[Show all top banners]

ratobhaley

More by ratobhaley
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 1]

Captain Haddock
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 ठमेलमा माअ‍ोवादी-व्यापारी झडप, २४ माअ‍ोवादी गिरफ्तार
[VIEWED 1051 TIMES]
SAVE! for ease of future access.
Posted on 03-21-07 4:31 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठमेलमा माअ‍ोवादी-व्यापारी झडप, २४ माअ‍ोवादी गिरफ्तार
Filed under: अडियो ब्लग, B R E A K I N G N E W S — Administrator @ 10:06 pm
हैन, माअ‍ोवादीहरुलाई के भएको छ अचेल ? गौरको नराम्रो खबर सुन्दै गर्दा राजधानी ठमेलमा पनि माअ‍ोवादीहरु स्थानीय व्यापारीहरुबाट कुटिएका छन्। केही क्षणअघिसम्म त्यहाँको स्थिति तनावग्रस्त थियो। शान्ति सुरक्षा कायम गर्न जनपद र सशस्त्र प्रहरी तैनाथ गरिएको थियो। माअ‍ोवादीहरु आफ्ना साथीलाई रिहा गर्नुपर्ने र उडल्यान्ड होटलका कर्मचारीले पाउनु पर्ने १९ लाख तलब भुक्तान गर्नुपर्ने माग गर्दै भोलि नेपाल हो कि उपत्यका बन्द गर्ने भन्दै पसल र होटलहरु बन्द गराउँदै हिँडेका रे। अनि स्थानीय बासिन्दा र व्यापारीहरुले मिलेर प्रतिकार गरेछन्। लाठीचार्ज र झडप भएछ। ठमेलमा ९ जनालाई र अन्नपूर्ण होटल बन्द गराउन हिँडेका १५ जना माअ‍ोवादीलाई प्रहरीले हिरासतमा लिएको छ। यसैबीच व्यापारीहरुले भने बन्द केही दिनका लागि स्थगित गरेका छन्। आज माअ‍ोवादी अध्यक्ष प्रचण्डसँग भएको वार्ता र आठ दलको प्रतिवध्दता आएपछि अहिले राति उद्योगी व्यापारीहरुले यस्तो निर्णय गरेका हुन्। ठमेल झडपको अडियोसहितको अपडेट भित्र

सुन्नका लागि तलको प्लेयरको प्ले बटनमा क्लिक गर्नुस्।

mysansar.com

व्यापारीहरुले हिजो विशाल जुलुस निकालेको देखेपछि माअ‍ोवादीहरु अलि हतास भएको पो हो कि ? आज दिउँसोबाट नै ठाउँठाउँबाट माअ‍ोवादी मजदूरहरुले जुलुस निकालेका थिए। काला व्यापारीहरुको विरोधका लागि खबरदारी भन्दै। एउटा जुलुस त मैले पनि देखेको थिएँ दिउँसो।

दिउँसो होटल र्‍याडिसनमा माअ‍ोवादी नेताहरु र व्यापारीहरुबीच वार्ता भयो। यसको प्रत्यक्ष प्रसारण टेलिभिजनहरुले गरेका थिए। वार्ता भनौँ कि भाषण भनौँ- काला सूचिमा रहेका व्यापारी नेता र माअ‍ोवादी अध्यक्ष प्रचण्डले लामा भाषण गरेको देखिएको थियो। माअ‍ोवादीले दोषीलाई कारबाही गर्ने प्रतिवद्धता जनाउँदै बन्द फिर्ता लिन आग्रह गरे पनि व्यापारीहरुले भने आठ दलको लिखित प्रतिवद्धताको माग गरेका थिए। सोही अनुरुप गर्न बालुवाटारमा आठ दलको बैठक पनि बसेको थियो। अनि व्यापारीहरु पनि चेम्बर अफ कमर्समा बैठकमा थिए।

साँझ अचानक माअ‍ोवादी मजदूरहरुले भोलि बन्दको घोषणा गर्दै चेम्बरमा आक्रमण गर्न जान लागेको अपुष्ट खबर आयो। हामी साथीहरु मिलेर त्यसलाई पुष्टि गर्न तर्फ लाग्यौँ। माअ‍ोवादीको मजदूर संगठन अखिल नेपाल ट्रेड युनियन महासंघका एक सदस्यले उडल्यान्ड होटलका कर्मचारीहरुको १९ लाख बक्यौता तलब दिनुपर्ने, गिरफ्तार साथीहरु रिहा गर्नुपर्ने माग रहेको र भोलि बन्द गर्ने बताए। यत्तिकैमा चार वटा होटल माअ‍ोवादी मजदूरले बन्द गराएको समाचार पनि आयो।

उता, ठमेलमा माअ‍ोवादीहरुले होटल बन्द गराउन खोज्दा स्थानीय बासिन्दाहरुले प्रतिकार गरेछन्। लखेटेर केहीलाई कुटेछन्। प्रहरीले लाठिचार्ज गरेपछि त्यहाँको स्थिति तनावग्रस्त देखिएको थियो। दिउँसैदेखि त्यहाँ माअ‍ोवादीहरुले कारबाही गर्ने हल्ला चलेको रहेछ। अन्नपूर्ण होटल बन्द गराउन हिँडेका १५ माअ‍ोवादीलाई पनि प्रहरीले पक्रेछ।

केही पछि माअ‍ोवादी मजदूर संगठनका अध्यक्ष शालिकराम जमरकटेलले भने आफूहरुले बन्द गराउँदै हिँडेको नभई खुलाउँदै हिँडेको पो दावी गरे। भोलि आफूहरुको तर्फबाट कुनै बन्दको कार्यक्रम नभएको पनि उनले बताए। ठमेलको घटनामा घुसपैठियाहरु हुनसक्ने पनि उनले बताए।

गौरको घटनाबाट देशै स्तब्ध भएको बेला भोलिबाट माअ‍ोवादी मजदूरहरुले कस्तो व्यवहार गर्ने हुन्, हेर्न बाँकी छ। व्यापारीहरुले भने केही दिनका लागि मात्र हडतालको कार्यक्रम फिर्ता लिएको जनाएका छन्।
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 30 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
मन भित्र को पत्रै पत्र!
Guess how many vaccines a one year old baby is given
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
emergency donation needed
Travelling to Nepal - TPS AP- PASSPORT
Morning dharahara
nrn citizenship
जाडो, बा र म……
1974 AD Pinjadako Suga Remixed
Susta Susta Degree Maile REMIXED version
Elderly parents travelling to US (any suggestions besides Special Assistance)?
कल्लाई मुर्ख भन्या ?
ढ्याउ गर्दा दसैँको खसी गनाउच
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters