[Show all top banners]

ashu
Replies to this thread:

More by ashu
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 Late Dr. Harka Bdr. Gurung
[VIEWED 5697 TIMES]
SAVE! for ease of future access.
Posted on 10-06-06 4:13 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Announcement

Martin Chautari is organizing a series of discussions on the intellectual legacy of Harka Gurung at its premises, i. e. Block No.27, Jeetjang Marga, Thapathali (phone no. 4-238050 / 4-240243; Fax: 4-240059) .

24 Asoj 2063
10 October 2006 (Mangalbaarey Discussion, Tuesday)

Intellectual Legacy of Harka Gurung Series: 1
Topic: Decentralization of Polity and Development.
Pundits: Prof. Pitamber Sharma and Dr. Devendra Raj Panday
Time: 5 pm

Dr. Harka Gurung's intellectual contribution to Nepal cannot be put into one category. His legacy is multi-faceted and requires a many pronged approach for proper appreciation and evaluation.

Martin Chautari has decided to hold a series of talks on the intellectual legacy of Dr. Harka Gurung focusing each time on a particular area of his contribution, its impact and its long-term implications. In the first of this series, Pitamber Sharma and Devendra Raj Pandey will talk about Harka Gurung and decentralization and development.

Discussions take place at Martin Chautari
- every Sunday at 3:00 PM on various issues of Research and Politics,
- every Tuesday at 5:00 PM on various topics,
- every Thursday at 3:00 PM on media related issues and
- every Friday at 3:00 PM on youth related issues (Youth Initiative in collaboration with Martin Chautari organizes Youth Discussion Series).

Schedule of Chautari's upcoming discussions is also available in its website

- http://www.martinchautari.org.np .

Participation is open to all. Unless otherwise stated, all discussions take place in the Nepali language.
 
Posted on 10-06-06 4:24 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Here is the first-ever

the Mahesh Chandra Regmi Lecture delivered by Dr. Gurung more than three years
ago in Kathmandu.

The lecture is titled:
Trident and Thunderbolt: Cultural Dynamics in Nepali Politics

- www.himalassociation.org/baha/Trident-and-Thunderbolt.pdf
 
Posted on 10-06-06 4:28 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

An extract from a CK Lal piece

Source:

- http://www.nepalitimes.com/issue/317/StateoftheState/12538

Though not a conservationist in the academic sense of the term, Harka Gurung too died for a cause close to his heart. As a development thinker, Gurung had an abiding interest in establishing mutually beneficial relationships between human beings and their habitat. He died returning from a ceremony handing nature protection to the people of that area.

On first meeting Harka, many found him blunt. He never attempted to even appear likable. Like most interdisciplinary scholars he had strong views about everything.

He relished making fun of those less informed but more dogmatic than he was. Irreverence and wit were his natural traits. Despite his lack of social skills he was a towering presence in the field of physical planning. You could agree or disagree with him on various issues, but in the area of regional planning, it was impossible to hold any view without referring to his ideas.

He is credited with creating initially four, then five, development regions in the country. King Birendra’s personal interest didn’t work for one simple reason: without a political structure to back them up, development regions were castles in the air, hung by a thin thread from the capital.

When Harka realised why his ideas weren’t working, he moved on and proposed his second most significant contribution to planning: the concept of parallel south-north growth corridors to connect railheads in neighbouring India with processing and production centres of the Nepal tarai and Bhitri Madhesh.

Harka was dragged into controversy by the politics of demography. In the 1980s, he headed a commission asked to prepare a purist population plan for the tarai.

The report was as expected, and is supposed to have inspired the formation of the Sadbhawana Manch, which later became the Sadbhawana Party. Jaya Krishna Goit, the leader of splinter group of Maoists which claims to have killed Krishna Charan Shrestha, is in some ways the political progeny of backlash created by the report.

Post-1990 Harka Gurung perhaps realised that planning for development means little if the planned-for don’t have a stake in its implementation. He didn’t mention ‘democracy’ as often as many of his former colleagues from Panchayat days did, or display any of the zeal of a neo-convert. His tone and tenor for the last several years had become decidedly egalitarian.
 
Posted on 10-06-06 4:34 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

डा. हर्कलाई सम्झँदा

संग्राम लामा

Source:

- http://www.kantipuronline.com/kolnepalinews.php?&nid=87884

असोज ६ गते त्यो दुर्भाग्यपूर्ण हेलिकप्टर चढेर ताप्लेजुङ जानुअघि मेरो अन्तिम कुराकानी अघिल्लो दिन टेलिफोनमा भएको थियो । डा. हर्क गुरुङले भन्नुभयो 'म भोलि डब्ल्युडब्ल्युएफको कार्यक्रममा ताप्लेजुङ जाँदैछु, शनिबार काठमाडौं र्फकन्छु र हामी टेनिस आइतबार खेलौंला' ।

मलगायत थुप्रै साथीहरू डा. गुरुङसँग प्रायः प्रत्येक शनिबार टेनिस खेल्थ्यांै । त्यसका लागि उहाँ प्रायः अति महत्त्वपूर्णबाहेक अन्य कार्यक्रममा सहभागी हुनुहुन्नथ्यो र हामीसँग टेनिस खेल्न समय मिलाउनुहुन्थ्यो । टेनिस खेल्दा प्रायः म र उहाँको जोडीले खेल जित्थ्यांै । डा. गुरुङ हामी सम्पूर्ण खेलाडी, बल ब्वाइहरू र अन्य उपस्थित माझ कति पि्रय हुनुहुन्थ्यो भने उहाँ खेल्न नआएकोे दिन साह्रै खल्लो, नीरस र अपूर्ण लाग्दथ्यो, हामीलाई ।

जब असोज ७ गते दिउसो मैले श्री एयरको हेलिकप्टर डा. गुरुङसहित अरू २३ जना विशिष्ट व्यक्तिहरू ताप्लेजुङको पहाडमा हराइरहेको खबर टी. भी.मा सुनँे, एक्कासि छाँगाबाट खसे झैँ भयो । खबर सुनेपछि चिनेका साथी भाइलाई फोनमा घटनाबारे सोधेँ, सबैबाट त्यस्तै अन्योलपूर्ण जवाफ सुनियो । मेरो मनमा लाग्यो कि हेलिकप्टर कतै सुरक्षित अवतरण गरी बसिरहेको छ उद्धार टोलीको प्रतीक्षामा ।

त्यसपछि हामी टी. भी.तथा रेडियोको प्रत्येक घन्टा घटनाको बारेमा केही खबर आउँछ कि भनी सुनिरह्यांै । घटना घटेको दुई दिन बिते पनि कुनै खबर आएन । यसै क्रममा असोज ९ गते दिउसो त्यसमा सवार सबै २४ जनाको दुःखद निधन भएको खबर सुनियो । दुर्घटनासँगै मुलुकले वन्यजन्तु संुरक्षण क्षेत्रका होनहार विज्ञहरू, योजना तथा भूगोलविद्, राजनीतिज्ञहरू र सञ्चारकर्मीहरूलाई एक्कासि गुमायौं ।

मैले डा.गुरुङको बारेमा धेरै वर्षअघि उहाँ एक प्रखर योजनाविद्, भूगोलविद्, राष्ट्रिय योजना आयोगका सदस्य तथा उपाध्यक्ष, पूर्व राज्यमन्त्री, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा नाम चलेका विद्वान्वक्ता, अनुसन्धानकर्ता, कुशल प्रशासक तथा अध्यापक हुनुहुन्छ भन्ने सुनेको थिएँ । उहाँले लेखेका प्रख्यात किताबहरू, लेख तथा कार्यपत्रहरूबारे पनि सुुनेको थिएँ । उहाँले नेपालको चौतर्फी विकासलाई अगाडि बढाउन आर्थिक, भौगोलिक एवं राजनीतिक हिसाबले अहिलेका ७५ जिल्ला घटाएर २५ वटामा पुनः वर्गीकरण गर्नुपर्ने तर्कसहित प्रस्ताव गर्नुभएको विषयले सर्वत्र चर्चा पाएको पत्र-पत्रिकामा पढेको थिएँ ।

यी सबै तथ्यले गर्दा जहिले पनि मेरो मनमा उहाँ कस्तो व्यक्ति हुनुहोला भन्ने लागिरहन्थ्यो । उहाँलाई भेट्न वा देख्न पाए हुन्थ्योजस्तो लाग्थ्यो । यसै क्रममा सन् १९९९ मा जब म बेलायत सरकारको नेपाल स्थित अन्तर्राष्ट्रिय विकास विभागमा कार्यरत थिएँ, त्यतिखेर उक्त संस्थाको निम्ति नेपालमा बसाइ-सराइसम्बन्धी अध्ययन गर्न एक नेपाली विज्ञको आवश्यकता परेको थियो । उक्त विज्ञ खोज्ने क्रममा मैले डा. गुरुङ सम्बद्ध संस्था 'न्यु एरा' मा सम्पर्क गरी उहाँसँग पहिलोपटक फोनमा उक्त अध्ययनबारे जानकारी गराएँ । धेरै पटकको छलफल तथा भेटघाटपश्चात् अध्ययनको जिम्मा डा. गुरुङलाई दिइयो । उक्त अध्ययनको सिलसिलामा विभिन्न देशी-विदेशी विद्वानसामु उहाँले नीडर विचार एवं तर्कहरू स्पष्ट रूपमा राख्दा ती अन्य विद्वान्हरू छक्क परेको परिदृश्य मेरो अगाडि ताजै छ ।

उक्त अध्ययनपश्चात् डा. गुरुङद्वारा कार्यपत्र प्रस्तुत गरिने गोष्ठी, सेमिनार तथा कार्यक्रमका साथै टेनिस कोर्टमा मेरो र उहाँको भेट्ने क्रम सुरु भयो । मैले सुनेको थिएँ उहाँ एक कुशल फुटबल खेलाडी पनि हुनुहुन्थ्यो, उहाँ टेनिसको राम्रो खेलाडी भएको कुराचाहिँ टेनिस कोर्टमा मात्र मलाई थाहा भयो ।

हामीसँगको भेटघाटमा उहाँ सधैँ भन्नुहुन्थ्यो कि हामीले जुनसुकै विषयमा बोल्नुअघि त्यस विषयमा गहिरो अध्ययन एवं विश्लेषण गर्नु आवश्यक हुन्छ र सतही अध्ययन भनेको गाग्रामा अलिकति पानी हुनुजस्तै हो जसले सधैँ हल्लासिवाय केही गर्दैन । प्रायजसो उहाँ नेपालको सन्तुलित विकास, योजना, राष्ट्रियता, शिक्षा, स्वास्थ्य, गरिबी, भौगोलिक स्थिति, इतिहास, सु-शासन, विकेन्द्रीकरण आदिका कुरा गर्नुहुन्थ्यो भने हाल आएर उहाँको अध्ययन क्षेत्र बढीजसो सामाजिक समावेशीकरण, गरिबी र माओवादी विद्रोह, संविधानसभा, आदिवासी जनजाति, दलित, मधिसे तथा अन्य उपेक्षित वर्गलाई राज्यको पुनर्संरचना गरी कसरी विकासको मूल प्रवाहमा ल्याउने भन्नेबारे केन्दि्रत भएको पाइन्थ्यो ।

उहाँ भन्नुहुन्थ्यो २००४ देखि ०४७ सालसम्मका संवैधानिक प्रवधानहरूलाई अध्ययन गर्दा नेपाल अधिराज्यभित्रको भाषिक, धार्मिक, संास्कृतिक एवं भौगोलिक विविधतालाई सम्बोधन गर्ने र तिनीहरूलाई राज्यस्तरमा समान र न्यायोचित तवरबाट प्रतिनिधित्व दिलाउने प्रयत्न देशमा कहिल्यै भएन । एकल भाषा र संस्कृतिको आधिपत्यमा प्रतिपादित प्रत्येक संविधानले आदिवासी जनजातिहरूको भाषिक, सांस्कृतिक र राजनीतिक अधिकारलाई सुनिश्चित बनाउने सम्भावना हुँदै नभएकाले अबको नयाँ नेपालले विविध भाषिक, सांस्कृतिक, जातीय र भौगोलिक विविधतालाई ध्यानमा राखी राज्यको पुनर्संरचना हुनुपर्नेमा उहाँ जोड दिनुहुन्थ्यो । हालै सम्पन्न जन-आान्दोलन-२ पछि डा. गुरुङ देश संक्रमणकालीन अवस्थामा रहेको र अब निर्माण हुने नयाँ संविधानको हर प्रक्रियामा नेपाली समाजको बहुलतालाई प्रतिबिम्बित गराई त्यसको अपनत्व सबै नेपाली जनताले लिने वातावरण बनाउनुपर्नेमा पनि जोड दिनुहुन्थ्यो ।

देशका करिब सबै जिल्ला घुमेका डा.गुरुङका किताब, लेख, नक्सा र विविध विषयमा तयार कार्यपत्रमा तथ्याङ्कहरूको चिरफार र विश्लेषण हुन्छ । त्यसमा सबैले बुझ्ने सरल भाषामा नेपाली समाजलाई त्यसको समग्रतामा बुझ्ने हरदम प्रयास पाइन्छ । हरेक गोष्ठी, समारोह तथा कार्यक्रममा तोकिएको समयमा पुग्ने, आफ्नो काम वा जिम्मा पूरा नभएसम्म लगातार लागिरहने, हँस्यौली, ठट्यौली, नीडर, देखेको कुरा स्पष्टसँग लेख्ने र बोल्ने, तार्किक र जहिले पनि जोखिम उठाउन सक्ने बहु प्रतिभावान प्रखर व्यक्तित्वका धनी हुनुहुन्थ्यो डा. गुरुङ । यस्तो व्यक्ति सायद नेपालमा धेरै कम होलान् भन्दा फरक नपर्ला । सारांशमा भन्नुपर्दा डा. गुरुङ आफैमा एक इतिहास हुनुहुन्थ्यो जसको बारेमा जति भने पनि, जति लेखे पनि अपुग हुन्छ ।

देश यतिखेर संविधानसभामय भएको छ र यसमार्फत निर्माण हुने नयाँ संघीय लोकतान्त्रिक गणतन्त्रलाई डा. गुरुङ हेर्न अब सक्नुहुन्न । त्यसैले नेपाली जनतालाई दिगो शान्ति र अग्रगमनको लागि संविधान सभामार्फत राज्यको पुनर्संरचना गरी देशको वर्गीय, क्षेत्रीय, जातीय र लैङ्िगक असमानता र समस्याको सही र वस्तुवादी हल गरी केन्द्रीकृत सामन्ती राज्य संरचनाको सदाको लागि अन्त्य गरी संघीय लोकतान्त्रिक गणतन्त्र निर्माण गर्न हामी समस्त नेपालीहरू अगाडि बढेमा त्यही डा. गुरुङ्प्रति सही श्रद्धाञ्जली हुनेछ ।

यस अपुरणीय क्षतिबाट हिमाल, पहाड र तराईका गाउँ बस्तीहरू, जिल्ला र समस्त नेपाली र अन्तर्राष्ट्रिय क्षेत्र स्तब्ध एवं शोकाकुल भएको छ । डा. गुरुङको असामयिक निधनपछि देशले एक कुशल एवं प्रतिभावान व्यक्तित्व गुमाएको छ, नेपालका सम्पूर्ण आदिवासी जनजातिहरूले आफ्नो मियो गुमाएका छन्, पर्वतारोहण तथा पर्यटन क्षेत्रले एक अभिभावक गुमाएको छ, कु-शासन तथा भ्रष्टचारको विरोधमा काम गर्नेहरूले एक सबल नेतृत्व गुमाएका छन् र खेल प्रेमीहरूले एक खेलाडी गुमाएका छन् र देशभरि जताततै रिक्तता र सन्नाटा छाएको छ ।

दुर्घटनामा परी निधन भएका डा.गुरुङ र अन्य सबै विशिष्ट व्यक्तित्व निर्माण सजिलो छैन, यसका लागि राष्ट्रले ठूलो लगानी, धेरै समय र मेहनत गर्नु आवश्यक हुन्छ । हाम्रोजस्तो मुलुक जहाँ सरकारी, गैरसरकारी, निजी तथा नागरिक समाजको तर्फबाट त्यतातिर कुनै पनि सोच र दूरदृष्टि नराखेको अवस्थामा सम्भव देखिँदैन । एक्काइसांै शताब्दीमा सरकारी, गैरसरकारी तथा निजी क्षेत्रबाट त्यसतर्फ ध्यान दिई आवश्यक पाइला चाले, डा. गुरुङ लगायत अन्य दिवंगत व्यक्तिहरूले राष्ट्रका लागि दिएको सेवा, योगदान र उहाँहरूले देखाएको बाटो हामी सबैले अंगीकार गरी अगाडि हिँड्यांै भने उहाँहरू सबैप्रति सम्मान हुनसक्थ्यो ।


Posted on: 2006-10-05 21:49:13
 
Posted on 10-06-06 6:43 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

It reminds me reading back to back Dr.HBGurung's book "Nepal--Dimensions of Development" as a TU curricula in Nepal when i was 19 or 20. उहा देश को एक् जना महान् सपुत नगरिक हुनु हुन्थ्यो ।
 
Posted on 10-07-06 9:01 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

List of persons aboard Shri Air 9NAHJ



Mr. Gopal Rai, Minister of State for Forest and his wife Mrs. Meena Rai
Mr. Sharad Rai, Director General of Department of Forests
Dr. Damodar Parajuli, Secretary of State of Forests and Soil Conservation
Mr. Narayan Poudel, Director General of Department of National Parks and Wildlife Conservation
Mr. Pauli Mustonen Charge d'Affaires, Embassy of Finland
Ms. Margaret Alexander, Deputy Director - United States Agency for International Development in Nepal
Dr. Bigyaan Acharya, Program Development Specialist - United States Agency for International Development in Nepal
Mr. Dawa Tshering, Chairperson, Kangchenjunga Conservation Area Management Council
Dr. Jill Bowling Schlaepfer, Conservation Director, WWF UK
Ms. Jennifer Headley, Coordinator – Himalayas/South Asia Programme, WWF UK
Mr. Mingma Norbu Sherpa, Managing Director- Eastern Himalayas Program, WWF-US
Mr. Matthew Preece, Program Officer, WWF US
Dr. Chandra Gurung, Country Representative, WWF Nepal
Dr. Harka Gurung, Advisor, WWF Nepal
Dr. Tirtha Man Maskey, Co-Chair, Asian Rhino Specialist Group
Mrs. Yeshi Choden Lama, WWF Nepal
Mr. Vijaya Shrestha, Central Committee Member, Federation of Nepalese Chamber of Commerce and Industry
Mr. Hem Raj Bhandari, Nepal Television
Mr. Sunil Singh, Nepal Television
Captain Klim Kim
Captain Mingma Sherpa,
Flight Engineer Valeriy Safronov
Cabin Attendant Guruwar Tandul

 
Posted on 10-07-06 12:43 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Dr. Harka Gurung tribute:

http://www.worldwildlife.org/wildplaces/him/updates/gurung_harka.cfm

 
Posted on 10-08-06 5:46 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Source:

- http://www.nepalihimal.com/2063/ashoj-16-31/samjhana.html

सम्झाना

भूगोलमै हराए भूगोलका ज्ञाता

by वसन्त थापा


पूर्वी नेपालको गुन्सा गाउँबाट ताप्लेजुङका लागि उडेको तर गन्तव्यमा नपुगी बाटैमा हराएको हेलिकोप्टरमा सवार धेरै जना देशी–विदेशी विशिष्ट व्यक्तिहरूमध्ये डा. हर्क गुरुङ एक थिए जसलाई सञ्चारमाध्यममा भूगोलविद् र पूर्व राज्यमन्त्री भनेर चिनारी गराइएको छ।

असलमा डा. हर्क गुरुङ को हुन्?

लमजुङ जिल्लाको ङादी खोला छेउ तराँचे भन्ने गाउँ छ। त्यहाँको एउटा सम्पन्न लाहुरे परिवारमा सन् १९३९ मा एउटा छोरो जन्म्यो जसलाई जेठो छोरो नभए पनि 'ठूला' भन्न थालियो। ९ वर्षको उमेरसम्म उसले स्कुलको मुख देख्न पाएको थिएन। उसको समय लेकको भेडीगोठ, बेँसीको खेत र खोलामा बरालिँदै बितेको थियो। पेन्सन थाप्न काठमाडौँ आउने आफ्ना पिताको टोलीलाई पछ्याउँदै खाली गोडा ऊ सात दिनको बाटो पैदल हिँडेर काठमाडौँ आइपुग्यो। पढ्ने अठोटले गर्दा ऊ घरका अरू कसैलाई पत्तै नदिई भागेर पिताको पछि लागेको थियो।

त्यसैले ऊ काठमाडौँको दरबार स्कुलमा भर्ना भयो। लाहुरे परिवारको भएकाले पछि भारतको देहरादून र जालन्धरमा पढ्न गयो। त्यसपछि काठमाडौँको त्रिचन्द्र कलेजमा भर्ना भएर आई.ए प्रथम स्थानमा उत्तीर्ण भयो। अनि भूगोल विषयमा उसले पटना विश्वविद्यालयबाट प्रथम श्रेणीमा बी.ए. अनर्स गर्‍यो। तत्पश्चात् एडीनवर्ग विश्व–विद्यालयबाट पहिले डिप्लोमा र पछि सन् १९६५ मा भूगोल विषयमा डाक्टेरट गरेर त्यस विषयमा पीएच.डी. गर्ने पहिलो नेपाली बन्यो। यसरी ङादी खोला छेउको ठूला नामक त्यो केटो कालान्तरमा डा. हर्क गुरुङ भनेर चिनिए।

आफ्नो गाउँको शिरानी बनेर बसेका मनास्लु र हिमालचुली हिमशिखर पछिल्तिर के छन् र मर्स्याङ्दी नदी के कारणले गड्गडाएर बग्छ भन्ने जिज्ञासाले उनलाई बाल्यकालमै चिमोट्थ्यो र ज्ञानको एउटा नौलो संसार हेर्न उनी घरबाट भागेका थिए। यो घुमन्ते स्वभावले उनलाई जीवनभर एक ठाउँमा बस्न नदिई ठाउँठाउँमा घुमाइरह्यो― कहिले शिक्षक, कहिले अनुसन्धाता, कहिले योजनाकार र कहिले समाजशास्त्रीका रूपमा। सन् १९५० को दशकमा नेपालका तराई, पहाड र हिमाली भागको चप्पाचप्पा पैदल घुम्नेमा स्वीस भूगर्भविद् टोनी हागन चिनिन्छन्।

उनले नेपालभरि १४ हजार किलोमिटर पैदल यात्रा गरेको कुरा आफ्ना पुस्तकमा खुलाएका छन्। टोनी हागनले कायम गरेको त्यस कीर्तिमानलाई कुनै नेपालीले चुनौती दिन सक्छ भने डा. हर्क गुरुङले सक्छन्। यो कुरा उनको 'भिन्यात्स् अफ नेपाल' नामक पुस्तकमा समाहित भ्रमण वृत्तान्तहरू र त्यसपछिका उनले लेखेका अन्य विवरणहरूबाट प्रमाणित हुन्छ। नेपालका हरेक भागबारे उनलाई आफ्ना हत्केलाजत्तिकै जानकारी थियो।

उनको त्यत्तिकै गहन अध्ययन र जानकारी गोर्खालीहरूको पल्टने इतिहासको थियो। गोर्खालीहरूको पल्टन इतिहासलाई भित्ता पुर्‍याएर केलाउने अर्को नेपाली विद्वान् अझसम्म देखिएको छैन। अर्को उनको अभिरुचिको विषय थियो पर्वतारोहणको इतिहास। डा. गुरुङले नै हो त्यसको इतिहास खोतलेर नेपालका शेर्पाहरूभन्दा पनि अघि पर्वतारोहणको क्षेत्रमा पहिलो पाइला टेक्नेहरू गैरशेर्पा करवीर बुढाथोकी र हर्कवीर थापा थिए भन्ने बताइदिने। थापा र बुढाथोकीले सन् १८९४ मै स्वीट्जरल्यान्डका आल्प पर्वतहरू ब्रिटिसहरूको साथ लागी चढिसकेका थिए। उनलाई पर्वतारोहणको इतिहासको अध्ययनमा मात्र होइन, त्यसमा आफैँ संलग्न हुने पनि सोख थियो। थोरै नेपालीलाई थाहा होला उनी एउटा अन्तर्राष्ट्रिय आरोहण दलमा संलग्न भएर सगरमाथाको दोस्रो शिविरसम्म पुगेको कुरा।

डा. हर्क गुरुङको नामसित जोडिने विशेषणहरूमा एउटा 'पूर्व राज्यमन्त्री' पनि हो। तर, उनलाई त्यसै विशेषणमा सीमित राखेर हेरिनु उनको बहुप्रतिभाशाली प्रतिभा र व्यक्तित्वका लागि अन्याय हुन जान्छ। चित्रकार, फोटोग्राफर, खेलाडी, लेखक, योजनाविद्, विद्वान् वक्ता के मात्र थिएनन् उनी?

बालकृष्ण समको सान्निध्य र संरक्षणमा चित्रकलातिर प्रवृत्त भएर डा. हर्क गुरुङले कोरेका डाँफे र मुनालका चित्रहरू त आजभन्दा ५० वर्षअघि नै हुलाक टिकटका रूपमा छापिएका थिए। उनी क्याप्टेन भएको ठमेल ११ फूटबल टिमले सन् १९६७ मा त्रिभुवन च्यालेन्ज शिल्ड जितेको थियो। टेनिस त उनी हप्तैपित्छे नबिराई दश काम छाडेर पनि खेल्ने गर्थे।


उनी संयोजक रहेको नेपालको बसाइँसराइ अध्ययन गर्ने समितिले सन् १९८३ मा तयार पारेको प्रतिवेदनका कारण डा. हर्क गुरुङ चर्चित मात्र होइन, आलोचित पनि भए। त्यस विवादास्पद प्रतिवेदनका निष्कर्ष र सुझावहरूको विरोध गर्नेहरूले उनलाई झुण्ड्याउनुपर्छ समेत भनेका थिए। उनको स्पष्ट धारणा भारतसितको खुला सिमानाको आवागमनलाई व्यवस्थित तुल्याउनु पर्छ भन्ने थियो जसलाई त्यस सुझावका विरोधीहरूले सिमाना बन्द गर्नु भन्ने व्याख्या गरेका थिए। सस्तो लोकप्रियताका पछाडि नलागी आफ्नो ब्रह्मले देखेका सत्य र तथ्य कुरा बोल्थे र लेख्थे डा. हर्क गुरुङ।

नत्र आरोहणका लागि नखोलिएको माछापुच्छ्रेलाई तत्काल खोल्नुपर्छ भनी प्रस्ताव राख्ने थिएनन्। नेपालको विकासका समस्या निवारण निम्ति नेपाललाई २५ वटा जिल्लामा पुनर्विभाजन गर्नुपर्ने उनको प्रस्तावले पनि प्रशस्तै चर्चा पाएको थियो केही वर्षअघि।

यता आएर डा. गुरुङको अध्ययन र लेखनमा नेपालको जनसङ्ख्यासम्बन्धी विषयले पनि निकै प्रमुखता पाएको थियो। उनले सन् १९९१ को साथै सन् २००१ को जनगणनाको मिहिन विश्लेषण गरेर अनेक पुस्तक र पुस्तिका तयार पारेका छन्। नेपालको अहिलेसम्मका गतिला वैज्ञानिक एटलसहरू उनकै सम्पादन र संयोजनमा निस्किएका छन्। उनले टोनी हागन फाउन्डेसनका लागि तयार पारेको एटलस यसै हप्ता मात्र प्रेसबाट निस्किएको छ।

जनजाति विषयक अध्ययन उनको अर्को मन पर्ने क्षेत्र थियो। 'फेसेज अफ नेपाल' भन्ने नेपालका जातजातिबारे चिनारी गराउने पुस्तक त उनले मलेसियामा एउटा अन्तर्राष्ट्रिय संस्थाको प्रमुख भएर रहँदा उहीँ लेखी सिध्याएका थिए। उनको विश्लेषणमा कोरा तथ्याङ्कको चिरफार मात्र नभएर नेपाली समाजलाई यसको समग्रतामा बुझ्ने प्रचेष्टा रहन्थ्यो। जनजाति समुदायलाई उनीहरूको समुचित स्थान प्रदान गर्दै विकासको मूलधारमा कसरी समाहित गर्ने भन्ने खोजी हुन्थ्यो।

उनको शैक्षिक प्रशिक्षण र अभ्यासले गर्दा उनका धेरै कृतिहरू अङ्गे्रजी भाषामा लेखिएका छन्। तर, उनी त्यत्तिकै निपुणतासाथ नेपाली भाषामा पनि लेख्ने गर्थे। उनको यो पकड विविध विषयमा नेपालीमा लेखिएका हिमाल किताब ले छाप्न लागेको उनका रचनाहरूको प्रकाशोन्मुख सँगालोमा पनि देख्न सकिन्छ। उनको सोचाइको स्पष्टता लेखाइमा पनि उत्तिकै प्रबल पाइन्छ।

केही वर्षयता उनको सृजनात्मक उत्पादनशीलता असाध्यै तीव्र भएको थियो। अफिस कोठामा होस् या घरको अध्ययन कक्षमा, उनी सदैव बायाँ हातमा चुरोट र दायाँ हातमा कलम समातेर बसेका भेटिन्थे। अनि, अघिल्तिरको होचो टेबुलमा हालसालै छापिएका उनका पुस्तकहरूका ताँती प्रदर्शित हुन्थ्यो।

'अदभुत' थियो उनको काम गर्ने क्षमता। उनको जीवनशैली र काम गर्ने ऊर्जा देख्दा त त्यस शब्दको अघिल्ला दुई वर्ण झिक्नु उपयुक्त देखिन्थ्यो। रक्सी त्यत्तिकै पिउन सक्ने, चुरोट छिनछिनमा फुक्नुपर्ने, तास खेल्न परे रात काट्न सक्ने। गजबको समन्वय थियो डा. हर्क गुरुङको जीवनमा विलक्षण विद्वत्ता र नैसर्गिकताको।

उनको कर्मठ जीवनलाई उनले आफ्नो एउटा किताबमा उद्धृत गरेको निम्न तिब्बती उखानले नै चरितार्थ गर्दछ।

सिङ्गै पहाड खाएर पनि मानिसको चित्त बुझ्दैन,
सिङ्गै सागर पिएर पनि उसको तिर्खा मेटिँदैन।

शायद यही मानवोचित असन्तुष्टि र तृष्णाले उनलाई ज्ञानको संसारको एक अथक यात्री बनाएको थियो। उनी थोरै नेपाली अनुहारमध्ये एक थिए जसलाई हामी गर्वसाथ अन्तर्राष्ट्रिय मञ्चमा उभ्याउन सक्थ्यौँ र उभिएका पनि थिए।

यस्ता थिए सबैले भूगोलविद् भनी चिनेका डा. हर्क गुरुङ। भूगोलका ज्ञाता उनी आखिर भूगोलमै हराए।
 
Posted on 10-11-06 5:42 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

A man of pure wit and erudition. Added to all that was his infectious personality - his somewhat diminutively rough exterior belied the grandness of a kind man he was deep down. When he spoke, his voice retained that rare show of lustre and quality but above all else, it had authority. And that was what made him a 'leader' - in my line of profession at least. An exceptional orator - a polymath indeed in every sense of the word.

I relate to him more than others perhaps, not least because he came from my own social background. Also important to me is the fact that he knew a great deal about Gurkha history, and doubtless he had great many of his followers within the wider Gurkha fraternity in the British Army, yours truly included. His untimely death now marks a sad end to all that association.

My deepest condolences.
Carpe diem
 
Posted on 10-15-06 6:04 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Source: http://www.kantipuronline.com/kolnepalinews.php?nid=88567

*********


सम्झनामा हर्क गुरुङ



डीबी गुरुङ


डा. हर्क गुरुङको मृत्युले संसारकै बौद्धिक दुनियाँमा रिक्तता उत्पन्न भएको छ । डा. गुरुङ ज्ञान एवं विवेकका खानी थिए ।
उनको अन्तदर्ृष्टि एवं वाक्पटुता आत्मासम्मै पुग्ने खालका हुन्थे । उनी आफैंमा संस्था मात्र थिएनन् एक व्यक्ति 'थिंक ट्यांक', प्रखर लेखक र विश्वस्तरका ज्ञाता थिए ।

यी कुराभन्दा पनि माथि उनी सच्चा राष्ट्रवादी र अटल प्रजातन्त्रवादी थिए । उनी सामाजिक र आर्थिक दृष्टिले सीमान्तकृत गरिएकाहरूका पक्ष्ामा खरो उत्रने अथक योद्धा पनि थिए । उनको मत थियो- सामाजिक एवं आर्थिक न्यायबाट मात्रै साँचो अर्थमा राष्ट्रलाई एकबद्ध गर्न सकिन्छ । यथार्थमा कुनै पनि भाषामा सायदै कुनै विशेषण होलान् जुन यी महान् व्यक्तिमा प्रयुक्त हुन सक्लान् । उनी बौद्धिक दुनियाँका जिउँदो धरोहर थिए ।

डा. गुरूङसँग पहिलोपल्ट सन् १९९२ मा भेट भएको थियो, जुनबेला उनलाई मेरो पहिलो कविता संग्रह दिएको थिएँ । यस बीच म मुलुकमा नरहेको हुँदा सन् १९९९ मा म स्वदेश नर्फकेसम्म हामी सम्पर्कविहीन रह्यौं । उनी मेरा तीन पुस्तकको लोकार्पणमा सभापति वा प्रमुख अतिथि रहे । यसबाहेक हामी कैयौं बेला साथसाथै रह्यौं ।

अढाइ वर्ष पहिले 'नेपाल टुमारो ः भ्वाइसेस एन्ड भिजन्स' को लोकार्पण समारोहमा आमन्त्रित वक्ताको रूपमा बोल्दै डा. गुरुङले भनेका थिए- 'म डीबीलाई उनका कामका आधारमा मन पराउँछु न कि हामी दुईको थर एउटै भएर हो, हामी नातेदार होइनौं ।' उनले सही भनेका थिए । हामीबीच रगतको नाता थिएन । तर पनि यी व्यक्तिप्रतिको आदर मेरो निम्ति रगतभन्दा पनि प्रगाढ थियो । उनको अकल्पनीय मृत्युले मेरो हृदयमा गहिरो चोट लागेको छ ।

मैले उनका भनाइ एवं गराइमा कहिल्यै पाखण्ड र तामझाम देखिनँ । उनको स्पष्टवादिता एवं ओजपूर्ण तर्क असाधारण प्रस्तुतिका मानक हुन्थे । उनी समयका पुजारी थिए र घडीभन्दा पनि चनाखो रहन्थे ।

डा. हर्क गुरुङ र म शान्ति स्थापनामा समर्पित गैरसरकारी संस्था 'प|mेन्ड्स फर पिस' का बोर्ड सदस्य थियौं । यस कारणले पनि हाम्रो अक्सर भेटघाट भइरहन्थ्यो । जब उनी कुनै कार्यक्रमका अति विशिष्ट लहरमा हुन्थे, त्यसबखत प्रेक्ष्यालय नै शोभित हुन्थ्यो ।

हामी दुईलाई कार्यक्रमको समापनपछि सँगै ल्याउने एउटा कारण थियो, त्यो हामी दुवै धूमपानका अम्मली थियौं । हामी प्रत्येकपटक भीडबाट अलग्गिएर धूवाँ उडाउने ठाउँको खोजीमा हुन्थ्यौं । निश्चय नै डा. गुरुङ मेरो जीउडालभन्दा केही साना र मभन्दा केही इन्च होचा थिए तापनि म एउटा चुलिँदो स्तम्भका अगाडि धूवाँ उडाउँदै गरेको अनुभूत गर्थे । यथार्थमा उनी यस 'रोगग्रस्त मुलुक' का सौम्य हस्ती थिए, जो सामन्तवादी, फटाहा राजनीतिकर्मीहरू एवं पाखण्डीहरूबाट संक्रमित छ ।

डा. गुरुङ चाहे भाषण होस् वा व्यक्तिगत कुराकानी कम शब्द खर्चन्थे, जुन शब्द तर्क र सुरुचिपूर्ण हुन्थे । आफ्ना सहस्र भाषणमा उनी हाँसोको पर्रा छुटाउन चुक्दैनथे । उनको रगतमै विनोदपि्रयता रहेको हुँदा रसिला थिए । म जब उनलाई भेट्थेँ एउटा भीमकाय मयुरका अगाडि चुँ चुँ गर्दै गरेको चल्लाझैं अनुभूत गर्थें । जुनबेला पनि म प्रश्नको सगरमाथा लिएर उनी समक्ष पुग्थेँ । म एउटा ढिस्कोमै उभिएको हुन्थेँ । उनको जाज्वल्यमान व्यक्तित्वको अगाडि म घाममा राखिएको कपुरझैं हुन्थेँ ।

म उनको निवासमा पुगेपिच्छे आश्चर्यमा पर्दथेँ । करिब दुई महिना अगाडि उनले मलाई दुई फोटा हाँस्दै देखाएका थिए । एउटा तस्बिरमा तन्नेरी हर्क एउटा ठूलो रूख र चट्टानको पृष्ठभूमिमा देखिन्थे । 'ल हेर यसै ठाउँमा' उनले अर्काे फोटो तेर्साउँदै भने, 'त्यो चाहिँ बूढो हर्क हो, ४० वर्षपछिको ।' उनी सिर्जनशील थिए । त्यसैले तुलना गर्ने कार्यमा उनी वाचाल देखिन्थे ।

उनको विशेषज्ञता भूगोल, मानव/समाजशास्त्र, इतिहास, वातावरणजस्ता विषयमा मात्र सीमित थिएन, उनी पर्यटन, जनसंख्या तथा विकास योजनाबारे पनि उत्तिकै क्ष्ामता राख्थे । डा. गुरुङ अहिले हामीमाझ छैनन् । तसर्थ म उनलाई 'राष्ट्रिय धरोहर' घोषित गरियोस् भन्ने जोडदार माग गर्छु ।

एउटा विख्यात भूगोलशास्त्री र संरक्ष्ाणविद् भएकाले पनि डा. गुरुङ हिमाल एवं पहाड औधी रूचाउँथे र तिनीहरूसँगै पौठेजोरी खेल्थे । उनका तीन सन्तानहरूको नामकरण समेत तिनै प्रसिद्ध चुली हिमालचुली, सगरमाथा, मनासलुबाटै गरिएको छ । विधिको विडम्बना पनि त्यही देखियो, उनी तिनै पवित्र हिमाली काखमा चिर निद्रामा गए ।

एउटा चम्किलो तारा अस्ताएको छ । हामीसँग अहिले ती स्मृति शेष छन् । तर डा. गुरुङ नामको प्रकाशपुञ्जले हामीलाई अँध्यारा बाटाबाट डोर्‍याउने नै छ भन्ने विश्वासका साथ ती महान नेपालीप्रति श्रद्धाञ्जली प्रकट गर्छु ।

-गुरुङ ँइकोज अफ हिमालयज’ उपन्यासका लेखक हुन् ।)
 
Posted on 10-15-06 9:16 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

This one below is a little dated but copied hereunder:
Source: http://www.kantipuronline.com/Nepal/samayarekha.php

***********

नेपाल, हर्क गुरुङ र चेतना By Abhi Subedi



हर्क गुरुङ र अरू २३ जना महत्त्वपूर्ण व्यक्तिहरू २३ सेप्टेम्बर सन् छ सालको दिन कञ्चनजङ्घाको हिमाली पाखामा विलयन भए । जुन क्षेत्रको वातावरणीय प्राण रक्षा गर्न, विनाश रोक्न तिनले त्यति ठूला चिन्ता लिएर काम गरे, त्यही भूक्षेत्रमा हेलिकप्टर दुर्घटनामा परी ती सुन्दर चिन्ता भएका मानवहरूको त्रासद अन्त्य भयो । शोक र अविश्वासले देश कति दिनसम्म स्तब्ध भएर टक्क रोकियो ।

यस त्रासद घटनाले राजनीतिइतर व्यक्तिको शक्ति नेपाली समाजमा कसरी व्याप्त भएको हुन्छ भन्ने देखायो । हर्क गुरुङको व्यक्तित्व अनि तिनले समयको क्यानभासमा के चित्र बनाएका थिए भन्ने कुरा विगत केही दिनमा देखा पर्‍यो । इतिहासको अभूतपूर्व मोडमा छ नेपाल । १० वर्ष जङ्गल पसेका हतियारधारी माओवादी छापामारहरू बाहिर आएका छन् । शक्तिशाली शाही राज्यसत्ता अन्त्यको सँघारमा छ । गुरुङले अरूले जस्तै पञ्चायत र परविर्तित दुवै युगमा काम गरे । योजना आयोगको उच्च पदमा काम गरे तिनले । अर्को अर्थमा हर्क गुरुङलाई नेपाली इतिहासले अनेकौँ कामका जिम्मा दियो । पञ्चायतकालमा तिनले दक्षिणी डेमोग्राफी विषयमा प्रतिवेदन दिए । तिनको उद्देश्य विखण्डन थिएन । तर, तिनको आलोचना भयो । तिनलाई मृत्युदण्ड दिनुपर्छ भन्नेहरू पनि निस् के । तर, तिनले साँंघुरो राष्ट्रवादको वकालत गरेका थिएनन् भन्ने धेरैले स्वीकार गरे । तिनले मधेशी विषयका अनेकौँ सेमिनारहरूमा खुला भएर आप\mना कुरा राखेको र अरूले रचना गरेका भ्रम विषयमा बोलेको सुनेको छु । हर्क गुरुङजस् तो यस देशका मानिसका विविधता बुझेर अरूले पनि लामो समय काम गरेका होलान् । थाहा छैन । डेढ महिनाअघि तिनले र साथीहरूले मिलेर निकालेका नेपालका भाषिक र जातीय समूहका दुई एटलस्ले उनको त्यही ज्ञानलाई बुझाउँछन् । कुलगुरुजस्ता ती युवाहरू तयार गरेर हिँड्थे । उनीसँगै हिमालयमा विलिन हुने डा चन्द्र गुरुङ, उनका त्यस्तै युवक चेला थिए । हर्क गुरुङ जोनाथन लिभिङ्स्टन सिगलजस्ता चरा थिए, जो युवाहरूलाई उड्न सिकाएपछि मध्य आकाशमा आप\mनै अलग शाश्वत बाटो लिएर उड्थे । सन् '६० र '७० का दशकमा गुरु र अग्रजको विम्ब यसरी नै बनिएको हुन्थ्यो । मेरो त्यही संस्कारले बनिएको मन रहेछ । तिनका एउटा चेला चन्द्र गुरुङलाई सँगै लिएर आकाशमा ती सिगल आपै“m विलयन भएको खबरले घाँंटी अवरुद्ध भयो एकछिन ।

दुःखद् घटना परेपछि मनमा विम्बहरू ओइरन्िछन् । समयका पर्दामा ती विम्बका पुनरावृत्ति हुन्छन् । मैले पनि ती विम्बहरू आप\mनै किसिमले हेरेको छु । आफूले राम्ररी चिनेका अरू दुई जना पनि परे । चन्द्र गुरुङ र फिनल्याण्डका शाजेदफेयर्स पौली मस्तोन्नेन्का नाम भन्छु । मस्तोन्नेन्ले यस घटनाको केही दिनअघि मात्र मसँग फोनमा लामो कुरा गरेका थिए । ती मेरा काठमाडाँै पोस्ट मा निस्कने लेखहरू पढेर प्रतिक्रिया दिन्थे । 'प्रा लोकराज बरालसँग तिम्रा लेख किन सङ्कलन गरेर नछाप्ने ? भनेँ मैले," तिनले मलाई सुनाए । राजाको पहिलो घोषणा स्वीकार गर्न सात दललाई फकाउने समूहमा ती पनि थिए । मैले पोस्ट मा एउटा लेख लेखेर राजदूतहरूको आलोचना गरेँ । मस्तोन्नेन्ले फोन गरेर आलोचना मन परेको सुनाए । "नेपालीले आप\mना समस् या आपै“m हल गर्नुपर्छ, विदेशीहरूको सहयोग त्यसैमा केन्दि्रत हुनुपर्छ," ती भन्थे ।

हर्क गुरुङको यो त्रासद मृत्युले अहिलेको नेपालमा नायकको अलग विम्ब उजागर भएको छ । अकस्मात् देखेँ । नेपालमा निकै समयदेखि राजनीतिज्ञभन्दा अर्को मानिस नायक हुन सक्तैन भन्ने धारणा बनिएको छ । त्यो राजनीतिज्ञ सम्पूर्ण आशा र शान्तिका सपनाको केन्द्र हुन्छ । कारण धेरै छन् । एउटा कारण तिनका हतियार र राज्यसत्तामा तिनको एकाधिकार हो । धेरै समय देशमा राजनीतिज्ञहरूका विम्बले मात्र कब्जा जमाइरहे भने मानिसको कल्पना गर्न सक्ने क्षमताको ह्रास हुन्छ । राजनीतिका दुरुह 'फर्मुला' हरू ओखरजस्तो फेारेर, तिनमै केही आशा र भरोसाका स-साना निजी आकाशका रचना गर्दै बस्  नु मानिसको नियति बन्छ । तर, देशमा अस् िमताको निम्ति चाहिने अरू पनि कुरा छन् । ती कुरालाई उजागर गर्ने र तिनको रक्षाका निम्ति काम गर्ने नायकहरू पनि छन् भन्ने चेतना मानिसहरूमा हुनुपर्छ । डा हर्क गुरुङको यो त्रासद मृत्युले मानिसहरूका यस्तै अर्का नायक थिए र हुन्छन् अनि हुनुपर्छ भन्ने चेतना नाटकीय ढङ्गले डेढ साताभित्रै उजागर र विकसित भयो । मानिसहरूले हर्क गुरुङ र साथीहरूका विम्ब अनि तिनका मायाले गर्दा देशको अस्मिता राजनीति मात्र नभएर पर्यावरण, नदी र खहरे, हिमाल र बेशी, तराई र जङ्गल अनि घाम र वषर्ा पनि हो भन्ने बुझे । संसारकै अद्वितीय हिमाली र तराई क्षेत्र, वनस् पति, विविध जनावर र प्रकृति भएको महान् घर हो नेपाल भन्ने कुराको चेतना हरेक नेपालीलाई हुनुपर्छ । विश्वमा अहिले आवोहवामा भयानक परविर्तन हुँदैछ । नेपालजस् तो देशमा कस् तो प्राकृतिक पर्यावरणमा हामी बाँचेका छौँ र कति महान् देशमा छौँ अनि होश गरेनौँ भने भोलि कति ठूला विपत्तिमा पर्नेछौँ भन्ने कुरा बुभ\mनु कुनै पनि राजनैतिक चेतना र अन्ध राष्ट्रभक्तिभन्दा महत्त्वपूर्ण कुरा हो । नेपालका संास् कृतिक र भाषिक समूहका विविधता अनि बाहुल्य प्रकृतिको बाहुल्यजस् तै नेपालका महान् उपलब्धि हुन् भन्ने कुरा बुझाउन डा हर्क गुरुङले आप\mनो जीवन बिताए । सन् १९९७ मा टोकियो विश्वविद्यालयमा थिएँ म । त्यहाँ गुरुङले जापानीलाई यही कुरा सुनाएर चकित पारेको सम्झन्छु ।

हर्क गुरुङले नेपालको पैदल भ्रमण गरे । तिनको साझा प्रकाशनले छापेको भिन्यात् अफ नेपाल -०३६) अथवा नेपालका एकपट्टबिाट देखेका चित्र भन्ने किताबमा तिनको जीवनको युलिसस यात्रा देखिन्छ । तिनका सम्पूर्ण कामहरूको शक्ति त्यही महाकाव्यिक यात्राको स्पन्दनबाट बुझिन्छ । हर्क गुरुङ र मेरा गुरु कमलप्रकाश मल्लले पढेको एडिनबरा विश्वविद्यालयमा भर्ना भएको दिन म सानो सुन्दर आकाश भएको थिएँ । डा हर्क गुरुङले सुन्दर नेपाली आकाश रचना गर्न खोजेको कुरा सधैँ मेरो काल्पनिकी भएको छ ।
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 90 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration
What are your first memories of when Nepal Television Began?
निगुरो थाहा छ ??
Basnet or Basnyat ??
TPS Re-registration case still pending ..
Sajha has turned into MAGATs nest
NRN card pros and cons?
Nas and The Bokas: Coming to a Night Club near you
Will MAGA really start shooting people?
मन भित्र को पत्रै पत्र!
Top 10 Anti-vaxxers Who Got Owned by COVID
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
TPS Work Permit/How long your took?
Breathe in. Breathe out.
3 most corrupt politicians in the world
Guess how many vaccines a one year old baby is given
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
चितवनको होस्टलमा १३ वर्षीया शालिन पोखरेल झुण्डिएको अवस्था - बलात्कार पछि हत्याको शंका - होस्टेलहरु असुरक्षित
शीर्षक जे पनि हुन सक्छ।
Disinformation for profit - scammers cash in on conspiracy theories
Nas and The Bokas: Coming to a Night Club near you
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters