[Show all top banners]

Hi_nanu
Replies to this thread:

More by Hi_nanu
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 अब के होला?
[VIEWED 6553 TIMES]
SAVE! for ease of future access.
Posted on 01-31-07 12:37 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

खुशी लागेको थियो,अब त देशमा हत्याका हिँसाका समाचार् सुन्नु पर्दैन होला।सबै मिलेर देशलाइ अगाडि बडाउंछन होला।अब कुनै नेपालिको ज्यान तेसै जाँदैन होला भनेर।अब त झन कहिले नसुनेका मधेश र पहाडको झगडा।सायद् केहि समयमा फेरि चल्ला धार्मिक् झगडा।यसले गर्दा केहि आशँका मनमi उभिएको छ र अन्योल छ अब के होला?

१) सँविधान सभाको चुनाव समयमा हुन सक्दैन।
२) माओबादि लगायत प्राय सबै पार्टिका महत्त्वपुर्ण मान्छेहरु दरबारले किनि सकेको आभiश् हुदैछ।
३) यो बिचमा गिरिजाको स्वर्गारहण यदि भै हालेमा,नया नेतृत्त्वको लागि माधव् नेपालहरु र माओबादि बिचको झगडाले अस्थिरता उत्पन्न गर्नेछ।
४)माओबादि सेनाहरु धेरै समय क्याम्पमi बस्नु परेमi बिद्रोह सुरु हुन सक्छ। लाग्दैछ देश अझै अस्थिरता तिर बड्दैछ।

त्यसैले, अब के होला?

तपाँको राय?
 
Posted on 01-31-07 2:15 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सबै ढुक्क छन् जस्तो छ।कसैलाइ केहि शँका छ जस्तो छैन।
 
Posted on 01-31-07 4:01 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नानु जी, हुन त राजनीती बारे मैले न लेख्ने कसम खाएको थिएं, तर आज कसम तोडें, मैले । ढुक्क पनि छैन, निराश पनि छैन, आश पनि छैन ।

३) यो बिचमा गिरिजाको स्वर्गारहण यदि भै हालेमा,नया नेतृत्त्वको लागि माधव् नेपालहरु र माओबादि बिचको झगडाले अस्थिरता उत्पन्न गर्नेछ।
-यस्मा १०० प्रतिशत् सहमत् छु।
१) सँविधान सभाको चुनाव समयमा हुन सक्दैन।

- यस्मा म अर्ध सहमत् छु। अहिले फलाक्दै गरेको दिन् जेस्ठ १५ गते भित्र चुनाव हुदैन तर कार्तिक तिर् व अर्को बैशाख् तिर् चुनाव हुन्छ।

२) माओबादि लगायत प्राय सबै पार्टिका महत्त्वपुर्ण मान्छेहरु दरबारले किनि सकेको आभइश् हुदैछ।
- यस्मा म २५% सहमत् छु। जहिले पनि जुनसुकै पार्टिमा पनि दरबारिया र भारतीय घुसपैठ छ र तिनीहरुको यो गनतन्त्रमय माहौलमा केहि लाग्ने वाला छैन।साझाका स्वयं घोषित राजनैतीक पंडितहरुले भने जस्तो बिकाउ छैनन हाम्रा नेताहरु, डिग्री छैनन होला, दूरदृष्टी छैनन होला, तर जीवन जगत र जिन्दगी भरि राज निती गरेको अनुभव छ उहाँ हरु सित ।
४)माओबादि सेनाहरु धेरै समय क्याम्पमइ बस्नु परेमइ बिद्रोह सुरु हुन सक्छ। लाग्दैछ देश अझै अस्थिरता तिर बड्दैछ।

-त्यसो नभै यसो होला कि? माओवादीमा मेरो विचारमा सालाखाला २०-२५ % कार्यकर्ताले मात्र राजानैतीक दर्शन माओबाद बुझेको र बुझेर लागेको होला । बाकी ३०-४० % चाँही लहै लहै र बेरोज्गार्, गरीबि र अन्याय मा परेर मुक्ती को खोजीमा माओवादीमा लागेका हुन । १०-२५% चाहि, अरु पार्टिबाट् निकालिएका, बहिएका मन्च को खोजीम रहेका, कार्यकर्ता बिहिन् नेता हरु हुन्।
बाकी चाँही फतहा, लुच्चा, र काम्चोर हरु हुन । थर्काएको भर मा, भात नि खान पाइने, मन नपरेको लाइ लात नि हान्न पाइने, लकडी नि पाइने , लड्की नि पाइने भनेर लागेका हुन ।
हिजो कांधमा बन्दुक थ्यो र गाउँ शहरमा मान पाउथ्यो र दाम पाउंथ्यो । बिना हतियार को माओवादी कार्यकर्ता र नेताको के हैसियत हुन्छ भनेर तराईका केही ठाउंमा देखि सके ।
बन्दुक बिसाएर चुनाव भयो भने मेरो नितान्त ब्यक्तिगत बिचार हो । माओवादीको भाग मा अहिले पाएको ७३ भन्दा धेरै थोरै सीट हाट पर्ने छ ।
त्यस् पछि देखिन्छ जनताको व्यबहार । हिजो जिउदै गाडेका लाश का आफन्तहरु, छोराको अगाडी बम पड्काएर बिस्कुन बनाएका हरुका छोराअ छोरी हरु, गोडामा बर्मा ली प्वाल परेका घाउ हरु, अनेक निर्दोश का बिधवाहरु तब जुर्मुराउने छन्।
त्यस् पछि पो के हुन्छ? नानु जी, म त कहालि लाग्दो नेपाल् देखि रहेछु।
 
Posted on 01-31-07 7:41 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यस्मा म २५% सहमत् छु। जहिले पनि जुनसुकै पार्टिमा पनि दरबारिया र भारतीय घुसपैठ छ र तिनीहरुको यो गनतन्त्रमय माहौलमा केहि लाग्ने वाला छैन।साझाका स्वयं घोषित राजनैतीक पंडितहरुले भने जस्तो बिकाउ छैनन हाम्रा नेताहरु, डिग्री छैनन होला, दूरदृष्टी छैनन होला, तर जीवन जगत र जिन्दगी भरि राज निती गरेको अनुभव छ उहाँ हरु सित ।

राहुलदाइ,गिरिजाको स्वर्गारोहण सँगै नेपालको वर्तमान् भारि धान्न सक्ने नेतृत्त्वको झगडाले नै अरु अस्थिरता निम्त्यौदैन र?अनि दाइको नेतृत्त्व प्रतिको बिस्वास तेस्पछि पनि यथावत् रहन्छ?
 
Posted on 01-31-07 8:03 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नानु जी । यो प्रश्नको उत्तर तपाईं राजनीतिको कुन धार मा बसेर सोच्नु हुन्छ त्यसमा निर्भर हुन्छ । टथस्त भएर सोच्ने धेरै थोरैको बानी छ। एक् थरि अहिले नै गिरिजा फेर्नु पर्छ भन्छन्। बुढाको शुद्धि हराइ सके, घाटे बुढोको अझै कुर्सी मोह, भन्छन्। नेपाल् को राजनीति जति जटिल् सायद् दुनियाको कुनै राजनिति होला। सतह् मा एक्, भित्री कुरा अर्को हुन्छ। मैले पहिला देखि भदै आएको कुरो मा अझै अडिक् छु। जस्ले चर्को रुपमा भारतको बिरोध् गर्छ, त्यसले भारतको त्यति नै बढि हुन्दि खाएको हुन्छ। संगत् परिस्थितिले मैले नि नेपालका अघिल्लो पंक्तिका नेताहरुको किचेन क्याबिनेटका सद्स्यहरु सङ्ग बस उठ् गरेको छु र मेरो निर्क्यौल् त्यहि हो।
अब गिरिजा कुन परिस्थितिमा अहिले राष्ट्र प्रमुख् सरकार् प्रमुख भए, यस्का पनि बिबिध् कारनहरु छन्। नत्र बाम्पन्थिहरुको प्रचण्द बहुमत् भएको संसद् मा त्यस्मा पनि कट्टर् दुश्मन् देउबा को पनि गतिलो संख्या भएको बेला गिरिजा को अस्तित्व रहला र?तर पनि गिरिजा को बिकल्प छैन अहिले को लागि, साझाक राजनैतीक पंडित हरु बाहेक अरुले मानेका छन र सत्य पनि त्यही हो । त्यसैले उनको स्वर्गारोहणको परिकल्पना गरेर, नेपाल को धमिलो तस्बीरलाई अझ धुमिल न बनाउं , यसै मा सबैको कल्याण छ ।
 
Posted on 01-31-07 8:17 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Nanu Ji I have no idea . I am thinking like you. ASAP I am surprised that Police Inspector was killed in Biratnagar today by Madhesi group. Lets see what happens
 
Posted on 01-31-07 8:31 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Pokhara_22 the bastards who killed the police should be bought in public and shot to death. Set an example so it cant be repeated. Also there shot be shoot at sight order so these thing wont be repeated, if it is repeated I will tell you that all the police will quit.

Man I feel sorry for the police who are told to restrain from hurting anyone but these bastard protesters are going around lighting police station on fire and killing police men. Shity ass leaders are actually meeting the demand of the killers, now how much of leadership do these leaders including maoist have?
 
Posted on 01-31-07 10:13 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Jai Nepal ma Jwai

Hajur Kasto Jhagra phasad vai li e chha, terai ma, bap re bap. .. police ko ke kasur

Jahile pani Karfu chha,

Indian rajdoot le ke vane chha, Amriki rajdoot le ke vane chha, bas yati matrai?

K hun lagyo bahas ke bat chha!

Jai Nepal
 
Posted on 01-31-07 10:50 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

We need leaders who care about the institution that is used to protect themselves and people. If you do not protect them then one day they will give up on you. Lets say this type of thing happened in India, the first response of the state government would be to shoot the protester on sight, yet our government is acting like a little p**sies. Damn these leaders, I dont know how they sleep.
 
Posted on 02-01-07 8:23 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कुनै पनि समस्याको समाधानका लागि सबै पक्ष समस्या समाधान् तर्फ उन्मूख हुनु जरूरि हुन्छ ।अहिले उत्पन्न भएका सबै समस्या एउटै कारणले उत्पन्न भए जस्तो मलाइ लाग्छ। हिजो राजाले देश हाक्दा पनि पन्च बाहेक अरुलाइ समेट्न सकेनन भने आज ७ दल तथा माओबादिहरुले आफु बाहेक बाकिलाइ नेपालि ठान्न सकेनन।
राजनितिमा लागेका हरु साधु होइनन र उनिहरु जनताको आँखाबाट मात्रै सधै हेर्दैनन।उनिहरुलाइ नया गोटिको खोजि हुन्छ र आफ्ना निम्ति प्रयोग् गर्छन्।राजनितिका सबै खेलाडिलाइ नसमेटे सम्म जनताले चाहेर मात्र शान्त नेपालको आशा गर्नु आकाशको फल आँखा तरि मर भने जस्तै पो हो कि?
चाहेर वा नचाहेर अझै पनि नेपालि जनता ३ वटा धारमा बिभाजित छन।बामपन्थि,लोकतन्त्रबादि र राजावादि।हुन त साथिहरु राजावादि हरुको अस्तित्त्व समाप्त भैसक्यो भन्नु होला।वर्तमानमा यस्तो देखिएको पनि छ।तर राजनितिमा सानो तप्काले पनि आफ्नो भाग खोजेको हुन्छ।सि पि को बाम् मोर्चाले भाग खोजि रहेको बेलामा उनिहरुले नखोज्लान भन्न सकिन्न।तेसैले कहिले पनि देश हितमा नसोच्ने ग्यानेलाइ पनि भित्ताभन्दा पर धकेल्नु आजको नया नेपाल निर्माणमा प्रत्युत्पाद्कनै हुन्छ जस्तो देखिन्छ। आज् उत्पन्न समस्याको जड मधेसि वा पहाडि भन्दा पनि राजनैतिक शक्ति असन्तुलनको प्रतिफल नै हो।

"न राजतन्त्र जनताको चाहना हो न माओबादि,तर देशलाइ शान्ति तर्फ उन्मूख गर्नु छ भने यि दुबै तानाशाहहरुलाइ भाग दिनु आजको बाध्यता हो।"
 
Posted on 02-01-07 9:19 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

may be you guys dont know , already 8 people are dead and Mr ne23pe may be YOU ARE FROM POLICE FAMILY BUT THINK WHAT HAPPEND TO THOSE OTHER SEVEN. POlice le jahile pani kina goli chalaucha?
 
Posted on 02-01-07 9:37 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Girija is responsible for mess. Instead of trying to meet genuine demands of protestors he behaved in gyane manner.
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration
What are your first memories of when Nepal Television Began?
निगुरो थाहा छ ??
ChatSansar.com Naya Nepal Chat
Basnet or Basnyat ??
Sajha has turned into MAGATs nest
NRN card pros and cons?
is Rato Bangala school cheating?
Do nepalese really need TPS?
कता जादै छ नेपाली समाज ??
susta manasthiti lai ke bhanchan english ma?
Nas and The Bokas: Coming to a Night Club near you
Will MAGA really start shooting people?
Democrats are so sure Trump will win
मन भित्र को पत्रै पत्र!
Top 10 Anti-vaxxers Who Got Owned by COVID
I regret not marrying a girl at least for green card. do you think TPS will remain for a long time?
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
TPS Work Permit/How long your took?
Breathe in. Breathe out.
Nas and The Bokas: Coming to a Night Club near you
Mr. Dipak Gyawali-ji Talk is Cheap. US sends $ 200 million to Nepal every year.
Harvard Nepali Students Association Blame Israel for hamas terrorist attacks
TPS Update : Jajarkot earthquake
is Rato Bangala school cheating?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters