[Show all top banners]

Rahuldai
Replies to this thread:

More by Rahuldai
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 मेरो कबिता
[VIEWED 3272 TIMES]
SAVE! for ease of future access.
Posted on 12-26-06 7:25 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

थोरै असल र धेरै खराब बीच भए छु
हिजो बनाई आज भत्केको पीच भए छु

न बाहुबली रावण भएछु न मर्यादा राम भएछु
सब् को काम् सघाउंदैं, ब्यर्थै चौतर्फि बद्नाम् भएछु

के जिउनु खै खाए खा न खाए घीच भए छु
थोरै असल र धेरै खराब् बीच् भए छु

नाम् कमाउने धूनमा दाम् कमाउन बिर्सेछु
आज रित्तो थालमा मनको लड्डु पस्केछु

आफ्नै नजरमा आज आफै नीच् भए छु
थोरै असल र धेरै खराब् बीच् भए छु
 
Posted on 12-26-06 7:44 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Wah Rahul dai wah...

न बाहुबली रावण भएछु न मर्यादा राम भएछु
सब् को काम् सघाउंदैं, ब्यर्थै चौतर्फि बद्नाम् भएछु

tara,maile esko bhawa bujhna sakina,yo moto dimaagle bheu nai paena baa...
 
Posted on 12-26-06 8:39 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

धन्यवाद , नानु जी । धेरै न सोचम््, थोरै सोचम् । जिन्दगि मा धेरै लाई धेरै दिएं, बद्लामा बद्नाम् पनि धेरै पाएं। बस मेरो प्राप्ति त्यति हो, मेरो ख्याति त्यति हो।
 
Posted on 12-26-06 10:43 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

थोरै असल र धेरै खराब बीच भए छु
हिजो बनाई आज भत्केको पीच भए छु,

पढ्दा सारै मज्जा आयो राहुलदाई।
 
Posted on 12-26-06 11:26 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सबैलाइ सघाएँ भन्छौ, खोइ त मलाइ सघाएको
यति चाडैनै तिमी जिन्दगिदेखी अघाएको??
मनका आकान्छ्यालाई किन यसरि भगाएको ?
नुन खाएको कुखुराजस्तो किन अनुहार लगाएको ?
 
Posted on 12-26-06 11:27 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भउते जी लाई म के भनुम््, ईन्द्र को अगाडि स्वर्गको बखान भने जस्तै हुन्छ, तपाईं को गजल्, कबिता समकक्ष मा पुग्न अझै तपस्या गर्नु छ, गुरु को आशिर्वाद को जरुरी छ ।
 
Posted on 12-26-06 11:44 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अनिगिन्ती काँडालाइ सुझाव लाइ धन्यवाद ।

फूल ले घोच्न थाले छन्, यहाँ काँडा कसरी सहुं?

छुरी धसिएको मुटु, दुखेन अब कसरी भनुं?
 
Posted on 12-27-06 7:58 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Wa Wa Rahulvai

Hamilai pani yeso kabita korna sikai dinus na!!!
 
Posted on 12-27-06 2:03 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Greifcraz जी, धन्यवाद । सिक्दै छु, भउते जी, नेपे जी, सिरिश् जी, गौतम बी जी, वीरखे माइला जी आदी इत्यदि दिग्गज हरु हुनु हुन्छ, साझा मा, उहाँहरु को रचना हरु पढ्छु, राम्रो होस् य न राम्रो भाव हरु लाइ शब्दमा उतार्छु बस्, कबिता बन्छ। लेख्दै जानुस्, सुधार् हुदैंजान्छ। शुभकामना छ।
 
Posted on 12-27-06 2:05 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

क्याप्टेनको जस्तो खोज् अनि हुक्काको जस्तो लगानि गर्न सके
चाहिन्न अरु केहि
भाउतेको जस्तो गजल् अनि राहुल् दाइको जस्तो कबिता कोर्न सके
चाहिन्न अरु केहि
ओक् को जस्तो आत्मकथा अनि राम् प्रसाद्को जस्तो कथा लेख्न सके
चाहिन्न अरु केहि
सानको जस्तो साझा लोक्तन्त्र नेपालमा अनुभव गर्न पाए
चाहिन्न अरु केहि ।
 
Posted on 12-27-06 4:25 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

त्यसो भनेर कहाँ हुन्छ र ? हामीलाई माया गर्ने नानु चाँहीन्छ हामीलाई ।
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 7 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
मन भित्र को पत्रै पत्र!
emergency donation needed
nrn citizenship
जाडो, बा र म……
ढ्याउ गर्दा दसैँको खसी गनाउच
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters