[Show all top banners]

Rahuldai
Replies to this thread:

More by Rahuldai
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 यो जिन्दगी खै के जिन्दगी
[VIEWED 2723 TIMES]
SAVE! for ease of future access.
Posted on 03-26-07 9:09 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कृति ः यो जिन्दगी खै के जिन्दगी
स्रष्टा ः हरभिक्त कटुवाल
प्रकाशक ः रत्न पुस्तक भण्डार
पृष्ठ ः १४±७०
मूल्य ः ५५ रुपिया“


२०३७ साल राजनीतिक दृष्टिकोणले विषम मात्र होइन, साहित्यिक आयामका दृष्टिले पनि दुःखद रह्यो । त्यो त्यही साल हो, जसले हामीबीचबाट हरभिक्त कटुवाललाई खोसेर लग्यो । 'कहिले मैले उसलाई खाइरहेको हुन्छु, कहिले उसले मलाई खाइरहेको हुन्छ' भनेर रक्सीका बारेमा आफ्ना भनाइहरू कवितामार्फ व्यक्त गर्ने कटुवाललाई 'रक्सीले खायो' भन्नेहरू पनि अत्यधिक भेटिन्छन् ।

तर, सत्य यो पनि हो- नेपाली वाङ्मयमा उनीजस्तो विशिष्ट साहित्यिक प्रतिभा, आधुनिक नेपाली कविताको प्रखर र्सजक अर्को जन्मेको छैन । उनका सिर्जना नै यसका साक्षी छन् । तर्सथ, उनको त्यो पाटोभन्दा सिर्जनाको क्षेत्रले पुर्‍याएको योगदानलाई सधै“ सम्भिmनर्ुपर्छ । साहित्यका क्षेत्रमा उनले बगाएको पसिना त्यसको तुलनामा कयौ“ गुना महत्त्वपर्ूण्ा छ, स्मरणीय र सम्झनायोग्य पनि छ ।

यो जिन्दगी खै के जिन्दगी †

भित्रभित्रै खोक्रिएर बाहिर बाहिर बा“चेको

एटम्को त्रासले चुसेको

समस्याको भूतले सताएको

यो जिन्दगी खै के जिन्दगी † -पृष्ठ ३७)

कुनै बेला थियो यो जिन्दगी खै के जिन्दगी कवितासङ्ग्रहको नाम लिनासाथ पसल छेउछाउमा उभिएका ग्राहकहरू मात्र होइन, आममानिसहरूसमेत बेस्सरी खित्का छोडेर हा“स्थे र त्यो क्रेतालाई बडो घोरएिर हर्ेर्थे, कतै यो मानिस ... । समय बदलियो र मानिसहरू पनि बदलिए । अहिले त्यस्तो विरलै मानिस भेटिन्छ, जसले त्यो कवितासङ्ग्रह नपढेको होस् ।

हरभिक्त कटुवाल एउटा त्यस्ता कवि हुन्, जसले परभिाषा, मान्यता वा वाद कुनै कुराको पनि घेराभित्र बा“धिएर कविता लेखेनन् । उनको आफ्नै शब्दमा भन्नुपर्दा 'जिन्दगी जिउने क्रममा आइपरेका मधुर क्षणहरूलाई समात्ने प्रयास' का क्रममा उनका कविता रचना भएका छन् । उनका कवितामा कतै बारुद गन्हाएका छन् त कतै फूल मग्मगाएका छन् । तर्सथ, उनी आफै“ भन्छन्, "मलाई मधुर लागेका यी क्षणहरूले कसैलाई विरक्त पनि पार्ला, म विवश छु । के गरु“ -"

कटुवालको रचनाकर्मप्रति कसैले औ“ला उठाउन सकेन । बेजोड र लालित्यपर्ूण्ा कविता रचना उनको चिनारी बन्यो । त्यसैले उनका कवितामा युगान्तकारी चेतना, सौर्न्दर्य र लयात्मकताको पक्ष बेजोड पाइन्छ । रक्सीमाथि दर्ुइ टुक्रा शर्ीष्ाक कविताका पङ्क्ति नै पढौ“ न ः

सपना बोकेर आइदिने रातहरूलाई एउटा सलाम

सपना खोसेर लैजाने प्रभातलाई पनि सलाम

सजिलैसित जिउने एउटा मीठो निहु पाइएको छ

रक्सी बनाइदिने पहिलो स्रष्टालाई अर्को सलाम । -पृष्ठ ३३)

०२९ सालमा प्रकाशित उनको यो जिन्दगी खै के जिन्दगी कवितासङ्ग्रह ०४३ सालमा दोस्रो संस्करणका रूपमा पुनः प्रकाशित भएको थियो । त्यसको दर्ुइ दशकपछि रत्न पुस्तक भण्डारले तेस्रो संस्करणका रूपमा नया“ साजसज्जाका साथ केही त्रुटिहरू सच्याउ“दै पुनः प्रकाशित गरेको छ । 'स्वदेश पसेपछि' र 'प्रवासबाट' दर्ुइ भागमा प्रकाशित उनको यो कवितासङ्ग्रह नेपाली साहित्यको कविताफा“टमा हस्तक्षेपकारी कृति हो । तर, कृति प्रकाशनमा प्रकाशन संस्थाले ख्याल पुर्‍याउनैपर्ने कुरामा लापरबाही गरेको देखियो । उनको मृत्यु २०३७ भदौ २५ गते हो । तर, यस कृतिको अन्तिम पृष्ठमा उनको मृत्यु ०३६ भनेर उल्लेख गरएिको छ ।

साभार: "नेपाल" साप्ताहिक कान्तिपुर.कम
 
Posted on 03-26-07 9:20 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Jai Nepal
हरभिक्त कटुवाल vanda kata kata samjhana aayo!

Pokhii era ghamko jhulkaa vai sanghar maa

timro jindagi ko dhoka kholu kholu lagchha hai kholuu kholuu lagchha haii

Jai Nepal
 
Posted on 03-26-07 10:16 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हुन त हरिभक्त कटुवाल लाई अहिले को जमाना मा धेरै थोरै ले मात्र चिन्दछन । २०३६ साल को विद्यार्थी आन्दोलन पश्चात घोषणा भएको जनमत संग्रह ताका, कटुवाल सडक कबिता क्रान्ति मा सहभागी हुंदै टोल टोलमा बहुदल को पक्षमा कबिता सुनाउंदै हिंडेका थिए । त्यतिबेला हाम्रो टोल मा भएको कबिता क्रान्तिमा उनलाई देखेको र उनको कबिता सुनेको थिएं । त्यस्को लगतै उनी बिरामी परेका थिए ।गांस बास् को ब्यबस्था न भएका फिरन्ते जस्ता थिए, नेपाली रगतका प्रबासी सहित्यका साधक हरिभक्त। जीवन् को अन्तिम क्षणमा न्यु रोड् पिपल् बोट् मा मागेर समेत् सास् धाने। सरस्वति पुत्रहरु सङ्ग लाक्ष्मी रिसाउंछिन् भन्छन्, सत्य साबित् भयो। प्राय जस्तो कबिता हरु गीति शैलीमा लेख्ने कबि कटुवाल् को यो जिन्दगी खै के जिन्दगी र बदनाम यी आँखाहरु पढ्नै पर्ने कृतिहरु हुन ।

यिनै अमर साधकको रचनालाई स्व नारायण गोपाल ले जीवन्त संगीत सिर्जना गरेका छन ।
१- मलाई न सोध कहाँ दुख्छ घाउ,
२- पोखिएर घाम को झुलका भरि संघारै मा, तिम्रो जिन्दगी को ढोका खोलुं खोलुं लाग्छ
३- मेरो यो गीत मा जुन मुर्छना छ त्य तिमी होइन को भन्न सक्छ
 
Posted on 03-28-07 10:40 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हरिभक्त कटुवाल

कतै जुवाडेले कौडि खेलाउँदै हानेको छुक जस्तो
कतै भर्खर वसन्तले छोडेर गएको रुख जस्तो
यस्तो लागिरहेछ आफैलाई अचेल यो जीवन-
अन्तिम पातो पनि च्यातेपछिको एउटा ठूटो चेकबुक जस्तो ।
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
Lets play Antakshari...........
डीभी परेन भने खुसि हुनु होस् ! अमेरिकामाधेरै का श्रीमती अर्कैसँग पोइला गएका छन् !
शीर्षक जे पनि हुन सक्छ।
What are your first memories of when Nepal Television Began?
[New post] Why Would Krishna Have To Run From The Battlefield
Sajha Poll: नेपालका सबैभन्दा आकर्षक महिला को हुन्?
ChatSansar.com Naya Nepal Chat
is Rato Bangala school cheating?
Why always Miss Nepal winner is Newari??
NRN card pros and cons?
Basnet or Basnyat ??
पुलिसनी संग - आज शनिवार - अन्तिम भाग
निगुरो थाहा छ ??
Nas and The Bokas: Coming to a Night Club near you
श्राद्द
सेक्सी कविता - पार्ट २
TPS Re-registration
What Happened to Dual Citizenship Bill
पाप न साप घोप्टो पारि थाप !!
अमेरिकामा छोरा हराएको सूचना
Nas and The Bokas: Coming to a Night Club near you
राजदरबार हत्या काण्ड बारे....
Mr. Dipak Gyawali-ji Talk is Cheap. US sends $ 200 million to Nepal every year.
Harvard Nepali Students Association Blame Israel for hamas terrorist attacks
TPS Update : Jajarkot earthquake
is Rato Bangala school cheating?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters