अन्तरिम सरकारको साझा कार्यक्रम तय गर्न बसेको ८ दलको बैठक भोलि विहान ८ बजे बस्ने गरी बिना निष्कर्ष स्थगित भएको छ भने अन्तरिम सरकार गठन नभई नबस्ने भनिएको संसदको बैठकसमेत आज बस्ने सकेन ।
बालुवाटारमा बस्ने आठ दलको बैठक कुनै टुंगोमा पुग्न नसकेपछि संसदको बैठक पनि बस्न नसकेको हो ।
व्यवस्थापिका संसदको आजको बैठकको अवलोकन गर्न गएका विदेशी कुटनतिज्ञहरु बैठक सुरु हुने छाँटकाँट नदेखिएपछि फर्किएका थिए ।
आजको बैठकको अवलोकन गर्न विदेशी कुटनीतिज्ञहरुलाई विहान ११ बजे संसद भवनमा उपस्थित हुन निमन्त्रणा दिइएको थियो । विहान ११ बजे नै संसद भवन पुगेका नेपालका लागि अमेरिकी राजदुत जेम्स एफ मोरियार्टीसहितको विदेशी कुटनीतिज्ञहरुको टोली संसद सुरु हुने नदेखिएपछि करिब १२ बजे नै फर्किएका हुन् ।
त्यसैगरी नेपाल टेलिभिजन र कान्तिपुर टेलिभिजनको टोली संसद भावनबाट प्रत्यक्ष प्रसारणका लागि बिहान १० बजे नै पुगेको थियो।
source
http://namasteeurope.com/