[Show all top banners]

himaliketo
Replies to this thread:

More by himaliketo
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 फेरी घर को याद आयो.....Home Poem
[VIEWED 5859 TIMES]
SAVE! for ease of future access.
Posted on 11-18-06 9:14 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

फेरी घर को याद आयो

काठे पुल तर्दै धुलौटे माटो मा खेल्न मन लाग्यो
घासे चौर मा उफ्रदै बगर् बगर् दौडन मन लाग्यो
बाक्लिदै गयेको मेरो गाउ ,पातलीदै गयेको परिवार भेट्न मन लाग्यो
फुल्दै गयेको मेरि आमा को कालो कपाल केलाउन मन लाग्यो
यसपटक फेरि घर को याद आयो

कुडे मा जमेको तर झिकिझिकि खान मन लाग्यो
यकै छिन घर गोठ को स्याहर सम्भार् गर्न मन लाग्यो
गाइ बाख्रा को म्या म्या बा बा सुन्न मन लाग्यो
फैलिदै गयेको शान्ती र बाटो हेरि बसेको हरुलाइभेट्न मन लग्यो
यस पटक फेरी घर को याद आयो,

हात खुट्टा हिलो मैलो बनाउन मन लाग्यो
अलीकती पसीना मेरो माटो मा चुहाउन मन लाग्यो
यकै छिन भये पनि मेरै गीतमा नाच्न मान लग्यो,
कमजोर बन्दै गयेको मेरो बा को आखा को दीर्श्य बन्न मन लाग्यो
यस पटक फेरि घर को याद आयो

उकाली ओराली चड्दै बनको काडा बीजाउन मन लाग्यो
को हो को हो गर्दै गीत गाउने कोएली लाइ जिस्काउन मन लाग्यो
छाना भरि रमायेका परेवालाइ भुर्‍र् उडौन मन लाग्यो
पीर्कामा बसेर मीलीजुली तातो भात खान मन लाग्यो
यस पटक फेरि गाउ को याद आयो

आज कसैको मेलो मा जान मन लाग्यो
पालाको पैचो तीर्न मन लाग्यो
पर्खी बसेकी मेरीउनी लाइ पछाडि बाट आखा छोपन मन लाग्यो
बिर्सदै गयेका हरुलाइ सम्झ्दै गाउ पुग्न मन लाग्यो

छुन मन लाग्यो,
पसिनाले निधार धुन मन लाग्यो,
जुन सगै एकै छीन खेल्न मन लाग्यो
यस पटक फेरीघरको याद आयो
 
Posted on 11-18-06 9:41 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

राम्रो भावना हिमालिकेटोजी।

ल मलाई पनि मन लाग्यो-

पँधेराको चिसो पानीमा
आफुलाई पखाल्न मन लाग्यो
पाखा बारिको कान्लाको अलिकता माटो
खुट्टाले कोपरेर फाल्न मन लाग्यो
दाईँ गर्दा गोरुको पछि पछि
दौडन मन लाग्यो
बाउसे लाउँदा रोपाहारको
गित सुन्न मन लाग्यो
 
Posted on 11-18-06 9:48 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कविता दामी छ ब्रो!

बरु दूध तताउने त कराई होला!
कुँडेमा त बस्तुभाउलाई खुवाउने कुँडो पकाउने हैन र?
रिसानी माफ!
 
Posted on 11-18-06 9:51 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कराई ma Tarkari Pakaenchha.... कुँडेमा दूध Tataenchha...kyare....Launa birse Hau!!
 
Posted on 11-18-06 9:51 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सुन्तलिसँग बिताएका ति क्षण
फेरी सम्झन मन लाग्यो

सुन्तलिले पर्खि रहेकी होली
आज मलाई गाउँ जान मन लाग्यो
 
Posted on 11-18-06 9:59 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

खै गालबजी, ठाउँ अनुसारको बोलि होला शायद, हाम्रोतिर पनि दूध तताउने ठुलो कराईलाई कुँडे नै भन्ने गर्छन्। हुन त ठिक होला कुँडो पकाउनेलाई कुँडे, तर दूध तताउने भाँडोलाई नै कुँडे बनेको सुनेको छु मैले धेरै ठाउँमा ( हाम्रो जिल्लातिर)। (मध्यमान्चलमा)
 
Posted on 11-18-06 10:12 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दुध तताउने भाडो = कुँडे

कुँडो= खेत बारीमा पाउने झार्

कुँडो गोड्दै गोड्दै बारीमा हिडेको याद् आयो।
मलाइ त आज कुत्लिकोसा खान मन लायो

कसैलाइ थाहा छ 'कुत्लिकोसा' भनेको के हो?:)
 
Posted on 11-18-06 10:13 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हाम्रा घर तिर (पश्चिम २ नम्मर तिर) चैं,
कराई -- domal आकारको भाँडो। दूध तताए नि भो, तरकारी पकाए नि भो।
कुँढे -- धेरै जसो तामाले बनेको हुन्छ। ठुलो र गहिरो हुन्छ। प्रायश: कुँढो पकाउन प्रयोग गरिन्छ। भोज भतेरमा ठुलो परिमाणमा भात, तरकारी, दाल पकाउन पनि प्रयोग गरिन्छ।

भन्नाले,
हामीले कराई भन्ने भाँडोलाई बिर्खेजीका तिर कुँडे भन्ने होला।
 
Posted on 11-18-06 10:17 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मिसले भनेको 'कुत्लीकोशा' पहिलो पटक सुन्दैछु।
तर, अनुमान चैं : बोडी? वा, मकैबारीमा फल्ने बोडी जस्तै कोशे गेडागुडी? कि बकुल्ला हो?
कता कता, बाँस (तामा)को पंखाको जस्तै झुस भएको एउटा कोशे तरकारीको याद पनि आयो।
 
Posted on 11-18-06 10:45 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हिमालिकेटो तपाइँ को कबिता सुनेर मलाइ पनि मेरो घर् को याद् आयो|
राम्रो छ कबिता, खुसि लाग्यो
 
Posted on 11-19-06 1:11 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यो कबिता पढेपछि ता साह्रै घरको याद आयो भन्या

miss_me तपाइले भन्या त्यो "कुत्लिकोशा" हो र हाम्रो तिर (पश्चिम सदरमुकाम तिर)ता हामिले कुटीलकोशा भनेजस्तो लाग्थ्यो ।

जे भएपनि त्यो ठाउँ अनुसार फरक फरक होला ।

त्यो गउँ बारीमा वा तोरी बारीमा फल्छ सानो सानो झार हुन्छ कोशा वाला हुन्छ ।

सानोमा त खुब खाइयाहो ।

झन कुटीलकोशाले गाउघरकै याद दिलायो
 
Posted on 11-19-06 1:33 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Himalketo, Thanks for the poem.. malai pani gau jan man lagyo..
 
Posted on 11-19-06 7:41 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

aayooo.........aayoooo.... malai pani aayoooooo
 
Posted on 11-20-06 7:14 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Thank you so much Everyone for Loving my Bhawana...See you Next Time..
 
Posted on 11-20-06 8:51 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Dear Himaliketo, such a great creation,

tapaiko thoughts le malai pani choyo,
gharko yad aayo,
gau ko yad aayo,
padhdai gae, gauna man laagyo.
aba ta dhun nai halna man laagyo,
if you feel okay,
would u please approve, geet banauna man lagyo
send email @ jay_khanal@yahoo.com
 
Posted on 11-20-06 8:55 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Also please, jaykhanal@gmail.com

This is from Shruti,
june here junai ramro tara here tarai ramro
tapaiko kabita padhda lagyo ramailo.
 
Posted on 11-20-06 9:02 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

himailiketo ji ko kabita man parau ne sandarva ma Hope you all like my song, "aama", written by kabi Madhav Ghimire, composed and sang by myself. Thanks, fellas'.

http://esnips.com/doc/6f9edab4-6ed6-46a6-8c39-b95dea9acc99/Aama192.wma
http://esnips.com/doc/ca14e8de-aeba-4acb-86ea-64ed8d4f0348/Aama192.mp3
 
Posted on 11-21-06 1:28 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

फेरि गाम को याद् आयो,
भजन गाम्न मन लायो,
सान्नानि लाइ नचाउन मन लायो,
बारि मा मकै भाच्न जान मन् लायो,
सु..... सगै कोदो रोप्न जान मन् लायो,
खेत म बीउ काड्न जान मन् लायो,
सु... ले बनायेको चाम्रे र पोलेको को मकै खन मन् लायो,
मोहि पारेर नौनि घिउ सँग मकै खान मन् लायो,
एक चोटि फेरि, गाउ म हलुवा पकाउन मन लायो,
हलुवा र मुला को अचार खान मन लायो,
दशै मा बाब्बियो को लठो बाट्न मन लायो,
कान्छि सगै पिङ् खेल्न मन् लायो,
क् गर्नु, मन् त लाम्च्।।।तर पाइन्न।।।।।।।।।।
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 30 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
मन भित्र को पत्रै पत्र!
Guess how many vaccines a one year old baby is given
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
emergency donation needed
Travelling to Nepal - TPS AP- PASSPORT
Morning dharahara
nrn citizenship
जाडो, बा र म……
1974 AD Pinjadako Suga Remixed
Susta Susta Degree Maile REMIXED version
Elderly parents travelling to US (any suggestions besides Special Assistance)?
कल्लाई मुर्ख भन्या ?
ढ्याउ गर्दा दसैँको खसी गनाउच
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters