[Show all top banners]

pire
Replies to this thread:

More by pire
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 म पनि नयाँ राजावादि

[Please view other pages to see the rest of the postings. Total posts: 35]
PAGE: <<  1 2  
[VIEWED 11553 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 2 pages, go to PAGE 1.

This page is only showing last 20 replies
Posted on 02-24-07 6:07 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आज जति म कहिल्यै डिप्रेस्ड भएको छैन भन्दा हुन्छ। माओबादिले यता एमालेलाई भकुरे रे, उता जनजातिलाई, झन उता त्यो उपेन्द्र यादवकोलाई, हरे के को गुण्डागर्दि हो?

अब मधेसीहरु र जनजातीको नेताहरु पनि राजा रहिञ्जेल यिनिहरु कानमा तेल थापेर बसे, कसैले केहि लछरेको हैन, कसको के इतिहास हो भन्ने पनि मलाई थाहा छैन। आज सबैलाई चक्काजाम गर्न पर्ने, स्कुल बन्द गर्न पर्ने, आन्दोलन गर्न पर्ने। अनि हाम्रा नेताहरु हेर्नुस, युनिभर्सिटिमा कुलपति पनि पार्टीको मान्छे राख्ने रे प्रभु।

यस्तो गाइजात्र हेर्नु अघि बरु म मरेको भए नि हुने जस्तो लाग्छ। किन भन्दा अब मैले पनि मेरो लोयाल्टी शिफ्ट गर्ने बिचार गरेको छु।अब प्लिज यो मधेसीहरुलाई मधेस (भनेर त्यो नौ दस वटा जिल्ला ) छुट्ट्याइदिम। स्वतन्त्र राज्य भने स्वतन्त्र राज्य सहि। नेपालमा भएर नि हामी सिधासाधालाई कौन सा खुल्क्या'थ्यो र? डोको नाम्लो नगरी खान नपाउने जनता देश भरि छन, त्यो मधेस हाम्रो भएर के नभएर के। बरु नभए त कमसेकम मात्रीका, गोइत, ज्वाला, उपेन्द्र आफैआफै लडेको र मारकाट गरेको खबर त सुन्न पर्थेन। त्यो बिरगञ्ज त झन इन्डियाको जेलमा बसेको गुण्डाले चलाएको शहर। प्लिज लैजाउ र तिमिहरु आफै चलाउने हो कि लालु सँग मिलेर चलाउने हो चलाउ। प्रजातन्त्र नपचेको हरुलाई के भन्ने त?

अनि, हाम्रा नेता हरु लाई पनि प्रजातन्त्र नपचेको। उनैका सन्तानलाई ठुलो पोस्ट चाहिने रे। के फौजी कार्बाही गर्ने शहर आन्दोलन गर्ने भन्दै भुक्दै हिड्न पर्‍याछ त्यो माओबादिहरुलाई। भोलि हाम्रो धन सम्पति को रक्षा नहुने, हाम्रा छोरछोरिलाई पढाउनेकुरो अठारौँ सताब्दिको सिद्धान्त हुने, सबैले प्रचण्डलाई लाल सलाम गर्न पर्ने हो भने त्यो भन्दा त बरु ज्ञाने ठिक हैन? त्यो सालाको पुर्पुरोमा तिन तिन पटक राजा हुन लेखेको जस्तो छ, खाओस।

मैले कहिल्यै राजाको सपोर्ट गरेको थिइनँ, आज बिहान सम्म पनि रिपब्लिकन थिएँ, तर आजको न्युज पढेपछि मेरो सबै उल्लास हरायो। नेताहरु, प्लिज कि शान्ति ल्याउ, निर्वाचन समयमा गराउ, विश्वविद्यालय हरु राम्रो बनाउ, सबै ठाउलाई आफ्नो भर्ति केन्द्र नबनाउ, नत्र आमाको कसम, मैले ज्ञानेलाई भोट हाल्छु। म तिमेर्को कमारो त हैन नि। त्यो सालाको पुर्खाले आर्ज्याको मुलुक हो भन्थ्यो, खाओस।
 
The postings in this thread span 2 pages, go to PAGE 1.

This page is only showing last 20 replies
Posted on 02-24-07 6:00 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


यि सबै सात सालको प्रजातंत्र पछि देशको स्वार्थ लाइ छोडेर दलहरु
जसरि अ आफ्नो निजिगत स्वार्थ पुरा गर्न व्यस्त थिए त्यहि हुदैछ, इतिहास आफै दोहरिदै छ्...अनि भारतिय बिस्तारबाद्को इतिहास पनि... यि चोर हरुलाइ नेपालको कुनै माया छैन बरु दरजिलिंग र सिक्किम संग नै साट्ने सबैभन्दा सांतिपुर्ण उपाय हो कि ? अनि हेरओ कतिजना यि परमेंद्र्रहरुले समानुपातिक मौका पाउलान डक्टर इंजिनेर हुने बिस्वबिध्यालय चलाउने, बिहारि भएपछि...नेपाल र बंगलादेश को दुरि धेरै छैन रे बरु त्यहि पुल बनाउने हो कि ? कुनै बादि दल हरुको बिस्वास छैन कि तिनिहरुले बहुमत पाउछन भनेर..भद्रगोलका कारण यही हो...राजाको हात भएको भन्नु पनि कोठे पत्रकारिता नै हो बिना प्रमाण...उहि माओबादिको हतियारको कुरा जस्तो...देखाए बिहारबाट ल्याए भन्ने नदेखाए लुकाए भन्ने...अब के गर्ने ? तर धनि राजा देखी लिएर यि गरिब भन्ने माओबादि सबै चोर डांका हुन अ आफ्नो स्वार्थ मात्र देख्ने सब बराबर कुनै तलमाथि छैन...

 
Posted on 02-24-07 6:17 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

WHOM TO TRUST ? People ordinary people they do not have trust on their so called leader like girija and makune

this lack of leadership is frustating but once it emerges it comes as hell gets apart.
 
Posted on 02-26-07 9:12 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पिरेजि,तपाइका लेखहरु पड्दा लाग्छ,तपाइको बिस्वास लोकतन्त्र प्रति छ।धेरै नेपालि जस्तै तपाइँ पनि शान्ति र विकाश चाहनु हुन्छ।र जसरि आज देश दन्डहिनताबाट गुज्रीरहेको छ,कानून नभएको देश झै,तपाइ,म अनि धेरै नेपालि वाक्क दिक्क भएका छौ,निराश भएका छौ।तर नेपालको मूल समस्याको जड भनेको अधिकाँस नेपालि जनताको रगतमा कुनै न कुनै राजनितिक पार्टिको आस्थाको सँचार हुन्छ।हामि कि माओवादि,कि राजावादि या खाओवादि हुनमा नै रमायौँ।हामि वादबाट अलग भएर नेपालि भएर सोच्न सकेनौं।जुन दिन नेपालि भएर सोच्न सुरु गर्छौँ,एउटा नया क्रान्ति सुरु हुन्छ,सुद्धिकरणको क्रान्ति।तेहि क्रन्तिले मात्र नेपालको केहि होला नत्र,राजावादि वा कुनै वादि भएर केहि हुनेवाला छैन।मेरो लागि,राजा रहुन य नरहुन,प्रचन्ड मरोस य बाचोस,गिरिजाले नेतृत्त्व गरोस य अरु कोहिले केहि फरक पर्दैन।मात्र मलाइ कुनै पनि शर्तमा शान्ति र विकाश चाहिन्छ र त्यो नेपालि भएर सोच्न सुरु गरे पछि मात्र प्राप्त हुन्छ।अहिलेकै यथास्थितिवाट त्यो सम्भव छैन।
 
Posted on 02-26-07 10:48 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नानु दा' को कुरो चित्त बुझो है मलाइ नि । दिग्गज दिमाख भ'का, नेपाल बाहिरको संसार देखेका, इतिहास जानेका, वर्तमान बुझेका हस्तिहरु त गिरिजा, प्रचण्ड, माधव, ज्ञानेन्द्र, देउवा, रोहित, गोइत भन्दै भेडे तर्कमात्तै गर्ने अघि सर्ने, अनि कहाँ हुन्छ? जो सुकैले गरोस, तर राम्रो कामलाइ राम्रो, नराम्रोलाइ नराम्रो भन्नेतिर नलागे सम्म यस्ता वादविवादहरुले खासै अर्थ राख्ला जस्तो मलाइ नि लाग्दैन । यो वादि र त्यो वादि भन्ने छाप निधारमा लागेपछि सहि कुरा पनि गलत देखिने, गलत पनि सहि देखिने दृष्टिभ्रम हुन रत्ति बेर नलाउनि रइछ ।
 
Posted on 02-26-07 11:02 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Hami janta ko halat ta "dhobi ko kukur ghar ko na ghat ko bhako" jasto cha ni
 
Posted on 02-26-07 4:49 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मित्रगण्,
धेरैको कुरा चित्त बुझ्दो लाग्यो र पनि केही कुरा अलि बिझ्दो भएको ले २-४ लाइन लेख्ने जमर्को गरेको छु ।
Mr Truth अर्थात सत्यबादी जी को कुरा मा केही असत्य लेख्नु भो अथवा बुझ्नु भाको ले लेख्दै छु, अन्यथा न लिनु होला ।
१-सात साल र १७ साल बिच को घट्ना क्रमलाई कहाँ बाट साभार गर्नु भयो ? राजानैतीक पार्टिको आपसी खिचातानी आदी इत्यदि बिशेषण हरु हामीले पढेको पञ्चायत भन्ने पुस्तक मा मात्र सीमित छ । वास्तविकता अर्कै छ । ७ साल मा घोषणा भएको संबिधान सभा को चुनाव भएमा राजा को स्थिती अनिश्चित हुने डर ले कुनै पनि हाल मा चुनाव हुन न दिन दरबार ले के के गरेन, जानकार हरु संग जिज्ञासा राख्नु भए हुन्छ ।
अर्को कुरा, नेता चोर थिए, छन होला, भिजन छैन होला, स्वार्थपरक भए होला तर राष्ट्र प्रती घात गरेको उदाहरण तपाईंले देख्नु भए, राखी दिनु होला आभारी हुने थिएं । बरु सगरमाथा जस्तो नेपाल चिनाउने गौरब पनि राजा ले बेचेका हुन । पार्टिका नेता ले होइनन । २००८ साल तिर देशमा भारतीय सेना भित्र्याउन राजा त्रिभुवन तयार थिए र सो को लागि भारतीय राजादूत सी एन सिन्हा को र मौसुफ को साठ्गाँठ कस्तो थ्यो, त्यो ईतिहास हामीलाई पढाइएन र थाहा न भएको हुन सक्छ । के आइ सिंह काण्ड को नौटंकी गरेर्, भारतीय सेना नेपाल भित्र्याउने कुटिल चाल मा राजा निरही थ्यो र तत्कालीन प्रधान मन्त्री, मातृका प्रसाद कोइराला ( कांग्रेस पार्टी को प्रतिनिधि) र गणेश मान सिंह आदिको संयुक्त प्रयासले कसरी त्यो दुर्घाटना तर्यो, त्यसको बारेमा जानकार हरु संग सोधे हुन्छ, कति पय त जिउंदै छन्, शायद यो उमेर मा झूठ बोल्दैनन । मैले पनि यी कुराहरु स्वर्गिय लौह पुरुष गणेश मान सिंह को मुख बाट सुनेको हुं । त्यसैले देश भक्ती मा कमि आए होला अहिले को नेतामा तर घात गरेको जस्तो लागेन ।
२- दोस्रो कुरा, तराई जल्नु र जलाइनु मा ज्ञानेको हात छ भन्ने लाई तपाईंले कोठे पत्रकारिता भन्नु भयो । तराई जल्नु मा ज्ञानेको हात मात्र होइन, खुट्टा पनि छ ।
राजाका दाहिने हात मानिने भरत केशरी सिंह र तराईका आन्दोलनका नेता उपेन्द्र यादब ले गोरखपुर को एउटै मन्चबाट हिन्दू राजालाई जोगाउन आन्दोलन गर्नु पर्छ र त्यसमा भारतका हिन्दू हरुले सघाउनु पर्छ भनेर भाषण दिएको श्रब्य दृश्य सामग्री हरु यथेष्ट छन । यो भन्दा बढी के प्रमाण चाँहीयो ? ज्ञाने स्वयं उपेन्द्र यादव हरु लाई पैसा बांड्दै त हिड्दैन होला नि ? कसो ?
त्यसैले नेता लाई गाली गर्नुस्, गाली लायक छन्, तर ज्ञाने र उपेन्द्र यादव हरु लाई नेताको रीस को पानीले चोख्याउने धृष्ट्ता पनि नगर्नुस् ।
 
Posted on 02-26-07 5:01 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

RahulVai,

May be you are correct.Could you explain all the water treaty done with India from Tanakpur to Mahakali?So, you find the parties at no fault when they cannot address national interest ??Also, What is corruption?- isn't it a form of rastraghaat??Weren't these parties very active during last 13 years ?i think they did enough to compensate the period that panchayat took from them.I don't say Gayanendra and Panchayat wasn't corrupt.But ..SPAM is equally corrupt.Just it depends the glasses you wear to see them.
 
Posted on 02-26-07 5:07 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Yes, of course, I am not supporting the Netaas at all. They have done lots of blunders.Yes, I will explain about the water treaties. I do not support Mahakaali sandhi too, but it is better to know the inside story too. I am just saying that only evaluating the corrupt leaders, it will be wrong to praise the Panchayat and King's role.
 
Posted on 02-26-07 5:19 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Let me tell you something Rahul Vai,
lets suppose,
Even if maoist get 2/3 majority in Nepal.They will still be involved in the same kind of treaties with India.They cannot do anything better.So, saying that Maoist thinks more of a Nepal and poor people and King doesn't is incorrect.They are all just puppet.Yachuri - who the hell is yachuri??Gets so much respect in Nepal .So, it really doesn't matter in Nepal.who comes in Power.So, best solution is , Don't make anyone scapegoat.SPAM is trying to potray KING is the only problem in Nepal.So, even i we do not have king ,i doubt nepal will change anything .Except getting worse in internal conflict.

Saying this is intermin period and this happens is some what justified but If we had strong leader to lead in this trying times.looking at the direction nepal is heading once we lose the unity .It is impossible to unite again.it will be too late .And you know "morning shows the day " morning looks very depressing.I don't think sun will shine in Nepal.

I will wait for your justification in the SPA treaty with India.Thanks.
 
Posted on 02-26-07 6:25 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हैन यी साझाका विद्वानहरुलाई के भएको हो हँ?

'सौताको रीसले पोईको काखमा मु्त्ने' भने झैँ गिरिजाको रीसले नेपे झण्डै झण्डै माओबादी हुन थालिसके। त्यहाँबाट विश्वन्तरको पालो आयो। कुन चाहिँले पशुपति जाँदा ज्ञानेन्द्रलाई ढुंगा हाने भनेर मर्माहत भएर उनी नयाँ राजाबादी रे। अब पिरे चाहिँ त्यो उपेन्द्र यादबको रीसले राजा आऊ देश बचाउ रे। बुझी नसक्नु छ लौ!
 
Posted on 02-26-07 6:48 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"सौताको रीसले पोईको काखमा मु्त्ने' भने झैँ गिरिजाको रीसले नेपे झण्डै झण्डै माओबादी हुन थालिसके। त्यहाँबाट विश्वन्तरको पालो आयो। कुन चाहिँले पशुपति जाँदा ज्ञानेन्द्रलाई ढुंगा हाने भनेर मर्माहत भएर उनी नयाँ राजाबादी रे। अब पिरे चाहिँ त्यो उपेन्द्र यादबको रीसले राजा आऊ देश बचाउ रे। बुझी नसक्नु छ लौ! "

बडा मार्मिक कुरो गर्नु भो । मेरो भन्नु पनि त्यती हो, सात दल र माओवादी को गल्ती देखाएर २३७ बर्ष सम्म गरेको अपराध चोख्याउन मिल्दैन । प्रजातन्त्र रहे र फले ती सात् दल् त के तिनका बाउ लाई नि जनताले कार्यबाहि गर्ने छ। इन्दिरा गान्धि अनि बाउ बुश् ले तसै हारेका होइनन्।
 
Posted on 02-26-07 6:55 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

i still feel, maoists are the ones capable of creating a conducuve environment for today's nepal. the reason why i still support maoists:

1) new nepal is yet to be born. it needs a lots of discipline, hard-work, patience (time) for loktantra to get established. it's not gonna happen overnight. how many average nepali know this?

2) an average (typical) nepali, i am afraid, does not have all that. we can figure out from this thread itself. if we, educated and sane-minded thinkers, can well get succumbed to desperation by incidents (looting, extortion, 1/2 unfair political appointment and so on), let's think how an average nepali mind is gonna take it? people are people, their mentality is not gonna change overnight. we still have TU graduates who get involved in burning tyres and detroying goverment and private properties for every small or big reason of protests.

3) it may sound ridiculous to many loktantrabaadi bidwan over here, but i honestly feel, what we need is a democratic environment which is controlled to some extent and that does NOT allow people to act insane and let them set free for whatever stupid act they commit.

4) making a compulsive provision for youth for army training is a good idea. it will at least make sure that our youth do not waste their time boozing, womenizing, and fooling around in streets whistling to school girls. on the same note, i also think, vocational trainings in various areas should be made a compulsion for people depending upon their aptitude and interest. this will make sure their mind is occupied in doing something useful for themselves and the nation.

5) a complete loktantra at this stage will be like "bandar ko hatma nariwal'. we all know the politicians and average nepali mentality.

LooTe
 
Posted on 02-26-07 7:09 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

SAAJH MITRA HARU

Just passed this thread. I really don't know what's happening in nepal.Thukka malai...NEVER TRIED TO FIND....Now i really want to know what happening to nepal. Do you guys have any link where i can find what's happening in nepal...
 
Posted on 02-26-07 7:36 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भोको पेट र नाङो आङ्ले राष्ट्रियता भन्दैन साथीहरुहो!
बिदेशमा बसेर साझामा ठुलठुला राष्ट्रियताको बखान गर्न सजिलो छ्!
यदि सबैलाई राष्ट्रको माया लाग्छ भने नेपाल जाउ
साझामा फुकेको राष्ट्रियताको बिगुल ले केही हुनेवाला छैन
 
Posted on 02-27-07 3:14 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

राहुलजी, म कुनै बादी होइन र बिबाद पनि गर्न चाहदिन त्यसैले यस्लाइ बिचार मात्र लिनु होला | मैले ०७ साल पाछिको कुरा पिरेजिको राजाबादि हुने सन्दर्भमा नै ल्याएको हुँ |तपाइलाइ दुइथरिको किताबहरु पढेर भ्रम बढेको मात्रै हो तर सत्य कुरा त सत्य नै हुन्छ|बरु फटाह गणेशमानलाइ बिस्वास गर्नु भन्दा बुढापाकाहरुलाइ नै सोध्ने हो कि? अझै पनि बेर भएको छैन | आज देशको गोलमाल देखेर यि देशि मात्र होइनन बिदेशमा शिक्षित ब्यक्तिहरु पनि किन राजाको समर्थन किन गर्दै छन्? के यि सबैलाइ मण्डले को तोक्मा मात्रै दिने कि राजनैतिक करतुतको सहि बिश्लेशण् पनि गर्ने? जसरि आज निरकुन्श राजा नै ठिक भन्ने भावना ( क्षणिक नै किन नहोस्) उर्लेको छ ०७ साल पछिको दलहरुको बाझमबाझ र रास्ट्र्को हित बिपरित कार्य र सम्झौता भए पछिको "यि नेताहरु सबै फटाहा हुन राजा नै ठीक" भन्ने लहर को तुलना मात्रै गर्या हुँ समर्थन गर्या होइन |अब होइन त्यसतो लहर नै थिएन भन्नु चै बि पि र गणेशमान को च््स्मा लगाएर ईतिहास पढ्नु मात्रै हो |ईतिहास फेरी दोहरिएको छ हामी अगाडि अनि हामि सबैको निष्कर्श बहुमत एउटै छ, नेताहरुको नपुन्सकता माथि (शायद ५० बर्ष पछि गिरिजा,माकुने प्रचन्डे ले ढाट्लान पक्कै पनि)| २०६१ साल मा ज्ञानेको समर्थन त देखियो भने १७ साल मा त्यो हुँदै भएन भन्नु सत्यलाइ तितो भनेर फयाक्नु मात्रै हो |निरकुन्स राजाहरुको गोटी जनताको उरलदो लहर् अनुसार नै चल्छ ०१७,०३६,०४७,०६३ देखिहाल्नु भो, नेताहरु चाँही बिदेशिहरुको सिद्दान्त च्यापेर व्याबहारिक जनताको लहर लाइ पछैदिन्छन्, चुक्छन्, फरक त्यती हो| वाह ! त्यो सगरमाथाको छिन फाट बि पि प्रधानमन्त्री भएकै बेला होइन? यदि महेन्द्रले छाप लगाएर बेच्या भए उहा पनि नपुन्सक नेता नै हुनुहुन्थ्यो | अनि त्यो हष्ताक्ष र गर्ने बि पि हुन कि महेन्द्र? पुरानो खाता पल्टाउन जरुरी छ । "मेरो संसार" त रक्तकुन्ड लाई नै ईतिहास ठान्छन तय्स्तोको पनि भरोसा गर्ने? "भारत हाम्रो भाई चाइना हाम्रो मित्र" जस्तो अदुर्शी वाक्य मैले भन्या होइन त्यो त भारत को नेहारु, चन्द्रशेखर लाइ खुशी तुल्याउन तत्कालीन नेता ले नै भन्या हुन । अनि गण्डकीको सम्झता राष्ट्रघाती होइन? पत्यार नगर्नेलाई टनकपुर को उदारहन ले नै ईतिहास दोहर्याइदियो नि।छाडि दिउ यि कुराहरु, भर्खर् पलायेको प्रजातन्रलाइ छाडि आपसि काटमार् को द्वन्द राष्ट्रघात् होइन? भारतको निती सिक्किम खाए पछि नै प्रष्ट छ अब नेपाललाइ पनि उदारहन बनाएर ईतिहास दोहर्याउने? जब सम्म यो ठुलो हात्ती छेउमा हुन्छ तब सम्म नेपालको भलो कहिल्यै हुँदैन, लाचार भएर देश बुझाओस् भन्ने दाउ मात्रै हो । ०४७ साल पछि को नेताहरुको कुर्सिको लागि द्वन्द के नेपालका लागि राष्ट्रघा त सिद्ध भएन? या यो सपना मात्रै हो? झँडै ज्ञानेले अर्को ३० बर्ष लाद्देको !
२)त्यो रिजने बल डाउब्ट लाइ कसरी ठोस् प्रमाण मान्ने? छ्क्कै लागदो । हो ति अतिबादी हिन्दूहरुले हिन्दूवत्त को कारण देखाएर फेरी चम्चागिरिको थालनी या भाड्भैलो शुरु गरे होलान्, ज्ञाने पनि मुश्कुराय होलान तर यो उन्कै रणनिती हो भनि बिश्वास कसरी गर्ने? किनभने यसमा थुप्रै खोट हरु छन राम्ररी बिश्लेशन गर्ने हो भने | म पनि गलत हुन सक्छु तर यती छिट्टै पत्याउनु चाँही त्यो नेपाली पत्रमा "पद्म्कन्या को शेफ्टी टैँक साफ गर्दा भन्टै भन्टा पाइयो" भन्ने खबर लाइ साँचो मान्नु जती नै हो भन्ने मेरो भनाइ हो, तपाईंलाइ कोठे पत्रकारिता गरेको आरोप होइन । ज्ञानेबाट केही न केही चालको प्रतिक्ष्या गर्नुहोस्, बिश्लेशण अनि पो सत्य हुन्छ, खाली भरते र उपेन्द्रको एकैसाथ् कारण दिदैमा एक तर्फी सत्य सत्य त हुँदैन नि! फेरि अर्को तर्फ प्रमाण् नपाये त्यसैलाइ नै सत्त्य मानिदिने? गजब् छ बा! अब त्यो ज्ञाने चुपो लागेर बस्दा भित्र भित्रै षड्यन्त्र रच्दै छन रे अनि ०७ गते बोल्दा किन बोलिस् रे? फेरी हिन्दूवत्तको फिलङो देख्नुभो भाषणमा? मर्ने बाघले टोक्न डरौदैन भन्छन्, त्यो गजब्को मौका थियो उन्का लागि । मेरो यि अभिब्यक्ती ज्ञानेको समर्थन को लागि होइन, खाली यि हुती हरा नेताहरुको पर्दाफास् गर्नुको लागि नै हो, तर यि नपुन्सक हरु अर्कालाइ अचानो बनाउन पाए सम्म सत्ताको लागि जे पनि गर्छन चाहे राष्ट्र को हित मै किन आंच न आओस् ! जुन बाद बादी ले देश चलाओस, मलाई मतलब छैन तर सिक्किम्को उदारहण लाइ नबुझ्ने अदुर्शी नेता हरु देखेर चाँही रन्को उठछ । किनभने मलाई भारतीय हुनु पटकै मन छैन, तपाईंलाइ पनि पक्कै ।
 
Posted on 02-27-07 11:05 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अचम्म को कुरा के भयो र! हाम्रो जहिले पनि सोचाई भनेको छोटो अर्थत अदुर्दर्शी हुन्छ । राजा ले शाशन हात्मा लियो दुनियाँ भरि बाट वाह गरे नेपाली ले! त्यो राजा मन पराएकोले होइनकी देशमा केही परिवर्तन होला कि भनेर थियो । सबैलाई अब्यबस्था छाडापन ले दिक्क लागेकोले change चाँहीएकोथियो । हेर्नुस्, बुद्धिजिबी, ब्यपारी, NRN=non returning Nepali, DV, students सबैले खुशीयली ब्यक्त गरे अनि धेरैले ठुला बिग्यापना छपाएका थिए । जब बाटोमा जनताको भिड बध्न थाल्यो सबै एका एक प्रजातन्त्र बादी बने । कहिले पार्टिलाई गाली गरे कहिले राजा लाई, आफ्नो रुप कहिले नहेर्ने!

त्यही भएर कहिले काही Pire जी depress भए जस्तै मेरो पनि "मन" depress हुन्छ,यस्ता अरु बाहेक आफु मात्र राम्रो देख्ने हाम्रो नेपाली मन देखेर ।
राजा मात्र होइन नेपाल लाई अहिले जो भए पनि एउटा कडा dictator चाँहीएको छ । त्यसैले
हामी कहिले राजा नै ठीक त कहिले माओवादी ठीक भन्दै दोधारे कुरा गर्छम ।
यो हामी राजभक्त या माओभक्त भएर पलायेको बिचार होइन, बर्तमान देखि depression भएको मन को बिचार हो । अहिले पनि नेपाल म कौन सा ताना शाह छैन र ?
बाबुराम को, महरा को, प्रचन्ड को पास्पोर्ट home delivery
अनि जन सेना भनौदाले बिचरा tempo को खलासी लाई पित्ने
मन्दिर मा पूजा गर्न जने ले गोली खाने
ह तियार लिएर ससद मा जाने,
भ्रस्टाचार गर्ने मन्छे देश को राज्य र अर्थ समितिमा राज गर्ने। कहा छ फरक्, के हो निरन्कुश्तन्त्र भनेको, केहो लोकतन्त्र भनेको?

"गिरिज, माधब्, खुमे, देउबा आदि ले सत्ता नपाउने अवस्था लै निरन्कुश्तन्त्र भनिन्छ र यिनि हरुले साशन् गर्न पाउने ब्यवस्था लाइ लोकतन्त्र भनिन्छ" भन्ने definition बुझ्नु पर्ने बेला आयो नेपाल् को सन्दर्भमा!
त्यसैले मलाई त लाग्छ हामीलाई एउटा शासक चाँहीएको छ, जस्ले हाम्रा बर्बाराउने मुख बन्द गर्न सकोस्, तोड्फोड गर्ने हात् बाध्न सकोस्, बद् मासी गर्ने मन् लाइ छेक्न सकोस्, डाडाकाडा लाइ हरियालि बगैचा बनाउन सकोस्, उब्जनि बढोस्, railing, bar भत्काउने हात् मा कोदालो थमाउन सकोस्।

के गर्नु २३८ बर्ष सम्म निरन्कुश्तन्त्र पनि थियेन कि जस्तो लाग्छ, यो शाह् बन्श म राजा हुन सक्ने खुबि रैनछ जस्तो लाग्छ, एउट थियो पृथ्वि नारन्, अर्को अलि बुद्धि भाको महेन्द्र थियो अरु त सबै खोपि म जाड खायेर तरुनि सङ रात् बिताउने मात्रै गरे। जसरि देश् म नाम् मात्र को लोक्-तन्त्र, प्रजा-तन्त्र भये जस्तै राजतन्त्र पनि नाम् को मात्रै।
कानुनि राज् भन्ने कुनै बस्तु नै छैन! एउटा सामन्य नागरिकको भय रहित् वातवरण मा बाच्न पाउने भन्ने मान्यता भन्ने हामिले भोगेको लोक्तन्त्र मा हुदोरैनछ। त्यसैले मलाइ पनि लगेको हो निरन्कुश्तन्त्र चहिन्छ भनेर।

खोइ Europe, asia का बिकशित् देश अनि उनिहरुको बिगत् हेर्दा लाग्छ बिकाश् को लागि दर्हो निरन्कुश्तन्त्र चाहिन्छ जस्ले मान्छे लाइ स्वतन्त्रता भन्ने कस्तो कुरा हो सताब्दि सम्म याद् दिलाओस्, र मान्छे ले नियम् र अनुशाशन् को घेरा नाघेर कम् नगरोस्। हामि धेरै छाडा भयेको र सधै स्वतन्त्र भयेकोले हामिले स्वतन्त्रता को मुल्य बुझेनम् कि जस्तो लाग्छ।

त्यसैले हेर्दै जाम्, कुनै पनि निरन्कुश्तन्त्र धेरै टिक्दैन तर के गर्नु, केहि बर्ष चहिन्छ कि जस्तो छ जस्तो भये पनि एउटा निरन्कुश् तन्त्र

ल जाओस् rahulvai को कविता "निरन्कुश् तन्त्र चहियेको छ"
 
Posted on 02-28-07 2:57 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

My Nepali typing was Hari Bijog...like our country...
 
Posted on 02-28-07 5:32 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पिरे जी को दिक्दारि नाजायज छैन।

नेपालमा कहिल्यै पनि पूर्ण क्रान्ति भएन। समस्याको चुरो यहिं छ।

अहिले त झन् मुलुक लगभग राज्य विहीन अवस्थामा पुगेको छ। गजब छ बा ! अव त बन्द र चक्काजाम को पनि डबल बुकिङ हुन थालेछ। सबैका "जायज" आन्दोलनलाई अत्याबश्यक पर्ने बन्द र चक्काजाम "समानुपातिक" हिसाबले बाँडफाँड गर्नु पर्दा बर्षको ३६५ दिनले पनि नपुग्ने जस्तो छ। "शान्तिपूर्ण" बन्द र चक्काजामको कोटा "टायर जलन, ढुँङ्गा प्रक्षेपण, हात-पात र आगजनि" गर्नसक्ने क्षमताको आधारमा "न्यायोचित" बितरणको लागि एक संवैधानिक आयोगको पनि व्यबस्था हुनु पर्ने हो कि?

धन्य, पशुपति नाथ यस्तो अवस्थामा पनि देशलाई चलाईरहेका छौ।

लोकतन्त्रको गायत्रि जपेर नथाक्ने हामी नेपाली मनुवाले, लोकतन्त्रको लागि शक्तिशालि राज्य संयन्त्र आवश्यक छ भन्ने कुरो बिर्से जस्तो छ। जस्ले पनि र जहिले पनि राज्य संयन्त्रलाई एकोहोरो प्रहार गरेकै छन्। तर माओवादि बाहेक अरुहरु भने के को लागि राज्यलाई प्रहार गरेको हो, पत्ता छैन। पुराना संसदबादी दलहरुले न त आँफुले राज्यमा पकड राख्न सके न त माओवादीलाई नै सत्तारोहण गर्न दिए। सरकारमा मन्त्रि छ, अनि सरकारकै आलोचना गर्छ।
अन्त कहिं हुन्छ यस्तो गाईजात्रा?

अब उप्रान्तको बात गर्ने हो भने, के भईदिंदा राम्रो हुन्थ्यो भनि "मनका लड्डु घिउ संग खाने" सोचाई राख्नु भन्दा राजनैतिक पूर्वाग्रह बिना मुलुकको वस्तुगत आवस्यकता के हो भनि सोच्नु मुनासिब होला।

बेला निकै घर्कि सकेको छ। "घर डढाएर खरानी बेच्ने" उद्योग फस्टाउँदो छ। राजनितीका बैध र अबैध थुप्रै रहस्यमयी खेल शुरु भैसकेका छन्। संभाबनाहरु बग्रेल्ति छन् तर आश लाग्दा एकदमै कम छन्।

वहुसंख्यक नेपाली (पहाडि, मधेसी, जनजाती र महिलादि..)को अहिलेको एक नम्बरको प्राथमिकता "शासन सहितको राज्य" हो (मेरो बिचार मा)। जस्ले शासनको (सुशासन भए झन् बेश) प्रत्याभुति दिन सक्छ, त्यही शक्तिले राजनैतिक बैधता पाउने छ। नेपालको अहिलेको अबस्थाको आँकलन गर्दा त्यस्तो राजनैतिक शक्तिको दावी गर्ने उमेदबारीको
लिस्ट त्यति लामो छैन। संभाबनाको क्रममा राख्दा:

१. माओबादीको हस्तक्षेपकारी शासन (अन्य दलसंगको साझेदारीमा)
२. माओबादी (नेपाली सेनाको साझेदारी मा)- दलका भ्रष्टहरुलाई तह लाउने शर्तमा
३. राजा (सेना र विदेशीको सहयोगमा)- माओबादीलाई तह लाउने शर्तमा
४. नेपाली सेना (राजा निलम्बित,विदेशीको सहयोगमा)- कहिल्यै नहुने सविधानसभाको चुनाव गर्ने घोषणा सहित
५. हालको आठ दले लिकिर धिकिर कायम.....५-६ मैना भित्रमा वृहत हिन्दुस्तानको नयाँ प्रदेश

हेर्दै जाउँ, मुलुकको राजनिती कता डोरिने हो? एउटा कुरो भने पक्का भो..संविधानसभा नहुने...जेठमा मात्र हैन, कहिल्यै पनि...

साँच्चिकैको "न्युट्रल"
------------------------------
 
Posted on 02-28-07 12:14 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Mr truth, Nepal, Neutral,

Derai dherai dhanabad , ye ti mitho ye ti ramaro bislesan gari dinubhako ma. ka sai ko parti ma nalagi analysis garnu bhayeko ma, Thx for neutral thread. Keep it up. Hope some more such (Real)a analysis needed.
 
Posted on 03-03-07 8:34 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 



PAGE: <<  1 2  
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 7 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
ढ्याउ गर्दा दसैँको खसी गनाउच
जाडो, बा र म……
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters