खोला र तिर्खा
शिव प्रकाश
प्रिय ! तिमी किन सधैं
आफू खोला बनिरहन चाहन्छौ !
मलाई मात्र सधैं
किन तिर्खा बनाइहरन्छौ ?
आखिर तिमी पनि त तिर्खाएकी हुन्छौ ।
प्रिय ! तिर्खा नलाग्दो हो त
सायद खोलाको महत्व नै के रहन्छ !
हो, प्रिय ! खोला नहुँदो हो त
तिर्खा पनि सायद सधैं तिर्खाइरहन्छ !
प्रिय ! मलाई लाग्छ,
खोला र तिर्खा त
अद्भूत प्रेमी-प्रेमिका हुन्
प्रेमका अनुपम उपमा हुन्
खोला र तिर्खा
जब प्रेम-प्रणयमा समाहित हुन्छन्
अनि कहिले
तिर्खा खोला बनेर बहन्छ
अनि कहिले
खोला तिर्खा बनेर प्यास मेटाउँछ ।
प्रिय ! यसरी नै खोला र तिर्खा
आफू-आफूमा भावना साट्छन्
आफूभित्र अर्कोलाई
अर्कोलाई आफूभित्र भेटाउँछन्
हो, प्रिय ! खोला र तिर्खा
यसरी नै बाँचेका हुन्छन्
हरैंचा/मोरङ, हाल: बोष्टन/अमेरिका