डीभीका अनेक डम्फु अमेरिका जाने सपना देख्नेहरूका लागि यस वर्ष पनि डीभी सिजन धुमधामका साथ शुरु भएपछि यसको व्यवसाय पनि रङ् गीन हुन थालेको छ
कम समयमा धेरै आर्जन गर्न चाहने एवम् सुखद जीवन बिताउने लालसामा रहेका हरेक नेपालीको सपना हो, अमेरकिा प्रवेश । अनि, त्यसको सम्भावित उपाय हो, डीभी अर्थात् डाइभर्सिटी भिसा । डीभीका कारण नेपालको कुनै विकट गाउँका जनताले समेत अमेरकिाको चमकधमकपूर्ण जीवनमा प्रवेश पाइरहेका छन् ।
सोर्सफोर्स, नातावाद, कृपावाद र विशेष शैक्ष्ािक योग्यता नचाहिने भएकाले डीभीको चक्करमा पर्नेहरू बढ्दै गएका छन् । डीभीको यही चटारो यस वर्ष पनि शुरू भइसकेको छ । राजधानी उपत्यकादेखि दुर्गम जिल्लाका स-साना बजारमा समेत 'यहाँ डीभी भर्न पाइन्छ' वा 'अमेरकिा जाने होइन ?' लेखिएका तुल, ब्यानर र पर्चा छ्यास्छ्यास्ती छन् । पत्रपत्रिका, एफएमदेखि टेलिभिजन च्यानलसम्म टाँगिएका डीभी चिट्ठाका विज्ञापन प्रशस् त देख्न सकिन्छ ।
काठमाडौँको खिचापोखरीस्थित ई-स्पट नेपाल र नयाँ बानेश्वरस्थित ई-जोनले के दाबी गर्दै आएका छन् भने त्यहाँ डीभी भर्ने अधिकांश व्यक्तिलाई चिट् ठा परेको छ । प्रचार पनि 'सबैभन्दा बढी डीभी पर्ने ठाउँ' भनेर गर्ने गरएिको छ । सुन्धारास् िथत गोश्वारा हुलाकले पनि त्यहाँ डीभी भर्नेमध्ये अधिकांश्ालाई चिट्ठा परेको दाबी गरेको छ । फारम शुल्कबाहेक डीभी भर्न आयोजक राष्ट्रलाई कुनै शुल्क तिर्नुपदर्ैैन । त्यसैले ५० रुपियाँदेखि दुई सय रुपियाँसम्म तिरेर डीभी भर्न कोही पनि पछि पर्दैनन् । अमेरकिा जान चाहनेको यही आतुरताको फाइदा उठाउँदै फारम भराउनेहरूले आफ्नो चुस् त व्यवसाय सञ्चालन गररिहेका छन् । डीभी व्यवसायीहरूले यसबापत राज्यलाई अतिरत्तिm शुल्क तिर्नु पर्दैन । त्यसैले त कम्प्युटरका अन्य कामसमेत बन्द गरेर डीभीमा लागेका कतिपय संस्थाले स-साना बालबालिकादेखि दर्जनाँै युवाहरूलाई आफ्नो केन्द्रको प्रचारप्रसारमा खटाएका छन् ।
ई-स्पट नेपालका सञ्चालक राकेश वैद्य डीभी सिजनमा आफूले तीन दर्जनभन्दा बढीलाई प्रत्यक्ष रोजगारी दिने गरेको बताउँछन् । त्यस्तो सिजनमा काम गर्नेले न्यूनतम छ हजार रुपियाँ पारश्रिमिक पाउने गरेका छन् । त्यसैगरी, प्रचार सामग्री बाँड्नेलगायतका काममा समेत केहीले रोजगारी पाएका छन् । गत वर्ष पाँच हजारले मात्र डीभी भरेको ई-स्पटमा यस वर्ष करीब १५ हजारले भर्ने अनुमान वैद्यको छ ।
गोश्वारा हुलाकमा डीभी भराउन ५० भन्दा बढी कर्मचारी खटिएका छन् । ३० वटा कम्प्युटरमार्फत बिहान सात बजेदेखि बेलुका सात बजेसम्म डीभी भर्ने व्यवस्था मिलाइएको छ । हुलाकले गत वर्ष २४ हजारभन्दा बढीलाई डीभी भराएर २३ लाख रुपियाँ सङ्कलन गरेको थियो । यस वर्ष ३० लाख रुपियाँभन्दा बढी उठ्ने अपेक्षा हुलाक अधिकृत रोशनशङ्कर घिमिरेले गरेका छन् । त्यसैगरी ई-जोन नयाँ बानेश्वरले बागबजार, न्युरोड र जाउलाखेलमा शाखा खोलेर डीभी भराउने व्यवसाय चलाइरहेको छ । गत वर्ष त्यहाँबाट १२ हजारभन्दा बढीले डीभी भरेका थिए । यस वर्ष त्यसभन्दा बढीले भर्ने अनुमान कार्यकारी प्रमुख रमा खरेलको छ । डीभी भर्नकै लागि ई-जोनमा दुई दर्जन कर्मचारी भर्ना गरएिको छ । त्यहाँ दैनिक चार-पाँच सय जना फारम भर्न आउने गरेका छन् ।
ठूला मात्र होइन, स-साना साइबर क्याफे र फोटो स्टुडियोहरूले पनि अहिले दैनिक कामका अलावा डीभी भराउने काम शुरू गरेका छन् । डीभी भराउन थप लगानी गर्नु नपर्ने र कुनै शुल्क पनि नलाग्ने भएकाले दुई महिना काम गर्दा एक वर्षसम्म भाडा तिर्न पुग्ने रकम कमाइ हुने गरेको मैतीदेवीमा साइबर चलाउने जितु रोइला बताउँछन् । उनका अनुसार, काठमाडौँ उपत्यका र शहरी क्षेत्र मात्र होइन, दुर्गम र इन्टरनेट नभएका गाउँहरूमा समेत डीभीप्रतिको चाख त्यत्तिकै छ । खोटाङका ग्रामीण क्षेत्रका युवाहरूले गाउँलेसँग रकम सङ्कलन गरेर गाईघाटमा आई डीभी भरेर राम्रो कमाइ गरेका छन् ।
काठमाडौँ उपत्यकामा पाँच सयभन्दा बढी संस्था रहे पनि डीभी भर्ने दस्तुर भने आ-आफ्नै छन् । ठूला तथा नाम चलेका संस्थामा एक जनाले ८० रुपियाँदेखि एक सय २५ रुपियाँसम्म र स-साना साइबर क्याफे तथा फोटो स्टुडियोमा ३० रुपियाँदेखि ६० रुपियाँसम्म दस् तुर बुझाउनुपर्छ । त्यसैगरी अन्य भागमा समेत त्यस् तो सङ्ख्या एक हजार रुपियाँभन्दा बढी भएको अनुमान गरएिको छ । यस व्यवसायबाट प्रत्यक्ष र अप्रत्यक्ष गरी पाँच हजारभन्दा बढीले रोजगारी पाउने गरेको लामो समयदेखि यस व्यवसायमा संलग्न हुनेहरू बताउँछन् ।
अमेरकिा मोह बढ्दै गएका कारण डीभी भर्नेको सङ्ख्यामा वर्षेनी बढिरहेको छ ।
विद्यालय शिक्षा पूरा गरेकादेखि ६०-६५ वर्षसम्मका व्यक्तिहरूसमेत डीभी भर्ने सूचीमा पर्छन् । डीभीकै कारण हालसम्म पाँच हजारभन्दा बढी नेपाली अमेरकिा पुगिसकेका छन् । असोज १८ देखि शुरू भएको डीभी मङ्सिर १७ गतेसम्ममा इन्टरनेटको माध्यमबाट आवेदन दिन सकिनेछ । सन् २००३ सम्म हुलाकमार्फत चिट्ठीका माध्यमबाट भर्ने गरएिकोमा सन् २००४ देखि इलेक्ट्रोनिक डाइभर्सिटी भिसा -ई-डीभी) प्रारम्भ भएको हो ।
अमेरकिी दूतावाससँग कति नेपालीले डीभी भर्छन् भन्ने तथ्याङक नभए पनि
वर्षमा दुई लाखभन्दा बढीले डीभीमा सहभागिता जनाउने गरेको अधिकांश व्यवसायीहरू बताउँछन् । यस वर्ष त्यो सङ्ख्या तीन लाखभन्दा बढी पुग्ने उनीहरूको अनुमान छ । सन् २००७ मा एक हजार पाँच सय २९ जनालाई डीभी परेको थियो । त्यसअघि २००६ मा एक हजार नौ सय ३४, २००५ मा दुई हजार छ सय ९८ र सन् २००४ मा चार हजार दुई सय ५९ जनालाई डीभी परेको थियो ।
सर्वसाधारण मात्र होइन, सरकारको माथिल्लो ओहदाका कर्मचारीदेखि राजनीतिज्ञ, ठूला उद्योगी व्यवसायीसमेत डीभी भर्नेको सूचीम्ाा छन् । डीभी भर्न कुनै शुल्क नलाग्ने, इन्टरनेट भएको ठाउँबाट आफैँले सहजै भर्न सकिने भए पनि सर्वसाधारण यहाँबाट भर्नेलाई धेरै चिट्ठा पर्छ भन्ने विज्ञापनको भरमा परेर महँगोमा डीभी भर्ने गरेका छन् । सुनसरीकी राधा पोखरेल ई-स्पटबाट भर्दा चिट्ठा पर्ने सम्भावना बढी हुने भन्ने सुनेकाले तीन-चार घण्टा लाइनमा बसेर डीभी भरेको बताउँछिन् ।
पेशल आचार्य
Source: डीभीका अनेक डम्फु
अमेरिका जाने सपना देख्नेहरूका लागि यस वर्ष पनि डीभी सिजन धुमधामका साथ शुरु भएपछि यसको व्यवसाय पनि रङ् गीन हुन थालेको छ
कम समयमा धेरै आर्जन गर्न चाहने एवम् सुखद जीवन बिताउने लालसामा रहेका हरेक नेपालीको सपना हो, अमेरकिा प्रवेश । अनि, त्यसको सम्भावित उपाय हो, डीभी अर्थात् डाइभर्सिटी भिसा । डीभीका कारण नेपालको कुनै विकट गाउँका जनताले समेत अमेरकिाको चमकधमकपूर्ण जीवनमा प्रवेश पाइरहेका छन् । सोर्सफोर्स, नातावाद, कृपावाद र विशेष शैक्ष्ािक योग्यता नचाहिने भएकाले डीभीको चक्करमा पर्नेहरू बढ्दै गएका छन् । डीभीको यही चटारो यस वर्ष पनि शुरू भइसकेको छ । राजधानी उपत्यकादेखि दुर्गम जिल्लाका स-साना बजारमा समेत 'यहाँ डीभी भर्न पाइन्छ' वा 'अमेरकिा जाने होइन ?' लेखिएका तुल, ब्यानर र पर्चा छ्यास्छ्यास्ती छन् । पत्रपत्रिका, एफएमदेखि टेलिभिजन च्यानलसम्म टाँगिएका डीभी चिट्ठाका विज्ञापन प्रशस् त देख्न सकिन्छ ।
काठमाडौँको खिचापोखरीस्थित ई-स्पट नेपाल र नयाँ बानेश्वरस्थित ई-जोनले के दाबी गर्दै आएका छन् भने त्यहाँ डीभी भर्ने अधिकांश व्यक्तिलाई चिट् ठा परेको छ । प्रचार पनि 'सबैभन्दा बढी डीभी पर्ने ठाउँ' भनेर गर्ने गरएिको छ । सुन्धारास् िथत गोश्वारा हुलाकले पनि त्यहाँ डीभी भर्नेमध्ये अधिकांश्ालाई चिट्ठा परेको दाबी गरेको छ । फारम शुल्कबाहेक डीभी भर्न आयोजक राष्ट्रलाई कुनै शुल्क तिर्नुपदर्ैैन । त्यसैले ५० रुपियाँदेखि दुई सय रुपियाँसम्म तिरेर डीभी भर्न कोही पनि पछि पर्दैनन् । अमेरकिा जान चाहनेको यही आतुरताको फाइदा उठाउँदै फारम भराउनेहरूले आफ्नो चुस् त व्यवसाय सञ्चालन गररिहेका छन् । डीभी व्यवसायीहरूले यसबापत राज्यलाई अतिरत्तिm शुल्क तिर्नु पर्दैन । त्यसैले त कम्प्युटरका अन्य कामसमेत बन्द गरेर डीभीमा लागेका कतिपय संस्थाले स-साना बालबालिकादेखि दर्जनाँै युवाहरूलाई आफ्नो केन्द्रको प्रचारप्रसारमा खटाएका छन् ।
ई-स्पट नेपालका सञ्चालक राकेश वैद्य डीभी सिजनमा आफूले तीन दर्जनभन्दा बढीलाई प्रत्यक्ष रोजगारी दिने गरेको बताउँछन् । त्यस्तो सिजनमा काम गर्नेले न्यूनतम छ हजार रुपियाँ पारश्रिमिक पाउने गरेका छन् । त्यसैगरी, प्रचार सामग्री बाँड्नेलगायतका काममा समेत केहीले रोजगारी पाएका छन् । गत वर्ष पाँच हजारले मात्र डीभी भरेको ई-स्पटमा यस वर्ष करीब १५ हजारले भर्ने अनुमान वैद्यको छ ।
गोश्वारा हुलाकमा डीभी भराउन ५० भन्दा बढी कर्मचारी खटिएका छन् । ३० वटा कम्प्युटरमार्फत बिहान सात बजेदेखि बेलुका सात बजेसम्म डीभी भर्ने व्यवस्था मिलाइएको छ । हुलाकले गत वर्ष २४ हजारभन्दा बढीलाई डीभी भराएर २३ लाख रुपियाँ सङ्कलन गरेको थियो । यस वर्ष ३० लाख रुपियाँभन्दा बढी उठ्ने अपेक्षा हुलाक अधिकृत रोशनशङ्कर घिमिरेले गरेका छन् । त्यसैगरी ई-जोन नयाँ बानेश्वरले बागबजार, न्युरोड र जाउलाखेलमा शाखा खोलेर डीभी भराउने व्यवसाय चलाइरहेको छ । गत वर्ष त्यहाँबाट १२ हजारभन्दा बढीले डीभी भरेका थिए । यस वर्ष त्यसभन्दा बढीले भर्ने अनुमान कार्यकारी प्रमुख रमा खरेलको छ । डीभी भर्नकै लागि ई-जोनमा दुई दर्जन कर्मचारी भर्ना गरएिको छ । त्यहाँ दैनिक चार-पाँच सय जना फारम भर्न आउने गरेका छन् ।
ठूला मात्र होइन, स-साना साइबर क्याफे र फोटो स्टुडियोहरूले पनि अहिले दैनिक कामका अलावा डीभी भराउने काम शुरू गरेका छन् । डीभी भराउन थप लगानी गर्नु नपर्ने र कुनै शुल्क पनि नलाग्ने भएकाले दुई महिना काम गर्दा एक वर्षसम्म भाडा तिर्न पुग्ने रकम कमाइ हुने गरेको मैतीदेवीमा साइबर चलाउने जितु रोइला बताउँछन् । उनका अनुसार, काठमाडौँ उपत्यका र शहरी क्षेत्र मात्र होइन, दुर्गम र इन्टरनेट नभएका गाउँहरूमा समेत डीभीप्रतिको चाख त्यत्तिकै छ । खोटाङका ग्रामीण क्षेत्रका युवाहरूले गाउँलेसँग रकम सङ्कलन गरेर गाईघाटमा आई डीभी भरेर राम्रो कमाइ गरेका छन् ।
काठमाडौँ उपत्यकामा पाँच सयभन्दा बढी संस्था रहे पनि डीभी भर्ने दस्तुर भने आ-आफ्नै छन् । ठूला तथा नाम चलेका संस्थामा एक जनाले ८० रुपियाँदेखि एक सय २५ रुपियाँसम्म र स-साना साइबर क्याफे तथा फोटो स्टुडियोमा ३० रुपियाँदेखि ६० रुपियाँसम्म दस् तुर बुझाउनुपर्छ । त्यसैगरी अन्य भागमा समेत त्यस् तो सङ्ख्या एक हजार रुपियाँभन्दा बढी भएको अनुमान गरएिको छ । यस व्यवसायबाट प्रत्यक्ष र अप्रत्यक्ष गरी पाँच हजारभन्दा बढीले रोजगारी पाउने गरेको लामो समयदेखि यस व्यवसायमा संलग्न हुनेहरू बताउँछन् ।
अमेरकिा मोह बढ्दै गएका कारण डीभी भर्नेको सङ्ख्यामा वर्षेनी बढिरहेको छ । विद्यालय शिक्षा पूरा गरेकादेखि ६०-६५ वर्षसम्मका व्यक्तिहरूसमेत डीभी भर्ने सूचीमा पर्छन् । डीभीकै कारण हालसम्म पाँच हजारभन्दा बढी नेपाली अमेरकिा पुगिसकेका छन् । असोज १८ देखि शुरू भएको डीभी मङ्सिर १७ गतेसम्ममा इन्टरनेटको माध्यमबाट आवेदन दिन सकिनेछ । सन् २००३ सम्म हुलाकमार्फत चिट्ठीका माध्यमबाट भर्ने गरएिकोमा सन् २००४ देखि इलेक्ट्रोनिक डाइभर्सिटी भिसा -ई-डीभी) प्रारम्भ भएको हो ।
अमेरकिी दूतावाससँग कति नेपालीले डीभी भर्छन् भन्ने तथ्याङक नभए पनि वर्षमा दुई लाखभन्दा बढीले डीभीमा सहभागिता जनाउने गरेको अधिकांश व्यवसायीहरू बताउँछन् । यस वर्ष त्यो सङ्ख्या तीन लाखभन्दा बढी पुग्ने उनीहरूको अनुमान छ । सन् २००७ मा एक हजार पाँच सय २९ जनालाई डीभी परेको थियो । त्यसअघि २००६ मा एक हजार नौ सय ३४, २००५ मा दुई हजार छ सय ९८ र सन् २००४ मा चार हजार दुई सय ५९ जनालाई डीभी परेको थियो ।
सर्वसाधारण मात्र होइन, सरकारको माथिल्लो ओहदाका कर्मचारीदेखि राजनीतिज्ञ, ठूला उद्योगी व्यवसायीसमेत डीभी भर्नेको सूचीम्ाा छन् । डीभी भर्न कुनै शुल्क नलाग्ने, इन्टरनेट भएको ठाउँबाट आफैँले सहजै भर्न सकिने भए पनि सर्वसाधारण यहाँबाट भर्नेलाई धेरै चिट्ठा पर्छ भन्ने विज्ञापनको भरमा परेर महँगोमा डीभी भर्ने गरेका छन् । सुनसरीकी राधा पोखरेल ई-स्पटबाट भर्दा चिट्ठा पर्ने सम्भावना बढी हुने भन्ने सुनेकाले तीन-चार घण्टा लाइनमा बसेर डीभी भरेको बताउँछिन् ।
पेशल आचार्य
Source:
http://www.kantipuronline.com/Nepal/sandharva.php