[Show all top banners]

avii

More by avii
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 what's this??
[VIEWED 718 TIMES]
SAVE! for ease of future access.
Posted on 11-03-06 5:07 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मारिँदै छन् छोरी–बुहारी

दाइजो नल्याएर, दाइजो दिन नसकेर, दोस्रो बिहे गर्नु परेर, मन नपरेर आदि जेसुकै कारण देखाए पनि मूलतः आर्थिक कारणले मधेशमा मारिँदैछन् नेपाली छोरीहरू।

• वीरेन्द्रकुमार साह


“भाइको बिहेलाई आउनेवाला थिई, तर कहिल्यै नआउने भई भन्ने खबर आयो। हतारहतार उसको घर पुग्दा लास दन्किरहेको थियो। निभाउने कोशिश गर्दा पनि सकेनौँ।”

पर्सा जिल्ला लालपर्सा गाविसका शिवनन्दन ठाकुर करीब डेढ वर्षअघि भएको छोरी शान्तिदेवीको हत्या सम्झ्ेर आज पनि गला अवरुद्ध पार्छन्। आफ्नी एक मात्र छोरी शान्तिलाई उनले १० वर्षअघि ११ वर्षको उमेरमा बाराको फेटा गाविस निवासी शिव ठाकुरसँग बिहे गरिदिएका र दुई वर्षअघि गौना गरेर घर पठाइदिएका थिए। ७ जेठ २०६२ को रात घरकै मान्छेले हात–खुट्टा बाँधी घाँटी थिचेर उनको हत्या गरे र भोलिपल्ट बिहानै हतारहतार लास जलाए। शान्तिको 'दोष' उनी काली भएर लोग्नेलाई मन नपर्नु थियो। उनका लोग्ने शिव दोस्रो बिहे गर्न चाहन्थे।

२५ असोज २०५४ को राति नमाज पढ्नमा मग्न १९ वर्षीया नसिमा खातुनको शरीरमा पछाडिबाट कसैले मट्टितेलले भिजाएको कपडा फालेर सलाई कोरिदियो। उनी नबच्ने पक्का भएपछि भारत, रक्सौलको डङ्कन अस्पताल लगियो। त्यसबेला गर्भवती समेत रहेकी नसिमाले मर्नुअघि बयानमा भनेकी थिइन्, “मलाई जलाउने मेरै जेठी सौता हाजरा खातुन हुन्। ससुरा लतिफ र लोग्ने जकिरले उनलाई यसो गर्न उक्साएका थिए।”

अन्यत्रभन्दा तराईका जिल्लामा बुहारी मार्ने प्रवृत्ति बढी छ। प्रहरीको रेकर्डले बारामा २०५२ साउनदेखि २०६३ जेठसम्म ४८ जना छोरी–बुहारी मारिएका देखाउँछ। प्रहरीसम्म आइनपुगेका हत्या र मर्न बाध्य पारिएका आत्महत्याका घटना अरू कैयौँ छन्। बाराका २० गाविस घुम्दा हरेक गाउँमा दुईदेखि सात जनासम्म छोरी–बुहारी मारिएका, तर प्रहरीमा दर्ता नभएका घटना विवरण पत्ता लागेका छन्।

यसरी हेर्दा बारामा मात्रै वितेका १० वर्षमा चार सय जति छोरी–बुहारीको हत्या भएको अनुमान गर्न सकिन्छ। पर्सामा २०६२ फागुनदेखि असारसम्म तीन बुहारी मारिएका थिए। “मुख्यतः पुरानो विवाहबाट छुटकारा पाउन र फेरि दहेज (दाइजो) सँगै नयाँ पत्नी भि156याउन बुहारी मारिन्छन्। केटी राम्री भइन र भनेजति पैसा माइतबाट ल्याउन सकिन भनेर पनि तिनको ज्यान लिने गरेको पाइन्छ,” लैङ्गिक विभेद विरुद्ध बारामा कार्यरत 'जनचेतना जागरण अभियान' की अध्यक्ष निभा सिंह बताउँछिन्।

बारा, मरिअर्वाकी सलमाको विवाह पाँच वर्षअघि पर्सा, सुगौली बिर्ताका नसिरुद्दीन अन्सारीसँग भएको थियो। रु.५० हजार नगद, भैँसी आदि गरेर एक लाख रुपैयाँ बराबरको दाइजो पाएका ससुरा सलिम मियाँ अन्सारी र लोग्नेले उनलाई अरू एक लाख रुपैयाँ लिएर आइज भनी माइत पठाए। बाबुले त्यत्रो रकम दिन नसकेपछि रित्तो हात फर्केकी सलमाको ११ जेठ २०६३ मा हत्या गरियो। लोग्ने, ससुरा र सासूले बिहान ४ बजेतिर मस्त निदाएको अवस्थामा हातखुट्टा समातेर उनलाई विष पिलाएका थिए। चिच्याएपछि 'आत्महत्या गर्न विष खाएकी' भनेर हतारहतार रक्सौलको डङ्कन अस्पताल पुर्‍याइएकी सलमालाई त्यहीँ मरेकी घोषणा गरियो र त्यसपछि भारतकै परेउवा गाउँको कवि्रस्तानमा गाडियो। नसिरुद्दीन अहिले त्यही गाउँमा भारु ८० हजार दहेज लिएर अर्को बिहे गर्न लागेका छन्।

सामान्य पारिवारिक झ्गडाका कारण पनि बुहारीहरूको हत्या भएको छ। बारा जिल्ला प्रहरी कार्यालयका मुद्दा शाखा इन्चार्ज, प्रहरी निरीक्षक दयानन्द मल्लिक भन्छन्, “गरीबीका साथै पारिवारिक कलहले पनि बुहारी मारिने गरेका छन्।” बाराको खुटवाजब्दी गाविस, बथानीटोलका छोटेलाल साहकी छोरी रिनादेवीको १० वर्षअघि २२ वर्षको उमेरमा पर्साको वैरियापिप्रा गाविस, ध्यानसिंपिप्राका महेन्द्रसँग बिहे भएको थियो। २०५७ असारको एक दिन उनको देवर–देवरानीसँग झ्गडा भयो। साँझ् घर आएका लोग्ने महेन्द्र साहले कुरा नबुझ्ी उनैलाई पिटे। निराश भएर रिनाले विष (मेटासिड) खाइन्। उनलाई अस्पताल लैजानुको सट्टा परिवारका सबैले मिलेर घाँटी थिचेर मारे र रातारात लास जलाए। प्रहरीले छोरीको हत्या विरुद्ध उजुरी दिन आएका छोटेलाललाई त्यत्तिकै फर्काइदियो। महेन्द्रले दोस्रो बिहे गरे। उनको परिवारमा यसअघि पनि दुई बुहारी मारिएका बताइन्छ।


मारिएकी बुहारी सलमा खातुन।
रौतहट, महम्मदपुरका भुट्टा साहकी १६ वर्षीया छोरी गीतादेवीको बिहे बारा, कचोर्वाका वीरेन्द्र साह तेलीसँग भएको थियो। १७ साउन २०६२ को बिहान भात पकाइरहेको बेला सासू संजोगिया देवीसँग घरखर्चको कुरामा विवाद भएपछि सासूले लोहोरोले कञ्चटमा गरेको प्रहारबाट गीता ठहरै भइन्। गुपचुप लास जलाएकाले कानुनले संजोगियालाई समाउन सकेन, तर हत्याको १० दिनपछि बसेको गाउँवासीहरूको बैठकले उनलाई रु.९० हजार जरिवाना गर्ने निर्णय गर्‍यो, जसमध्ये ५० हजार मृतक पक्षलाई दिइयो, २० हजार गाउँमा राखियो र २० हजार घूसस्वरूप गाउँ नजिकैको बंकुल बेसक्याम्पमा बुझ्ाइयो। अहिले पनि संजोगियालाई बुहारी मारेकोमा होइन, जरिवाना तिर्नुपरेकोमा थक्थक् लागेको छ। उनी भन्छिन्– “दहेजमा दुई हजार नगद, साइकल, कपडा, पलङ र कुर्सी मात्र पाएका थियौँ। तर चार कट्ठा खेत बेचेर जरिवाना तिर्नुपर्‍यो।”

• तराईमा मारिने अधिकांश छोरी–बुहारी १२ देखि ३० वर्षका छन्।
• कलवार, बनिया, तेली, गोढ, मलाह, धोबी र हजाम जातिमा यस्ता हत्या बढी छन्।
• मरणासन्न बनाएर सीमापारि लैजाने र बिना पोस्टमार्टम लास उतै सद्गत गर्ने चलन बढेको छ।
• अधिकांश आरोपी दोषमुक्त हुन्छन्।

कति परिवारका नाजायज कर्म लुकाउन पनि बुहारी मारिने गरेका छन्। सासूले परपुरुषसँग यौन सम्पर्क गरेको देखेकी १९ वर्षीया सीतादेवी साहको १५ जेठ २०५२ मा हत्या गरी 'विष खाइछ' भन्दै सीमा कटाएर लास जलाइयो। बारा, कलैयाका श्यामबाबु साहकी छोरी सीतादेवीको विवाह घण्टाघर रोडमा घर र कारोबार भएका वीरगन्जका धनाढ्यको रूपमा चिनिने पशुपति साहका छोरा सुशीलसँग भएको थियो। श्यामबाबु भन्छन्, “छोरी मारिएको दुई वर्ष त म नर्भस नै रहेँ। उसको याद आएको दिन अहिले पनि दिनभर काम गर्न सक्तिनँ। घण्टाघरको बाटो भएर नहिँडेको एघार वर्ष भयो।”

दहेज नभई बिहे नहुने भएकोले छोरी मार्ने चलन पनि त्यत्तिकै छ। बेङ्गासाह माविका प्रधानाध्यापक देवेन्द्र गिरी भन्छन्, “गरीब परिवारहरू दहेजबाट मुक्ति पाउन छोरी मार्न बाध्य हुन्छन्। छोरीले पढेकी छ भने थोरै दाइजोमा पनि बिहे हुनसक्छ। त्यसैले अनपढ हुनु पनि छोरी मारिनुको कारण हो।” बारा, दहियार गाविसका कटारी साह कलवारकी १४ वर्षीया छोरी उर्मिलाको बारात (जन्ती) आउन १२ दिन मात्र बाँकी छँदा १ माघ २०५६ मा भारतबाट केटाका बाबु दाइजोको अग्रिम रकम लिन घर आए। पैसा दिनुपर्ने तनावले घरमा भएको भनाभन र चर्काचर्कीपछि बाबु कटारी र दाजु बृजकिशोरले उर्मिलालाई भुइँमा लडाई लात्तैलात्ताले हिर्काए। उनको त्यहीँ ज्यान गयो।


कटारीलाई पछि गाउँवासीले रु.७५ हजार दण्ड तिराए। उनको पाँच कट्ठा खेत गयो। गाउँमै रहेको प्रहरी चौकीमा कसैले रिपोर्ट गरेन। त्यो गाउँमा मारिएका उर्मिलाबाहेक अरू पाँच छोरी–बुहारीमध्ये पनि कसैको रेकर्ड प्रहरीसँग छैन। प्रहरी निरीक्षक मल्लिक भन्छन्, “पीडित पक्ष नतातेसम्म र प्रहरीमा उजुर गर्न नआएसम्म अपराधी सधैँ उम्किन्छ र अपराध बढ्दै जान्छ।” मानवअधिकार संरक्षण मञ्च बाराका अध्यक्ष नारायणप्रसाद देवकोटा थप्छन्, “गाउँवासीले अपराधीलाई पञ्चायती होइन सामाजिक बहिष्कार गर्नुपर्दछ। राज्यले तिनलाई कडा कारबाही गर्नुपर्छ। अपराधीले दण्ड नपाउनु, समाजले घृणा गर्ने परम्परा नहुनुले अपराधलाई मलजल गरिरहेको छ।”

छोरीको प्रेम सम्बन्ध नरुचाइएका कारण हुने हत्या वा आत्महत्या पनि कम छैनन्। एउटा बाहिरिया केटो घरबाट निस्कँदै गरेको देखेपछि बारा, धर्मनगरका मेवालाल केशरीले दुई जना (जसको नाम अझ्ै खुलेको छैन) को सहयोग लिएर २६ चैत २०५९ मा आफ्नी १५ वर्षीया छोरी हेमाकुमारी केशरीलाई १२ वर्षकी बहिनी मधुकुमारीसँगै जलाइदिए। हेमाको घटनास्थलमै मृत्यु भयो। मधुले मर्नुअघि बयानमा भनेकी थिइन्– “हामी दुवै घरमा थियौँ। तीन जना आए, तानेर हामीलाई आँगनमा ल्याए, मट्टितेल हाले र सलार्ई बाली आगो लगाए।” भारत, पश्चिम चम्पारनको एक युवकलाई मन पराएकी धर्मनगरका केदारसाह केशरीकी एक्ली छोरी १६ वर्षीया रीताको रौतहटको गौरमा बिहाको कुरो छिनेपछि १ वैशाख २०६३ का दिन उनले संसार त्यागिन्।

बिहा भएको केही वर्ष सन्तान नहुँदैमा बाँझ्ी भनेर लगाइने आरोपका कारण पनि बुहारीहरूको अकाल ज्यान जान्छ। बाराको गालोपट्टी, बजनीबाट १३ वर्षको उमेरमा बिहा भएर धर्मनगर आएकी कलरीदेवी केशरीलाई सासूससुरा र टोलछिमेकले रातदिन बाँझ्ी भन्न थालेपछि खप्न नसकेर २०५५ माघमा उनले आत्महत्या गरिन्। त्यसको पाँच वर्षपछि लोग्ने विनोदले दोस्रो बिहे गरे।

फितला कारबाही र दण्डसजाय
हत्याको अपराधमा सर्वस्वसहित जन्मकैदसम्मको सजाय हुने कानुनी व्यवस्था छ। तर बारामा १० वर्षमा प्रहरीमा दर्ता भएका ४८ हत्यामध्ये एउटामा पनि यस्तो सजाय भएको छैन। तराईका आठ जिल्लामा १७ वर्ष मुद्दा फाँटमा काम गरेको अनुभव बटुलेका प्रहरी निरीक्षक दयानन्द मल्लिक भन्छन्, “छोरी–बुहारीका हत्यारालाई सर्वस्वसहित जन्मकैदको सजाय भएको मलाई आजसम्म थाहा छैन।” धेरैजसो घटनालाई कसुरदारहरू 'भवितव्य' वा 'आत्महत्या' बताएर उम्कने गरेका छन्। यस्तो अभियोगमा कम सजाय हुने कानूनी व्यवस्था छ।


तस्बिरः जिप्रका, बारा
दाइजो नल्याएको भनेर अनिता चौधरीको हत्या गर्ने ससुरा रामवृक्ष, जेठाजु मोहनमन्नी र लोग्ने सिकेन्द्र चौधरी अहिले वीरगञ्ज जेलमा छन्।

पोष्टमार्टम हुन नसकोस् र हत्या प्रमाणित नहोस् भनेर छोरी–बुहारी मार्नासाथ कतै खबर नगरी हतारहतार जलाउने वा गाड्ने चलन छ। शान्तिदेवीको हत्यामा 'मारेको प्रमाण नदेखिएको' ले ससुरा सत्यनारायण ठाकुर उम्कन सफल भएका थिए। अनुसन्धान जारी राख्ने नाममा प्रहरीले उनको फाइल थन्क्याएको छ। गीतादेवी, सीतादेवी, उर्मिला, हेमा र मधुका हत्यारा पनि यसै गरी उम्केका छन्। बारा, मोतीसरका वासुदेव साह कानूले छोरा श्यामबाबुसँग मिलेर १७ कात्तिक २०५९ मा १८ वर्षीया बुहारी प्रेमशिलालाई पिटेर मारे र रातारात सीमा कटाई चम्पारन, हाजमाटोलामा लगी जलाए। २१ वैशाख २०६३ मा जिल्ला अदालतले 'कर्तव्य गरी मारेको नठहर्ने' फैसला गरेपछि उनीहरू निश्चिन्त भएका छन्।


बारा जिल्ला सरकारी वकिल सूर्यराज दाहालका अनुसार, पीडित पक्षमा अपराधीलाई दण्डित गर्नेतिर लाग्नुभन्दा उसबाट क्षतिपूर्तिस्वरूप पैसा लिने प्रवृत्ति बढी रहेकोले पनि यस्ता मामिलामा कारबाही फितलो भएको हो। बुहारी नसिमा खातुनको हत्या गर्न सघाएबापत १४ महिना २४ दिन जेल बसेका लतिफ मियाँ उनको माइतीलाई रु.८४ हजार तिरेर 'दोषमुक्त' भएका छन्। पैसा पाएपछि नसिमाको माइती पक्षले 'खाना पकाउँदा स्वयं जलेकी' भनेर वयान बदले।

अधिवक्ता राजेश्वर तिवारी ज्यान मार्ने अपराधीलाई जोगाउन सरकारी निकाय नै लाग्ने गरेको आरोप लगाउँछन्। उनको भनाइ छ, “पहिले त जाहेरी नै दर्ता गरिँदैन, दर्ता गरिहाले पनि अधिकांश मामिलालाई भवितव्य देखाई हत्यारालाई जोगाइन्छ। भवितव्यमा बढीमा दुई वर्ष कैद र तीन सय रुपैयाँसम्म जरिवाना हुने भएपनि सकेसम्म कम सजाय तोकिने गरेको छ।” तिवारीले भने झ्ैँ सलमाको हत्यामा उनका बाबु रफिक मियाँले १६ जेठ २०६२ मा पर्सा जिल्ला प्रहरीमा दिएको जाहेरी दर्ता गरिएको थिएन।

वीरगन्जकी नुजहत परबीनको हत्या प्रकरणमा पनि जाहेरी दर्ता गरिएन। तर, श्रीमतीका हत्यारालाई कारबाही गराउन परबीनका पति स्वयं कस्सिएकाले यो मामिलाले सिङ्गो वीरगन्जलाई ततायो। १ असार २०६३ मा जीउमा आगो लगाई मारिएकी परबीनले मर्नुअघि सासू फातमा वेगम, ससुरा अब्दुल रसिक र देवर खुर्सेद अहमदसहितले आफूलाई जलाएको वयान दिएकी थिइन्। मर्ने व्यक्तिको वयान फौजदारी मुद्दामा बलियो प्रमाण मानिन्छ। परबीन मारिनुको कारण उनी उच्च घरानाकी नहुनु थियो। उनका ससुरा अब्दुल रसिदसहित तीन जनालाई प्रहरीले पक्रेको छ। पीडित पक्ष र टोलछिमेक तातेमा अपराधी उम्कन सक्दैन भन्ने कुराको प्रमाण बाराको हर्दिया, चरमोहनाकी ५० वर्षीया शान्ति सहनी गोढी जेलमा हुनु पनि हो। नत्र १४ वर्षीया बुहारी इन्दुलाई भातमा विष मिसाएर ख्वाई रातारात सिमाना कटाएर लास बाढीमा बगाउने शान्ति पनि बच्ने थिइन्।

तराईमा महिलाको हत्या हुने मूल कारण दहेज नै हो। यसकै कारण धेरै परिवार तनावग्रस्त रहन्छन्, अधिकांश दम्पतीमा विवाह भएदेखि नै मनमुटाव हुन्छ। यस्तै तनाव र मनमुटावले घरेलु हिंसा हँुदै ज्यानसम्म लिन्छ।

यस्तो अवस्थाबाट महिलाहरूको ज्यान बचाउन घरेलु हिंसासम्बन्धी नयाँ कानुनको आवश्यक खट्किएको छ। परम्परावादी संरचना र सोच कायमै रहेको तराईमा सामाजिक–सांस्कृतिक जागरणको खाँचो पनि उत्तिकै देखिन्छ। तर सबैभन्दा जरुरी छ, अपराधीलाई पैसा लिएर छोड्नुको सट्टा सजाय दिलाउने भावनाको विकास। त्यसको पहिलो कदम हो– घटना नलुकाउनु। यस मामिलालाई नजिकबाट बुझ्ेका अधिवक्ता रामकृष्ण काफ्ले भन्छन्, “सचेत समाज, जागरुक व्यक्ति, जिम्मेवार सरकारी पदाधिकारी, प्रभावकारी अनुसन्धान र समयसापेक्ष कानून नै यस अपराध न्यूनीकरणका उपाय हुन्।”

खोजपत्रकारिता केन्द्रको सहयोगमा
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 30 days
Recommended Popular Threads Controvertial Threads
What are your first memories of when Nepal Television Began?
nrn citizenship
Send Parcels from USA to Nepal & Worldwide.
Why is every youths leaving Nepal? Why are not youths entering politics and serving the country, starting business etc?
TPS Work Permit/How long your took?
महँगो अण्डाको पिकल्प : कुखुरा र खोर भाडामा लिने
Travelling on TPS advance travel document to different country...
Informatica consultancy share
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
TPS Renewal Reregistration
Nepali doctors future black or white usa ?
हेर अमेरिकामा नेपालीहरुको बेज्जत
Thank you for the sajha policy
Are you ready to know the truth?
मन भित्र को पत्रै पत्र!
चितवनको होस्टलमा १३ वर्षीया शालिन पोखरेल झुण्डिएको अवस्था - बलात्कार पछि हत्याको शंका - होस्टेलहरु असुरक्षित
Another Song Playing In My Mind
Does the 180 day auto extension apply for TPS?
Travelling to Nepal - TPS AP- PASSPORT
WHAT DO YOU GUYS THINK ABOUT THIS?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters