मेरि आमा आज अर्ध हासोमा छिन्
छोरा हरु सान्त भएका छन्
मेरि आमा पुरै हास्न पाएकि छैनन्
छोरा हरु अझै अन्स बन्डा मै बेस्त छन्
भाइले दाइ र दाइ ले भाइ मारेको सुन्न नपर्दा
मेरि आमको रक्तचप् घटेको छ अहिले
बुहारिहरुको सिउदो पोछिन कम् भएको सुन्दा
मेरि आमको टाउको दुख्न कम् भएको छ अहिले
तर
आमा सङ कुनै जवाफ् छैन
बुहारि ले किन उस्को सिउदो को सिन्दुर् जवानि मै पुछियो भनेर सोध्दा
आमा सङ चुप्चाप् सहनुको बिकल्प छैन
कलम बोक्ने हातमा बन्दुक् थमाउने छोर हरु कै तालम लाग्नु पर्दi
बिवस् छिन् मेरि आमा
कसरि बिगृयो घर् उन्को उन्लाइ थहा नै भएन
कलम् थमाएकi हाथरुले किन रोजे बन्दुक्,थiहा नै भएन
एका तिर बिदुवा बुहारि हरु को मुख् हेर्दा
घर् बोलाउन मन थिएन इ मोराहरुलाइ
मुन्टो फर्कएर बसु भने
फेरि देख्ने इच्छा छैन टुहुरi छोरi हरुलाइ