[Show all top banners]

aman
Replies to this thread:

More by aman
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 Yee Chor Danka le Desh Banayako Banayai Ho
[VIEWED 4947 TIMES]
SAVE! for ease of future access.
Posted on 11-25-06 10:23 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

प्रधानमन्त्रीदेखि प्रचण्डसम्मले गाडीको अनधिकृत प्रयोग



बलराम बानियाँ/विकास थापा


काठमाडौं, मंसिर ८ - प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालादेखि माओवादी अध्यक्ष प्रचण्डसम्मले सरकारी, व्यापारिक घराना र निजी गाडी अनधिकृत रूपमा प्रयोग गरिरहेका छन् । अनधिकृत गाडी प्रयोग गर्नेमा विभिन्न दलका नेताहरू र उच्च पदस्थ कर्मचारीसमेत छन् ।
धेरै योजना भएका विभाग र विद्युुत् प्राधिकरणका उच्च पदस्थ कर्मचारी नै चाकरीस्वरूप गाडी दुुरुपयोग गर्न उत्प्रेरित गर्ने काममा लाग्ने गरेको स्रोतले उल्लेख गरेको छ ।

स्रोतका अनुुसार जनआन्दोलन-२ को बलमा कोइराला प्रधानमन्त्री भएलगत्तै प्राधिकरणका कर्मचारीले उनलाई विलासी प्राडो पुुर्‍याएका थिए । उनले चढेको गाडी नं. १६०२ हो । प्रधानमन्त्रीले प्राधिकरणको मात्र होइन मेलम्ची खानेपानी आयोजनाको गाडी पनि लगेका छन् । सरकारीलाई बा४च ६६६१ रातो नम्बर प्लेटको निजी बनाइएको छ । यस्तो निजी बनाउन गृह मन्त्रालयले अनुुमति दिएको हो ।

प्रधानमन्त्रीलाई सरकारी सुुविधामै दुुई गाडी उपलब्ध हुुन्छ । उनले ०५३ मा सांसद सुुविधाको कर छुुटमा पजेरो गाडीसमेत लिएका छन् । त्यस्तो सुुविधा लिने व्यक्तिले सार्वजनिक पदमा रहँदा इन्धन सुुविधा लिए पनि सरकारी गाडी सुुविधा लिन नैतिक रूपमा मिल्दैन ।

प्रधानमन्त्रीले मेलम्चीको अर्को गाडीसमेत लगेका छन् । प्रधानमन्त्रीको नाममा लगिएका ती गाडी कांग्रेसका वा परिवारका क-कसले चढिरहेका छन्, सम्बन्धित निकायलाई थाहा छैन ।

प्रधानमन्त्रीले घरेलुु तथा साना उद्योग विकास बैंकबाट तत्कालीन अध्यक्ष सीताराम प्रसाईंले दिलाएको गाडी पनि प्रयोग गरेको खुुल्न आएको छ । प्रसाईंले ०४८ सालमै चुनावका बेला पारी कोइरालालाई उक्त गाडी दिएका थिए । राष्ट्र बैंकले घरेलुु बैंकमा छँदा प्रसाईंले सर्वसाधारण र राज्यको करोडौं ढुुकुुटी डुुबाएको आरोप लगाएपछि उनी तीन महिनादेखि 'फरार' छन् ।

कोरिया एयरले पहिलोपटक नेपालमा गरेको उडानबाट आएका पर्यटकको सार्वजनिक स्वागत कार्यक्रममा युुनिभर्सल ट्राभल्सका प्रमुुखका नाताले प्रसाईं अतिथिका रूपमा उपस्थित भए पनि पक्राउ परेनन् ।

यस्तै, राष्ट्रिय जनशक्ति पार्टी अध्यक्ष सूर्यबहादुुर थापाले पनि तीन वर्षदेखि मेलम्चीकै ल्यान्डत्र'mुजर चढिरहेका छन् । मेलम्चीको सरकारी नम्बर प्लेट बा१झ ६६०७ लाई उनले अनधिकृत रूपमा रातो नम्बर प्लेट बा४च ८८७५ बनाएका छन् ।

मेलम्चीको अनुुमतिबिना पदीय प्रभावमा पारेर थापाले उक्त गाडी लगेका हुुन् । उक्त गाडीको मोल भन्सारबिना पनि न्यूनतम ५० लाख रुपैयाँ पर्छ । उनी सांसद सुुविधामा गाडी लिने व्यक्ति पनि हुुन् ।

मेलम्चीको गाडी दुुरुपयोग गर्नेमा भौतिक योजना तथा निर्माणमन्त्री गोपालमान श्रेष्ठ झन् अगाडि छन् । उनले मन्त्रीका हैसियतले सरकारी सुुविधाका गाडीका अतिरिक्त पदीय प्रभावमा पारी बा१झ ५७६६ र ६६०४ नं. को महँगो गाडी लगेका छन् । स्राेतका अनुुसार श्रेष्ठले सडक विभागको ५३०६ नम्बरको थोत्रो गाडी मेलम्चीलाई दिएर नयाँ लिएका हुुन् ।

विशिष्ट व्यक्तिले मात्र होइन प्रहरीको सानो इकाईले समेत मेलम्चीको गाडी दुुरुपयोग गरिरहेको छ । वडा प्रहरी कार्यालय सिंहदरबारले उसको ६६६४ नम्बरको पिक अप भ्यान प्रयोग गरिरहेको छ । मेलम्चीले उक्त गाडी फिर्ता गर्न ६ पटकभन्दा बढी पत्राचार गरिसके पनि प्रहरीले वास्ता गरिरहेको छैन ।

प्राधिकरणको गाडी दुुरुपयोग गर्नेमा अर्का नेता कांग्रेस -प्रजातान्त्रिक) का सभापति शेरबहादुुर देउवाको नाम पनि जोडिएको छ । उनले लोकतन्त्र पुुनःबहालीलगत्तै प्राधिकरणको ८४१४ नं. को पजेरो लगेका छन् । गाडी दुुरुपयोग गरेको नदेखियोस् भनेर उनले प्राधिकरणको पहेंलो प्लेटलाई अनधिकृत रूपमा निजी गाडीको जस्तो रातो प्लेट बनाएका छन् ।

देउवा हाल सरकारी गाडी उपयोग गर्ने पदीय हैसियतमा छैनन् । तर पार्टीका केन्द्रीय सदस्य ज्ञानेन्द्रबहादुुर कार्कीले आफू जलस्राेत राज्यमन्त्री भएपछि मातहत निकाय प्राधिकरणबाट देउवालाई गाडी उपलब्ध गराएका हुुन् । देउवाले लगेको गाडीको सम्पूर्ण मर्मत तथा इन्धन खर्चसमेत प्राधिकरणले बेहोर्दै आएको छ । देउवासँग सांसद सुुविधामा लिएको पजेरो पनि छ ।

कार्कीले प्राधिकरणबाट सभापतिलाई मात्र गाडी दिएका छैनन्, आफूले समेत ४४४९ नं. को प्राडो अनधिकृत रूपमा लिएका छन् । जबकि राज्यमन्त्रीलाई सम्बन्धित मन्त्रालयबाटै सुुविधाको गाडी उपलब्ध छ । नियमानुुसार मर्मत र इन्धन खर्च सम्बद्ध मन्त्रालयबाट लिनुुपर्नेमा कार्कीले प्राधिकरणबाट समेत त्यस्तो खालको सुुविधा नियमित रूपमा लिइरहेको स्राेतले बतायो ।

जलस्राेत राज्यमन्त्रीले मात्र होइन सचिव टीकादत्त निरौलाले समेत प्राधिकरणको गाडी दुुरुपयोग गरिरहेका छन् । उनले मध्यमस्र्याङ्दी जलविद्युुत् परियोजनाका लागि झिकाइएको १५१२ नम्बरको गाडी अनधिकृत रूपमा प्रयोग गरिरहेका छन् । उनलाई पनि सचिवको हैसियतमा मन्त्रालयबाटै गाडी उपलब्ध छ ।

एमाले महासचिव माधवकुुमार नेपालले मनमोहन स्मृति प्रतिष्ठानलाई श्री डिस्टि्रलरीका मालिक मथुुराप्रसाद मास्केले दिएको गाडी पाँच वर्षदेखि चढदै आएका छन् । महासचिव नेपाल प्रतिष्ठानका संरक्षक हुुन् । २०६१ भदौमा राजस्व अनुुसन्धान विभागले डिस्टिलरीले नक्कली स्टिकर प्रयोग गरी १ अर्ब रुपैयाँ राजस्व छलेकामा छानबिन सुुरु गरेपछि मास्के फरार छन् ।

प्रतिष्ठानमार्फत एमालेलाई गाडी उपलब्ध गराएकोमा मास्केले माघ १९ अघिको तत्कालीन देउवा सरकारमा संलग्न एमालेसित गोप्य रूपमा आफूलाई संरक्ष्ाण गर्न आग्रह गरेका थिए ।

उता माओवादी अध्यक्ष प्रचण्ड र नेता डा. बाबुुराम भट्टराईले बूढानीलकण्ठका व्यवसायी राजुु श्रेष्ठको निसान गाडी जबर्जस्ती कब्जामा लिएर प्रयोग गरिरहेका छन् । निसान पेट्रोल बा५च १८१७ नम्बरको ल्यान्डत्र'mुजरलाई नेताद्वयले नम्बर फेरिफेरि चढ्ने गरेका छन् । श्रेेष्ठलाई चरम यातना दिई माओवादीले उक्त गाडी लुुटेर लगेका थिए ।

दुुरुपयोग रोक्नुुपर्ने अख्तियार दुुरुपयोग अनुुसन्धान आयोग स्वयं पनि गाडी दुुरुपयोगमा अगाडि छ । उसले प्राधिकरणको गाडी नम्बर प्लेट परिवर्तन गरेर अनधिकृत प्रयोग गरिरहेको छ । परिवर्तित नम्बर प्राधिकरणलाई समेत थाहा छैन ।

प्राधिकरणकै १२३८ र १२६५ नं. को दुुईवटा गाडी शाही संकटकालदेखि नेपाल प्रहरीले लगेको अझै फिर्ता भएको छैन । प्राधिकरणका ७ सय ७९ गाडीमध्ये १९ वटा कसले उपयोग गरिरहेको छ, प्राधिकरणलाई नै थाहा छैन । प्राधिकरणले आपmना गाडीबारे छानबिन गर्न गठन गरेको समितिका अनुुसार गाडी मर्मत र इन्धन खर्चका नाममा वाषिर्क तीन करोड रुपैयाँभन्दा बढीको दुुरुपयोग हुुने गरेको छ ।

उपप्रधानमन्त्री केपी ओली, अर्थमन्त्री डा. रामशरण महत, उद्याेग वाणिज्य तथा आपूर्ति मन्त्री हृदयेश त्रिपाठीले सांसद सुुविधामा गाडी लिए पनि सरकारी गाडी उपयोग गरिरहेका छन् । सुुविधामा गाडी लिएकाले इन्धन सुुविधा लिन मिले पनि सरकारी गाडी लिन नैतिक रूपमा मिल्दैन ।

पूर्वस्थानीय विकासमन्त्री एवं कांग्रेस महामन्त्री रामचन्द्र पौडेलका गाडी चालकको तलब काठमाडौं महानगरपालिकाले तिरिदिँदै आएको छ । उनका चालक महानगरका कर्मचारी हुुन् । पौडेल अहिले शान्ति समितिको संयोजकको हैसियतमा अर्को सरकारी गाडी चढ्छन्, चालक भने तिनै महानगरका छन् ।

कोसँग कति गाडी ?
प्रधानमन्त्री कोइराला

- सुुविधाका गाडी २

- विद्युुत् प्राधिकरणको प्राडो १

- मेलम्ची आयोजनाको गाडी २

- सांसद सुुविधाको पजेरो १

- सीताराम प्रसाईंले बैंकबाट

दिलाएको गाडी १

माओवादी अध्यक्ष प्रचण्ड
- जबर्जस्ती कब्जामा लिइएको

व्यवसायीको निसान ल्यान्डक्रुुजर १ -बा५च १८१७ लाई नम्बर

फेरिफेरि प्रयोग)

एमाले महासचिव नेपाल
- सांसद सुुविधाको पजेरो १

- मनमोहन स्मृति प्रतिष्ठानको

गाडी १

शेरबहादुुर देउवा
- सांसद सुुविधाको पजेरो १

- विद्युुत् प्राधिकरणको गाडी १

सूर्यबहादुुर थापा
- मेलम्चीको ल्यान्डक्रुुजर १

- सांसद सुुविधाको पजेरो १

मन्त्री गोपालमान श्रेष्ठ
- सुुविधाको गाडी १

- मेलम्चीको गाडी २

राज्यमन्त्री ज्ञानेन्द्रबहादुुर कार्की
- सुुविधाको गाडी १

- प्राधिकरणको प्राडो १

जलस्रोत सचिव टीकादत्त निरौला
- सुुविधाको गाडी १

- मध्यमस्र्याङ्दीको गाडी १
 
Posted on 11-25-06 10:31 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

every political leaders in nepal is piece of shit !
 
Posted on 11-25-06 11:53 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

होईन माकुनेले मनमोहन प्रतिष्ठानको गाडी चढ्दा किन टाउको दुखाई? आखिर उ त्यसको chairman पनि रहेछ । होला गाडी दिने मान्छे चोर होला, तर दुरुपयोग गर्यो त भन्न मिलेन नि । माकुने का अरु कति खराब कर्तुत होलान, एमालेका आरू कुनै न कुनै नेताले पक्कै पनि सरकारी गाडी चडिरहेका होलान , तिनीहरुको प्रदाफास गर्नुपर्ने हो । तर माकुनेलाई यो प्रसगंमा जोड्नै पर्छ भन्ने हेतुले लेख लेख्न त भएन नि । पत्रकारिताको पनि त धर्म हुन्छ होइन र ?

माओवादीले पनि गाडी कंहाबाट ल्याउने ? किन्यो भने पनि चोर, चोरको गाडी खोस्यो भने पनि चोर ।

सवै नेताले साइकल मात्र चड्न पाउने नियम बनायो भने बरु कसो होला ?
 
Posted on 11-25-06 12:05 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बरु अबको बृहत सांसदका कतिले कुन कुन मन्त्रालयोको गाडी खोस्ने हुन, त्यो पनि हेर्न बांकी छ ।
 
Posted on 11-25-06 1:43 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ho ho, sathi ho ho
gaadi chahiyera nai chadhyo hola, baru tarakari ra saari kinna gayeko chha bhane samatnu ni, tesai badnaam gari rahechhan bichara neta haru lai.
 
Posted on 11-25-06 1:56 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Everybody need GADI. I also need gadi so do i go rob bank and buy one because I need. They are so called political leadres so they should follow the rules. If they do not want to follow then Why should we oppose King's behaviour.
 
Posted on 11-25-06 2:01 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

One more thing when political leader takes favor from MOLUWAS, Then they are bound to favor back illegally to them. I am amazed why Pradhikaran need PRADO when it is about to bankrupt. Do so called leaders care? NO, because they arre like Tain chor Mai chor.
 
Posted on 11-25-06 3:08 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

We had start to assasinate these Nepali criminals and corrupted crooks... If government and political change does not work.

That would be the best soolution for the shake of mother land and future of Nepal.
 
Posted on 11-25-06 3:35 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

yes, its morally wrong to have vehicles from other agencies. But you have to think on their sides too. Ekjana MP ko pachhadi ta sayaun jillabasiharuko bheed lagchha, yo tyo adda adalatma kaam garaidina, bhansoon garidina. yadi tiniharuko lai nai bhanum, satto sarape ta bhaihalthyo ni, pura ka pura gaun nai bhdkai dinchha. Kaam garai dim, khana khana pani dem bhane pani thaam samma puryaauna gaadi nabhai hunna, taxi chadhera jaa bhanera gamle kasari bahanm, afno khaltiko paisale taxi chadhera jaa bhanna lai bank lutnu parne hunchha, aba tapain nai bhannus, mero manyabar mitra, kunai sasthaan wa office ko 1ota gaadi kaam ma lagauda yatro halla kina? deshbasiko kaam garnu garaunu aparaadh bhaye, girija makune lai jhundyai diye hunchha, anyatha basatawikata na bujhi gaali garne baani lai chhodnu parchha. Pahila hami ra hmara gamle daju bhaile afni baani bybahar sudharnu paryo, neta lai na chaine kaam garna baat roknu paryo. jagir chaihyo, aspataal bharna chaiyio, airport samma gaadiko byabastha gari dinu paryo, gaam jana lai kharcha dini paryo aad ityaadi samasya liyera netako durbar dhauna kahile chhodne hami le? Amrika ma basera Nepal ko dharataliya wastawikta nabujhi aadrsha chhatnu sajilo chha, teha ko marm sanga atmassath garna sikam saathi haru.
 
Posted on 11-25-06 4:40 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

होइन यो हाम्रो पत्रकार साथी हरु लाई जान्दिस् लायेछ क्य रे। अनि प्रधान्मन्तरि र प्रचन्ड ले गाडि नचढे के भैसि चढेर बलुवातार्-सिन्हदर्बार् ओर्दोर् गर्ने त?
 
Posted on 11-25-06 4:43 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

bhute ji.
sateek marji bhaa chha, bhaisi chadhera .........................

aru lai chai, angur amilo bha jasto chha.
 
Posted on 11-25-06 5:32 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जे चढे पनि सुख छैन पत्रकारको नजर मा......
 
Posted on 11-25-06 8:32 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

फाइनल कुरो गर्ने हो भने यि नेताहरु लाइ साइकल नै ठीक होला जस्तो छ ।
 
Posted on 11-25-06 8:38 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Niyam le diyako gadi chadhnu parchha hola. Micro bus ma RS. 10 tirera hindunu parchha niyam le nadiya. Kya nai kam chha tee neta ko Gaf Bhuknu bahek. Arka ko gadi hadper chadhne ho bhane Danka ko Byabsay garnu parchha Politics haina. Sano Chor Pachhi Gayar Danka, Jyanmara Banchha.
 
Posted on 11-25-06 9:09 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Bhok lage pachhi Nalute ke garne. Good job Maobadi.
Maoists loot paddy crops

Kantipur Report


TULSIPUR, Dang, Nov 25 - A group of local leaders and cadres of the CPN-Maoist looted ready-to-harvest paddy crops from Rajpur of Dang, Deukhuri on Saturday.
Some 100 Maoists forcibly looted the paddy crops planted in four and half bigahs of land of Binti Ram Yadav, a local of Rajpur VDC-6, Nausara, informed family source of Yadav.

The Maoists also fired at air when locals opted to protest them after urging them not to continue such actions at a time of ongoing peace agreement, said Basanta Yadav, a local.

They were in a combat dress with weapons, he added.
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 7 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
nrn citizenship
जाडो, बा र म……
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters