[Show all top banners]

h1b
Replies to this thread:

More by h1b
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 कम्युनिस्टका गुणहरु

[Please view other pages to see the rest of the postings. Total posts: 77]
PAGE: <<  1 2 3 4  
[VIEWED 17663 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 4 pages, go to PAGE 1.

This page is only showing last 20 replies
Posted on 02-02-07 11:30 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कम्युनिस्टका गुणहरु
१) रास्ट्रीयताका ठूला ठूला कुरा गर्ने अनि अन्तराष्ट्रीयतामा बिस्वास गर्ने।
२) मेरो गोरुको बार्है टक्का भन्ने,अरुको कुरा नसुन्ने।बिरोधिको सफाया गर्ने।
३) समस्या देखाउने,समाधान थाहा नहुने।
४) अधिनायकबादि चरित्र।
५) अरुको डाह गर्ने,आफु मोज गर्ने
६) बोलिका ठेगान नभएका,
७) गरिबलाइ धनि बनाएर होइन कि धनिलाइ गरिब बनाएर समान् समाज हुन्छ भनेर सोच्ने।एउटा नाङ्गो छ भने उस्लाइ लुगा किन्ने वातावरण बनाउने होइन कि सबैलाइ नाङ्गो बनाउने

इनक गुणको चर्चा शेषनागले त गर्न सकेन भने म के सकुला।ल साथिहरुपनि थप्दै जानुस त।।
 
The postings in this thread span 4 pages, go to PAGE 1.

This page is only showing last 20 replies
Posted on 02-19-07 9:59 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

उमेर २६ बर्ष तर राजनीति गरेको नै १६ बर्ष, भने पछि १० बर्ष देखि नै राजनीति शुरु गरेछौ। सायद् कांग्रेसी बिचार् तिमीले विरासतमा नै पाएछौ। राजनैतिक बहस गर्दा उमेर र ठेगाना सोध्ने काम त पहिला तिमीले नै थालेका हौ। यो कांग्रेसी तरिका पनि हो, बैचारिक् रुपमा परास्त भए पछि ब्यक्तिगत् प्रहार् गर्ने। सायद् म तिमी भन्दा कान्छो भएको भए भन्ने थियौ, तिम्रो उमेर् जति त मैले राजनीति नै गरेको छु। तिम्रो भन्दा मेरो उमेर बढी भए पछि भनि हाल्यौ, उमेरमा मात्र जेठो, बिचारमा कान्छो। म यी सबै कुरा बुझ्छु। जेहोस यसपटक मुला भन्ने शद प्रयोग् गरेनौ, खुशी लाग्यो।मैले मेरो उमेर ३५ बताएको तिम्रो सलाम् खान होइन, मैले पहिले नै भने, उमेर सोध्नु असान्दर्भिक् भनेर।
 
Posted on 02-19-07 10:56 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नेपालको राजनीतिमा कांग्रेस र कम्युनिस्टहरु प्रतिद्वन्दीहरु नै हुन (म दुश्मन् भन्दिन)। एक् अर्काको बिचारसंग असहमत् हुनु अश्वभाविक होइन। कांग्रेसले कम्युनिष्ट मन पराउने र कम्युनिस्टले कांग्रेस् मन पराउने त कसरी संम्भव् छ र? तर पनि एक् अर्काले गरेको सहि कार्यलाई स्वीकार गर्ने, समर्थन् गर्ने हिम्मत र संस्कारको कमी छ हामी संग। नेपालमा नेपाली कांग्रेसले कम्युनिष्टको महत्व कहिले बुझेन। बिपी ले बरु राजा र मेरो घाँटी जोडीएको छ भने। कम्युनिष्टको हुईंया देखाएर राजालाई आफ्नो पक्षमा राखी सताको मह चाटी राख्ने कांग्रेसी तरिका बिपीको पालदेखि नै हो। १७ सालमा अघिल्लो दिन बिपीले राजासंग डिनर खाएर आए तर भोली पल्ट कू भयो।त्यसपछि पनि कांग्रेसको चेत आएन। यिनीहरुले राजालाइ भन्दा कम्युनिष्टहरुलाई नै शत्रु देखे। राजाको दयाको राह हेरि रहे। याँहासम्म कि, एउटै चुनाव् चिन्ह पाए र कुनै पनि पन्चायती वर्गिय संगठनको सदस्य बन्न नपरे ( जुन् कुरो चुनवमा उम्मेदवार् हुन अनिवार्य थियो), कांग्रेस पन्चायती संबिधान स्वीकार् गर्न तयार थियो। यो त राजा बीरेन्द्रको मुर्खता थियो कि उनले यति कुरा पनि मानेनन्। त्यसपछि भने बल्ल यिनिहरुलाई सोच् आयो कि, भएन, कम्युनिष्टहरुको साथ लिएर आन्दोलन नगरिकन हुन्न। त्यो पनि गणेशमानको करबलले। होइन भने केपी र जीपी त कम्युनिष्टलाई अछुत नै ठान्दथे।फलस्वरुप २०४६ सालको आन्दोलन भयो,सफल् भयो। तर संबिधान् बनाउने बेलामा राजाको अधिकार् कटौती गर्ने प्रस्ताव आउदा कांग्रेसी प्रतिनीधी राजाका प्रतिनिधीसंग लपक्क भएकाले राजाको अधिकार् भनेजस्तो कतौटी गर्न सकिएन। चुनाव भयो। कांग्रेसले बहुमत ल्यायो। गिरिजा बाबू प्रम बन्नु भयो र सर्बसत्ताबादी तरिकाबाट शासन् गर्न थाल्नु भयो। प्रतिपक्षका शसक्त एमालेले बिरोध नगर्ने त कुरै भएन। गिरिजाबाबुको सर्बसत्ताबादी प्रबृतीको बिरुद्धमा कांग्रेस भित्रै छत्तिसे समुह जन्म्यो। आफ्नै पार्टिका सांसदहरुका कारण गिरिजाको सरकारको निति तथा कार्यक्रम् संसदमा फेल भएपछि, नैतिकता देखाएर राजीनामा गर्नुको साटो संसद बिघटन् गरेर गिरिजा बाबुले देशलाई एउटा दिर्घकालिन् अनिश्चयता तिर धकेल्नु भयो। मध्याबदी चुनाव भयो। कसैको बहुमत आएन। सबै भन्दा ठूलो दलको हैसियतले एमाले ले सरकार बनाउने मौका पायो। कांग्रेसलाई यो स्वीकार् गर्न गारो होला तर एमालेको त्यो ९ महिने साशन कालनै नेपालको इतिहासमा सबै भन्दा उत्तम् साशन् थियो। एमालेका शासन जस्तो सुकै भएपनि कांग्रेसलाई पच्ने कुरै थिएन, पुर्व पन्चहरुको पार्टि राप्रपाको समर्थन लिएर एमालेको सरकार् ढलाइयो। त्यस्पछि शुरु भयो सरकार् बन्ने र ढल्ने क्रम्,सांसदको खरीद बिक्री तथ अन्य बिकृतीहरु।।।यो अस्थिरताको शुरुवात गर्ने को हो?

छोडिदिउं एमालेको सरकार ढालेको कुरो। कांग्रेसभित्रकै कुर गरुं। केपी भट्टराईलाई समेत् प्रम हुन खान दिइएन। राजीनाम दिन बध्य पारियो।आफ्नै पार्टिको सांसद् अनुपस्थित गराएर देउबालाको सरकार गिराएर गिरिजा प्रम बने। सेनाले होलेरीमा माओबदीसंग हात् मिलाएपछि गिरिजा राजीनामा दिन बाध्य भए, फेरि उदय भयो देउबाको र फेरि तिनै देउबालाई गिराउन गिरिजाले कुनै कसर् छोडेनन्। यी गिरिजा र देउबाहरुको आन्तरिक लुच्छाचुंडीले गर्दा राजाको पक्षमा अंक थपिदै गयो र राजीनाम दिन बध्य पारियो।आफ्नै पार्टिको सांसद् अनुपस्थित गराएर देउबालाको सरकार गिराएर गिरिजा प्रम बने। सेनाले होलेरीमा माओबदीसंग हात् मिलाएपछि गिरिजा राजीनामा दिन बाध्य भए, फेरि उदय भयो देउबाको र फेरि तिनै देउबालाई गिराउन गिरिजाले कुनै कसर् छोडेनन्। यी गिरिजा र देउबाहरुको आन्तरिक लुच्छाचुंडीले गर्दा राजाको पक्षमा अंक थपिदै गयो र र राजाले शासन हातमा लिए। यो पृष्थभुमी तयार पारिदिने यिनै कांग्रेसी गुरुचेला हरु होइनन्?
 
Posted on 02-19-07 11:47 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मित्र once a while जी, सुत्न लागेको थिएं, तपाईं को अर्ध सत्य लेख पढेर सुत्ने काम लाई एक छिन भनेको छु ।
"बिपी ले बरु राजा र मेरो घाँटी जोडीएको छ भने। कम्युनिष्टको हुईंया देखाएर राजालाई आफ्नो पक्षमा राखी सताको मह चाटी राख्ने कांग्रेसी तरिका बिपीको पालदेखि नै हो।" बी पी को बारेमा बोल्दा लेख्दा अध्ययन गरेर लेख्नु बोल्नु बेश हुन्छ। राजा संग मेरो घाटि जोडिएको छ- यो कुन् सन्दर्भ मा भनिएको बाक्यांश हो एक पटक् अध्ययन गर्नु होला। कुनै युनियन् चुनाव वा अनपढ हरु को भेला मा भाषण् गरेको जस्तो शब्दाबली तपाइको मुख बाट् सुहाउंदैन। पञ्चायत को आउट्पोस्ट कब्जा गर्ने भन्ने पार्टिको निर्णय शायद गलत थ्यो होला तर त्यसलाई तपाईंले भने जस्तो सत्ता मोह र पञ्चायत मा प्रबेश जस्तो थिएन । सतह मा कुरा गर्नु भएन ।
१७ साल मा कू भएको दिन दिपावली गर्ने को थिए ? आफु हारेको पीडा अरुको दु:ख मा रमेर भुल्ने परम्परा कहाँंबाट आयो ?
१०४७ साल को निर्वाचन मा भाग लिए पछि जित्नै पर्ने मनसिकता बोकेका पार्टिले हार स्वीकार गर्न सक्एन, मान्ने कि न मान्ने । गिरिजा को सरकार बनेको ३५ दिन नबित्दै सरकार ढाल्ने खुल्ला एलान कसले गर्‍यो । शिशु प्रजातन्त्र जोगाउन सबल प्रतिपक्ष चाँहीन्थ्यो, तर प्रतिपक्ष होइन, सरकार ढाल्ने प्रतिगामि कार्य गर्‍यो कि गरेन । आफ्नो भूल स्वीकार गर्न नसक्नु नै सुन्दर बाम बिचार का कुरुप स्वरुप हुन ।
नेपाली कांग्रेस मात्र दुध्ले धोएको पार्टी होइन । अझ म त त्यसलाई सार्वजनिक पाटी भन्छु ।
गल्ती भएका छन । ४६ साल मा संगै प्रजातन्त्रको लागि लडेका पार्टी बीच कम से कम स्वस्थ प्रतिस्पर्धा हुनु पर्थ्यो, भएन। दोष् दुबै पार्टिको नेतृत्व लाई दिनु पर्छ। पार्टि भित्र को आन्तरिक खिचातानी अर्को कमजोरि रह्यो। ए माले को ९ महिने शासन् काल लाई अहिले सम्म को सबै भन्दा राम्रो काल् मान्नु हुन्छ, बामपन्थि चस्मा लगाएर हेरे मात्र। बाम् देब् को प्रशाशन् हामी सरकारि नोकरि गर्न् ले मज्ज संग हेर्यौ। खमेरुज् को शासन् को झलक् देख्यौं। एअरपोर्ट् ठेक्का म चलाएको पनि देख्यौं। नियम कानून् को लज्जाजनक् खिल्लि उडाएको देख्यौं। जनता भुलाउनको लागि सस्तो तर उपलब्धीहीन् कार्यक्रम् पनि देख्येउं।
त्यसैले मित्र अलि बिचार् गरेर लेख्ने गर्नुस्। मलाई कम्युनिष्ट् लाई गाली गरेर आनन्द आउंदैन। जन आन्दोलन् भाग् १ र भाग् २ का सहयात्री हरु हौं।
जन आन्दोलन् भरि संगै हिंडेका मित्रहरु बिच् पानी बाराबार् भएको हेर्न सुन्न हुन्न भन्ने मान्यता छ। दुबै ले गल्ती गरेका छन्, दुबै का कमी कम्जोरि हरु छन्। एक् ले अर्को लाई गाली गरेर कोहि ठुलो हुनेवाला छैन।

ज्ञाने ले फेरि यहि मौका मा चौका हान्ने दुस्प्रयास गरि सके। ज्ञानेको हुन्डि खाएर हाम्रा मधिशे भैयाहरु नराम्रो संग नीद् हराम् हुने गरि भुकि रहेको बेला, हामी बिच कुकुर् बिरालो झै न्यार्न्यार् नुर् नुर् गरि रहनु समय सापेक्षा होला त। अस्तु!।
 
Posted on 02-19-07 11:56 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

राजाले शासन् हातमा लिएपछि दलहरु फेरि सडकमा पुगे। प्रमको दाउ गिरिजा माधव् सबैले थापे तर पर्यो फेरि देउबालाई। गिरिजाको अफै प्रम हुने चाल् थाहा पाएपछि, देउबाको सरकारलाइ स्वीकारेर एमालेले सडक् छोडि दियेपछि अन्दोलन् सेलायो। आन्दोलन् जारी राख्न एमाले नभै नहुने रहेछ। देउबाले राजाले जे भन्यो सोहि अनुसार् गरि राखेकै थिए तर राजाको महत्वाकांक्षाको सिमा थिएन। माघ् १९ भयो। राजाको दयाको आशमा राह हेरिरहेको कांग्रेस फेरि एक पटक् चित खायो र अफैले सेना लगाएर तह लगाउन खोजीएको माओबादीलाई खोज्न दिल्ली दौडाहा भयो। कम्युनिष्ट नभै नहुने रहेछ। माओबादीसमेतको लागीमेलीमा जनान्दोलन भाग् २ सफल् भयो। गिरिजाबाबुको फेरि सत्तारोहण भयो र उनलाई माओबादीहरुकै बलियो आड छ। गिरिजा त अझै राजालाई सचेत् गराउदै थिए, सरकार, दल र माओबादी मिल्ने अवस्था नआओस्, नत्र ठूलो अनर्थ हुने छ। तर मर्केले कुर बुझेपो। त्यो अनर्थ भै छोद्यो। जन आन्दोलन् भाग् २।
माओबादीहरुलाई राजनीतीको मुलधारमा ल्याउन महत्वपुर्ण भुमीका खेल्ने कृष्ण सिटौलाको राजीनामा कांग्रेसभित्रैबाट माग्न थालिएको छ र उनको कवच् माओबादीले बनि दिन परेको छ।

जन अन्दोलन २०४६ अनि २०६२ का यत्रो ठुला सहयात्री कम्युनिष्टहरु आजै यत्रो बिष् बन्यो तिमिहरुलाई? किन यति छिटो राजाबादीहरु समेतलाई उछिनेर कम्युनिष्टको बद्ख्वाई गर्न पर्यो?किन कमल थापाहरु र रबिन्द्रनाथ शर्मा हरु "गिरिजा र कांग्रेसले प्रजातंत्रबादीहरुको नेतृत्व लिन पर्यो भन्छन्?" तिमीहरु किन चेत्दैनौ? १७ साल्, ६१ सालमा कांग्रेसी प्रमलाई नै हो नि बन्दी तुल्याएर राजाले शासन् हत्याएको।
 
Posted on 02-20-07 4:24 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

COmmunist ko GHUN ghan tha ekdum ramroo lagooo,,,

These are absolute characters of communist.. even prachandaa is INDAIAN DHALALL

he barks form INDAI<< indai ko namak kahyeko chaa,,,

choor lay

teslai fashii denuu parchaa,,
 
Posted on 02-20-07 11:53 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नेपालका कम्युनिस्ट भनेका मिठो गफ गर्न जानेका,जहाँ जे बोल्न पनि तयार,बोलेको कुरा पुरा गर्नु पर्छ भन्ने नसोच्ने अवसरवादिहरुको हूल हो।

मलाइ चाहि यस्तो लाग्छ।तपाइलाइ कम्युस्ट नै राम्रो लाग्ला त्यो तपाइको बिचार हो।
 
Posted on 02-20-07 2:06 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

राहुलभाइ, आ-आफ्नो आस्थाको पक्षपोषण गर्ने बाहेक अरु धेरै कुरामा मेरो तपाईंसंग बिमती होला जस्तो लाग्दैन । हुनसक्छ, बीपी को बारेमा मेरो धेरै अध्ययन छैन होला ।उंहाका जती पनि पुस्तक पढें सबै बिसुद्ध साहित्यिक थिए । जेल जर्नल भने पढेको छु ।बी पी का भनाईहरु भनेर उही quote unquote कुराहरु नै गरिन्छ। जहासम्म मैले बुझेको हो, उंहाले सो कुरा "रास्टृयता र प्रजातन्त्र को सन्दर्भमा" भन्नु भएको हो क्यारे। सायद कम्युनिष्टहरु "अन्तरास्टृयबादी र अधिनायकबादी" हुन्छन् भन्ने उंहाको सोच हो। हुन सक्छ, बीपीको नियतमा खोट थिएन, तर उंहाले राजालाई भन्दा साम्यबादीलाई नजिक ठान्नु भएको भए अहिले स्थिति धेरै फरक हुनेथियो होला।१७ सालको कूमा कम्युनिष्टहरुले दीपावाली गरे भन्ने आरोप मैले कांग्रेसजनका भाषणहरुमा धेरै सुनेको छु। यो सही हो कि होइन, मलाई थाहा छैन। यदि सांचो हो भने त्यो गलत थियो। तर म फेरि-पनि भन्छु, कांग्रेस-कम्युनिष्टले आफ्नो मुल शत्रु पहिचान गर्न गल्ती गरिरहने कारणले यस्तो भएन होला भन्न सकिन्न।
२०४७ सालको कुरा, एमालेले सडकदेखि सदनसम्म हंगामा खडा गरेको कुरा, सडक अस्तब्यस्त पार्ने कुरा मलाई पनि मन् पर्दैन। तर सरकार् पक्षले पनि प्रतिपक्ष मतको सम्मान गर्ने संस्कारको बिकास हुन पर्यो। अहिलेसम्म सडक तोडफोड नगरेसम्म सोझो तरिकाबाट कहिले पनि कुरा सुनिएको छैन। अहिले पनि संघिय शासन, समानुपातिक निर्वाचन प्रणाली जस्ता कुराहरु अगाडी छलफलमा आउंदा यो कम्युनिष्टलाई फाइदा हुने कुरा ठानेर हो कि,गिरिजाबाबुले लत्याईदिनु भयो। नोट ओफ् डिसेन्ट लेख्ने जस्ता अवस्था आए। 'सहमती' को नाममा बामहरु चुप लागे तर त्यो मुद्धा गलत थिएन। मधेशी फोरुमले सोही मुद्धा अगाडी लिएर आन्दोलन् छेड्यो। प्रतिगामी तत्वले घुस्ने मौका पाइहाल्यो, तिसौं मानिसले ज्यान् गुमाए र अहिले संविधान् संसोधन गर्न बाध्य भइयो कि भइएन? यदि प्रतिपक्ष मतको पनि सम्मान गर्ने संस्कार बस्यो भने यो स्थिति आउने थिएन। यसको मतलब प्रतिपक्षले तोड्फोडमा उत्रने कुरा सही भन्ने होइन। तर प्रतिपक्षलाई मनाउने, शांति सुब्यबस्था कायम् गर्ने प्रमुख् दायित्व सरकार पक्षको नै हुन जान्छ।

एमालेको सस्तो लोकपृय कार्यक्रम भन्ने सवालमा-सायद् तपाईले "आफ्नो गांऊ आफैं बनाऔ" भन्ने तर्फ तिर इंगित गर्नु भएको होला। मन्त्रीले बजेट जती आफ्नो क्षेत्रमा मात्र लैजाने परम्परालाई तोड्डै, प्रत्येक् गाबिसलाई बिकास बजेट बिनियोजन गर्नु, त्यसमा स्थानिय श्रमलाई अनिवार्य गर्नु कसरी सस्तो कार्यक्रम हुन्छ? त्यो एक प्रकारले स्वायत्त शासनको पुर्वाभ्यास थियो। त्यसलाई अझै परिस्कृत गर्दै पो लैजानु पर्छ। कांग्रेसले जति नै सस्तो भनेर खिल्ली उडाएपनि, त्यसपछिको प्रत्येक सरकारहरुले अनेक नारामा सोही कार्यक्रमलाई नै निरन्तरता दियो नि त।।सायद कांग्रेसले, गरीबसंग बिशेश्वर भनेको थियो क्यारे।बामदेवले एयरपोर्ट कब्जा गरेको, ठेक्कामा दिएको भन्ने मैले सुनेको छु। सायद् उनी उपप्रम भएको बेला गिरिजा बाबुनै प्रम हुनु हुन्थ्यो। जहांसम्म मलाई लाग्छ, गिरिजाबाबु प्रम भएको बेला माथि देखि तलसम्म च्यानेल अनि प्यानेल नमिली एउटा रौं पनि हल्लिंदैन। बामदेव भ्रस्टाचारी हुन भने, उनीलाई कार्बाही हुन पर्छ। खुम्, गोविन्दराज सबैलाई अख्तियारमा मुद्धा पर्यो, बामदेव कसरी उम्किए होलान? बामदेवको संपती खोजे भयो नि, उनी अझै डेरामा नै बस्छन्।
तपाईको प्रतिकृयाका अंतिम अनुच्छेदहरु संग म सहमत छु। कम्युनिष्टका प्राचीन ग्रन्थदेखि, कांग्रेसका अतित सबै पल्टाएर एकले अर्कालाई खेदो खनेर प्रतिगामीलाई मात्र फाईदा हुन्छ। तपाई-हामी यसरी भनाभन गरिरहदा मण्डलेहरुले जरुर मज्जा लुट्छन।

रबिन्द्रनाथ शर्माहरु, कमल थापाहरु ले "प्रजातन्त्रबादीहरु को नेतृत्व गिरिजा बाबु र कांग्रेसले लिनु पर्छ भनेर फेरि दाउ थापिरहेका छन। यो कुरा हामी सबैले बुझ्न पर्छ। जहासम्म भोली कम्युनिष्ट अधिनायकबाद हाबी हुन्छकि भन्ने आशंका छ, अब कुनै प्रकारको अधिनायकबाद जनताले स्वीकार् गर्दैनन। माओबादीले पनि यहि बुझेर राजनीति मुलधारमा अवतरण गरेको हो नि।

मेरो बुझाईमा साम्यबाद एउटा शोषणरहित, बर्गबिहिन समाजको परिकल्पनामा आधारित छ। त्यसलाई कसरी प्राप्त गर्ने भन्ने सवालमा बिभिन्न देशमा बिभिन्न प्रयोग हरु भए। कहिं असफल् भए, कही अझै प्रयोग् हुदैछ। कुनै एउटा देशको मोडेल फेल खांदैमा समुच्च सिद्धान्त गलत भनेर मान्न पक्षमा छैन। जरुर यसमा समय सापेक्ष परिबर्तन् सुधार् हुदै जानु पर्छ र नेपालका कम्युनिष्टहरु पनि परिबर्तन भैराखेकै छन्। जो हुंदैनन्, उनीहरु ईतिहास बन्ने छन। त्यसो त पुंजीबाद पनि यंहासम्म आइपुग्दा धेरै परिबर्तित भैसकेको छ। पुंजीबाद र साम्यबादको परम्परागत परिभासा बाट हामी माथि उठनु पर्छ।
 
Posted on 02-20-07 2:22 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

How USA based UML cadre analyze about brother party Maoist.Communist in Communist's eye: Liked it .Keep it up.
once in a while Posted on 11-15-06 11:39 PM Reply | Notify Admin
o I think so:
Another point, we should not care much about who is going to be in the driver seat to head Nepal............ but we should care the leader who has a vision -------

Don't your "driver" and "leader" words criss cross each other here?

I don't want that maoist win any seats. If you have any sympathy or if you are a mao supporter, why can't you come out with a confidence to say that maoist will get the landslide victory?

About your positive opinion about Prachanda's Interview.
I don't see anything positive on Prachanda's Interview.

<>

Where the hell Prachanda's idea did disappear on last peace deal that he secretly finalized with Girija in latter's bed room ? I don't see any mention about federal style government..

<>

Maoist forced to shut down Indian ventured Kodak company in Hetauda. They forced to shut down many NGO and INGOS working in rural areas...so what kinds of foreign investment do they want to atrract? Adapt new ideas and dynamic technology...huh, all the leaders are saying the same old stuff. Do they even know any new technology?
Maoist destroyed development infrastructures such as telephone tower, bridge, electric power house and what technology are they talking?

<>

If Prachanda is for mixed-type system..that's already in Nepal. What the heck is he fighting for? Why did they say that they were for "total change"? If he says that maoists are not socialism, its a big lie to the people. If he is switch his stand from socialism to mixed economy or liberal economy, he must first confess and say sorry to the people.

<>

10 years insurgency only helped King Gyanedra to subdue democracy and grab the power. Its the peaceful movement of the democratic parties that bowed the king and curtailed his power.We haven't forgotten that Maoists challenged the political parties either to support king or follow them. But ultimately, the maoists had to renounce the weapons and follow the parties to the peaceful movement.

Now your turn friend!!
 
Posted on 02-20-07 4:01 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

h1b brother ओहो, यस्तो बिधी किन धुँईपताल गरेर मेरो पोस्टिङ किन खोज्न पर्थ्यो र, अब त तपाईंइले पक्कै बुझ्नु भयो होला नि, एमाले कम्युनिष्ट र माओबादी कम्युनिष्ट बिचको फरक । एमाले शंसोधनबादी भयो, संसदिय भासमा गयो, दक्षिनपंथी भयो आदि इत्यादी भनेर सांचो क्रांति हामि गर्छौं भन्दै बंदुक उठाएका माओबादी अहिले बंदुक् बिसाउदा ७३ सीट सांसद लिएर उही एमालेसंगै संगै बस्न आईपुगेका छन। जेहोस अब त्यो पुरानो घाउ किन कोट्याउन पर्यो र। उनीहरु फेरि जंगल नजाउन।
 
Posted on 02-20-07 4:42 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

The Maoists had almost made UML 'SAAFA-YAA' from almost all villages outside KTM. It's the good luck of UML that the Maoists halted their 'JANA UDDHA' or else UML would have been party of only KTM valley.
 
Posted on 02-20-07 4:43 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मित्रगण्,
कुरा बुझिहाल्नु भो । ब्यक्तिगत रुपमा मलाई साम्यबादी दर्शन शो केश भित्र राखिएको सुन्दर पुतली जस्तो लाग्छ ।
व्यबहार मा उतार्न अलि न मिल्दो खाल को । र बिगत मा साम्यबाद को नाम मा भएका क्रुर नरसंहार का दृश्य हरु ले जसरि झस्काउन्थ्यो विद्यार्थी काल मा, आज आफ्नो जीवन काल मा माओवादी को खमेरुज स्वरुप देखियो । तर तिनले पनि आफु पक्का साम्यबादी भएको ठोकुवा गर्दछन र आम नेपाली जो पीडित छन माओवादी आतंकबाट्, तिनीहरु माझ साम्यबाद को असाली परिचय दिने कस्ले?
बुझ्ने ले त बुझेका छन्, ए माले को साम्यबाद माओवादीको आतंकबाद भन्दा भिन्न छन ।
मेरो हिसाब मा त ए माले कम्युनिष्ट पार्टी नै होइन, समाजबादी पार्टी हो ।
त्यसैले कहिले काहीं म मेरा बाम मित्रहरु संग जिस्किन्छु, ने क पा एमाले को नाम त ए क पा नेमाले भाई सक्यो भनेर । अर्थात ए क पा नेमाले=
एकताकाका कम्युनिष्ट पार्टी, नेपाल का मार्क्स् बादी लेनिन बादी ।
भन्न खोजेको कुरा के हो भने ए माले ले अख्तियार गरेको निती धेरै हद सम्मा समाजबादी नै हो ।

यस अघिकै पोस्टिङ मा लेखी सकेको छु । राम्र न राम्र पक्षहरु को उत्खनन् गर्ने हो भने कति भेटिन्छ कति। जति तपाईलाई गैर् बामपन्थी हरु को न राम्रा पक्ष् थाहा हुन्छ, त्यति नै गैर् बाम्पन्थि चिन्तन गर्ने ले बामपन्थिका न राम्रा पृष्ठ हरु को संग्रह गरेको हुन्छ।
बामपन्थि कारण आस्था को कारण जति पीडित भएका कर्मचारि छन् नि कांग्रेसको पालामा, त्यति बराबर् त् न होला तर धेरै कर्माचारिहरुले मानसिक यातना भोग्नु परेको कुरा सत्य हो, यो लेखक स्वयं दुबै पटक् ( चमाले सरकार् समेत् गरेर) आस्थाको कारण् सरुवा गरिएका मध्यमा पर्दछ।
त्यसैले, आन्दोलन गर्न मात्र जान्ने र सरकार् चलाउन् न जान्ने हाम्रा दुबै पार्टिका नेताहरु बाट् अनगिन्ति गल्ती भएका छन्, बिगतमा।
त्यसैले अहिले सन्दर्भमा कुन पार्टि राम्रो कुन् नराम्रो भन्ने बिषय मा बहस गर्ने बेला नै होइन।
सहयात्रीहरु ले दुश्मन को ब्यबहार र सोचाइ दुबै राख्नु हुन्न।
अहिले H1B लगायत् केहि मित्रहरुलाई कम्युनिष्ट् को क्रुर् रुप को भूत ले तर्साएको छ, स्वभाबिक् छ। बिगतमा ए माले ले पनि थुप्रो गल्ती गरेको छ। तोड्फोड् को नमुना सिकाएका हुन् त्यो पनि गल्ती थ्यो र अहिले सुधारिएको ए माले छ( मेरो नजरमा)। माओबादि बांदर आतंक त्यो भन्दा भयानक् छ। त्यसैले पनि कम्युनिस्ट्को तस्बीर् कहालिलग्दो भएको हुन सक्छ।
यहि निहुमा कतिपय साझा मा नजर् लगाउने ले राजा आउ देश बचाउ जस्ता नारा लगाउन थालेका छन्। जो जो मित्रहरु मधिसे आन्दोलन् को समर्थनमा साझा मा गाली खान तयार् भएर पोस्टिङ् गर्दै थिए, २ हफ्ता अगाडि सम्म आज, ती सबै राजा को समर्थन् मा साझा भरि छाएका छन्।
अब भन्नुस्, हामी कांग्रेस् कम्युनिष्ट् भनेर हिलो छ्यापाछ्याप् गरि रहने कि त्यस्ता दरबार् पोषित् मण्डले कम् मधिसे हरु को ड्टेर मुकाबला गर्ने?
आउनुस् चार तारा झन्डा र हसिया हथौडा झन्डा एकै ठाम् मा गाडौ र प्रतिगामी शक्तिको नामो निशान मेटाउं। अस्तु!
 
Posted on 02-20-07 4:58 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

To: Once in a while
I am a bit late in responding to the thread.
I am not in politics but I always love to learn about the game.
Once I heard that If u wanna improve urself, Read the opinion of ur opposition not ur supporters.
This is infact true, especially in case of a country where the political base rests on the shoulder of young students, who merely cares for Idealogy( here I am generalizing, there r always exceptions ). U fall into politics without knowing what u r going to do and what r the results of any action u take. U just follow ur frens and hurl stones at shops and ablaze the vehicles, continue general strikes etc.
So main thing here is to know our limitations and short comings, afterall u people are the one who will be in a position some day and if u don,t realize the shortcomings today u can do no good for ur country. Be a critique first and then a follower, don,t support the ideas that someone bestowed on u search for truth that relates to this time and that answers the questions of people living in this era.
 
Posted on 02-20-07 4:59 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

I don't know why some one started this thread but be sure Political party itself is not bad actually it is tagged bad relating to the people or public figures representing it.
Have u heard poor mind discuss people,
Average mind discuss events, and
Great minds discuss ideas.
Don't get into this matter that seriously as it is more of the things that falls on first catagory, No one has gone that deeply after the Idealogy and could u plz tell me what ur idealogy is? Then I can tell u, what points I can agree and what to discuss and what points to leave alone. As some questions bring it's answers in a course of time.
I am not that good in english so my message (kura)might not be following a pattern. So sorry for that. I am a new user. Hope to get better w/ the course of time.
 
Posted on 02-20-07 5:07 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

My true commie friend, once in while,
You gave me the exact answer .I was expecting of you. When Govt. doesn’t listen, then opposition should Declare Nepal bandh? Hahaha…typical. You don’t care it is not affecting you personally anyway.You are in US, a democratic country. How much do you see Govt. listening to Opposition parties? How many times have you heard of America bandh?? Don’t justify cheap acts with cheap justifications.

The culture of Nepal Bandh that communist have started costs a normal poor citizen a day’s wage and Nepal billions of rupees. Think even if half that generated money could have gone to productive activities in Nepal .it would have helped poor (that you guys have contract to make them rich)!!!

You are talking about New communism.hmm.interesting.what is new communism after all. A communism is a communism .If you follow, Lenin, Marx or Mao. We do not need one more experiment in Nepal.lt has failed in world. There is no way in this century that the communism would last not even in Nepal.So, If you are UML and change the party Name from UML to demoratic party.What's the point putting dictators picture in the wall??

They have clearly indicated – Your counterpart – “They do not believe in democracy.” Communism is failed philosophy cause you cannot go against human character by mere force. A class less society is not possible.
What we can say is communisms is total failure while capitalism, we don’t know .It is still going on and are more prosperous than.

Recall all the greatest dictator of the world, 90 % of them believe in communism. And you think Prachanda and Nepali communist are going to be any different? You can fool, villagers by talking sweet and giving them false hope not to people who know history of the world. I admire you cause are true UML, cause you talk nice …just talk nice. Enjoy the fruits of capitalist country in America – my communist!!!!!!
 
Posted on 02-20-07 10:32 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

राहुलभाइ दाजु नि, गोद्नु गोदेर फेरि मल्हम पट्टी !!! ठीक छ ठीक छ जुध्नु भन्दा मिल्नु राम्रो । मलाइ त कता कता गणेशमान र पुष्पलालको पुनर्जन्म साझामा भएको हो कि जस्तो लाग्यो ।

गणेशमान => नेवार => कांग्रेस => राहुलभाइ
|| ||
पुष्पलाल => नेवार => कम्युनिष्ट => Once in a while

जातिबादि कुरा गर्यो भनेर मलाइ नखेद्नोस है, भुलचुक लिनेदिने ।
 
Posted on 02-20-07 10:34 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गणेशमान => नेवार => कांग्रेस => राहुलभाइ
---------------- || ------------------------- ||
पुष्पलाल => नेवार => कम्युनिष्ट => Once in a while

जातिबादि कुरा गर्यो भनेर मलाइ नखेद्नोस है, भुलचुक लिनेदिने ।
 
Posted on 02-20-07 11:27 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Dear ImI, Kasto TiMi!!!!
Had you read my earlier posts, you would know that I was never and I am not a blind supporter of UML or any communists. I am not fond of Nepal Bandh. I used to run travel business in Nepal and I know how Nepal Bandh affected tourism and my business. It affected all other sectors but the government holders and parties. I don't approve every action of UML.
The culture of strikes or bandh has its history back to 2007 and before, I believe. I have read about the popular strike of the Jute Mill ( Raghupati ??) which Girija Babu proudly claims that he was involved in and that he started his political career from. During Panchayati Era, these are the student factions who frequently used to shut off the campuses for various reasons. Don’t say that it was only Akhil to do so. NeBiSangh also did that. During Jana Aandolan I also, the political parties used the Bandh as the tools to weaken the Panchayat system. During 12 years of democracy, apparently these are the communists who were the organizers of the bandh. Naturally NC would not do so because they were in power most of the time. So, this is a prejudice to find UML accountable for all bandhs of Nepal. Bandh is not the unique product of UML and we don’t claim its patent right. South Asian countries like India, Bangladesh, and Pakistan also do practice Bandh. In USA also, I can see strikes taking place time to time. Last year, the employees of department of public safety went on strike and many driving license test centers were shut off (in MN). But having said this, I still disapprove any kinds of bandh or strikes of any form that directly affects the public life.


<>

It sounds like you do not appreciate any changes taking place in the communists’ ideology or your knowledge about communism is zero. Changes are taking place everywhere. In economics, in science, in technology, everywhere, changes are taking place in daily life. Each old theory is being replaced by new or advanced one. So why can’t or shouldn’t communists change?

There was never communism anywhere in the world. Communism, or a class-less society is the ultimate goal that the followers of Marxism want to attain. As the communism was never obtained, there is no question of its failure. Only some applications have been failed.

The name itself is not an issue. If name plays the vital role, Rastriya Prajatantra Party would be the grandest Democratic Party in Nepal. NC claims that they are the largest and the oldest Democratic Party of Nepal but there is no democracy in its own intra-party practices. All decisions come out from the pocket of Girija Babu or from the sari-knots of his late Nona bhauju or Suajata daughter. Other members of the party are just staff of Koirala family.

Don’t worry, the day we realize that the concept of “classless society” is not true, we will change our name. If you say that 100% classless society is impossible, I agree but we can set our goal to reduce the class-difference very minimal, can’t we? When Marxism was an attraction, I remember, even NC leaders used to claim that they are the true representative of the Marxism. Why? NC is still the member of International Socialist Society, why?

It can be a debate if classless society is possible or not. If you say that capitalism is flourishing, why can’t any Nepali party set capitalism as its ideology and ask the vote in this name? Had capitalism remain stagnant in its original form, it would never come this way long. There have been a lot of reforms. And workers are given benefits such as Social security, Medicare, health insurance, bonus, paid leave etc. So, if we get all these benefits, we don’t have to care whether it’s a capitalism or communism. When can we have all these benefits in Nepal?

I have nothing to do with all the dictators of the world and I am not fond of them. They have failed in their country and I don’t have to be worried about. We have to see in Nepal’s perspective and I will worry the day communists in Nepal fails.

Here Rahulbhai expressed his personal experience how he suffered in the hands of communists and I have a couple of similar stories.

1. When I was very young, the only 10 katthaa land of ours that we owned was somehow captured by a XYZ baaje and we had to evacuate our house and we learnt that we became landless (sukumbasee). Now, I see that XYZ baajee is an influential NC leader and in our land, there is a well-established resort.
2. After I did BSc, I had not a big dream. As the rural schools always deprived of science and math teachers, I decided that I would become a teacher. I was asked to take the job of a Math teacher in the same school where I did SLC from. The first day I went to take the class, half of the students of the schools were out, protesting my appointment, in sponsorship of the NC local leaders. As I was Akhil supporter (I was never an active leader in my life), I was not qualified to become a teacher. My first division marks in SLC, I Sc and BSc were no qualifications. That means in NC rule, from PM to peon everybody must be NC activists. Is that so? Later I knew that a Gorakhpure Bhaiya was imported as Math Teacher.
3. I have an aunt in my village. Although she and her family vote NC and I vote UML, we have good family relationship. The only reason she votes f NC is: She has 2 bigha lands. If communists come in the power, her land will be taken and that she has to work 8 hours a day but she is an old person and can not do so. She is too respectable for me to try to convince her that it was a misconception. I hope, ImI, you know communism better than her.

That’s it. Going to sleep now, brother. Don’t say that as I am UML supporter, I am not eligible to reside in US. This DV thing brought me here; otherwise it was not in my plan.
 
Posted on 03-02-07 1:15 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अब उ कामरेड प्रचन्डे सङ १० जना बराबर एउटा हतियार र छ।बांकि सबै खोलाले बगाएछ।अब १२००० जति हतियार होला भनेर पो ७३ सिट दिएको,अब त त्यो घटाएर १९ बनाउनु परेन।अब इनलाइ फोकटम तेत्रो सिट अनि मन्त्रालय किन दिने।सबैले आफ्नो हैसिएत अनुसार् पाउने त हो।३४०० हतियारले ७३ सिटा पाउने भए त ४७ वटा हतियार वापत एक् सिट पाउनु पर्‍यो।एउटा हतियारको ६००० पर्छ क्यारे म पनि २८२००० जति पैस लिएर गए भने त तेति एक् सिट बराबरको हतियार किन्न सक्ने र छु अनि त म पनि सँसद।अनि सँसद गएर थर्काउनु पर्छ अरु साँसदलाइ।मज्जा पो होला जस्तो छ है।
 
Posted on 03-02-07 5:42 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Power comes out of a barrel of a gun .
 
Posted on 03-28-07 9:12 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"कम्यूनिस्ट भनेका खसिको टाउको देखाएर कुकूरको मासु बेच्ने कसाइ हुन।"
ल जा अति भो क्या अब त।
 



PAGE: <<  1 2 3 4  
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 30 days
Recommended Popular Threads Controvertial Threads
What are your first memories of when Nepal Television Began?
मन भित्र को पत्रै पत्र!
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
TPS Work Permit/How long your took?
चितवनको होस्टलमा १३ वर्षीया शालिन पोखरेल झुण्डिएको अवस्था - बलात्कार पछि हत्याको शंका - होस्टेलहरु असुरक्षित
Nepali doctors future black or white usa ?
Another Song Playing In My Mind
nrn citizenship
TPS Renewal Reregistration
हेर अमेरिकामा नेपालीहरुको बेज्जत
WHAT DO YOU GUYS THINK ABOUT THIS?
Send Parcels from USA to Nepal & Worldwide.
Why is every youths leaving Nepal? Why are not youths entering politics and serving the country, starting business etc?
Is money sent to support family tax deductible?
Nearly one-third of Americans support autocracy, poll finds
Alert: Turbo Cancers: A Rising Global Threat
महँगो अण्डाको पिकल्प : कुखुरा र खोर भाडामा लिने
Informatica consultancy share
Travelling on TPS advance travel document to different country...
Are you ready to know the truth?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters