म आफ्नै बाटो हिँडिरहेको हुन्छु तर पाइला अन्तै कतै गैदिएको हुन्छ
सत्य म तिमीलाई नै सम्झेको हुन्छु, तर मन अरु कसैको भैदिएको हुन्छ
म विवश छु प्रिय तिम्रो मुस्कान जस्तै यो रक्सी सित
कहिले म यस्लाइ खाइरहेको हुन्छु,
त कहिले यस्ले मलाई खाइरहेको हुन्छ।
--Hari bhakta Katwal
यो जिन्दगी खै के जिन्दगी
कुनै युवतीको हातमा चढ्दा चढ्दै
प्याट्ट फुट्ने चुरा जस्तो
यो जिन्दगी खै के जिन्दगी
बाटोमा हिंड्दा हिंड्दै फ्याट्ट चुड्ने
चप्पलको फित्ता जस्तो
यो जिन्दगी खै के जिन्दगी।
--Bhupi Sherchan
सबै पहेँलो कुरालाई सुनको गजूर भन्न मन लाग्छ,
सबै नाच्ने चरालाई वनको मूजूर भन्न मन लाग्छ,
चाकडी गर्दा गर्दा यस्तो बानी परिसक्यो अब त,
बाटोमा हिँड्दै गरेको गधालाई पनि हजूर भन्न मन लाग्छ!!!
--Bhupi Sherchan
Please add more...
LooTe
P.S. wah wah Subhanallah!! :P