[Show all top banners]

explorer06105
Replies to this thread:

More by explorer06105
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 Congratulations!
[VIEWED 7359 TIMES]
SAVE! for ease of future access.
Posted on 03-17-07 9:26 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Congratulations all the docs from Nepal who matched to residency.
Finally you guys did it.
Be ultimate and serve the Humanity and Nationality!!!!
 
Posted on 03-17-07 10:09 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Hey explorer06105,

are you also a doc?? where did you get?
 
Posted on 03-17-07 10:21 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

I have lots of friend around who actually came to US after their USMLE for the residency
 
Posted on 03-17-07 10:27 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Explorer

I suspect you are one of them. Otherwise why would you concerned about them only.

You also got matched, right?
 
Posted on 03-17-07 11:09 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

this is to praise my frens hardwork
 
Posted on 03-18-07 8:03 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जिल्ला अस्पतालमा एकमात्र चिकित्सक



शिव पुरी


रौतहट, चैत ३ - जिल्लाको एकमात्र गौर अस्पताल र तीन प्राथमिक स्वास्थ्य केन्द्रमा एक वर्षेखि दरबन्दीअनुसारका चिकित्सक छैनन् ।
च्ाार जना चिकित्सकको दरबन्दी रहेको गौर अस्पतालमा एक वर्षेखि एक जनाले मात्र काम चलाउ“दै आएका छन् । जिल्लाको ग्रमीण भेगमा रहेका तीनवटा प्राथमिक स्वास्थ्य केन्द्रमा समेत वर्षौंदेखि डाक्टर छैनन् । त्यहा“ हेल्थ असिस्टेन्टले काम चलाउ“दै आएको गौर अस्पतालका डा. वज्रकिशोर ठाकुरले कान्तिपुरलाई बताए । 'विभागमा पत्राचारमात्र होइन, मौखिक रूपमा समेत जानकारी गराइसकेेको छु,' डा. ठाकुर भन्छन्- 'पठाउ“छु मात्र भनेको छ तर हालसम्म पठाएको छैन ।' तीनजना डाक्टरले गर्नुपर्ने कामको भार एउटैलाई परेको ठाकुरले गुनासो पोखे ।

एक महिनाअघि अस्पतालमा सुरु गरेको परिवार नियोजनको कार्यक्रमसमेत प्रभावित भएको डाक्टर ठाकुरले जानकारी दिए । उनले भने- 'एउटैले कता पो हर्ेर्ने । अस्पतालले हालसम्म ६ सयको मात्र परिवार नियोजन गरेको छ ।'

दर्ुइ दिनदेखि पालोको प्रतीक्षामा बसेको सखुवबाका एक महिलाले बताइन् । डाक्टरको अभावमा शल्यक्रियाको काम ढिलो भएकाले परिवार नियोजनको काम तीव्र

गतिमा हुन नसकेको अस्पतालले जनाएको छ ।

त्यसैगरी जिल्लाको गंगाप्रि्रा, राजपुरफरदबा र कटहरिया गाविसमा रहेको प्राथमिक स्वास्थ्य केन्द्रमा विगत एक वर्षेखि डाक्टर छैनन् । डाक्टरको अभावमा उपचारका लागि ग्रमीण भेगका बासिन्दा सदरमुकाम धाउन बाध्य भएको कटहरियाका स्थानीय सञ्चारकर्मी संजय मिश्रले बताए ।

एक महिनाअघि डाक्टरको अभावमा जिल्लाको सखुवबा गाउ“मा देखिएको अज्ञात रोगका कारण एकको मृत्यु भएको थियो भने पा“च दर्जन बिरामी परेका थिए ।



OK.. Here vonwards we will collect such news.
 
Posted on 03-26-07 9:42 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Thought this would be a relevent article

frome kantipuronline.com

स्वास्थ्य क्षेत्रमा परिवर्तनको आवाज



मार्क जिम्मरम्यान


बझाङ यात्राको अन्तिम दिन एक व्यक्तिले छोरालाई हेरिदिन अनुरोध गरे । सात वर्षको किरणलाई उनका बुबाले हिजोमात्रै आठ घन्टा टाढादेखि बोकेर सदरमुकाम चैनपुर ल्याएका थिए ।
बालकलाई दुई सातादेखि ज्वरो आएको थियो । उसको घाँटीको देब्रेपट्ट िसुन्निएर गाँठो परेको थियो । बूढाले चैनपुर अस्पतालले अघिल्लो दिन 'उपचारका लागि ठूलो केन्द्रमा सिफारिस गरिएको' कागज देखाए ।

हामी उनीसँगै अस्पताल गयौं । बालकलाई पिलो आएको रहेछ । उसलाई साधारण अपरेसन जरुरी थियो । दुर्भाग्य, त्यस अस्पतालमा अपरेसन नगरिने भएकाले एनेस्थेसिया र दुखाइ कम गर्ने औषधि पनि थिएन । घाँटीको सानो अपरेसन हामीले सफलतासँग गर्‍यौं । तर बच्चालाई धेरै दुख्यो । उसको रुवाइले वरिपरिका सबै कोठा थर्किए । हामीले आफूलाई सफा गर्दा बूढा अस्पतालको बरन्डामा घाम तापिरहेका थिए ।

यस प्रकारका घटना नेपालका ग्रामीण क्षेत्रमा पटक-पटक दोहोरिएका छन् । किरणमात्र होइन, यहाँ अरू गर्भवती महिला, हातखुट्टा भाँचिएका बालक, आगोले पोलेका, ज्वरो तथा अन्य रोगबाट पीडित जोजो रोइरहेछन् ती सबैजना स्वास्थ्यसेवामा परिवर्तन पर्खिरहेछन् ।

स्वास्थ्य मन्त्रालयका कर्मचारी सीमित बजेट र राजनीतिक अस्थिरता हुँदाहुँदै पनि ग्रामीण क्षेत्रमा उचित स्वास्थ्यसेवा पुर्‍याउन कटिबद्ध भएर काम गर्दै छन् । भवन संरचनाको हिसाबले हेर्दा सरकारी अस्पताल तथा हेल्थपोस्ट चाहे जति भए पनि मुख्य समस्या भनेको मानव संसाधनको क्षेत्रमा छ । ड्युटी अवधिभर कर्मचारीलाई कार्यालयमा राख्नु मुख्य समस्याको रूपमा देखिन्छ । उनीहरूमा दक्षता र दया पाउन कठिन छ ।

औसतमा १८ प्रतिशत महिलाले मात्र यहाँ दक्ष स्वास्थ्य कार्यकर्ताको सहयोगबाट बच्चा जन्माउँछन् । जसमा ५ प्रतिशतभन्दा कम महिला देशको विपन्न क्षेत्रका पर्छन् । बझाङमा वर्षभरिमा अनुमानित ८ हजार सुत्केरी हुन्छन्, जसमध्ये बझाङ जिल्ला अस्पतालले केवल सय जनालाई मात्र सुत्केरी गराउँछ । बच्चा जन्माउने बेला समस्या भएमा त्यो गम्भीर हुन सक्छ । नेपालमा प्रत्येक दिन १२ महिलाको बच्चा जन्माउने बेला समस्या भएर मृत्यु हुने गर्छ ।

गएका १० वर्षमा मेडिकल कलेजहरूको संख्यामा उल्लेख्य वृद्धि भएको छ । हाल १३ वटा सञ्चालनमा छन् भने कैयौं नयाँ आउने क्रममा छन् । यस हिसाबले नेपालमा वर्षभरिमा हजारभन्दा बढी डाक्टर उत्पादन हुँदै छन् । त्यसैगरी यहाँ ४० नर्सिङ क्याम्पस छन् । सीटीईभीटीअन्तर्गत रहेका १२५ मेडिकल इन्स्िटच्युटबाट पनि प्रत्येक वर्ष चार हजारभन्दा बढी हेल्थ असिस्टेन्ट, अनमी र सामुदायिक स्वास्थ्य सहायक उत्पादन हुँदै छन् । तर यी नवयुवा-युवतीहरू कहाँ जान्छन् ? किन अझै पनि ग्रामीण नेपाली समुदायले स्वास्थ्यसेवा पाइरहेका छैनन् ?

अहिले सोचाइमा आमूल परिवर्तनको खाँचो छ । परम्परागत धारणा र मान्यता नेपालको सन्दर्भमा प्रभावकारी नभएको प्रमाणित भएको छ । ठूला अस्पताल र मेडिकल कलेज बनाइदिनाले जनताको भोट जित्न सकिएला तर चाहेजति जीवन बचाउन सकिँदैन । त्यसकारण यहाँका चिन्तनकारी र बाहिरी अनुभवलाई प्रयोग गरी नयाँ प्रणाली विकास गर्ने बेला भएको छ । यो वास्तविक परिवर्तनलाई पैरवी गर्ने समय हो ।

ग्रामीण स्वास्थ्यसेवामा सुधार गर्न तीनवटा परिवर्तनको खाँचो छ-

-१) अधिक संख्यामा गुणात्मक सेवा प्रदान गर्ने ।

दुर्भाग्यबस अरू मुलुकको जस्तै नेपालको पनि प्रमुख ध्येय भनेको 'अति गुणात्मक स्वास्थ्यसेवा' दिनु हो । हामीले धेरै खर्च गरेर अत्याधुनिक प्रविधि थप्दैछौं र उपविशेषज्ञ उत्पादन गर्दै छौं । यसको असर केही फाइदामा परेको छ- धनी मानिसको लागि गुणात्मक स्वास्थ्यसेवा प्राप्त छ, काठमाडौंका मेडिकल संस्थाको हैसियत बढेको छ । तर यसबाट मूल्यवृद्धि भएको छ, जसलाई देशको उपेक्षित क्षेत्रमा बसोवास गर्नेले तिर्नुपर्ने बाध्यता छ ।

स्वास्थ्य मन्त्रालय पनि केही निश्चित तथा कठिन निर्णयको प्रक्रियामा छ । मुलुकको फराकिलो क्षेत्र ओगट्न सक्ने गरी स्वास्थ्य कार्यकर्ताहरूको पद सिर्जना गर्दैछ । उदाहरणका लागि एनेस्थेसियाविद् पाँचथर, बाग्लुङ वा डडेलधुराका अस्पतालमा उपलब्ध छैनन् । तर यी सबै अस्पतालमा एनेस्थेसिया असिस्टेन्ट छन् र अपरेसन गर्छन् । यसैगरी नेपाल सरकारले सबै तहका स्वास्थ्य कार्यकर्ताहरू- डाक्टर, नर्स, अनमीका लागि "सुरक्षित तवरले सुत्केरी गराउने तालिम' प्रदान गर्ने कार्यक्रम सुरु गर्दै छ । स्वास्थ्यसेवाका लागि खर्च गर्नेलाई हामीले स्पष्ट रूपले दरखास्त गर्नुपर्छ ः हामी के चयन गर्छाैं- 'थोरैका लागि अति गुणात्मक सेवा' वा 'धेरैका लागि गुणात्मक सेवा' ?

-२) स्वास्थ्यकर्मीहरूलाई कार्यक्षेत्रमा सहयोग गर्ने ।

हजारौंको संख्यामा डाक्टर, नर्स तथा मध्यम तहका स्वास्थ्यकर्मी बर्सेनि उत्पादन भए पनि किन एकदम कम ग्रामीण अस्पतालमा काम गर्न पुग्छन् ? पहिलो, यी स्वास्थ्यकर्मी विकसित देशमा स्थानान्तरण हुन्छन् । गएको वर्षमात्र नेपालको एउटा अग्रणी मेडिकल कलेजबाट उत्तीर्ण आधाभन्दा बढी डाक्टर अमेरिका गए । यद्यपि उनीहरू नेपाल र्फकन्छु भनी जान्छन् तर ९५ प्रतिशत डाक्टर उतै बस्छन् र कहिलेकाहीँ परिवार भेट्नका लागि नेपाल आउने गर्छन् । यो समूहमा नर्सहरूको संख्या पनि उल्लेख्य बढेको छ । उनीहरूलाई कसले दोष दिन सक्छ ? स्टाफ नर्सले काठमाडौंमा भन्दा लन्डनमा १० गुणा बढी पैसा कमाउँछन् ।

यीमध्ये केही बस्छन् होला । जो बस्छन्, उनीहरूलाई अनुकूल परिस्थितिमा काम गर्दा उनीहरूको आवश्यकता पूरा गर्न हामीहरू जिम्मेवार हुनुपर्छ । हामीले विभिन्न तत्त्व फेला पारेका छौं, जसले महत्त्वपूर्ण परिवर्तन गर्न सक्छ । यसबाट स्वास्थ्य कार्यकर्तालाई कामप्रति खुसी र उत्पादनशील बनाइराख्न सकिन्छ ।

सञ्चार ः अस्पताललाई टेलिमेडिसिनको सुविधासहित इन्टरनेट जोड्ने,

निरन्तर मेडिकल शिक्षा ः व्यावसायिकता वृद्धि गर्ने अवसर प्रदान गर्ने,

आफूभन्दा ठूला अस्पतालहरूसँग सम्बन्ध गाँस्ने ः अरू ठूला वा क्षेत्रीयस्तरका केन्द्रका स्टाफसँग सम्बन्ध गाँस्ने,

सामुदायिक सुशासन ः अस्पतालका कर्मचारीलाई स्थानीय कमिटीले व्यवस्थापन गर्ने,

बालशिक्षा ः कर्मचारीका बालबालिकालाई शिक्षा प्रदान गर्ने,

हाल नेपालमा स्वास्थ्यकर्मीको अभाव छैन । मुख्य समस्या भनेको उनीहरूलाई प्रदान गर्ने सहयोग हो, जसले आवश्यक परेको ठाउँमा बस्न र उत्पादनशील हुन प्रेरित होस् । यसका लागि सीमित स्रोतहरू परिचालन गर्नुपर्छ ।

-३) एमबीबीएस डाक्टर र त्योभन्दा बढी बनाउने

म एकजना डाक्टर हुँ र मैले २० वर्षदेखि युवा डाक्टरलाई नेपालमा तालिम प्रदान गरिसकें । नेपाली स्वास्थ्यसेवाका लागि डाक्टरहरूको आवश्यकता छ तर सबै समस्याको समाधान डाक्टर होइनन् । ग्रामीण समुदायमा डाक्टरको अभावले उनीहरूलाई एक प्रकारको 'दैविक गाई" जस्तै बनाइदिएको छ । भर्खरै एमबीबीएस पास गरेका डाक्टर ग्रामीण क्षेत्रमा बस्नुको सीमिततालाई हामीले हालसालै आत्मसात गर्‍यौं । यद्यपि चिकित्साशास्त्रमा कुशल तालिमलाई भन्दा बढी कार्य अनुभवलाई मान्यता दिइन्छ । म यस्ता हेल्थ असिस्टेन्ट र नर्सलाई चिन्दछु, जसले नयाँ डाक्टरले भन्दा राम्रोसँग बिरामीको रोग पत्ता लगाउन सक्छन् र दक्षतासाथ सुत्केरी गराउन जान्दछन् । दुर्भाग्यबस धेरैजसो नयाँ डाक्टर अनुभव बटुलेपछि अगाडिको तालिम लागि काठमाडौं र्फकन्छन् ।

तसर्थ एमबीबीएस डाक्टर होइन भने अरू को त भन्ने प्रश्न आउँछ । ग्रामीण स्वास्थ्यसेवा समूहको क्याप्टेन एकजना एमडीजीपी डाक्टर हुनुपर्छ भन्ने म ठान्छु । नेपालभरि स्थानीय स्वास्थ्यसेवाको क्षेत्रमा यिनीहरूले परिवर्तन गर्न सक्छन् । एकजना एमडीजीपीले अपरेसन गर्न, सुत्केरी गराउन, बच्चा तथा वयष्कहरूको उपचार गर्न सक्नुको साथै उनीहरू प्रशासनिक कार्यमा समेत तालिम प्राप्त हुन्छन् । अन्य विशेषज्ञ जस्तै बालरोग अथवा जनरल सर्जनहरू आफ्नो क्षेत्रमा बढी दक्ष हुन्छन् । तर एकजना डाक्टरले सबै व्यवस्था गर्नुपर्ने ठाउँमा उनीहरू त्यति प्रभावकारी हुँदैनन् । अहिलेको अवस्थामा नेपालमा बढीभन्दा बढी एमडीजीपी डाक्टरलाई तालिम दिनुपर्छ । नेपालमा नमुनाको रूपमा कार्यरत जिल्ला अस्पतालमा पनि २-३ जना एमडीजीपी डाक्टर समूहगत रूपमा कार्यरत छन् । त्यस प्रकारको सामुदायिक अस्पताल उच्च स्वास्थ्यसेवा प्रदान गर्न समर्थ हुन्छ ।

अहिले नेपालमा म आशाको किरण देख्छु । अहिलेको राजनीतिक स्थितिले ग्रामीण समुदायलाई बढी महत्त्व दिइएको छ । स्वास्थ्य मन्त्रालयले पनि एमबीबीएस छात्रवृत्ति प्रणालीजस्ता जटिल समस्यालाई समाधान गर्न तत्परता देखाएको छ र हाल उच्चस्तरीय कार्यदलले नयाँ र प्रभावकारी समाधानको बाटो खोज्दै छ । हाम्रो आफ्नो मार्गनिर्देशनको सिद्धान्तलाई ध्यान दिन जरुरी छ । अहिले भएका प्रमाणसँग ती सिद्धान्तलाई परीक्षण गरेर एउटा नयाँ र बलियो जग तयार गर्नुपर्छ । त्यसपछि मात्र हामी नेपालका ग्रामीण क्षेत्रको रुवाइलाई शान्त पार्ने कार्य सुरु गर्न सक्छौं ।

-लेखक, नेपालको ग्रामीण स्वास्थ्यको क्षेत्रमा सुधार गर्ने कार्यमा कार्यरत संस्था निक साइमन्स इन्स्िटच्युटका कार्यकारी निर्देशक हुन्)
 
Posted on 03-26-07 10:14 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

INTERESTING.........
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
What are your first memories of when Nepal Television Began?
निगुरो थाहा छ ??
Basnet or Basnyat ??
TPS Re-registration case still pending ..
Sajha has turned into MAGATs nest
मन भित्र को पत्रै पत्र!
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
TPS Work Permit/How long your took?
Breathe in. Breathe out.
Guess how many vaccines a one year old baby is given
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
चितवनको होस्टलमा १३ वर्षीया शालिन पोखरेल झुण्डिएको अवस्था - बलात्कार पछि हत्याको शंका - होस्टेलहरु असुरक्षित
शीर्षक जे पनि हुन सक्छ।
Travelling to Nepal - TPS AP- PASSPORT
Nepali doctors future black or white usa ?
Doctors dying suddenly or unexpectedly since the rollout of COVID-19 vaccines
Morning dharahara
Another Song Playing In My Mind
TPS Renewal Reregistration
nrn citizenship
Nas and The Bokas: Coming to a Night Club near you
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters