काठमाण्डुमा भयको एक कार्यक्रममा नेपालजिले राजालाइ अहिलेनै गणतन्त्र घोषणा गरिदिने धम्कि दिनुभयछ ! नमिठो हाँसो उठ्यो !
माधबकुमारहरुको बोलिको बिश्वास गर्नसकिने अवस्था भयको भय आज देशमा यो दुर्दशाको दिन आउने थियन !सस्तो लोकप्रियताका निम्ति कुन कार्यक्रममा के बोलिरहेका छन भन्ने हेक्का यिनिहरु आफैलाइ पनि हुदैन ! साँचो ह्रिदयबाट निस्केको आवाज भएपो बोलेको कुरा कार्यान्वयन पनि गर्छन भन्ने जनतालाइ आशा हुदो हो तर अहिलेको समयमा माकुने,वलिहरु के बोल्छन भन्नेकुराको कसैलाइ वास्ता हुन छाडिसक्यो किनकि यिनिहरुका बोलि,प्रतिबद्दता,आश्वासन
र बाचाहरु पुरा हुन्छन भनेर आशा राख्नु भारत, नेपाल र नेपालिको साँचो हितैषि हो भन्नुजत्तिको अवास्तविक तर्क हो !
गणतन्त्र आउला र अहिलेको हिसाबकिताब खोजियला अनि झुठा -तर्कहिनकुरा जनतालाइ बेचेरै सातपुस्ताको भलो गर्ने दिन जाला भनेर त्रसित मुद्रामा काँपिरहेकाहरुबाट गणतन्त्र घोषणा गरिदिने धम्कि सुन्नुपर्दा मेरा कर्णलाइ सारै पिडाबोध भयो !नत्र गणतन्त्र घोषणा गर्न गिरिजालगायतका औलामा गनिने सेरेमोनियलवादिहरुबाहेक अरुलाइ कुन सोमबारको प्रतिक्षागर्नुपर्ने कारण छ र ?जनताले आज गणतन्त्र चाहेकोकुरालाइ भु पु हुनै आँटेका राजा ज्ञानेन्द्रले पनि बुझिसकेका छन ,बुझपचायर आफ्नो अस्तित्वकोनिम्ति अन्तिम लडाँइ लडनु त उनको पनि अधिकार हो ! तर गणतन्त्र घोषणा गरेर महान गिरिजाजि लाइ सयनकक्षतिर आराम गर्न र खुमबहादुर,चिरन्जिवि,गोबिन्दराज लगायत वलिग्रुपलाइ भद्रगोलतिरको विशेषकक्ष सवारि गराउन किन ढिला ?हामि गणतन्त्र चाहन्छौ ! गणतन्त्र जिन्दाबाद !!!
-हरि
hary.fedex@gmail.com