यसो गरे चाहिं भोट पाउँछन है माओबादिले
----
आज यो खबर हेरें र माओबादिले घर फोरेको पनि देखें। सारा जीवनमा पहिलो पल्ट माओबादि भन्ने जन्तुहरु पनि तेति नराम्रा त हैनन कि जस्तो लाग्यो है। मेरो अरु केहि सुझाव छ:
१। दरबारमार्ग क्षेत्रमा ट्याक्सी गाडी छिर्नै नदिने। इन फ्याक्ट न्यु रोड बाट बसन्तपुर दरबार क्षेत्र सम्म खाली हिड्न मात्र दिने, चाइनाको फर्बिडन सिटि जस्तै रक्षा गर्ने। जनतालाई पनि साझ पख हावा खान हिड्न भयो। मान्छे कौन सा सिमन्टी, छड किन्न जान्छन र त्यहाँ, बोक्न सक्ने सामान मात्र किनेर हिडेर गेट सम्म आए भएन?
२। पाटन दरबार क्षेत्र, मेरो सबभन्दा मन पर्ने ठाउँ। त्यहाँ वरिपरिका घरहरु मन्दिरसम्म मिच्दै आइपुग्या देख्दा मनकटक्क काट्छ। त्यो ब्यांक लुट्या पैसाले मुआब्जा तिरेर त्यो घर भत्काउने र दरबार क्षेत्र वरिपरि खतरा पर्खाल बार्ने। पाटने बाहेक अरु मुसो छिर्दा पनि पैसा चार्ज गर्ने। अब पाटने मित्रहरुको आफ्नै घर गाउँ, बुढापाका हरुको त्यहाँ मन्दिर नगइ मन नमान्ने हुन्छ, त्यसैले उनीहरुलाई चार्ज गर्न पापै लाग्छ। अनि, मन्दिराँ पुजा गर्न जान्छु भनेर कसैले कसम खायो, वा पुजाको थाली देखायो भने पनि फिरिमा जान दिनपर्छ, धर्मै गर्न पैसा चार्ज गर्न भएन, देउताले मार्छन हाम्लाई। त्यो इण्डियामा कुनकुन मन्दिरमा छिर्न पैसा लाग्छ भन्छन, साच्चै हो? कस्ता धर्म नभाका भारतियहरु।
३। अनि त्यो मल बन्ने, बेच्ने बेलाँ जाँ पनि त्यो थर्ड ग्रेडको चाइनिज सामान बेच्नेलाई नि कारबाई गर्न पर्छ।
४। गुठिको जग्गा: हरे प्रभु, खाता हेर्ने भए तिनकुने देखि उता, कोटेश्वर, बानेश्वरका कति ले गुठिको जग्गा आफ्नो नाममा राखेका होलान, बुझ्दा लाजमर्नु हुन्छ। सबै नेता, को मधेसि, को राईइलिम्बु, सबैले पशुपतिनाथको नाममा भाको जग्गा आफ्नो नाममा दर्ता गराछन, ४६ साल पछि त यो झन तिब्र भा'छ। त्यो सबै चेक गरेर फर्काउनु पर्यो।
५। रोठ फराकिलो पार्नु पर्यो, खोला सफा पार्नु पर्यो, अनि त्यो मेलम्चिको पानी जसरि नि ल्याउनु पर्यो। बेसुराँ बिरोध गर्ने गाउले र तिनलाई उचाल्ने शहरिया दिपक् ज्ञवालि, के जाति सिवाकोटिहरु भनाउदा हरुलाई कालोमोसो दल्न परे दल्ने.
६। शहर बढाउन पर्यो, पर पर सम्म जाने दमन, काभ्रे, काँ काँ सम्म पुर्याउने। ह्याँ अमेरिकामा शहर छिचोल्न एक घण्टा भन्दा बढि सुइय दौडन पर्छ काराँ, हाम्रो काठमाण्डु त एक छेउ बाट अर्को छेउमा एकदिन हिडेरनै पुगिन्छ। तन्काउन पर्यो, जति शहरिकरण (ब्यबस्थित), त्यति राम्रो।
मुलुककै चुनाबाँ त भोट हाल्दिन, कामरेडहरुलाई। तर ठुलो ठुलो शहरको मेयर सबै देशाँ कडै मान्छे चाहिने रैछ, जापानाँ(टोक्यो), ताइपेइ,पेरिस, तेहरान, आदि ठाममा नि दरै मेयर थिए, छन। लण्डन, न्यु योर्क को त झन भन्नै परेन। तेसैले काठमाण्डुको मेयर पोस्ट सम्म खाए खाउन कामरेडहरुले। रोहितलाई भक्तपुर खान दिएर बुढाले राम्रै गरिराछन, हेरौ प्रचण्डेले के गर्छ!