[Show all top banners]

krk_nepali
Replies to this thread:

More by krk_nepali
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 बोष्टनमा नयाँवर्ष धूमधाम मनाइने र नयाँ कार्य थालिने
[VIEWED 4094 TIMES]
SAVE! for ease of future access.
Posted on 02-14-07 2:58 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बोष्टनमा नयाँवर्ष धूमधाम मनाइने र नयाँ कार्य थालिने
कृष्णराज खनाल
फेब्रुअरी १३ बोष्टन, अमेरिका । नयाँवर्ष २०६४ लाई ग्रेटर बोष्टन नेपाली समाजले शान्तिवर्षका रुपमा धुमधामसाथ मनाउने निर्णय गरेको छ । आउँदो अप्रिल १६ सोमवारका दिन बिभिन्न नेपाली साँस्कृतिक कार्यक्रम सहित नयाँवर्ष मनाउने निर्णय हिजो यहाँ बसेको सो समाजको बैठकले गरेको हो ।
कार्यक्रमलाई ब्यवस्थित र भब्यरुपले सम्पन्न गर्नका लागि समाजका पदाधिकारीहरुलाई बिभिन्न जिम्मेवारी पनि तोकिएको छ । जस अनुरुप समाजका अध्यक्ष विनोद ओली र सदस्य द्वय रंजन बुढाथोकी तथा पल्लवी जोशीलाई साँस्कृतिक कार्यक्रक संयोजन, उपाध्यक्ष प्रेम तामाङ् र महासचिव जम्मो शेर्पालाई कार्यक्रम हल तथा मंच ब्यवस्थाप तोकिएको छ भने कोषाध्यक्ष्य दीपेश श्रेष्ठ र सदस्य मीन केसीलाई प्रायोजन तथा आर्थिक ब्यवस्थापको जिम्मेवारी सुम्पिएको छ ।
त्यसैगरी सदस्यहरु लिलाबहादुर राउत, हेम पुन र बिष्णु कार्कीलाई रात्रीभोज तथा धन श्रेष्ठ, हेम पोख्रेल र शिवप्रकाश पौड्यालाई प्रचारप्रसार एवं जनसम्पर्क संयोजन गर्ने जिम्मवारी दिइएको छ ।
परम्परागत रुपमा लामो समयदेखि प्रत्येक वर्ष मनाइदै आएको नयाँवर्षको कार्यक्रममा यसपटक सहयोग स्वरुप प्रवेश शुल्क टीकटमा विद्यार्थी तथा परिवारवालालाई विषेश सहुलियत दिने निर्णय पनि समाजले गरेको छ । जस अनुसार विगतको प्रवेश शुल्कमा नबढाई प्रतिब्यक्ति पच्चीस नै कायम गरिएको र परिवारका दोस्रोदेखि क्रमशः अन्य सदस्यका लागि प्रतिब्यक्ति पन्ध्र डलर मात्र र विद्यार्थीका लागि १८ डलरमात्र प्रवेश शुल्क निर्धारण गरिएको छ । बोष्टन वरपर बसोबास गर्ने सबै नेपालीलाई कार्यक्रममा उपस्थित भइदिन पनि समाज अनुरोध गरेको छ ।
कार्यक्रममा प्रायोजकहरुलाई प्रेरित गर्ने उद्धेश्यले तीनसय डलरभन्दा बढी सहयोग उपलब्ध गराई प्रायोजन गर्ने प्रायोजहरुलाई कदरपत्र सहित सम्मान गरिने निर्णय पनि समाजले गरेको छ ।
त्यसैगरी हिजोकै बैठकले सदस्य शिवप्रकाशको GBNC Education Foundation ग्रेटर बोष्टन नेपाली समाज शैक्षिक कोषको प्रस्तावलाई सर्वसम्मतिले निर्णय गरको छ । जस अन्तर्गत नेपालमा युद्धपीडित तथा असाहाय बालबालिकाका लागि प्रत्येक वर्ष दुई बिकाश क्षेत्रका दुई विद्यालयमा अक्षयकोष स्थापना गरिने छ र सोबाट छात्रवृत्ति प्रदान गरिने छ । सो शैक्षिक कोषका लागि समितिका सदस्यहरुले मासिकरुपमा निश्चित रकम जम्मा गर्ने निर्णय पनि समाजले गरेको छ । "मातृभूमिका लागि महिनाको आधा घण्टा" भन्ने नाराकासाथ सो बराबरको रकम अथावा महिनाको कम्तिमा पाँच डलर उक्त कोषका लागि उपलब्ध गराइ दिन पनि समाजले सम्पूर्ण नेपालीहरुमा हार्दिक अपिल पनि गरेको छ । यसलाई ब्यवस्थित रुपले संचालन गर्नका लागि छिट्टै एक समिति पनि गठन गर्ने र समाजको वेभसाइट gbnc.org बाट पनि सो सहयोग रकम प्रदान गर्न सकिने ब्यवस्था मिलाउने जिम्मावारी समाजका कोषाध्यक्ष दीपेश श्रेष्ठलाई दिइएको छ । यसरी प्रत्येक ब्यक्तिबाट संकलित सानो रकमले हाम्रो मातृभूमि नेपालमा एउटा ठोस, ठूलो, दीगो र महान् परोपकारी कार्य गर्न सकिने कुरा समाजका सदस्य कवि शिव प्रकाश बताउनु हुन्छ।
साभार नेपालजापान डट कम ।
 
Posted on 02-14-07 3:04 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अति उत्तम।तर मातृभूमिको नाम भजाएर डलर खेति चाहिं नहोस नि फेरि।नत्र म त फेरि भूस्या कूकुरहरु पठाइदिन्छु नि नेपालबाट भिसा हानेर।
 
Posted on 02-14-07 4:27 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तपाइँको प्रतिकृयाले हाम्रो हौसला बढाउने छ । प्रतिकृयाको सम्मान गरिन्छ । धन्यवाद !
 
Posted on 02-14-07 8:10 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

.
छोयला, कचिला, म:म: र अयला वास: पाइन्छ भने त जानु पर्ला हो कसो!!
रमाइलो त गर्नु पर्यो नि त!
 
Posted on 02-14-07 8:19 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

.
यो बोस्तन कुन चाहि ठिक हो?
बोस्तन, वोस्तण, वोस्टन, बोष्तन, बोस्टन,
बोह्सतोन,बोस्टोन, बस्टन, बस्तन, बश्टण,

यो साझामा धरै बहस हुने भएकोले
हामीलाइ बहस-टोन मिल्छ जस्तो लाग्छ
 
Posted on 02-14-07 8:19 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ja ja sayami gayara pahadiya lai gali gar
 
Posted on 02-14-07 8:32 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

.

गाली भनेको घरमा बसेर टाकटाक टुकटुक गरेर गरिन्छ, राम्रो ठाउंमा त सभ्य साहीत्यिक ब्यबहारनै गरिन्छ नि! हेरौं क-कसले चीसो बियर चुस्स गर्दा रहेछन।
 
Posted on 02-14-07 8:44 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

.
ख्याल गरेको है साठीहरु!
फेरि साझाको बियर बिक्रीमा र्‍हास आउला। साथीहरु झोल पदार्थको अनसन बसिदियो भने आपत हुन्छ। त्यत्रो तयारी, खेर नजाओस।
 
Posted on 02-14-07 9:23 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

साथीहरुलाई धेरै धेरै धन्यवाद ! प्रयास समाजको हो सहयोग तपाइँहरुको हो । अव रह्यो सायमीजीको जिज्ञाषा - मेरो विचारमा "बोष्टन" शुद्ध होला भन्ने लागेको छ ।
 
Posted on 02-14-07 9:56 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हुन त म पनि यस्तै लेख्छु तर "बोष्टन" लेख्नु शत प्रतिशत सहि नहोला !

किन ???

अंग्रेजी भाषामा "ष" को equivalent नै देख्दिन म त !

dictionary.com ले दिएको फोनेटिक्स baw-stuhn, bos-tuhn

र मैले सुन्ने गरेकोमा बस्टन, बोस्टन आदि सबै ठिक छन् ! There is only one simple "S" so does not convey any kind of complex phonetics. Its becoming so diverse and every body saying so diifferently, Thomas Menino should be the gold standard for he is a native and has bostonian accent.
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 7 days
Recommended Popular Threads Controvertial Threads
Travelling to Nepal - TPS AP- PASSPORT
TPS Work Permit/How long your took?
मन भित्र को पत्रै पत्र!
Does the 180 day auto extension apply for TPS?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters