[Show all top banners]

Jawala
Replies to this thread:

More by Jawala
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 2]

Meetra

Nepali24
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 डीभी परेर अमेरिका
[VIEWED 1280 TIMES]
SAVE! for ease of future access.
Posted on 12-04-06 10:19 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

डीभी परेर अमेरिका



रामप्रसाद बस्याल


निजामती सेवाको अधिकृत जागिर छाडेर अगस्ट १६ का दिन एउटा अत्यन्तै कठिन र जोखिम यात्रामा दुई नाबालक छोरा र श्रीमतीसहित डीभीमार्फत अमेरिका प्रवेश गरेँ ।
नेपालीहरू विदेशिने क्रम यो डीभी चिठ्ठाले मात्रै सुरु गरेको होइन । प्रथम विश्वयुद्धमा नेपालीले विदेशीका तर्फबाट विदेशीहरूकै माटोमा लडाइँ लडेर भिक्टोरिया क्रस पाएको सर्वविदित छ । चौडा छाती र दरिला पाखुरा भएका सल्सलाउँदा नेपाली युवाहरू अझै पनि बेलायत र भारतीय सेनामा भर्ना हुन्छन् । म विद्यार्थी छँदा गोर्खा सैनिक भर्ती बन्द गर भनेर खुबै नारा सुनिन्थ्यो । तर विदेशी सेनामा नेपाली युवा भर्नाको क्रम अद्यापि रोकिएको छैन । अपितु नेपालीको अहिलेको स्थिति अझै कठिन र समवेदनशील बन्न पुगेको छ । त्यसैले विगतमा भारत, बर्मा, हङकङ र बेलायतमा सीमित नेपालीहरू यतिबेला कोरिया, जापान, मलेसिया लगायत खाडी राष्ट्रमा समेत अदक्ष्ा मजदुर र घरेलु कामदारका रूपमा विदेशिन्छन् । खाडी राष्ट्र धार्मिक, सामाजिक र आर्थिक रूपले समेत नेपाली विदेशिनलायक मुलुक होइनन् । आज नेपाली दिदी-बहिनीहरूसमेत खाडीका राष्ट्रमा घरेलु कामदारका रूपमा विदेशिएका र त्यसक्रममा अनेक यातना, प्रताडना व्यहोर्नुपरेको खबर प्रायशः सुनिरहनुपरेको छ । इराकमा एकजनालाई छुराले घाँटी रेटेर र एघारजनालाई बन्दुकले गोली हानेर मृत्युवरण गर्न बाध्य पार्दाको चित्कार टेलिभिजनमा हेरेँ । त्यो घाँटी रेटिएर मृत्युवरण गर्ने नेपालीको चित्कार सायद म जीवनपर्यन्त भुल्नसक्ने छैन । यी सबै कटुसत्यका बाबजुद आजसम्म पनि नेपालको राजनीतिले नेपाली जनताका लागि आशाको ज्योति जगाउनसकेको छैन । आम नेपालीका लागि मातृभूमि नेपाल फगत एउटा बासमात्रै बन्न पुगेको छ । उसले परिवारको भरणपोषण त सदीयौंदेखि विदेशीको सेवा गरेर गर्दै आएको छ । राष्ट्र हुनुको मोज त राजा र राजपरिवारलाई, उनका वरपर घुम्ने चम्चाहरूलाई, टाठाबाठा भनाउँदा नेतालाई र यिनकै वरपरका आसेपासेलाई बाहेक बाँकी नेपालीका लागि आकाशको फल नै हो ।

विदेशिन खोज्ने नेपालीलाई रोक्ने, विदेशिएकालाई स्वदेश फर्काउने र स्वदेशमा नै काम गर्न उत्साहित गर्ने कुराका सन्दर्भमा प्रदीप नेपालका भनाइ सान्दर्भिक छन् । तर उहाँले वर्णन गर्नुभएको दुःख र डीभी चिठ्ठा भर्दै भर्नुहुन्न भन्ने कुरामा मेरो प्रतिक्रिया भिन्न छ ।

अमेरिका विश्वको अति विकसित र सम्पन्न राष्ट्र हो । अमेरिकी राजनीतिक नेताहरू भाषण गर्दा अमेरिकालाई न गोराको, न कालाको, न अरू कुनै स्पेनिसको, न अरू कुनै वर्ग वा जातिको मात्रै अमेरिका नभएर साँच्चै नै संयुक्त राज्य अमेरिका भएको कुरा गर्वसँग गर्छन् । यथार्थमा पनि संसारभरिका मान्छे एउटै देशमा बस्न पाइने विश्वको एकमात्र मुलुक अमेरिकामात्रै हो । यत्रो विशाल विविधताबीच अमेरिका एउटा पद्धतिले चल्ने र कानुनको सर्वाेच्चतालाई कायम राखेर दिन-प्रतिदिन अझै सक्ष्ाम भएर अगाडि बढ्दो छ ।

अब म डीभी चिठ्ठाबाट अमेरिका आउनेमध्ये केहीको प्रतिकात्मक उदाहरण पेश गर्न चाहन्छु । म बस्ने एपार्टमेन्टसँगै डीभी चिठ्ठाबाट आएका दुईजना भाइहरू सँगै बस्छन् । उनीहरू बस्ने एपार्टमेन्टमा एउटा मानिसलाई घरमा नभई नहुने सबै सुविधा उपलब्ध छ । दुवैजना बिहान आ-आफ्नै कारमा कलेज पढ्न जान्छन् । कलेज सकेर त्यतैबाट काममा जान्छन् । यसरी अमेरिका प्रवेश गरेदेखि आफ्नै कमाइको भरमा सुन्दर भविष्य कोर्न उनीहरू व्यस्त छन् । आज विद्यार्थी छँदाकै घडीमा पनि उनीहरूले नेपालमा भएका बाबु-आमा, भाइ-बहिनी सबैलाई सक्दो सहयोग गरेका छन् । नेपालमा दूरक्ष्ाितिजसम्म देखिएको अन्योलग्रस्त जीवनका बाबजुद आज उनीहरू ढुक्क र भविष्यप्रति आशावादी छन् ।

मसँगै एकजना बहिनी डीभीबाट आएकी छन् । उनले कामको साथसाथै नर्सिङ पढाइलाई अघि बढाएकी छन् । यतिबेला उनीसँग 'प्राक्टिकल नर्स' को लाइसेन्स छ । अबको दुई वर्षमा उनी रजिष्टर्ड नर्स बन्छिन् । अमेरिकामा एउटा नर्सको आम्दानी वाषिर्क ६० देखि ८० हजार डलरसम्म छ । उनी विवाहका लागि धनी बाबुको छोरोभन्दा पनि शिक्ष्ाित र सज्जन युवकको खोजीमा छिन् । उनलाई जीवनमा लोग्नेले पाल्ला वा नपाल्ला भन्ने कुराको रत्तिभर चिन्ता छैन । अमेरिकी वातावरण र शिक्ष्ााले उनलाई वास्तवमा एउटा सबल नारीको रूपमा तयार गर्दैछ ।

म मेरो आफ्नै कुरा पनि यहाँनेर प्रस्तुत गर्न उपयुक्त ठान्छु । मैले निजामती सेवामा बीस वर्षसम्म काम गर्दा न कुनै अचल सम्पत्ति जोड्नसकेँ, नत कुनै बैंक ब्यालेन्स नै । मेरा दुई छोराहरूको शिक्ष्ाादीक्ष्ााको प्रबन्ध कसरी गर्ने भन्ने चिन्ताले चिन्तित थिएँ । एसएलसीसम्म त त्यति समस्या थिएन । तर एसएलसीपछि कलेज पढाउन साँच्चै नै मलाई सहज थिएन । छोराहरूलाई पढाउन र एउटा बासको व्यवस्था गर्न निजामती सेवामा कमाइ हुने अड्डामा सरुवा गराउने विकल्प हुँदै नभएको त होइन । तर मेरा लागि त्यो त्यति सहज र आकर्षक भने थिएन । डीभी चिठ्ठा नपरेको भए यतिबेला कमाइ हुने अड्डाको खोजीमा मैले पनि आम कर्मचारीसरह माननीय मन्त्री र श्रीमान् सचिवहरूकहाँ जानैपथ्र्याे । यो डीभी चिठ्ठाले मलाई भविष्यमा के दिन्छ वा दिँदैन, त्यो त म भन्न सक्दिन । नेपाल आमाको पसिना पिए पनि यसले मलाई नेपाल आमाको रगत चुस्ने पापबाट जोगाएको छ । छोराहरूलाई हार्वर्ड, एमआइटी वा यस्तै नाम चलेका कलेज पढाउने सपनामा अमेरिकामा हर प्रयास गर्दैछु । अमेरिका बसेर मातृभूमि नेपालको ऋण कसरी तिर्ने होला भनेर मनमा कुरा पनि आइरहन्छन् ।

मेरो दृष्टिकोणमा मानिसको जीवनमा हेर्नु र पुग्नुपर्ने ठाउँमध्ये अमेरिका एक प्रमुख ठाउँ हो । अमेरिकामा मिहेनत गर्नेले, बुद्धिको प्रयोग गर्नेले कहिल्यै दुःख पाउनु पर्दैन । वास्तवमा नै अमेरिकामा अवसरहरू अत्यन्तै प्रबल छन् । म बेलाबखत बडो गम्भीर भएर सोच्ने गर्छु । मेरो गाउँमा हलो जोत्ने दलित भाइलाई यो डीभी पर्दो हो त उसका लागि यो जीवन कत्रो उपहार हुँदो हो । न जातिपाती र छुवाछूत छ, नत पहुँच हुने र नहुनेको सवाल छ । आफ्नो मिहेनतका भरमा आत्मसम्मानका साथ जिउन यहाँ उसलाई कसैले छेक्दैन । सबैका लागि उपलब्ध सबै अवसर उसलाई पनि यहाँ खुला रूपमा प्राप्त छ । यस सन्दर्भमा नेपाली उत्पीडित, दलित जातिलाई अमेरिकी सरकारले अमेरिका प्रवेश गराउन लचिलो नीति लिइदिओस् भन्ने मेरो कामना छ । जातीय विभेदको पीडा नेपाली कानुनले भन्दा अमेरिकी वातावरणले सहजै निको पार्न सक्छ ।

त्यसैले डीभी चिठ्ठा भर्ने कि नभर्ने भन्ने विषयमा निर्णय गर्न नेपाली दाजुभाइ-दिदीबहिनीलाई सहयोग पुर्‍याउन अमेरिका कसका लागि लाभप्रद र कसका लागि कष्टप्रद भन्ने देहायको विभाजन प्रस्तुत गर्छु-

लाभप्रद

-१) दलित, उत्पीडित तथा सामाजिक र आर्थिक रूपले पछि परेका समुदायका लागि अमेरिका अत्यन्तै लाभप्रद ।

-२) बेरोजगारहरूका लागि लाभप्रद ।

-३) मिहेनत र परिश्रममा बाँच्छु भन्नेहरूलाई लाभप्रद ।

-४) युवायुवतीलाई लाभप्रद ।

-५) अध्ययन, अनुसन्धान गर्न चाहनेलाई लाभप्रद ।

कष्टप्रद

-१) अरूमाथि हैकम चलाएर बसी-बसी खान पल्केकाहरूलाई अमेरिका अत्यन्तै कष्टप्रद ।

-२) पेसागत रूपमा एउटा करियर बनाइसकेकाहरूलाई त्यो पेसा छाडेर अमेरिकी चुनौती सामना गर्न अति कठिन ।

-३) नेपालमा घूस खाने वा भ्रष्टाचारबाट सम्पत्ति जोड्ने सम्भावना र इच्छा हुनेलाई अमेरिकामा मिहेनत गरेर आर्थिक रूपमा सम्पन्न हुन साह्रै गाह्रो ।

-४) अधबैंसे र वृद्धहरूलाई धेरै कठिन ।

-५) अध्ययन, अनुसन्धान गर्ने उद्देश्य नभएकाहरूलाई जीवन उद्देश्यहीन ।

मातृभूमि छाडेर बसाइँ सर्नेहरूको जीवन चुनौतीपूर्ण हुन्छ । आर्थिक रूपले सम्पन्नता हासिल गर्न सक्दाका घडीमा पनि सामाजिक र सांस्कृतिक अभाव सदैव खट्किरहन्छ । प्रथम विश्वयुद्धताका बर्मा जाने नेपालीहरू अझै स्वदेश र्फकंदैछन् । विदेशी विश्वविद्यालयमा अध्यापन गर्ने पीएचडी गरेको नेपाली प्राेफेसरभन्दा आफ्नै गाउँको प्राइमरी स्कुल शिक्ष्ाक निश्चय नै महान् हो । त्यस शिक्ष्ाकलाई मेरो कोटीकोटी नमस्कार छ । तर यी सबैका बाबजुद विदेश जाने नै हो भने सबैभन्दा उत्तम थलो विश्वमा संयुक्त राज्य अमेरिका नै हो ।

- http://www.kantipuronline.com/kolnepalinews.php?nid=93474
 
Posted on 12-04-06 11:14 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 90 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration
What are your first memories of when Nepal Television Began?
निगुरो थाहा छ ??
Basnet or Basnyat ??
Sajha has turned into MAGATs nest
NRN card pros and cons?
Nas and The Bokas: Coming to a Night Club near you
Will MAGA really start shooting people?
Democrats are so sure Trump will win
मन भित्र को पत्रै पत्र!
Top 10 Anti-vaxxers Who Got Owned by COVID
TPS Work Permit/How long your took?
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
Breathe in. Breathe out.
3 most corrupt politicians in the world
Dementia Joe has been selected to become the next President
Trumpism project 2025 everyone should read https://www.project2025.org/
आज बाट तिहारको सेल सकियो
चितवनको होस्टलमा १३ वर्षीया शालिन पोखरेल झुण्डिएको अवस्था - बलात्कार पछि हत्याको शंका - होस्टेलहरु असुरक्षित
शीर्षक जे पनि हुन सक्छ।
Nas and The Bokas: Coming to a Night Club near you
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters