- एउटा कबिता
*बिस्णुवतारहरु..*
हामि सानोमा श्रीमान गम्भिर भन्दै राजाको दिर्घायुको कामना गर्थ्यौ !
यो देश उनको अनि सबैलाइ उनैका आफ्ना ठानथ्यौ !!
यो देश अनि हाम्रानिम्ति उनि धेरै गर्नेछन..!
गरिबहरुका मुहारमा खुसि छरेर!!
सबैलाइ सुखि राख्नेछन् !
शिक्षाको ज्योतिले हामिलाइ निथ्रुक्क भिजायर !!
योग्य मानव बनाउनेछन भन्दै..पुज्दापुज्दै !
लामो कालखण्ड बितेछ !!
बुढापाकाहरु भन्थे...राजा नै हाम्रा सर्वस्व हुन् !
उनैले हामिलाइ बैतरणि तराउनेछन् !!
हामि चिच्याउथ्यौ...श्री ५ को जय होस भन्दै !
प्रचन्ड गर्मिमा स्कुले पहिरनसँगै !!
तर....तर
बुढापाकाहरु मरे..आशैआशा सँगालेर !
हामि मर्ने भयौ मात्र भाडाका सिपाहि भनियरै !!
निधारभरिलागेको अशिक्षित को दाग अनि !
केहि नजान्ने असभ्यको उपमा लियरै !!
तर मैले प्रण गरिसकेको छु..जन्मभुमिको कसम खायर !
बलिदान दियेका सयौ शहिदको रगत अनि !!
तिरस्क्रित पारिएका तिनका सपनाहरुको आलोपन महशुस गर्दै !
हो मैले प्रतिज्ञा गरिसकेको छु !!
अनाम राजाहरुलाइ पुजेर मैले सन्तानहरुलाइसमेत!
भाडाका सिपाहि बनाउनेछैन !!
आमा र दिदिहरुलाइ धाइ,सुसारे अनि !
दाइभाइहरुलाइ ढोके र पाले बनायर !!
फालिएको गाँस टिप्न जाने छैन !
अशिक्षित र असभ्यको खत मेट्न म युद्दको उदघोष गर्दैछु..!!
म मेरा बिस्णुअवतारलाइ चुनौति दिदै !
फेरि यौटा तर अन्तिम लडाइ लडदैछु...!!
हाम्रा सन्तान अनि मात्रिभुमिको भविष्यकानिम्ति !
आरपारको युद्दमा जादैछु..!!
धेरै भय क्रान्ति अनि क्रान्तिका बलात्कारहरु
बगे रगत अनि रगतका खोलाहरु..!
म मेरा सन्तानलाइ युद्दबाट टाढा राख्न चाहन्छु !!
उनिहरुले जित्नुपर्ने युद्द म आफै लडन चाहन्छु !
त्यसैले बिस्णुवतारलाइ चुनौति दिदै म बिजयको शङखनाद गर्दैछु !!
श्रीमान गम्भिरको बोझ सदासदाकालागि बिसाउदैछु!
...नजिकै क्षितिजमा गणतन्त्रको लय सुन्दैछु !!
रणसङग्रामतिर बढेका मेरा पाइलाहरुले म फर्कदा !
हाम्रा सन्तान अनि मात्रिभुमिका निम्ति!!
"गणतन्त्र"को कोसेलि ल्याउनेछन !
त्यसपछि मेरो देशमा सबैजना बिस्णुवतार बन्नेछन !!
शिक्षाको रापमा चुर्लुम्म डुबेका हाम्रा सन्ततिले !
मात्रिभुमिको मुहार फेर्नेछन..!!
गणतन्त्रका बिहानिहरुमा सुखको सास फेर्नेछन !
बिस्णुवतारहरुका रक्तरन्जित इतिहास पढेर !!
हाम्रो युद्दलाइ सलाम गर्नेछन !
गणतन्त्रका नौला बिहानिहरुमा जब बिकासका पालुवा लाग्नेछन
त्यतिबेला बिस्णुवतारहरु आफ्नो क्रुर इतिहास सम्झेर आफैलाइ धिक्कार्नेछन् !
अनि उनिहरुपनि चिच्याउनेछन् - गणतन्त्र जिन्दाबाद !!
"गणतन्त्र जिन्दाबाद "
-हरि