[Show all top banners]

Jawala
Replies to this thread:

More by Jawala
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 2]

Nepali24

Meetra
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 What Does Baburam Bhattarai Say ?
[VIEWED 2413 TIMES]
SAVE! for ease of future access.
Posted on 10-19-06 3:30 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

- http://www.himalkhabar.com/front/morenews.php?id=1598

'हतियारसहित सरकारमा जान चाहेका होइनौँ'
डा. बाबुराम भट्टराई
वरिष्ठ नेता, नेकपा माओवादी
बुधबार, १८ अक्टोबर २००६

डा.सा'ब वार्ता अवरुद्ध हुनाको कारण के हो?

वार्ता अवरुद्ध हुँदा धेरै शङ्का–आशङ्का त उब्जिएको छ। पहिलो त २३८ वर्षदेखिको राज्यको पुनःसंरचनाको आन्दोलन भएकोले अलिकति समय लाग्दा त्यसलाई अस्वाभाविक मान्नु हुँदैन। दोस्रो, यसमा अवरोध सिर्जना गर्नमा मूलतः दरबारिया शक्ति र कतिपय अन्तर्राष्ट्रिय शक्ति केन्द्रहरुको दवाव नेपाली काङ्ग्रेस र प्रधानमन्त्रीमाथि पर्नाले पनि हो भन्ने हामीलाई लाग्छ। राजतन्त्र र सेनाको रुपान्तरणको प्रश्नमा संसदवादी शक्तिहरुले खुट्टा कमाएकाले यो अवस्था आएको हो। राज्यको पुनः संरचना भनेको सामन्तवाद र राजतन्त्रको अन्त्य र गणतन्त्रको स्थापना हो।

वार्तामा केले अवरोध सिर्जना गर्‍यो?
पटक पटकका छलफल र वार्तामा हामीहरु मुख्यतः राजतन्त्रको, सेनाको लोकतान्त्रिकरण र पुनः संरचनाको, अन्तरिम संविधान, विधायिका र अन्तरिम सरकारको निर्माण र संविधानसभाको निर्वाचनको मिति तोक्ने विषयमा नै केन्द्रित भयौँ। प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले हाम्रो अध्यक्षसँग केही दिनअघि अग्रगमनका कुरा पनि गुर्नुभएको थियो र त्यसैमा उभिएर २९ असोजको विहान हामी सहमतिको नजिक पुगिसकेका थियौँ। तर अन्त्यमा राजतन्त्र र हतियार व्यवस्थापनको विषयमा जुन सहमति बनिसकेको थियो त्यो हुन नदिनको निम्ति अदृश्य ठाउँबाट प्रधानमन्त्रीमाथि ठूलो दवाव आयो। र, प्रधानमन्त्री पहिले जुन कुरामा सहमत हुनु भएको थियो त्यसबाट पछाडि हटेको शङ्केत दिनुभयो। र हतियार बुझ्ाउने कुरामा वार्ता अडि्कयो।


के कुराबाट प्रधानमन्त्री पछाडि हट्नुभयो?
सबै कुरा त अझ्ै नखोलौँ। किनभने वार्ता अझ्ै भङ्ग भईसकेको छैन। ३० असोजको विहान पनि हामी संयुक्त राष्ट्र संघको टोली र त्यसपछि सरकारी वार्ता टोलीसँग आन्तरिक छलफलमा थियौँ। वार्ता भङ्ग नभएसम्म सबै कुरा खोलिहाल्नु उपयुक्त हुँदैन। दुवै सेनाको लोकतान्त्रिकरण र पुनःसंरचनको लागि एउटै विधि अन्तर्गत आ–आफ्ना ब्यारेक र क्याम्पमा राखेर अनुगमन गर्ने भन्ने जुन सहमति भएको थियो त्यसबाट पछाडि फर्केर उहाँहरु फेरि जनमुक्ति सेनालाई हतियारबाट अलग्याउने तर शाही सेनालाई चाहिँ केही नगर्ने भन्न थाल्नु भयो। यसले वार्ता अवरुद्ध भयो।

हतियार व्यवस्थापनको सवालमा तपाइँहरुको धारण के हो?
सबै मुद्दाहरु भन्दा राजतन्त्र र सेनाको प्रश्न नै केन्द्रीय प्रश्न हो र ती अन्तरसम्बन्धित कुरा पनि हुन्। नेपालमा सेना र राजतन्त्रलाई अलग्याएर समस्या समाधान नहुने सोचका साथ हाम्रो अध्यक्षले यदि नेका गणतन्त्रमा जान तयार हुने हो भने हामी सम्पूर्ण हतियार 'लकअप' गरिदिन्छौँ भन्ने प्रस्ताव गर्नुभयो। त्यसमा पनि सहमत हुन नसक्ने हो भने राजतन्त्रलाई टुङ्याउने गरी जनमतसंग्रहमा जाने निर्णय गरौँ र अहिले राजाका सम्पूर्ण सम्पत्ति राष्ट्रियकरण गरौँ, त्यसपछि शाही सेना र हाम्रो पनि हतियार आंशिक रुपमा 'लकअप' गरौँ भन्ने प्रस्ताव थियो। अझ्ै यसमा पनि गाह्रो पर्छ भने संविधानसभाको निर्वाचन तपाइँहरु गराउनुु्स् हामी शान्तिपूर्ण ढङ्गले त्यसमा सहभागी हुन्छौँ र सहयोग गछौँ। सरकारमा जाँदैनौँ। तेस्रो प्रस्ताव प्रधानमन्त्रीले सम्भव छैन भन्नुभयो र इन्कार गर्नुभयो। पहिलो र दोस्रो विकल्पबीचबाटै उहाँले प्रस्ताव अघि सार्नु भएको थियो। र, त्यो विकल्प के थियो अहिले म नभनूँ। त्यसैमा हाम्रो सहमति बनेको हो र २९ गतेको वार्तामा उहाँ त्यसबाट पनि पछि हटेपछि वार्ता रोकिएको हो।

अहिले वार्ता अवरुद्ध भएको हो वा रोकिएको हो?
अवरुद्ध भएको हो। २८ गते राजाका मुख्य सचिव पशुपतिभक्त महर्जनले प्रमलाई भेटेका रहेछन्, २९ गते विहान पनि शाही सेनाका प्रमुख रुक्माङ्गत कटवालले भेटेपछि प्रम तनावमा पर्नुभएको हामीले अनुमान गर्‍यौँ। त्यस्तै २९ गते एकजना पत्रकार भनिएको मान्छे जसलाई हाम्रा साथीहरुले नियन्त्रणमा लिनुभएको छ र उसबाट केही यस्ता सामानहरु वरामद भएका छन् जो चाहिँ दरबारको गुप्तचर रहेछ। उसले त्यहाँभित्र घुसेर त्यहाँको रिपोर्ट लिने र भड्काउने काम गरेको छ। कागजपत्रै हामीसँग छ। उसले प्रष्ट रुपमै पार्टीबीच फाटो ल्याइनुपर्छ र राजावादीहरु सक्रिय हुनुपर्छ भनेर लेखिएका कागजपत्र नै हामीसँग छ। यसबाट दरबार वार्ता भाँड्न सक्रिय छ भन्ने हाम्रो बुझ्ाइ सत्य सावित भएको छ।

माओवादीसहितको बलमा स्थापित सरकारका प्रमलाई दवाव दिन दरबार सक्षम छ?
दुर्भाग्यपूर्ण यही हो। त्यसकारण हामीले गिरिजाप्रसादलाई दरोसँग आँट गरेर अगाडि बढ्नुस् भनिरहेका छौँ। तर उहाँलाई उहाँकै पाटीभित्रका दरबारपरस्तहरुको दवावका कारण दरबार र शक्ति केन्द्रहरुको दवावलाई झ्ेल्न गाह्रो परिरहेको छ।

तपाइँहरु अन्तरिम सरकारमा हतियारसहित नै जान चाहनु हुन्छ?
पटक पटक लोकतन्त्रको विरुद्धमा प्रयोग भएको शाही सेना जसको नाम अहिले बदलिएको छ त्यो हतियार पो समस्या हो। त्यो हतियारको व्यवस्थापन नगरीकन लोकतन्त्रका लागि लडेको जनमुक्ति सेनाको हतियार मात्र व्यवस्थापन गर्ने भन्ने कुरा कति घातक होला तपाइँ कल्पना गर्नुस् त! त्यसैले हाम्रो भनाइ के भने पहिले शाही सेनाको हतियार र पुनःसंरचनाको निर्णय गरौँ। त्यसको आधारमा जनमुक्ति सेनाको हतियारको पनि व्यवस्था गर्न हामी तयार छौ। यो हाम्रो प्रतिवद्धता हो। एउटा राज्यको दुईटा सेना बनाउने हाम्रो मनशाय पटक्कै होइन। एउटै लोकतान्त्रिक सेना बनाउँ भन्ने हाम्रो भनाइ हो। जनमुक्ति सेनाको हतियारलाई शाही सेनाको पुनःसंरचनासँग जोडेर हेर्नुपर्छ। त्यसबाट अलग्याएर हेर्न हुँदैन भन्ने आग्रह गरेका हौँ। हामी हतियारसहित सरकारमा जान चाहेका होइनौँ।

जनताले बुझ््ने भाषामा हतियार व्यवस्थापन भनेको के हो?
संविधानसभाको निर्वाचन अघि हाम्रो सेनालाई क्याम्पमा र शाही सेनालाई व्यारेकमा राख्ने र त्यसको अनुगमन संयुक्त राष्ट्र संघले गर्ने भनेर बुझ््दा सजिलो हुन्छ। यही मोडेल अनुसार सुडानमा पनि हतियार व्यवस्थापन गरिएको कुरा सं.रा.सं. का सैन्य सल्लाहकार जान इरिक विल्हेल्मसेनले हामीलाई बताएका छन्। अनि लोकतन्त्रको विरोधमा लागेका शाही सेनाका जर्नेलहरुलाई हटाउने, दुवै सेना मिलाएर बनाएको राष्ट्रिय सेनाको संख्या ३०–४० हजारको बनाउने र त्यसलाई समावेशी बनाउनुपर्छ। अब वार्ता के हुन्छ?
राजतन्त्र र सेनाको प्रश्नमा नेकाले छिटो निर्णय गर्न सक्यो र प्रधानमन्त्रीले दरो अडान लिनुभयो भने वार्ता प्रक्रिया अगाडि बढ्छ। नजिक पुगेका कुराबाट पछि हट्नुभयो र शाही सेना, दरबार र अन्तर्राष्ट्रिय शक्ति केन्द्रहरुको दवावमा आउनुभयो भने सहमति हुन गाह्रो छ। र, त्यसपछि द्धन्द्धतिर फर्कने खतरा पनि छ। शहर केन्द्रित शान्तिपूर्ण जनआन्दोलनबाट हामी अगाडि बढ्नेछौँ। हामी सकभर शान्ति वार्ताबाट समाधान निस्क्योस् भनेर प्रयास गरिरहेका छौ।

वार्तालाई अन्तर्राष्ट्रिय शक्ति केन्द्रहरुको भूमिकाले प्रभाव पारेको छ भन्न खोज्नु भएको हो?
वार्ता प्रक्रियालाई ठीक ढंगले अगाडि बढ्न नदिनमा बाह्य शक्ति केन्द्रहरुको निश्चित रुपमा भूमिका रहन्छ र हुन्छ भन्ने हामीले बुझ्ने कुरा हो। यो त हामीले अनुमान गर्ने मात्र कुरा हो। यसको तथ्य त प्रमलाई थाहा हुन्छ। दरबार र शाही सेनाको साथसाथै बाह्य शक्ति केन्द्रहरुको दवाव पनि प्रमलाई छ भन्ने हामीले अनुमान गर्न सक्छौँ।

त्यसोभए बाह्य शक्तिहरु राजतन्त्र बचाउन लागेका छन् भन्नु भएको हो?
निश्चित रुपमा बाह् शक्तिको आडमा शाही सेना चलेको छ। र, त्यसैको भरमा मात्र राजतन्त्र टिकेको छ। हैन भने दुई मिनेट पनि टिक्दैन। ११ बैशाखमा पनि बाह्य शक्तिहरुको आडकै कारण राजतन्त्र बचेको हो। अलोकतान्त्रिक र सीमित व्यक्तिहरुको शासन भयो भने त्यसलाई खेलाएर आफ्नो स्वार्थ पूरा गर्न सकिन्छ भन्ने त बाह्य शक्तिहरुको जानेमानेको नीति हो नि त। त्यसैले राजतन्त्रमार्फत नै उनीहरु आफ्नो स्वार्थ पूरा गर्न चाहन्छन्।

प्रम कोइरालाका प्रस्तावलाई तपाइँको पार्टीले मान्छ त?
राजतन्त्रलाई टिकाउने र शाही सेनालाई मजबूत पार्ने ढङ्गले त हामी सम्झ्ौता गर्दैनौँ। उहाँबाट अप्रत्यक्ष रुपमा राजतन्त्रलाई पनि अहिले हामी पूरै सिद्धाउन सक्दैनौँ र शाही सेनालाई पनि चलाउन हुँदैन भन्ने आशय आएपछि समस्या समाधान भएन। यसरी अग्रगमनका वाधक शक्तिहरुलाई चलाउन हुँदैन भनेपछि वार्तामा गतिरोध भएको हो।

अस्ति तपाइँहरु उठेर हिँडेपछि वार्ता भङ्ग भएको हो?
पहिले बनेको सहमतिबाट उहाँहरु पछि हट्नु भएपछि सहमति हुन सकेन र गृहकार्य गरेर फेरि बसौँ भनेर हामी प्रम निवासबाट हिँडेको सत्य हो। मिति नतोकीकनै सहमतिमा हिँडेका हौँ।

प्रमले तपाइँहरुको हतियार 'लकअप' नगरी अगाडि बढ्न सकिँदैन भन्नु भएको सत्य हो?
पहिले भएका सहमतिबाट उहाँ पछि हट्नु भएको हो। हाम्रो मात्र हतियार व्यवस्थापनको कुरा उठाउनु भनेको संविधानसभालाई बिथोल्न खोज्नु हो।

अब के हुन्छ?
भविष्यवाणी गर्न त गाह्रो छ। त्यसैले जतिसक्दो चाँडो शान्तिवार्ता सफल पारेर संविधानसभाको निर्वाचनमा जाने विषयमा हाम्रो ध्यान केन्द्रित रहन्छ।

- http://www.himalkhabar.com/front/morenews.php?id=1598

 
Posted on 10-19-06 4:39 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Don't talk about him.. he is an mad/insane/imbecile frustrated gay.
 
Posted on 10-19-06 5:14 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Murkha, are you not the reincarnation of kali kali?! :D Until when this nick? :P
 
Posted on 10-19-06 5:15 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

hera na sala motayeko nepali ko blood suck garda garda...
GUYS do you think these people get a good Sleep at night?
well, I doubt
 
Posted on 10-20-06 12:14 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

This man is big looser, a academic man who did his PHD. From top university and see him,, big shame… teaching people to be violent. Involving school kids in their army. Dr Bhattrai can you tell me if some body had forcefully involve you in the terrorist and violent activities in the age of 15/16 do you get any chance to be Doctor today.
So you are the looser, you should be hang in front of those eyes whose husband and son were killed by you.
Hey may do u seriously think still you can ruled country like mao…
What a shame…
 
Posted on 10-20-06 4:37 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Baburam lost the elections shamefully after 2046. Non of the communists have courage to follow the democratic norms if it goes against him. Election result had been harsh for him to digest too. Rather they go for `andolan and disturbances` never caring whatever difficulties people may face. It has been both good and bad weapons in Nepal after Jana Andolan I.

Baburam could not be occupied in the party` Samyukta Jana Morcha` as a first man thereafter. He followed the footsteps of his communist predecessors to split the party. Splitting party is the instinct character of Nepali communists. The recent example being the splits of Amik Sherchan`s party into three recently, Mr. Sherchan himself about to merge into Maoists. He is an undeclared Maoists spokesperson in the government.

Poor academician turned politician could not forget his past glory and deeds. On the other hand he could not achieve the same success in politics. He never learnt to stay as 2nd man. What a dilemma?

`Idea! get underground and try.` He was the beginner (as a 1st man) to start Maoist terrorism by misusing huge number of poor and illiterate people giving false hopes. To some extent some of these false hopes become true for these poor and innocent people. They are enjoying collecting funds with the tip of the guns, terrorizing most of the cities, including Kathmandu which they have never seen even in dream. Turning the poor and innocent people into terrorists has been the main achieved objectives of Maoists.

Maoist is the party where the cruelest idea tops the priority. It is a bunch of people where the idea is started with ` all are equal` but soon after entering into practical field gets converted into `all are equal but some are more equal than others`. With the flow of time the cruelest of the cruel emerged to overtake this poor fellow. Baburam lost politics again. He could not find another option. But it`s not his nature to stay as a 2nd man and definitely there will be some accident when true time comes in this so called party.

Why he had to loose?

This man is never practical and will never be practical in future either. Time and again has given number of evidences. Those who are not practical are like ` apthero ma faleko farsi`. Whats the use? This foolish academician turned politician never could read overall Nepali people`s mind. He could never give clear answer to people like he used to answer in the examination. He studied good books by good writers during his study period and could answer well. For Nepali people he tried to give the answer from the same old and failed principle of notorious dictators like Lenin, Stalin, Mao (who killed so many innocent people in the name of revolution, I term it terrorism) which was inculcated on him by same bunch of people in his young age, I guess.

This is optimum success for Maoists which they themselves had never expected. I hesitate to say it `success` because the success is something you achieve by doing something by your self. It is given success by another idiot, Gynendra who never tried to evaluate people`s power and who never thought something seriously for country`s benefits. His selfish optimism turned to success for Maoists.

I am by now pretty sure that Maoist`s only and the only strategy for Nepali people is republic Nepal. Maoists nither can nor will try to give a token of beautiful pakage for Nepal after formation of Constituent Assembly.

Why Maoists cant wait people`s decision? Only the Nepali people have right to give decision on this burning issue on fearless and fair environment. At this very moment while the entire country is exercising, why Maoists are denying to create the favourable condition and increasing incidents like kidnapping, threatening, and fund raising? Is there anything more harmful other than Maoists weapons?

At this very moment, I am sure these terrorists will be trying to take the opportunity to make we Nepalese weak with their laud and hollow voices, with their tyranny, with their lethal weapons which they are time and again denying to lock up and with the same weapon without which Maoists so called leaders cant feel safe in front of entire Nepali people who believe in sovereign and democracy. From Maoists side I can see no light at the end of tunnel. They are dreaming to establish Nepal, another communist regime.

Beware! If we miss the path, we Nepalese will have to pay the price.
 
Posted on 10-20-06 7:49 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Do we even believe in what THESE Politicians say?? They are trechereous liars from the gett-go.

Don't wanna rant off here again, but how they even say to the public that state Army's weapons should be talked about before settling Maoist army's weapons??? No logic there...Bottomline, they are different politicians with the same goal, make fortune out at the expense of the general public like you and me...If Girija announces tomorrow ..."OK, we will donate 20 million to Maoists", Heck, Prachanda and Baburam will kiss Girija's ass...afterall their idealogy is all about power and money.....If UML, Congress and other 7 parties can get into the government, why can't maoists do the same??? Oh, I forgot, they are afraid of being kicked in their ass by all the Nepalis who they have victimized in so called "People's war". I wonder the Rayamajhi people have a case to file against Maoists as well?? Very unfortunate that our Country of such rich culture, heritage does not have a good Politician....all we have is power mongers....cheaters, liars, and blood suckers ....
 
Posted on 10-20-06 7:50 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Typo:
"If UML, Congress and other 7 parties can get into the government, why can't maoists do the same??? - I meant without weapons, UML, Congress can be in the Gove, why can't the Maoists?
 
Posted on 10-20-06 9:59 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Maoist are trying to be friendly with Americans ?

 
Posted on 10-20-06 10:25 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Pain inflicted by Baburam/Prachanda and their brainwashed cadres/supporters. Supporters here in sajha as well.

 
Posted on 10-20-06 10:53 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

This is funny - new National Anthem of Nepal... :)

 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 30 days
Recommended Popular Threads Controvertial Threads
What are your first memories of when Nepal Television Began?
मन भित्र को पत्रै पत्र!
TPS Work Permit/How long your took?
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
चितवनको होस्टलमा १३ वर्षीया शालिन पोखरेल झुण्डिएको अवस्था - बलात्कार पछि हत्याको शंका - होस्टेलहरु असुरक्षित
Nepali doctors future black or white usa ?
Another Song Playing In My Mind
nrn citizenship
TPS Renewal Reregistration
हेर अमेरिकामा नेपालीहरुको बेज्जत
WHAT DO YOU GUYS THINK ABOUT THIS?
Send Parcels from USA to Nepal & Worldwide.
Why is every youths leaving Nepal? Why are not youths entering politics and serving the country, starting business etc?
Is money sent to support family tax deductible?
Nearly one-third of Americans support autocracy, poll finds
Alert: Turbo Cancers: A Rising Global Threat
महँगो अण्डाको पिकल्प : कुखुरा र खोर भाडामा लिने
Informatica consultancy share
Travelling on TPS advance travel document to different country...
Are you ready to know the truth?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters