I could not open the whole thread of previous one so I am starting a new one.
I would like to thank all those who have been helping me to improve by critiquing positively, correcting, advicing, mocking and reading silently.
In that sense, this development is a collective effort and would like to continue.
Links for two previous threads:
http://www.sajha.com/sajha/html/OpenThread.cfm?forum=4&ThreadID=25330
http://www.sajha.com/sajha/html/OpenThread.cfm?forum=4&ThreadID=22595
I have copied and pasted some of those which I had in my collection which are pretty much in chronological order. (except the bonuses)
Ghazal-1
भरे नियत बिगारि कठोर हुन सक्छु !
तर अहिले बिश्वस्त जोर हुन सक्छु !
पछिल्ला क्रिडाका दाग सुक्दा नसुक्दै,
एकै क्षणमा फेरी फोहोर हुन सक्छु !
फलामै भैसकें या आकारको उग्र आशा,
पोलिदा अझ हर्षले बिभोर हुन सक्छु !
लुकीछिपी गर्दाको मीठो अनुभब छ ,
मौका दिने बित्तिकै चोर हुन सक्छु !
हांक र हिसाबहरुका हेक्का हूंदा हुंदै
कहिले धेर कहिले थोर हुन सक्छु !
Ghazal-2
पछि लाग्दा भाग्ने छाया जस्तो चाला !
भाग्दा पछि लाग्ने छाया जस्तो चाला !
बल्दा सम्म ताप्यो साथ रह्यो पनि
खाक हुंदा त्याग्ने छाया जस्तो चाला !
कहां हराए लड्दा मित्र जन सबै ?
उठ्दा मात्रै जाग्ने छाया जस्तो चाला !
आर्का माथी भर पर्दै कति बाँचु ?
जिजी-बिषा माग्ने छाया जस्तो चाला !
Ghazal-3
श्रृंगार बिहिन छालाको रङ्ग गुलाबी देखियो ॥
लक्षण भन्नु मात्र रगत मै खराबी देखियो ॥
हर एकमा चिर्ने शिल्प अति किताबी देखियो
र त मेरा अङ्गहरु बाटोमा जथाभाबी देखियो ॥
बदली नहुंदै बाढी र डुबानको त्रास देखाई
पानीबाट माछा बचाउछु भन्ने दाबी देखियो ॥
ग्रहणको प्रभाबले मेरो राज्य अझै अध्यारो
ताराको समेत उज्यालो चोर्नेको हाबी देखियो ॥
Ghazal-4
उत्कर्ष भेट्न ओल्टाई पल्टाई रहेछन् गाताहरु !
कहानीको अन्त तिरबाट गायब छन् पाताहरु !
आत्माको नमूना देखाउन कैयौं झुठा खाताहरु
जति दिने हो त्यो भन्दा बढि नै लिन्छन् दाताहरु !
आकर्षणले मेरा नजीक जो आए उल्का भए सबै
बिकर्षणको सिद्दान्तमा मलाई रचुन् बिधाताहरु !
नियास्रो लागी लक्ष्मणरेखाका संकुचित हाताहरु
राम खोज्न निस्कंदा कलुषित हुंदा हुन् नाताहरु !
Ghazal-5
खिया लाग्दै नलाग्ने सुनको थुप्रो हो नेपाल ।
हिमालै राखी बोकेको ठूलो कोक्रो हो नेपाल !
कसैले भन्ला बैशै नआई कुप्रो भो नेपाल,
मेरो भार ऊठाई रहेको काम्रो हो नेपाल ।
झुप्रै सही घर, सांझ संधै फर्कुं फर्कुं लाग्छ,
छाना नहोला तर बचेराको ओथ्रो हो नेपाल !
मनग्गे ती काल रात्रीहरुले आकाशै निल्दा ,
दिनै नंया क्षितिज ल्याउने पात्रो हो नेपाल ।
श्रीखण्ड देख्छु म, तिमी भन्छौ तुहेक्रो हो नेपाल,
ओढ्न जाने दोसल्ला नजाने भाङ्ग्रो हो नेपाल ।
Ghazal-6
आफ्ना टुक्राहरु टिप्नमै अति ब्यस्त छौ !
खुलासा भयो होला तिमी कति ध्वस्त छौ !
घातक नतीजा चुम्न माहीर बनायौ,
मायाका मागहरु राखे देखि त्रस्त छौ !
नजानी भएका गल्तीमा माफी पाईन !
रोजी रोजी छुरा अरु घोप्न अभ्यस्त छौ !
जगको ईंटा चोरिएको होस गरेनौ
अझै छाना अडाउने कुरामा विश्वस्त छौ !
बलात्कार भएन निर्बस्त्र हुंदा समेत
ऐना सित यौबनको बयानमा मस्त छौ !
खुईलेको रङ्गलाई परिबर्तन भन्दै
हरिया पातका नशा काट्न सिद्दहस्त छौ !
किल्ला-पर्खाल भित्र क्षितिज अमान्य हुंदा
भित्ताबाट उदाए जस्तै भित्तामै अस्त छौ !
Ghazal-7
फेरेको लुगा सच्चा कांचुली निस्कियो !
शत्रु त, मार्नै खोज्ने न्याउली निस्कियो !
दरबारमा आज निर्मम् सुनसान,
नँया घर-बास खोज्न मूली निस्कियो !
हुनु भयो गाईजात्रा अलंकारको
ट्यूनीकबाट दुबै बाहुली निस्कियो !
कर्म काण्डको कारण कठै कहिन,
पगरिको टुप्पाबाट शुली निस्कियो !
हाँक धाक रवाफ सुन्दा सिंहै भनें
घाईते स्याल भन्दा मामुली निस्कियो !
Ghazal-8
नयाँ ऋतुमा फेरि फुल्यो पूरानो गुलाफ
बेयाम रहेँ म रेशममा रङ्गेको गुलाफ !
खस्ने डरले समतल खोजेर हिडियो,
ठाडो भीरमाथि फुल्दिए रातो गुलाफ !
मलाई पनि नरम हुन करै लाग्यो
पत्थर फुटाली फुल्यो कमलो गुलाफ !
पत्र-पत्र होइन सुखका तह-तह भन्थे
धुजा देख्यो दोषी दृष्टिले सिङ्गो गुलाफ !
तिम्रो इच्छा अघि तकर्हरु केही न केही
कालो नीलो हुन बाध्य सेतो मेरो गुलाफ !
Ghazal-9
नामै लिन बिर्साउंदाको पीडा थाहा पाएं !
सभाबाटै हटाउंदाको पीडा थाहा पाएं !
तिम्रो बयान गर्न भएको जमघटमा
बिना निम्तो चियाउंदाको पीडा थाहा पाएं !
चूलीमा के एउटा पाईला चिप्लेथ्यो यस्सो !
भीरबाट लडाउंदाको पीडा थाहा पाएं !
घाउले छोपेको भाब रहित अनुहार,
नलठ्याई सिलाउंदाको पीडा थाहा पाएं !
परालको रासमा सियोको खोजी भएन
भीड भित्र हराउंदाको पीडा थाहा पाएं !
पशुत्वमा कमी आए पछि चित्कार सुनें
बल्ल मलाई रिझाउंदाको पीडा थाहा पाएं !
छातिबाट धूवां निस्केर मात्र सन्चो भयो,
ज्वालामुखी लुकाउंदाको पीडा थाहा पाएं !
Ghazal-10
यति हलुका भएं सासले उडाउन थाल्छन् !
आफ्नै ढुकढुकीले रात ब्यूझाउन थाल्छन् !
यस्सो सन्चो पार्ने औषधी लाउन थाल्यो,
घाउ नभएका ठाउँ चह-याउन थाल्छन् !
वाहन-सुखको अनुभवमा मग्न हुँदा,
निर्धारित गति र गन्तव्य हराउन थाल्छन् !
अपराधको पक्षमा यति दक्ष वकालत !
प्राकृतिक न्याय सिद्धान्त लजाउन थाल्छन् !
म बिरुद्द उत्रेका सैतान नष्ट होलान् र ?
एकको टाउको काटे दस पलाउन थाल्छन् !
Ghazal-11
उन्का सम्झनाका थलीमा धराप चिताएं !
मेरा याद अल्झी रहोस् भन्ने पाप चिताएं !
निक्कै नजीकै साथ बितायौ यो बरफ कुद्दै
हेलमेल बढ्यो र अंगालोको ताप चिताएं !
फैलिन सकिने सम्भाबना देखें मिलनमा
घाम भन्दा पारी धरातलको नाप चिताएं !
ओठ टोकी रह्यौ मानौं बिगत केही फुत्केला
मैले बस् हाम्रो भबिष्यको बार्तालाप चिताएं !
सपना कजाउन कति निदाई मात्र रहुं ?
जगाउने आबाज उन्को पदचाप चिताएं !
Bonus
काज क्रिया सकिएको दूर्भाग्य फर्कि रह्यो ।
न निल्नु न थुक्नु अमृत घांटि सर्कि रह्यो ।
कति खेर मर्ला र सिनो खाने आशमा
जिउंदो जाग्दो सामु बुढो गिद्द पर्खि रह्यो ।
एकै पटक मात्र मर्छु भनि बाँच्ने मान्छे
पटक पटक मर्ने डरले तर्सि रह्यो ।
डुब्नु उत्रनुको दोसाँधको जहाज देखी
बेदनामा समुन्द्री सतह चर्कि रह्यो ।
सुनामीले सोत्तर पारेको आँगनमा
पानी तर्काउन जमीन फेरी थर्कि रह्यो ।
Bonus-2
तापे तापुन् बल्ने खोडमा सबैजाना ।
पोले पोलुन् ताप्ने होडमा सबैजाना ।
बलियो सांठगांठ छ सजिलै नटुटेका
देखे देखुन् बिछोड, यो जोडमा सबैजना ।
सिधा हिडेरै गन्तब्य पुग्छु कसैगरि
कुरे कुरुन् भाड्न मोडमा सबैजाना ।
चिन्तन मननमा उज्यालो भबिष्य छ
दुखे दुखुन् बर्तमानको तोडमा सबैजाना ।
न किन्न सक्छन् न त लिलामै हुन्छु
बोले बोलुन् मूल्य करोडमा सबैजाना ।
तिन्का आखै आधा, म जे भरेको देख्छु
हांसे हांसुन् मेरो निचोडमा सबैजना ।