा नपाउने गरेर धेरै बेर सम्म नाचेर बस्थ्यौँ । असाध्यै रमाइलो हुन्थ्यो। अब त हजुरआमा बित्नु भएको पनि पाँच-छ बर्ष भइसक्यो।

वास्तवमा भन्ने हो भने यदि 'पर्फेक्ट्' भन्ने केही कुरा छ भने मैले थाहा पाएको मध्यै मेरो दादा मात्र त्यो कुरा को सबैभन्दा नजीक हुनुहुन्छ। पढाईमा, अतिरिक्त कृयाकलापमा, बानीब्यहोरामा, हरेक कुरामा अनुकराणिय। मेरो दादाको कोठाभरि दादाले जितेका मेडल,कप र शिल्डहरु भरिएका छन। पहिला पहिला म दादाले जितेका मेडलहरु घाँटिमा झुन्ड्याएर सबैलाइ देखाउँथे। मामु भन्नुहुन्थ्यो 'तिमी पनि दादा जस्तै हुनुपर्छ है बाबु, धेरै धेरै पुरस्कार जित्नुपर्छ'। सबैजना दादालाइ मन पराउँथे तर दादाको सबैभन्दा ठुलो 'फ्यान'चाँही म नै थिएँ । म दादा जस्तै बन्न चाहन्थे। दादाले जस्तै गरेर लुगा लगाउने कोशीश गर्थे, बोल्ने, हिँड्ने, खाने, सबैकुरामा म दादालाइ 'इमिटेट' गर्ने कोशीश गर्थे। मलाई अहिले थाहा भयो त्यो मेरो मिथ्या प्रयास मात्रै थियो, म मेरो दादा जस्तो 'पर्फेक्ट' कहिल्यै पनि बन्न सक्दिन या मलाई त लाग्छ मेरो दादा जस्तो 'पर्फेक्ट'कोही पनि बन्न सक्दैन।
 
Posted on 09-11-06 4:58 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अहिले म दादाकै कोठामा बसिराखेकोछु, मेरो घरको सबैभन्दा मनपर्ने कोठा । दादाको सुत्ने खाट उस्तै छ, भित्ताभरि र टेबुलमा सजाएर राखेका प्रमाणपत्र मेडल,कप र सिल्डहरु उस्तै छन । कुनामा दादाको गीतार पनि उस्तै छ, मैले पहिलो चोटि बजाउन सिकेको गीतार । दादा र दीपा दिदीको 'इनगेज्मेन्ट'को बेला खिचेको फोटो पनि दादाको 'रिडिङ्ग टेबुल्'मा फ्रेम गरेर राखिएको छ । अरु फोटोहरु पनि उस्तै छन्, धेरै फोटोहरुमा दादा र म सँगै छौं । मनकामनामा खिचेको फोटो, हामी गोदवरी क्याम्पिङ गएको बेलाको, पोखरा, नगरकोट्, धुलिखेलमा खिचेका फोटोहरु र मलाई सबैभन्दा मनपर्ने फोटो, म धेरै सानो हुँदा (शायद ३-४ बर्ष को) दादाले मलाई आफ्नो काखमा बोकिराखेको फोटो । सबै कुराहरु उस्तै छन ।

मामु उता आफ्नो कोठामा हुनुहुन्छ, एकहोरो एकनास दादाको फोटोलाइ नियालिरहँदै, बाबा तल बैठक कोठामा हुनुहुन्छ, स्तब्ध ,मौन्, प्रतिकृया बिहीन । मैले मेरो बाबा र मामुलाइ यस्तो हालतमा कहिल्यै पनि देखेको थिइन । सधैं हँसी मजाक गरिरहनु पर्ने मेरो बाबा, सधैं ओंठमा मुस्कान भइ रहने मेरो मामु । हामीहरु सधैं रमाइलो गरिरहनुपर्ने, कहिल्यै अरुको कुभलो नचिताउने, आफ्नै संसारमा मग्न प्राणीहरु । बाबा एकदमैं टुटिसक्नुभएकोछ । मामु झन नराम्रो हालतमा हुनुहुन्छ । म कसरी सम्हालुँ मेरो बाबा र मामुलाइ, म आँफै पनि नराम्रो सँग टुटिसकेको छु । एक पल मैं हाम्रो सुन्दर संसार भाताभुङ्ग भइसकेकोछ । दीपा दिदीको हालत कस्तो होला, असाध्यै पीर लागिरहेकोछ । म कति विवस छु, दीपा दिदीलाई ढाढस दिन पनि सक्दिन, म आँफैलाइ सहाराको जरुरत छ अहिले । सधैं दीपा दिदीलाई जिस्किएर 'म तपाईंलाइ भाउजु होईन दिदी नै भन्छु है' भन्थे म । नियतीले आज यो हल्का मजाकलाइ क्रुर वास्तविकता बनाइदिएकोछ । हो, अब दीपा दिदी कहिल्यै मेरो भाउजु बन्नु हुन्न, सधैं मेरो दीपा दिदी मात्रै रहिरहनुहुनेछ ।

मेरो दादा ओहायोको एउटा सफ्टवेर कम्पनीमा काम गर्नुहुन्थ्यो । एउटा कन्फ्रेन्समा भाग लिन हिजो न्यूयोर्क आउनु भएको रे, हो हिजो सेप्टेम्बर ११ । हुन त मेरो दादाको कन्फ्रेन्स भइरहेको ठाँउ वर्ल्ड ट्रेड सेन्टर भन्दा टाढा नै थियो रे तर ब्रेकमा मेरो दादा एकजना चिनेको नेपाली साथीलाई भेट्न उसले काम गर्ने रेस्टुराँमा जानु भएको रे, वर्ल्ड ट्रेड सेन्टर को १३औं तलामा, दादाको एक जान साथीले फोन गरेर बताउनु भएको ।

नियतीको अगाडि कसको के लाग्छ र, मेरो दादाले अरु हजारौं निर्दोशहरुले जस्तै आफूले नगरेको गल्तीको लागि बलिदान दिनुभयो । मेरो दादा, सधैं अहिँसाको पक्षपाती, आज आँफै हिँसाको शिकार बन्नुभयो । मेरो दादा, कसैको कुभलो नचिताउने मान्छे, आज आँफै कसैको लहडिपनको शिकार बन्नुभयो । मेरो दादा, सधैं सबैलाइ विश्वास् गर्नुपर्छ भन्ने मान्छे आज आँफै मान्छे-मान्छे बिचको अविश्वासको ज्वालामा पर्नुभयो । मेरो दादा विश्व भाइचारा र मेलमिलापमा विश्वास गर्ने मान्छे आज आँफै मानवीय घृणा र प्रतिसोधको शिकार बन्नुभयो ।

हो, नियतीले धेरै ठुलो घात गरेको छ हामीहरु माथि तर समयसँगै जीवन त चलीनैरहन्छ र चलिरहनु नै पर्छ । मेरो दादा मानव समाजको लागि केही गर्न सक्ने खुबी भएको मान्छे, आज सम्झनामा मात्रै बाँकी रहनुभयो । म भगवानसँग प्रर्थना गर्छु, मेरो दादा र मेरो दादासँगै विलीन भएका हजरौं जीवनहरुको बलिदान नै आखिरी होस्, मानव समाजको लागि । भोलिको बिहानि भातृतववाद र भाईचाराको नौलो किरण सहित झुल्कियोस् । घृणा, हिँसा, प्रतिसोध्, आतंक कहीं कतै नहोस् । मेरो दादा र मेरो दादाको जस्तै नियती भोगेका सम्पूर्ण ज्ञात अज्ञात आत्माहरु प्रति यही नै सच्चा स्रद्वान्जली हुनेछ । प्रभु हामी सबैलाइ सद्बुद्दी देउ ।

(९/११ को सम्झनमा)
 
Posted on 09-11-06 9:14 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तिरु र नमेलाई बधाई छ। कुम्लेले भन्या जस्तो हाम्ले त केइ पाएनौँ :( हाम्ले नि त फुल् ल्याएर सजाएकै हो मउसबमा, decoration मै भे नि केहि देका भे त हुन्थ्यो नि हैन त कुम्ले?
अनि ठुल्नानी सँ मिलेर नाचेको पनि हो। ठुल्नानी त कति राम्रो नाचेकि थि उस्लाई नि केहि दिएनन्। ufffffffffff के गर्नि होला?
लौ भै हाल्यो अब। गोतामे जीले आर्याको फोटो टाँस्नु भएछ तेहि मेरो लागि पुरस्कार् भयो। You are really lucky to have cute little princess, गौतमजी।
हो मिस् नि तेस्तै राम्री हुनुहुन्छ शुभ जस्तै।
तिरु ल अब भोज् ख्वाउ है वेल् डन् गर्ल् !!! :D:D
 
Posted on 09-11-06 10:58 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

>हो मिस् नि तेस्तै राम्री हुनुहुन्छ शुभ जस्तै।

अब लास्टाँ मिसको फोटु हेरेसी चौपारी महोत्सव औपचारिक रुपमा विसर्जन हुन्छ.

हेर्न मुन लाउनेले हात उठाऊ!
 
Posted on 09-11-06 11:36 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यसरी सबैको खूसी हाँसो ले भरिएको चौतारीलाई मेरो फोटो द्वारा विसर्जन गर्न पाउदा म धेरै नै खुसी छु । दादा हजूरको प्रस्तावले म कृत्तज्ञ भए ।
अब हजूरको पनि हेरुम न त फोटो

 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19  
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
What are your first memories of when Nepal Television Began?
Basnet or Basnyat ??
निगुरो थाहा छ ??
TPS Re-registration case still pending ..
nrn citizenship
ढ्याउ गर्दा दसैँको खसी गनाउच
Sajha has turned into MAGATs nest
Doctors dying suddenly or unexpectedly since the rollout of COVID-19 vaccines
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
Send Parcels from USA to Nepal & Worldwide.
Why is every youths leaving Nepal? Why are not youths entering politics and serving the country, starting business etc?
TPS Work Permit/How long your took?
कल्लाई मुर्ख भन्या ?
Morning dharahara
Travelling to Nepal - TPS AP- PASSPORT
महँगो अण्डाको पिकल्प : कुखुरा र खोर भाडामा लिने
Travelling on TPS advance travel document to different country...
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
Informatica consultancy share
मन भित्र को पत्रै पत्र!
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters