[Show all top banners]

saroj

More by saroj
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 1]

raju161
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 अमेरिकामा नेपालीहरु
[VIEWED 1006 TIMES]
SAVE! for ease of future access.
Posted on 12-14-06 2:24 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

How accurate is the writers classification of Nepalis living in the US?

अमेरिकामा नेपालीहरु - from mysansar.com
-अभय अधिकारी/अमेरिका-

अमेरिकामा चार किसिमका नेपालीहरु छन्-
१) अमेरिकामा सबैभन्दा लामो समयदेखि बस्ने नेपालीहरु जसको आगमन ४० वर्ष कटेको छैन। उनीहरुमा नेपालप्रतिको आस्था अगाध छ । तर तिनका छोराछोरीहरुलाई नेपालप्रति न कुनै लगाव छ, न कुनै त्यस्तो मोह छ ।
२) अर्का खाले नेपालीहरु जो आजभन्दा २०-२२ वर्षअघिदेखि अमेरिकामा बसोबास गर्दै आएका छन्। नेपालप्रतिको लगाव भन्दा पनि आफ्नो रिटायर्ड जीवन भने नेपालमै बिताउन पाए हुन्थ्यो भन्ने चाहना उनीहरुमा पनि रहेको पाइन्छ।
३) अर्को एक खालका नेपाली छन् जसको जीवनचर्या पढाइमा व्यस्त छ । उनीहरुले वर्षको लगभग चौध-पन्ध्र हजार डलर कलेजमा शुल्क बुझाउनुपर्ने हुन्छ। त्यसका लागि उनीहरुले यति धेरै मेहनत गर्नुपर्ने हुन्छ कि आफ्नो जीवन मेसिन नबनाउने हो भने उसले पढ्नै सक्दैन ।
४) अब अर्का खाले नेपालीहरु छन्, जो नेपालबाट कमाउन कै लागि भनेर अमेरिका जुनसुकै उपायबाट पनि छिरेका छन् र जो डीभी परेर अमेरिका पसेका छन्।

*****
अमेरिकामा रहेका नेपालीहरुको जीवनचर्याका बारेमा केही वर्षयतादेखि नेपालका पत्रपत्रिकाहरुमा विभिन्न टिकाटिप्पणी गरेका लेख रचनाहरु आउन थालेका छन्। अमेरिका संसारभरकै मानिसहरु जम्मा भएको थलो हो । यहाँ जुनसुकै मुलुकका मानिसहरु पनि पाउन सकिन्छ । चाहे बेलायतीहरु हुन् चाहे धनी राष्ट्र कहलाहिएका अरब राष्ट्रका नागरिकहरु हुन्, अमेरिकामा बस्ने मोह उनीहरुलाई उत्तिकै छ ।

सन् १९९० पछि डीभी भिसाबाट तथा विद्यार्थी बनेर आउन थालेका नेपालीहरुको चाप निक्कै बढ्न थालेको छ। नेपालका पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मको प्रतिनिधित्व गर्ने नेपालीहरु अमेरिकाका विभिन्न क्षेत्रमा पाइन्छन् । नेपालका तराईदेखि हिमाली क्षेत्रका नेपाली विभिन्न जनजातिहरुको पहिचान बोकेका नेपालीहरु अमेरिकाका विभिन्न भागमा छरिन थालेका छन् र ती जनजातिहरुले समेत आफ्नो पहिचान राख्नका लागि तामाङ सोसाइटी, नेवार सोसाइटी आदि गठन गरी बसेका छन्। त्यति मात्र हैन अमेरिकामा जातजातिप्रति कुनै चासो नराखिने भए पनि दलितहरु समेत ‘हामी दलित हौं’ भन्दै दलितको उत्थानका लागि भनेर सोसाइटी नै खोलिसकेका छन् ।

यति हुँदाहुँदै पनि नेपालका राजनीतिकर्मी, लेखक तथा साहित्यकार मात्र हैन घुम्न आएका पत्रकार र यहाँ बसेका पत्रकारहरुले आ-आफ्नै किसिमबाट नेपालीहरुको दैनिक जनजीवनका बारेमा लेखेका पाइन्छन् । कसैको लेखमा अमेरिकामा बस्ने नेपालीलाई भाग्यमानी ठानिएको छ भने कसैका लेखमा अमेरिकामा बस्ने नेपालीहरु भनेका दुखैदुःख मात्र गरेर बसेका छन्, त्यस्तो दुःख गर्न किन अमेरिका नै जानुपर्‍यो, त्यस्तो दुःख त नेपाल मै गरे पनि बाँच्न गार्‍हो छैन भन्नेहरु पनि नभएका होइनन् । एकाध जना अमेरिकामा बस्न नसकेर फर्केका नेपालीहरुलाई धन्य ठान्नेहरु पनि नेपालमा नभएका होइनन् ।

एक ठाउँबाट अर्को ठाउँमा बसाइँसराई गर्ने चलन आजको होइन। युगौंअघि तपाईं हाम्रा पुर्खा पनि कतै न कतैबाट बसाइँ सरेरै नेपाल पुगेका थिए। कुन जात कहाँबाट कसरी कहाँ पुग्यो भन्ने चर्चाको पछि अहिले नलागौं । यी अमेरिकनहरुको पुर्खा खोज्ने हो भने कोही न कोही कतै न कतैबाट यहाँ आएर बसोबास गरेका हुन् । यहाँका आदिबासी रेड इण्डियन त अल्पमतमा परिसकेका छन् जसको जगेर्ना गर्न अमेरिकी सरकारलाई नै हम्मेहम्मे छ ।

अहिले चर्चा गर्न खोजिएको विषय हो-नेपालबाट अमेरिका आएका नेपालीहरुको कथा-व्यथा र यहाँको जीवनदर्शनका बारेमा । वास्तवमा नेपालबाट अमेरिका आउनु भनेको जसले जे भने पनि नेपालीहरुका लागि भिन्दै ग्रह पुग्नु जतिकै हो । जुन ग्रहमा अनौठा मान्छेहरु बस्छन् । त्यहाँको संसारै अर्कै छ । भाषा फरक छ, भेषभूषा फरक छ, लवाइखवाइ फरक छ, नेपालमा दिन हुँदा अमेरिकामा रात हुन्छ । छ-छ महिनामा समयको काँटा आफै घुमाएर समय फरक पार्नुपर्छ आदि इत्यादी कुराहरु।

आफ्नो क्षेत्रको सांसद वा गर्भनर भेट्न कुनै चाकरी बजाउनुपर्दैन । यहाँ काम गर्ने ठाउँमा हाकिमलाई चाकरी पुर्‍याइरहनुपर्दैन, साथीकै दर्जामा राखेर काम गरिहेका हुन्छन् । समयलाई सबैले बुझ्न सक्नुपर्छ र बुझेका हुन्छन् । एक बजे समय दिएको छ भने त्यो समयभन्दा पाँच मिनेट पनि तलमाथि हुँदैन । समयमा आउन नपाएमा अग्रिम खबर गर्नु आउने जानेको कर्तव्य हो र त्यो अनुशासनभित्र पर्छ । पसलमा जाँदा ग्राहकलाई पसलले आदर र सत्कार गर्नु, ग्राहकको अधिकार सँधैं सुरक्षित गर्नका लागि कानुन नै छ ।

यस्तो देशमा अमेरिकी सरकारको पाहुना भएर वा नेपाली जनताले तिरेको करबाट अमेरिका घुम्न आएका नेपाली नेता या लेखक, कविहरुले अमेरिका आएर दुई दिन कसैको घरमा बसेर, मोटरमा चढाएर केही दिन घुमाएको भरमा मैले अमेरिका यस्तै रहेछ भन्दै सबै बुझेँ भन्नुमा कुनै तुक छैन । जुन कुरा यहाँका अमेरिकीहरुले नै पनि त्यति धेरै बुझेका हुँदैनन् भने दुई साता घुम्नेहरुले यहाँको वस्तुस्थिति के बुझे होलान् ? अमेरिका अल्छीहरुका लागि बस्ने ठाउँ पटक्कै होइन । किनकि, हो, यहाँ श्रमको मूल्य छ।

अब जाऔं नेपालीहरुको जीवनचर्याका विषयमा, अमेरिकामा सबैभन्दा लामो समयदेखि बस्ने नेपालीहरुको आगमन ४० वर्ष कटेको छैन । त्यस्ता केही गन्न सकिने नेपालीहरु अमेरिकाका विभिन्न राज्यमा राम्रो सेवा गरेर बसेका छन् । उनीहरुमा नेपालप्रतिको आस्था अगाध छ । तर तिनका छोराछोरीहरुलाई नेपालप्रति न कुनै लगाव छ, न कुनै त्यस्तो मोह छ । त्यो स्वाभाविक हो। किनकि उनीहरुले नेपाल भनेको आफ्ना बाबाआमा जन्मेको देश भन्नेसम्म मात्र बुझेका हुन्छन् ।

त्यस्तै अर्का खाले नेपालीहरु जो आजभन्दा २०-२२ वर्षअघिदेखि अमेरिकामा बसोबास गर्दै आएका छन्। तिनीहरु पनि तिनै पुराना नेपालीहरुमा पर्छन्। उनीहरु आ-आफ्नो क्रियाकलापमा व्यस्त छन् । घर परिवार राम्रोसँग चलाएका छन् । नेपालीहरुको नाचगान, भेलागोष्ठीमा पनि कहिले-कहिले भाग लिन्छन् तर नेपालप्रतिको लगाव भन्दा पनि आफ्नो रिटायर्ड जीवन भने नेपालमै बिताउन पाए हुन्थ्यो भन्ने चाहना उनीहरुमा पनि रहेको पाइन्छ। तर त्यो रिटायर्ड जीवन कहिलेदेखि शुरु हुने हो भन्ने उनीहरु कसैलाई थाहा छैन । किनकि अमेरिकामा ७० वर्षको व्यक्तिले पनि आफूलाई तन्नेरी नै ठान्छ। त्यसो त अहिले नै ७० वर्षभन्दा बढीका नेपालीहरु यहाँ त्यति धेरै त छैनन् तर गन्न सकिन्छ कति छन् भनेर। उनीहरु सबै आफ्ना परिवारका साथ छोराछोरीका साथ बसोबास गर्दै आएका छन् ।

अर्को एक खालका नेपाली छन् जसको जीवनचर्या पढाइमा व्यस्त छ । हो, उनीहरुलाई नेपालबाट आफ्ना बाबाआमाले यहाँ कलेजको खर्च धान्ने शुल्क पठाउँदैनन् । उनीहरुले वर्षको लगभग चौध-पन्ध्र हजार डलर कलेजमा शुल्क बुझाउनुपर्ने हुन्छ। त्यसका लागि उनीहरुले यति धेरै मेहनत गर्नुपर्ने हुन्छ कि कलेजको फी बुझाउने र आफ्नो दैनिक जीवन गुजारा गर्दै पढाइमा समेत अब्बल दर्जामै आइरहेका हुन्छन् ।

यसरी आफ्नो जीवन मेसिन नबनाउने हो भने उसले पढ्नै सक्दैन । पढ्न नसकेका कारण धेरै नेपाली विद्यार्थीहरुले कलेज पढ्न छाडेर काममा भासिएका पनि छन् । त्यसो त मेहनती विद्यार्थीहरुले वर्षको तीन महिनाको गर्मी विदामा दिनको १६ देखि १८ घण्टासम्म काम गरेर एक वर्ष कलेजको शुल्क तिर्न पुर्‍याउनेहरु पनि भेटिन्छन् ।

अन्य देशका विद्यार्थीहरुको तुलनामा जुन कलेजमा नेपाली विद्यार्थीहरु पुगेका छन् त्यो कलेजमा नेपाली विद्यार्थीहरुले सरदरमा नेपाली जातिकै राम्रो परिचय दिन सफल भएका छन् जसका कारण हरेक वर्ष नेपालीहरुको चाप वृद्धि हुने क्रम जारी छ ।

अब अर्का खाले नेपालीहरु छन्, जो नेपालबाट कमाउन कै लागि भनेर अमेरिका जुनसुकै उपायबाट पनि छिरेका छन् । तिनीहरु चाहे सरकारी सेमिनारमा भाग लिन आइपुगेका हुन् वा रोटरी क्लब, कुनै एनजीओको बैठक, कुनै पनि प्रकारले अमेरिका जान पाए हुन्थ्यो भन्ने बहानामा अमेरिका आएका हुन्, तिनीहरु भने अमेरिकामा डलर फल्छ र त्यो हामीले टिप्नुपर्छ भन्ने मानसिकता बोकेरै आएका हुन्छन्। तर यहाँ आएपछि उनीहरुले सोचे जस्तो र भने जस्तो अवश्य हुँदैन । ती नेपालीले पाउने काम भनेको भारतीय, पाकिस्तानी, बंगाली लगायतकाले चलाएका रेष्टुरेन्ट तथा ग्यास स्टेशनमा हो। त्यो पनि त्यस्ता स्टोरहरुमा कुनै पुरानो नेपाली काम गरिरहेको छ भने ।

यसैगरी अर्काखाले नेपालीहरु आजभोलि निकै आउन थालेका छन्। तिनीहरु हुन् डीभी लटरीवाला भरेर आउन्। यसको चर्चा नेपालमा अत्यधिक हुन थालेको छ र फेसनका रुपमा पनि हरेक वर्ष हजारौंले यो लटरी पर्ने आशामा फर्म भरेका हुन्छन् । नभन्दै केही वर्षयता डीभी पाउने नेपालीहरुको संख्यामा निक्कै वृद्धि भएको छ । त्यो वृद्धिका कारण आजभोलि नेपालबाट जुनसुकै खालका मान्छेहरु पनि अमेरिका आइपुगेका छन् । नेपालमा हुनखान पुग्नेमात्र हैन, खोजी खानुपर्ने अरब र मलेसिया जानका लागि हाम्फालेका नेपालीहरु समेत अमेरिका आइपुगेका छन् । जति धेरै नेपाली आइपुगेका छन् त्यति नै नेपालीले आफ्नो राम्रा मात्र हैन, नराम्रा पहिचान पनि साथमा लिएर आएका पाइन्छन् ।
डीभी लटरी परेर आएका हुन् वा अन्य कुनै परिबन्दले अमेरिका छिरेका हुन्, उनीहरुको चाहना आफूलाई सुखी राख्नु हो र नेपालको आफ्नो परिवारलाई आर्थिक सवल बनाउनु हो।

नेपाल सरकार आज विदेश पठाउने कोटाका लागि कहिले कोरियासित सम्झौता गर्छ, कहिले खाडी क्षेत्रमा कामदार पठाउन पाए हुन्थ्यो भन्दै खाडी मुलुकसँग हात जोड्छ । मुलुकको हालत यस्तो छ तर मुलुकका नेताहरु भने अमेरिका पुगेका नेपालीहरुका विषयमा कुरा उठाउँछन् र अमेरिका किन बसेका हुन्, नेपाल फर्किहाल भन्दै लेख छपाउँछन् । सायद तिनै नेताको हैसियत नेपालमा राख्ने हो भने त कुनै पनि नेपाली अमेरिका आउनुपर्दैन नि तर के गर्नु र, नेताको जस्तो हैसियत सामान्य नेपाली कसैको नभएका कारण नै आज सुखसाथ जिउनका लागि आम नेपाली कामको खोजीमा विदेशिन बाध्य भएका छन् ।

वास्तवमा नदेखिएको स्वर्गका बारेमा कसैले टीकाटिप्पणी गर्नु त्यो गर्नेकै मुर्ख्याइँ हो । त्यसैले टीकाटिप्पणी गर्न पनि पहिले आफूलाई बुझ्नुपर्छ । जसले आफ्नी छोरीलाई नेपालमै रहेर प्राइभेट कलेजमा राखेर डाक्टर पढाउने हैसियत राख्छ, अनि पजेरो सवार गर्छ । गौँथलीको गुँड भन्दै आलिसान अमेरिकाको भन्दा महँगो प्रविधिमा घर बनाएर काठमाडौंमा बस्छ, उसको लागि सायद अमेरिकामा काम गरिखाएका नेपालीहरुले दुःख गरेको ठहर्छ । चोरी गर्नु, जनता ढाँट्नु, फोहरी राजनीतिक खेल खेल्नेहरुका लागि सायद मेहनत र मजदुरी गरेकोमा डाहा लाग्नु स्वभाविकै हो । उनीहरुले यसलाई मेसिन ठान्नु पनि कुनै नौलो होइन ।

नेपाल फर्किनेलाई दुई पटक नमस्ते गर्ने नेता महोदयलाई ती इराकमा पुग्ने नेपालीहरु वा खाडी र मध्य युरोपमा घरेलु कामको खोजीमा जाने नेपालीहरुप्रति किन दया लाग्दैन ? किन त्यतातिर ध्यान जाँदैन ? त्यो पनि अब हामी अर्को कुनै लेखमा पढ्न पाउने थियौं कि ?

त्यस्तै ती नेताहरुलाई विदेशमा रोजगार जान पाउने आशामा लाखौंलाख रुपैयाँ दलाललाई खर्च गराउने नेपालीहरुको किन दया लाग्दैन ? त्यस्तो अवैध कामलाई त्यो नेताले सरकारमार्फत् रोक्ने जाँगर किन गर्दैन ? कतिपय नेताहरु स्वयम् नै अवैध ढंगबाट मान्छेलाई विदेश पठाउने काममा लाग्दा पनि थाहा हुने र आफूलाई जनताको नेता बताउनेले किन त्यो धन्दाको भण्डाफोर गर्न सक्दैन ? विदेशमा बसेका नेपालीले के गर्छन् या के गरिहेका छन् भन्दा पनि स्वदेशमा ठगी र दलालीमा परेका नेपालीहरुको उद्दारका लागि किन कसैले ध्यान दिँदैन ?

डीभीपीडितको समाचार पढ्दा

केही दिनयतादेखि अमेरिका आउन नपाउने डीभी पीडितहरुका नामबाट राजधानीमा आन्दोलन शुरु गरेको समाचार पढ्न पाइन थालेको छ । अमेरिकी सरकारले डीभी कस्तो कस्तो अवस्थामा पाउने नपाउने भन्ने कुरा समय समयमा आफ्नो वक्तव्यमार्फत् जानकारी दिँदादिँदै पनि ती पीडितहरुले अमेरिका जाने नाममा जस्तासुकै तवरका कागतपत्र समेत बनाउन चुकेनन्। आज त्यस्तै कारणवस् अमेरिकी दूतावासले भिसा नदिनाले कतिपयको लाखौं रुपैयाँ डुवेको छ, कतिको अमेरिका आउने सपना चकानाचुर भएर होस गुमेको जस्ता कुराहरु आइरहेका छन्। यसको दोषी को ? भिसा नदिने अमेरिकी सरकार ? भिसाका लागि जवरजस्ती गर्ने डीभी प्रापक वा भिसा जसरी भए पनि हामी दिलाइ छाड्छौं भन्ने डीभीका दलाल ? वा नेपाल सरकार ?

यसको उत्तर सजिलो छ । डीभी पर्दैमा भीसा पाउने सम्भावना हुँदैन भन्ने जान्दाजान्दै पनि अमेरिका जाने नाममा जसरी नक्कली कागजात बनाउने जस्ता काम हुन्छ त्यसको कारणले आज सयौं नेपालीले दुःख पाएका हुन् अन्य कुनै कारण होइन ।

आज नेपाल सरकार खाडी राष्ट्र, मलेसिया, कोरिया लगायतका विभिन्न राष्ट्रका लागि कामदार पठाउन आतुर छ भने डीभी जस्तो सुलभ मौका पाउँदा सरकारले डीभीका लागि भनेर आफैं लागि परेर हुलाक सेवा समेतले राजश्व आम्दानी गरी डीभीका लागि प्रोत्साहन दिनु स्वभाविक हो ।

तर अमेरिकी सरकारले दिएको स्पष्ट सूचनालाई कुनै ख्याल नगरी दलालहरुमार्फत् जुन डीभीका लागि काम भएको छ त्यो नै यसको मुख्य कारक तत्व हो ।
डीभी परेका कतिपय निरीह नेपाली युवाहरुले आफ्नो कुनै हैसियत नभएपछि अमेरिकासम्म पुर्‍याउने सहमतिमा कसैकी श्रीमती समेत आफ्नी श्रीमती बनाएर ल्याएका छन् भने कतिले कुनै केटी अमेरिकासम्म ल्याइदिनका लागि नक्कली बिहे गरेर कतिपय बाठी केटीहरु समेत अमेरिका आइपुगेका छन् ।

त्यतिमात्र हैन कतिपय विवाहित युवतीहरुलाई डीभी परेपछि उसको अमेरिकामा कुनै आफन्त नभएका कारण त्यसको फाइदा अर्को एक विवाहित युवकले लिएर अर्काकी श्रीमती आफ्नो बनाउँदै अमेरिका छिरेका कहानीहरु समेत प्रशस्त छन् । अमेरिका छिर्ने नाममा यस्ता अवैध धन्दा गर्दै आएका नेपालीहरुका कारणले पनि आज आएर अमेरिकी दूतावासले कडाइ गर्न थालेको हुनसक्छ ।

नेपालीलाई ठग्न बाहिरको कुनै व्यक्ति पनि आउनुपर्दैन । नेपालमै रहेका नेपालीहरुले दिनलाई रात र रातलाई दिन बनाउने गरेको तथ्यहरु केलाउँदै जाने हो भने धेरै भेटिन्छन् । यस्तो तथ्य सबैभन्दा बढी तिनैबाट भेटिन्छ जो डीभीको लागि सल्लाहकार बनेर सरकार तथा सबैका अगाडि हाकाहाकी बोर्ड झुण्डाएर, पत्रिकामा विज्ञापन छपाएर नेपालीमाथि नै तस्करी गरिहेको छ। यसतर्फ कसको ध्यान जाने ?
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 30 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
nrn citizenship
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
Travelling to Nepal - TPS AP- PASSPORT
ढ्याउ गर्दा दसैँको खसी गनाउच
मन भित्र को पत्रै पत्र!
Morning dharahara
Guess how many vaccines a one year old baby is given
जाडो, बा र म……
Susta Susta Degree Maile REMIXED version
Elderly parents travelling to US (any suggestions besides Special Assistance)?
कल्लाई मुर्ख भन्या ?
1974 AD Pinjadako Suga Remixed
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters