[Show all top banners]

lovehater
Replies to this thread:

More by lovehater
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 Doctor Sexually abuse a nepalese girl
[VIEWED 4480 TIMES]
SAVE! for ease of future access.
Posted on 12-10-06 3:01 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कोरियाली चिकित्सकले यौनशोषण गरेको आरोप



सुरज कुँवर


ललितपुर, मंसिर २३ - 'श्रीमती बनाउँला भन्नुहुन्थ्यो,' नेपालमा कार्यरत एक कोरियाली चिकित्सकबाट यौनशोषण हुँदै आएको उल्लेख गर्दै २३ वषर्ीय पुनम -नाम परिवर्तन) ले भनिन्- 'अहिले त घरैबाट निस्कनुपर्‍यो । ज्यानको सुरक्षा पनि छैन ।'
एक दशकदेखि नेपालमा क्लिनिक, चर्च र बालगृह सञ्चालन गर्दै आएका स्वाङ क्वाम किमबाट यसरी आफू अन्यायमा परेको यसरी कान्तिपुरलाई सुनाइन् । आफ्नो सुरक्षा, क्ष्ातिपूर्ति र पीडकलाई कारबाही माग गर्दै उनी शुक्रबार ललितपुर प्रहरीमा पुगेकी छन् । किमले उनलाई गत वैशाखमा घरबाट निकालिदिएका थिए । घरनिकाला भएपछि माओवादीको शरणमा गए पनि 'जनअदालत' भंग भएकाले यसबारे सुनुवाइ भएन ।

किमले यौनशोषण सार्वजनिक गरे बालगृहमा रहेका आफ्ना छोरालाई निकालिदिने धम्कीसमेत दिएको उनले बताइन् । किमले पहिलो पटक बेहोस बनाई जबर्जस्ती गरेको उनको आरोप छ । 'रुघा लागेका बेला निको हुने औषधि खान दिन्छु, भनेर आफ्नो कोठामा बोलाए,' उनले भनिन्- 'झोल औषधि खान दिए, त्यसपछि बेहोस भएछु ।' बेहोस अवस्थामा अनुचित कार्य गरेको आफूले होस खुलेपछि मात्र थाहा पाएको उनले बताइन् ।

पुनमका अनुसार उनीमाथि जबर्जस्ती भएको दिन किमकी श्रीमती सहारा कोरियाबाट आएको टिमसँग भारत भ्रमणमा गएकी थिइन् । त्यसपछि किमले भान्सा, ग्यालरीलगायत एकान्तमा संवेदनशील अंग चलाउने, जबर्जस्ती गर्न खोज्ने, सुतेको कोठामा जबर्जस्ती पस्ने गरेको उनको आरोप छ । किमकी श्रीमती सहाराले भने पतिको त्यस्तो चरित्र नपाएको दाबी गरिन् ।

किमसँग भएको आफूले यौनशोषणबारे गरेको विवादको पुनमले अडियो रेकर्ड गरेकी छन् । रेकर्डमा उनले आफ्नो बदनाम हुने कुरा नगर्न धम्की दिएका छन् । त्रिभुवन विश्वविद्यालयको सिफारिसमा किम ६ वर्षदेखि अफिसियल भिसामा नेपाल बस्दै आएका हुन् ।

कोरियाको काङनाम विश्वविद्यालयले त्रिविसँग गरेको विशेष शिक्षा सम्झौताअनुसार उनी संयोजकका रूपमा कार्यरत छन् । 'सम्झौताअनुसार उनले काम गरेको पाइएको छैन,' विश्वविद्यालय शिक्षा संकायअन्तर्गतका एक प्राध्यापकले भने- 'विश्वविद्यालयले यसको अनुगमन गर्नुपर्छ ।'

किमले श्रीमतीको नाममा काठमाडौं मीनभवनमा नेपाल कोरिया डोनसाङ क्लिनिक नामको निजी क्लिनिक सञ्चालन गर्दै आएका छन् । यसबाहेेक उनले भैंसीपाटीमा एन्जेल्स बालगृह, कुपन्डोलमा मिस्पा चर्च, सानेपामा कोरियन चर्च, नवलपरासीमा शान्ति चर्च र विराटनगरमा पथरी चर्च पनि सञ्चालन गरेका छन् । राजधानीअघि उनी डोटीको दीपायलमा सुजन बोर्डिङ स्कुल चलाउँथे । किमका एक छोरा र एक छोरी अमेरिकी सरकारद्वारा सञ्चालित लिङकन स्कुलमा अध्यनरत छन् ।

पुनमको उजुरीपछि ललितपुर प्रहरीले आइतबार कारबाही प्रक्रिया सुरु गर्ने बताएको छ । किमले भने पुनमको आरोप झूटो भएको

बताए । उनले सम्पत्तिको लोभमा केही व्यक्तिले पुनमलाई उचालेको दाबी गरे । 'उनले मेरो घर छोडेको ७ महिना भयो । अहिले आएर किचलो गरेकी छन्,' उनले भने- 'मेरो सम्पत्ति देखेर यो आरोप लगाएको हो ।'

पुनमले भने छोरालाई निकालिदिने धम्की दिएको र कानुनी प्रक्रिया थाहा नपाएकाले घटना सार्वजनिक गर्न ढिला भएको बताइन् ।

पुनम २०६० भदौमा उनको भैंसीपाटीस्थित निवासमा कामदारका रूपमा आएकी थिइन् ।



Posted on: 2006-12-09 22:07:21
 
Posted on 12-10-06 4:51 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

hmmm my work starts here ..........
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 7 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
ढ्याउ गर्दा दसैँको खसी गनाउच
जाडो, बा र म……
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters