[Show all top banners]

Gautam B.
Replies to this thread:

More by Gautam B.
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 San dai! Please do sth.! This is too much!
[VIEWED 5598 TIMES]
SAVE! for ease of future access.
Posted on 02-26-07 3:38 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मेरो लागि साझा मेरो दैनिकिको एक भाग हो। ईण्टरनेटमा बिताउने समयको धेरै भाग म साझामै बिताउँछु। यहाँ मैले असाध्यै धेरै साथीहरु बनाएको छु, सुख-दु:ख बाँडेको छु; यहाँका धागाहरु पढेर आफ्नो ज्ञानको क्षितिजलाई अलि फराकिलो बनाएको छु। मेरो लागि (र अरु धेरैको लागि) साझा 'नेपाल बाहिरको नेपाल' हो। यसैले म साझालाई असाध्यै माया गर्छु, नेपाललाई जत्तिकै माया गर्छु।

तर अचेल साझा लाजमर्दो भएको छ। अत्यन्त अभद्र भाषामा गाली-गलौज हुन्छन्। घरमा बसेर त साझा हेर्नै नसकिने भएको छ। कसैसंग रिस उठ्दा उस्लाई गाली गर्नु सामान्य होला, तर साझा त त्यो सम्बन्धित मान्छेले मात्र त हेर्दैन! उसैलाई मेल गरे भईहाल्यो नि!
फेरि कसैमाथिको रिस उस्की विचरा निर्दोष आमा माथि किन पोखिन्छ (42344 नं को धागो) ?! यो कस्तो गिरेको स्तर हो?! अरु कसैकी आमालाई सम्मान गर्न नजान्नेले आफ्नी आमालाई पनि सम्मान गर्दैन!

सान दाइ, केहि गर्न सकिन्न यस्ता धागाहरुलाई? हुनत ईण्टरनेटको असीमित स्वतन्त्रतामा बन्देज लगाउने कुरा गरेको जस्तो लाग्छ होला, तर के स्वतन्त्रता छ भन्दैमा विक्षिप्तताको हदसम्मै स्वतन्त्रता दिन सकिन्छ र? त्यो त छाडापन भएन र?

अनि हामीले अबबाट घरमा बसेर साझा हेर्न नपाउने त?
 
Posted on 02-26-07 3:50 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

'अनि हामीले अबबाट घरमा बसेर साझा हेर्न नपाउने त? '

100% with you G ji
 
Posted on 02-26-07 3:50 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हो साह्रै मनाशिब कुरो उठाउनु भो गौतम जी ले,

अचम्म लाग्छ हामि आफै नेपाली लाइ देखेर । बिकृत मनस्थितिले बिक्षिप्त भएकाहरुले बुझ्नु पर्ने कुरो हो यो सबैको साझा भेटघाट गर्ने थलो हो भनेर । हामि नेपाली यौटै गलामा बाँधिने माध्यम बनेको छ यो साझा डट कम । कुनै नयाँ ब्यक्ति आयो भने म साझा डट कम मा साइन गर्नुहोस् / गर है भनेर सबैलाइ पहिले शुझाब दिने गर्छु । तर आजकाल ता लाज लाग्न थालेको छ साझा का धागाहरु देखेर । बास्तबमै घर परिवार सङ बसेर हेर्नै नसकिने भएको छ साझा । सायद त्यो पोस्ट गर्ने हरुले ता हेर्नुहुन्छ होला तर मैले भने सकेको छैन ।

कुनै उपाए लगाउन पर्यो सान दाइ ।
 
Posted on 02-26-07 4:06 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

म पनि यस्ता असभ्य मानसिकता र शब्दहरूको विरोध गर्छु. सानदाइलाई नोटिफाइ गर्नको लागि "Notify Admin" मा क्लिक गरौं, उनलाइ ईमेल जान्छ, आशा छ उनले चाँडै एक्सन लिनेछन्.
 
Posted on 02-26-07 4:25 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

केही दिनदेखि मेरो मनमा खड्की रहेको कुरा गौतमजीले उठाइदिनु भयो, धन्यवाद !
साझा लग अन गर्दा कैले काही सँगै भएका बिदेशी साथीहरुले जिस्क्याउने गर्छन्, के हो तँ त जैले नि एइ एउटा वेब साइट मात्रै खोल्छस, तिमेरुको नेपालीमा अरु वेब साइट छैनन । तेती बेला म भन्छु, साझा भनेको नेपाल बाहिर रहेका हामीहरुको सानो नेपाल हो, साझाका साथीभाइहरुसँग इन्टर्याक्सन गर्दा मलाई आफु नेपालमा भए जस्तै लाग्छ । फेरी अस्ती इश्बरजी क्रीकेट लिन्क टाँस्दा मैले मेरो साथीहरुलाइ नि साझा रिफर गरेको थे, कैले काइ नेपाली गीत सुना न भन्दा नि साझा एफ एम बाटै सुनाइदिन्छु । तर हामीहरुले एक आपस मै हिलो छ्यापेर, अति निम्न तहमा झरेर आपत्तिजनक शब्दवली प्रयोग गरेर बिभिन्न धागोहरु खोलेको देख्दा नेपाललाइ माया गर्ने, साझा भित्र छिर्ने नेपाली तथा गैर नेपालीहरुलाइ पक्कै पनि सुखद अनुभुती हुँदैन । कसैको कुरा मन परेन भने सालीन ढंगले बिरोध गर्नु पो नेपाली संस्कार हो त, अरुलाइ गाली गर्दा आफू नाँगिएको नदेख्ने पक्कै पनि नेपालीपन होइन । तसर्थ सकिन्छ भने यस्ता आपत्तिजनक धागोहरुलाइ हटाइ दिन हुन सानजीलाइ मेरो पनि अनुरोध ।
 
Posted on 02-26-07 4:58 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

PLEEEEEESE San dai.
Please discourage such postings/posters.
Its TOO much!
 
Posted on 02-26-07 8:12 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गौतमजि र अरु साथिहरुले उठाउनु भएको कुरा धेरै साझा नेपालिहरुको मन भित्र खेलेको कुरा हो।त्यसैले सान दाइले यो कुरालाइ बिशेष महत्त्व दिएर केहि गर्नु होला भन्ने आशा गरौँ। घृणाले कसैलाइ ठुलो बनाउदैन,मिलेर दुख सुख बाँडेर बसौँ साथि हो। आमा,बुवा भनेका सबै भन्दा पूज्य हुन्छन,चाहे त्यो आफ्नो होस या अरु कसैको,उनिहरुको सम्मान गर्नुको सट्टा उनिहरुलाइ प्रहार गर्नु कुन्रै पनि शर्तमा सभ्य समाजका लागि पाच्य विसय होइन।

Pls,Pls,Pls do something to make it clean.

Thanks

Be Positive
 
Posted on 02-26-07 8:12 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

esp females have a big problems in opening those threads

being in america doesnot mean we can listen to such nonsense after all we are hindu from nepali culture.
a thread in homepage was about mother, it feels so bad
you must immediately delete that

yo ta raksi khayera ookalne place jasto po bhayo ta, kasaisanga bolna nasakeka kura and kasko ris kaha pokhu bhayekaharu lai nachne place bhayeko chha.

in todays world internet has a lot of pictures and any types of pictures. so peole just copy those pictures and paste it, many of them doesnot make any sense

so my request to admin is that
please lets try to make it cleaner so that positive minds can flourish.

thank you
 
Posted on 02-26-07 8:15 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Thank you Gautam B. I raised this issue couples of days ago... seems noone was interested (even concerned!).
http://www.sajha.com/sajha/html/OpenThread.cfm?forum=2&ThreadID=42104
 
Posted on 02-26-07 8:34 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Gautam B. I am with you 100%. I will make it a point to check into it.

Also, I would like to appeal everyone to not use any foul language in your sajha postings. In the past there were not too many cases so they used to be ignored unless the same person continued to use foul language multiple times. Currently, however, due to an alarming number of postings containing foul language, we will have to take action against anyone who uses foul language and is sighted.

What is considered foul language? Any kind of language that you would not use with your parents would be considered foul language. Please do not use it in sajha because many of our parents, children, brothers and sisters visit this site and it leaves a bitter taste in their minds about sajha. Such foul language prevents sajha from reaching it's goal of being sajha for all.

Thank you for understanding and let's participate in positive discussions where we respect each other and have tolerance for others' ideas, without indulging in abusive language.

Best wishes.
 
Posted on 02-26-07 10:48 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

>>What is considered foul language? Any kind of language that you would not use with your parents would be considered foul language.

Haha San, I agree with you on this one.

But, I'd like to know how many people here would not mind looking at those scantiliy clad women with their parents?

Soln.
May be remove those profane threads from light.sajha.com just as you removed those bikini clad women in light sajha? Problem solved??

**
 
Posted on 02-26-07 11:21 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Since couple of days, the use of those words and making multiple threads are increasing.

Hope dai SAN will maintain it neat and clean
 
Posted on 02-26-07 11:29 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 02-26-07 11:42 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गौतम जी ले यो ठीक कुरा गर्नु भयो । मलाई साझा धेरै मनपर्छ र म प्राय हरेक दिइन यहाँ समय बिताउछु । मेरोकुरा त परै जाओस् मेरो श्रीमान पनि यसो समय पाएमा साझामा आउनु हुन्छ । नेपाली त उहले नजाने पनि अङ्रेजिमा पनि लेखिएका छाणा कुरहरु पढेर अलिक मलाई पो अप्ठारो लाग्न थाल्यो ।
एक्- आर्कामाथि रिसाउनौ त जायज छ, तर नराम्रो बोलिले मात्रै त्यस् रिस्को समाधान हुन्छ त????

Let's all make sajha a place to be SAJHA for all of us.
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 30 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
मन भित्र को पत्रै पत्र!
Guess how many vaccines a one year old baby is given
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
Travelling to Nepal - TPS AP- PASSPORT
nrn citizenship
Morning dharahara
1974 AD Pinjadako Suga Remixed
Susta Susta Degree Maile REMIXED version
Elderly parents travelling to US (any suggestions besides Special Assistance)?
कल्लाई मुर्ख भन्या ?
ढ्याउ गर्दा दसैँको खसी गनाउच
जाडो, बा र म……
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters