[Show all top banners]

chanaa_tarkaari
Replies to this thread:

More by chanaa_tarkaari
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 1]

desert_rain
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 व्यर्थ पुगिएछ त्यो कार्यक्रममा
[VIEWED 3790 TIMES]
SAVE! for ease of future access.
Posted on 04-12-07 2:31 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

व्यर्थ पुगिएछ त्यो कार्यक्रममा

- चन्द्रप्रकाश बानियाँ -

जनआन्दोलन दिवसको अवसर पारेर अमरसिंह थापा स्मृति प्रतिष्ठानले यौटा अति नै सामयिक र महत्वपूर्ण अन्तरकि्रयात्मक कार्यक्रमको आयोजना गरेको थियो । ख्याती प्राप्त सीमाविद् श्री बुद्धिनारायण श्रेष्ठद्वारा प्रस्तुत गरिएको कार्यपत्रको विषय थियो 'नेपालको सीमा समस्याः व्यवस्थापनको अपरिहार्यता ।' १००-५० जनाको उपस्थिति रहेको उक्त कार्यक्रममा आधाभन्दा बढी सहभागीहरु देशी विदेशी विश्वविद्यालयहरुबाट विद्यावारिधिको उपाधि प्राप्त गर्नेहरु थिए । प्रस्तुत कार्यपत्रमाथि टिप्पणी गर्ने जिम्मेवारी पनि दुईजना घागडान डाक्टर साहेवहरुलाई दिइएको थियो । छलफलको विषय जति महत्वपूर्ण थियो विद्वानहरुको उपस्थिति पनि त्यति नै गरिमामय थियो । त्यो दिन हुने छलफल मेरा लागि मात्रै होइन सिंगो मुलुकका लागि मार्गदर्शक बन्नेछ लाभदायक हुनेछ भन्ने लागेको थियो । त्यसैले उक्तावसरमा सहभागी बन्ने अवसर मेरा लागि अहोभाग्य हो जस्तो लागेको थियो ।

प्रसिद्ध सीमाविद् विद्वान श्रेष्ठजीले आफ्नो ५-७ वर्षको अथक र अनवरत लगन र परिश्रमको कष्टसाध्य अध्ययन अनुसन्धानबाट जुटाउनु भएको नेपालको सीमा समस्याको यथार्थ वस्तुतथ्य सविस्तार प्रस्तुत गर्नुभो । नेपालले व्यहोर्दै आएको सीमा समस्याको भूत वर्तमान र सम्भावित भविष्यको चित्रसमेत सबैको घैंटोमा घामलाग्ने गरी राखिदिनु भयो । श्रेष्ठजीको यथार्थ र सारगर्भित प्रस्तुतीले सद्धे नेपाली हृदय हुनेहरु सबैलाई संवेदनशील बनायो द्रविभूत बनायो । श्रेष्ठजीको करिब घण्टाभरको प्रस्तुति यति मार्मिक र वस्तुपरक थियो कि एकजना विद्वान टिप्पणीकर्ताले त बुद्धिनारायणजीले कार्यपत्र पनि आफै प्रस्तुत गर्नुभो र टिप्पणी पनि आफै गर्नुभो भनिदिनु भो । अर्थात श्रेष्ठको प्रस्तुतिपछि टिकाटिप्पणी गर्नुका लागि विद्वानहरुका लागि विषयवस्तु नै बाँकी रहेन ।

सुगौली सन्धिले सीमा खुम्च्याईदिनु पूर्वको टिस्टा र काँगडासम्मको विशाल नेपालको मानचित्र हेरेपछि वर्तमानमा बाँकी बचेको भूभाग त आधा पनि रहनेछ भन्ने जानकारी पाउँदा रामायणको दुब्लो क देखेर दुःखी भएको कालिदासको मनभन्दा पनि वेसी सहभागीहरुको हृदय रोयो होला जस्तो लाग्यो । त्यही बाँकी बचेको भूभागमा पनि कालापानी र सुस्तालगायत झण्डै ६० भन्दा बढी ठाउँहरुमा सानाठूला अतिक्रमणहरु भारतका तर्फबाट भएका रहेछन् । दशगजा क्षेत्र नो मेन्स लैण्ड भित्रै समेत किहं कतै त भारतीय भन्सार नाका ठडिएका रहेछन् । एक पक्षीयरुपमा ३०० मिटरदेखि ५ किलोमिटर भित्रकै दुईदेशीय सीमाक्षेत्रमा बनेका दर्जनभर बाँधहरुले नेपालको हजारौं विघा जमीन डुबानमा परेको रहेछ । र हजारौं मान्छेको उठिबास लागेको रहेछ ।

नेपाल-भारतबीचको सीमा व्यवस्था पनि तदर्थवादमा चल्दोरहेछ । कहिले मनलाग्दा सीमा बन्द हुँदो रहेछ कहिले नियमित हुँदो रहेछ र कहिले खुला छोिडंदो रहेछ । खास गरेर राणशासनको अन्तपछि सीमा अव्यवस्थितरुपमा रहँदै आएको रहेछ । भारतको स्वार्थ र सहुलियत अनुकूल सीमा व्यवस्था साचालित हुने गर्दोरहेछ । ठूलो छिमेकीले जे जस्ता मनलाग्दो गरेपछि निरीहतापूर्वक टुलुटुलु हेर्ने अन्याय र थिचोमिचो सहनु बाहेक हामीले केही गर्ने गरेकै रहेनछौं ।

मलाई लाग्थ्यो यो मुलुकका राजनीतिकर्मी लोभी पापी र स्वार्थी छन् । आफ्नो नीजि स्वार्थभन्दा पर मुलुकको हितचिन्तनमा उनीहरुको ध्यान जाँदै जादैन । त्यसैले दर्जनौं ठाउँमा सीमा मिचिदासमेत चुइक्क बोल्दैनन् । कौडीको मूल्यमा कोशी गण्डकी र महाकाली जस्ता विशाल जलभण्डारहरु विदेशीका पाउमा समर्पण गरिदिन्छन् । राजनीतिकर्मीहरु जस्ता भए पनि नेपालीहरु देशभक्त छन् । त्यसमा पनि यो देशका विद्वान बुद्धिजीविहरु त देशको माटोप्रति संवेदनशील होलान् । ती सबैले मुलुकलाई आफ्नो मुटुभन्दा बेसी माया गर्छन् होलान् । कठै बिचरा ।यो मामिलामा त मुलुकका विद्वान बुद्धिजीविहरु राजनीतिकर्मीहरुभन्दा दशगुना बढी कृतघ्न रहेछन् ।

टिप्पणीकर्ताको रुपमा ड्यासमा उभिने अर्थशास्त्रमा पिएचडीको उपाधि भुण्डाएका एकजना कथित विद्वानले त नेपाल-भारत सीमामा कुनै समस्या नै नभएको टिप्पणी गर्नसमेत लाज मानेनन् । वुद्धिनारायणजीले सप्रमाण प्रस्तुत गरेको ५४ ठाउँमा मिचिएको सीमा समस्या उनले देख्दै देखेनन् । अनियमित र अव्यवस्थित सीमाले निम्त्याएको वेथितिले नेपालको अर्थतन्त्रमा पारेको नकारात्मक प्रभाव देख्दै नदेख्ने उनको अर्थशास्त्रको ज्ञान कस्तो रहेछ कुन्नी नेपालको भुमि दर्जनौं ठाउँमा अतिक्रमित भएको छ । नेपाली भूभाग भारतका कारणले डुबानमा परेको छ । खुला सीमानाका कारण चोरी डकैती तस्करीका सयौ घटनाहरु दिनहुँ माचन हुन्छन् । खुला सीमाका कारणले नेपाली महिलाहरु बलात्कृत हुन्छन् महिला अस्मिताको बेचविखन सरलतापूर्वक हुन्छ । विद्वान टिप्पणीकर्ताका चर्मचक्ष्ाहरुले त ती कुराहरु देखेनन् । किनकि उनले भारतभक्तिको कालो चश्मा लगाएका हुँदा हुन् । तर उनको अर्थशास्त्रको ज्ञानचक्ष्ाले त नेपालले व्यहोर्नु परेको घाटा देख्नुपर्ने हो नि । भारतको अनाधिकार हस्तक्षेप र थिचोमिचोविरुद्ध चु आखर बोल्ने कुरा त परै रह्यो समस्या नै नदेख्ने ती विद्वानले आफूलाई नेपाली नागरिक नै ठान्दा रहेछन् कि जागीरे स्वार्थवस् मात्र नेपाली नागरिकता लिएका पो रहेछन्् कि उनको अन्तर्मन त पुरै भारतीय रहेछ जस्तो लाग्यो ।

छलफलमा सहभागी अर्का एकजना बकाईदा नेपाली पोशाकमा ठाँटिएका विद्वानले बुद्धिनारायण श्रेष्ठले जागीरबाट अवकाश पाएपछि मात्र सीमा विवाद अनावश्यक रुपमा निकालेको आरोप लगाए । समाचारपत्रहरुबाट उद्दरण गरिएका केही कार्टुन चित्रहरुको प्रदर्शनले वुद्धिनारायणको उचाई घटाएको टिप्पणी गरिरहँदा आफू कुन धरातलमा उभिएर टिप्पणी गरिरहेको छु भन्ने कुराको ख्याल उनलाई भएन । मेरो छेउमै विराजमान एकजना इतिहासका डाक्टर साहेवले त बुद्धिनारायणद्वारा संकलित पुराना सीमासम्बन्धी मानचित्रहरु नापी विभागमा नरहेका हुनाले आधिकारिकताको प्रश्न उठाए । अझ नापीबाट चोरी गरिएको हो कि भन्ने शंका पनि व्यक्त गरे । अर्का एकजना तन्नेरी कानुन व्यवशायीले त झन वर्तमान विश्व परिस्थितिमा सीमासम्बन्धी झिना मसिना कुराभन्दा मुलुकको आर्थिक विकासतिर ध्यानदिनु पर्ने उपदेश श्रेष्ठलाई दिने धृष्टता देखाए । २-४ वटा कालापानी र सुस्ता विवादमा अल्झिनु खोतल्नु वर्तमान सन्दर्भमा असामयिक र असान्दर्भिक अभियान ठहरेछ ती विद्वानका लागि ।

अझ कसै कसैले त समस्या देखाएर मात्रै हुँदैन समाधान पनि बुद्धिनारायणहरुले नै दिनुपर्ने तर्कसमेत दिन लाज मानेनन् । बुद्धिनारायण श्रेष्ठ वर्तमान सन्दर्भमा कुनै कुटनीतिज्ञ पनि होइनन् राजनीतिकर्मी पनि होइनन् नीति निर्माण र कार्यान्वयनमा प्रत्यक्ष संलग्न रहेका उच्च प्रशासक पनि होइनन् । उनी अवकाशप्राप्त प्रशासक भए पनि नेपाललाई हृदयदेखि माया गर्ने बौद्धिक र चेतनशील नागरिक हुन् । उनी आपुूमा भएको ज्ञान सिंगो मुलुकमा बाँडचुँड गर्ने पवित्र उद्देश्यद्वारा अभिप्रेरित छन् । उनले युरोप अमेरिकासम्म पुगेर नेपालको सीमासम्बन्धी अध्ययन गरेका छन् । नितान्त स्वविवेकबाट अभिप्रेरित भएर नेपालको सीमा समस्याका सम्बन्धमा अध्ययन अनुसन्धान गरिरहेका छन् । उनको परिश्रमले मुलुकलाई अवश्य नोक्सान पुर् याएको छैन । यौटा स्वतन्त्र नागरिकका हैसियतले गर्न सक्नेसम्मको काम उनले गरेका छन् । उनको इमानमा शंका गर्नु पाप हो । उनको अभ्यास यौटा महान् देशभक्तको महान आदर्श हो । सबै कुरा बुद्धिनारायण एउटै व्यक्तिबाट अपेक्षा गर्नु मुर्खता हो बुझ पचाईको कुरुप नमूना हो ।

छलफलमा भाग लिने अधिकांश विद्वानहरुको आसय ुभारत ठूलो छ बलियो छ त्यसैले उसको आसय र हित विपरीत हामी साना भुसुनाहरुले उभिन खोज्नु हुदैन । न्याय अन्यायको आवाज उठाउनु थप अप्ठ्यारोमा पर्नु हो । ठूलो मुलुकले २-४ थप्पड लात चलाई हाले पनि सानाले षाष्टाङ्ग दण्डवत गर्नुपर्छ प्रतिवादमा उत्रनु व्यवहारिक हुदैनु भन्ने रहेको देख्दा विद्वतवर्गको कायरताप्रति टिठ लाग्दो रहेछ ।

अधिकांश बुद्धिजीविहरुका तर्क सुन्दा यस्तो लाग्थ्यो कि त्यो जमघट नेपालीहरुको हुँदै होइन । भूलवस् बुद्धिनारायणले आफ्नो राष्ट्रवादी कार्यपत्र भारतीयहरुका बीचमा प्रस्तुत गर्नुभयो । त्यतिबेला सबैजसो तनका नेपाली र मनका भारतीयहरुले बुद्धिनारायणलाई अपराधी सावित गर्ने प्रयत्न गर्दै थिए । बुद्धिजीविहरुको त्यो भावना अज्ञानता त हुनै सक्तैनथ्यो । यदि त्यो भारत भक्ति होइन भने बुद्धिनारायणको राष्ट्रवादी आन्दोलनप्रतिको ईष्र्याभाव हुनुपर्छ जस्तो लाग्यो ।

कार्यपत्र प्रस्तुतिको सन्दर्भमा बुद्धिनारायणजीले महलीसागर बाँधका कारणले एउटा जंगे पिलर ढल्नै आँटेको चित्र पनि देखाउनु भएको थियो । विद्वान बुद्धिजीविहरुका घीन लाग्दा र पानी मरुवा कुरा सुन्दा त मलाई सिंगै मुलुकको अस्तित्व खतरामा परेजस्तो लाग्यो । नेपालीको राष्ट्रिय भावना खण्डित भए जस्तो लाग्यो । सिंगै मुलुकमाथि हुन थालेको भारतीय हस्तक्षेप र बलमिच्याईबाट रत्तिभर मर्माहत नहुने विद्वानहरु जाबो एउटा जंगे पिलर ढल्न आँटेको देखेर कसरी संवेदित हुन सक्छन् र त्यो दृश्यले उनीहरुको मन दुख्ने कुरै भएन ।

हृदयंमा आघात पुर् याउने र मन चहर् याउने कुराहरुको जानकारी हुनुभन्दा अन्धकारमा रहनु जाती हुँदोरहेछ । जुन उत्साह र जाँगरसहित म त्यो छलफल कार्यक्रममा सामेल भएको थिए त्यो भन्दा कति हो कति गुना दुःखीत र व्यथित भएर घर फर्कनु पर् यो । त्यसैले होला त्यो दिन उक्त कार्यपत्रमा व्यर्थैमा पुगिएछ जस्तो लागिरहेको छ ।
 
Posted on 04-12-07 2:42 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Very Sad !

Thank You Channa-Tarkari !
Where did you get that article from ?
 
Posted on 04-12-07 4:49 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

So-called educated people seem to be the most selfish people from that article being ready to sell their own mothers. No wonder, they'd also be the one shouting with extreme patriotic slogans as well; biggest losers and hippcrates.

This is the main reason that our country can't develop; no matter how educated the people become.
 
Posted on 04-12-07 5:45 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

now don't cry over things of past!!!

Think can we remain a united (whatever left now!) .And how long?
Now , how things have changed?How patriotic is our current and future powerful leaders?
we have still time to save Nepal.
 
Posted on 04-12-07 10:44 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

It is better if u give the account of the program and the presenters properly.
R U afraid of giving their names??
Tyo karyakram ma bhayeko bhaniyeko jasto prabrittiko hamile birodh garnu parchha ra testo prabritti bhayeka lai sabaiko nazar ma nangyaunu parchha ( I am not being funny I mean it)
 
Posted on 04-12-07 10:58 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Shirish, Namaskaar,

I copied the above heart-breaking piece from
http://www.nepalnews.com.np/contents/2007/nepaliweekly/janadharana/apr/apr12/view.php#1

My gut feeling says most of the so called think-tanks and leading public figures in Nepal has already been taken under the umbrella of RAW India.
 
Posted on 04-13-07 10:49 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 04-13-07 11:21 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

For people not wanting to cry over the past

भारतद्वारा एकतर्फी बा“ध
कास

गुलरिया, चैत ३० - नेपालको सहमतिबिना भारतले बर्दियाको सीमावर्ती बबई नदीमा बा“ध बनाउन थालेको छ ।
बा“ध सीमावर्ती गुलरिया नगरपालिका र महम्मदपुर गाविसस“ग जोडिएको भारतको बहराइच जिल्लाअर्न्तर्गत मोतीपुर थानाको गोपियामा छ । बा“ध निर्माणको भारतीयले समेत विरोध जनाएका छन् ।

भारतको संगवा, घरथनवा, लौकाही, गौरा पिपरास“ग जोडिएकाले बा“धले ५२ गाउ“ डुब्ने खतरा भएकाले 'नेलोपा बा“ध

रोको' संर्घष्ा समिति बहराइचले जनाएको छ ।

समितिले गत माघ १ गते बा“ध नबनाउन सरकारविरुद्ध पर््रदर्शन गरेको थियो । समिति सदस्य रंगलाल भारतीले पर््रदर्शनमा नेपालीलाई पनि सहभागी हुन अपिल गरेका थिए । सीमावर्ती गुलरिया नपा-१४ का श्यामु थारूका अनुसार धर्नामा सयौं नेपाली गएका थिए ।

बबई र कर्ण्ााली नदीको पानीलाई मिर्साई गोरखपुरसम्म सि“चाइ गर्न नहर बनाउन बा“ध बाधिएको हो । बा“धले दुवै देशका गाउ“ डुब्ने खतरा छ ।

यसबारे सरकारी अधिकारीले अनभिज्ञ छन् । जल उत्पन्न प्रकोप नियन्त्रण विभागका उपमहानिर्देशक खोमराज दाहालले यसबारे आफूलाई थाहा नभएको बताए ।

गत भदौको बाढीले दुवै देशका सीमावर्ती क्षेत्र डुबानमा परी ठूलो धनजनको क्षति भएको थियो ।

Posted on: 2007-04-13 21:04:56
http://www.kantipuronline.com/kolnepalinews.php?&nid=106584
 
Posted on 05-25-07 9:04 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बडो राष्ट्रबादि तर्क दिने वाइसिएल नेताहरु, को भन्दा को बढी राष्ट्रबादि भाषण गर्न सक्छन भन्दै प्रतिस्पर्धा गर्ने मन्त्रीहरु र तिनका भरौटे बुद्दिजिविहरु यस्ता कुरामा कानमा तेल हालेर बसेका छन ।
 
Posted on 09-25-07 11:46 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सीमा व्यवस्थापनमा प्रश्नचिह्न



बुद्धिनारायण श्रेष्ठ


कपिलवस्तुको चन्द्रौटा र कृष्णनगरमा भदौ ३० गते भएको अप्रत्याशित घटना, दंगा, वीभत्स हत्या, लुटपाट र आगजनीले नेपाल-भारतबीच मौजुदा सीमा व्यवस्थापनमा एकपटक फेरि ठूलो प्रश्नचिह्न खडा गरेको छ । यद्यपि यसअघि गत चैत ७ गते रौतहटको गौर घटनाले त्यतिबेलै विद्यमान खुला -पोरस) सीमामाथि औंला ठड्याएको हो । घटनाको छानबिन गर्ने आयोगले तत्कालीन प्रजिअ र सुरक्षा प्रमुख डीएसपीभन्दा खुला सीमा पद्धतिलाई बढी दोषी ठहर्‍याएको थियो । देशमा शान्तिसुरक्षा, अमनचैन कायम गर्ने-गराउने गृह मन्त्रालय सजग नभएकोले कपिलवस्तु घटना घट्न पुगेको प्रमाणित भएको छ । अब यस्तो घटनाको लहरो कहा“सम्म पुग्ने हो, स्वयम् गृहमन्त्रीलाई थाहा छैन ।
यसै साता पनि गौरस्थित नेपाल बैंक लिमिटेड परिसरमा बम विस्फोट हु“दा भवनको झयालमा क्षति पुग्नुका साथै कम्पाउन्ड पर्खाल भत्कियो । संयुक्त जनतान्त्रिक तर्राई मुक्तिमोर्चाले यसको जिम्मेवारी लियो । त्यसैदिन वीरगन्जका राजेन्द्रबहादुर अमात्यको घरमा एउटा सकेट बम विस्फोट भयो । यसको जिम्मेवारी पनि सोही मुक्तिमोर्चाले लियो । यस्ता विध्वंसात्मक घटना तर्राई क्षेत्रमा सीमित रहेको पाइ“दैन । भदौ १६ मा राजधानीको तीन स्थानमा बम विस्फोट हु“दा निर्दोष विद्यार्थीसहित तीन व्यक्तिको अनाहकमा ज्यान गयो । २६ जना घाइते भए । यस घटनाको जिम्मेवारी तत्कालै तर्राई आर्मी र तर्राई उत्थान संगतले लिएको थियो । तर अचम्मको कुरो, यस घटना सर्न्दर्भमा कति जनामाथि कारबाही गरियो भन्ने जानकारी मृतकका परिवार तथा नागरिकलाई सरकारले दिनसकेको छैन ।

कपिलवस्तुको शृङखलाबद्ध दंगामा हालसम्म २४ जनाको मृत्यु भइसकेको छ । सयौं बेपत्ता छन् । १ सय ५० भन्दा बढी सवारी साधन तोडफोड भएका छन् । ३ हजारभन्दा बढी वासिन्दा विस्थापित भएका छन् । १ अर्बभन्दा बढी सम्पत्ति नष्ट भएको अनुमान गरिएको छ । चन्द्रौटा र कृष्णनगरबाट सुरु भएको दंगा अब विसनपुर, शिवगढ, खुरहुरिया, देवीपुर र गणेशपुरमा पनि सरेको छ । यसको प्रभाव नेपालगन्ज तथा बुटवलतर्फबढ्दैछ । यसै प्रसङ्गमा राष्ट्रसंघीय मानवअधिकार उच्चायुक्तका नेपाल कार्यालय प्रमुख रिचार्ड बेनेटले सरकारको अकर्मण्यताका कारण कपिलवस्तु क्षेत्रको कानुन तथा व्यवस्था पुनःस्थापनाको प्रयास नगरिएको महसुस भएको बताएका छन् । यस्तै राष्ट्रिय मानवअधिकार आयोगका क्षेत्रीय संयोजक वेदप्रसाद भट्टर्राईले कपिलवस्तु घटनामा सीमापारिबाट घुसपैठ भएकोले त्यस्तो अवस्था दोहोरिन नदिन सीमा र बजारका नाकामा निगरानी राख्नुपर्ने आवश्यकता भएको बताएका छन् -कान्तिपुर, असोज ५) ।

आजभन्दा अगाडिका घटनामा तर्राईमा रहेका पहाडे मूलका वासिन्दा तथा कर्मचारीलाई मधेसी समुदायले विस्थापित गर्ने तथा हमला गर्ने गर्थे । तर कपिलवस्तु घटनाको सुरुमै वीरपुर गाविसका मोहम्मद अब्दुल मोहित खा“को हत्या गरी साम्प्रदायिक तथा धार्मिक सद्भाव बिथोल्ने काम पनि भएको छ । हिन्दू र मुस्लिम समुदायबीच आपसी विश्वासको कमी हुने वातावरण सिर्जना भइरहेको छ । यसको आगो फैलियो भने देश नराम्रो दर्ुघटनामा पर्न सक्छ ।

कपिलवस्तुका विस्थापितमध्ये एक रामकृष्णको भनाइअनुसार सुरुमा ढाकाटोपी लगाएर 'पहाडिया मारे रे' भन्ने हल्ला चल्यो । यस्तैमा तस्करहरूले सीमानाकाबाट तीस-पैंतीसजना दाह्री पालेका मान्छे 'मारो-मारो' भन्दै चिच्याउ“दै आए । उनीहरूका हातमा भाला, खु“डा, बम, पेस्तोल, लाठी थियो । उनीहरू एकाएक हाम्रा घर र पसलमा खनिए । हामी खेतैखेत भाग्यौं । टाढाबाट घरमा बलेको आगोको कालो मुस्लोले बजार छोपेको देखियो ।

यसैबीच माओवादीले सरकार छाड्ने चेतावनी दिएलगत्तै भारतले नेपालस“गको सीमारेखामा सुरक्षा निगरानी बढाएको छ । सीमामा उच्च र्सतर्कता अपनाइएको छ । नेपालस“ग सिमाना जोडिएका उत्तराञ्चल, उत्तर प्रदेश, विहार, पश्चिम बंगाल र सिक्किम राज्यमा आपराधिक गतिविधि, हातहतियार ओसार-पसारजस्ता समवेदनशील मुद्दामा उच्च र्सतर्कता अपनाउन भारतीय गृह मन्त्रालयले मातहतलाई निर्देशन दिएको छ । स्मरणीय छ, भारतले नेपालस“ग जोडिएको आफ्नो १ हजार ८ सय ८ किलोमिटर सीमारेखाको डडेलधुरा- नवलपरासी क्षेत्रलाई 'सुरक्षा समवेदनशील', चितवन-इलाम, 'निगरानीपर्ूण्ा' र पा“चथर- ताप्लेजुङ तथा बैतडी-दार्चुला क्षेत्रलाई 'सामान्य' तहमा वर्गीकरण गरेको छ ।

यस्तै नेपाल प्रहरीले संविधानसभा निर्वाचनको सर्न्दर्भमा सुरक्षा व्यवस्थाका निम्ति पर्सर्ााखि सप्तरीसम्मका जिल्लालाई 'अति समवेदनशील', कञ्चनपुर- नवलपरासी तथा सुनसरी-झापा खण्डलाई 'समवेदनशील' र डडेलधुरा- दार्चुला तथा इलाम-ताप्लेजुङलाई सामान्य खण्डका रूपमा भदौ ३१ गते वर्गीकरण गरेको छ ।

सामान्यतया तर्राईमा घटेका दर्ुघटनापछि त्यस जिल्लाका प्रमुख जिल्ला अधिकारी तथा स्थानीय सुरक्षा निकाय प्रमुखलाई स्थानान्तर गरिन्छ । जा“चबुझ गरी प्रतिवेदन तयार गर्न आयोग गठन गरिन्छ । ढिलो-चा“डो आयोगले प्रतिवेदन बुझाउ“छ । तर प्रतिवेदनको मूल सिफारिसका बु“दा के कस्ता छन् भन्ने व्यहोरा विरलै र्सार्वजनिक गरिन्छन् । त्यस्ता सिफारिस लागू गरिएको त सुनिएकै छैन भन्दा पनि हुन्छ ।

यहा“ प्रश्न उठ्छ, एक जिल्लामा घटना घटी जीउधनको क्षतिपछि प्रजिअ र सुरक्षा प्रमुखको सरुवा तथा आयोग गठन र प्रतिवेदन बुझान्ले समस्या समाधान भएको छ या छैन । यसको जवाफ- समस्या समाधान पटक्कै हुनसकेको छैन । गत माघ ५ गते नेपालगन्जबाट सुरु भएका यस्ता घटना गौर, र्सलाही, विराटनगर, जलेश्वर, जनकपुर हु“दै अहिले कपिलवस्तु आइपुगेको छ । यसको फिलिङ्गो दाङतर्फर्सर्दैछ ।

यस्तो अवस्थामा स्थानीय प्रशासन र सुरक्षा प्रमुखको अदला-बदलीमात्रै समाधानका उपाय होइनन् । समाधानको मूल कडी नेपाल र भारतबीच रहेको अन्तर्रर्ााट्रय सीमामा रहेको विद्यमान सीमा व्यवस्थापन हो । जबसम्म अन्तर्रर्ााट्रय सीमालाई छाडा छाडिन्छ, यस्ता दंगा, दर्ुघटनालाई नियन्त्रणमा लिन सकि“दैन । दर्ुइ देशबीच सीमा खुलमखुला रहेकोले अवाञ्छित तत्त्वलाई नियन्त्रण गर्न सकिएको छैन । हातहतियार तथा विस्फोटक पदार्थको खुलेआम ओसारपसार रोकिएको छैन । नेपाली सीमावर्ती क्षेत्रमा हत्या, लुटपाट, आगजनी, बलात्कार गरी भारततर्फछिर्ने गरेका छन् । यस्तै भारततर्फखुनखतरा, चोरी, व्यक्ति अपहरण गरी नेपालतिर लुक्ने गरेको पाइएको छ । अन्तर्रर्ााट्रय सीमालाई नियमन, व्यवस्थित र नियोजित नगर्नाले नै यस्ता कुकार्य भएको पाइएको छ ।

चैत ७ मा भएको गौर काण्डमा अवाञ्छित व्यक्तिको समूह विदेशी नम्बर प्लेटका सवारी साधनसहित खुलेआम सीमापार गरी आएकोले घटना भएको विवरण जा“चबुझ आयोगले उल्लेख गरेको छ । स्मरणीय छ, गौर घटनामा २९ जनाको मृत्यु र ४२ घाइते भएका थिए । यस्तै कपिलवस्तुको दंगामा खुला सीमापारिबाट अवाञ्छित तत्त्व घुसपैठ भएको कुरा राष्ट्रिय मानवअधिकार आयोगका क्षेत्रीय संयोजक तथा स्थानीय पीडितद्वारा व्यक्त भएको पाइयो ।

संयोगवश सीमा व्यवस्थापन सम्बन्धमा नेपाल र भारतका गृह सचिवस्तरीय बैठक असोज ९ देखि काठमाडौंमा बस्दैछ । अर्ढाई वर्षो अन्तरालपछि हुनलागेको यो बैठक महत्त्वपर्ूण्ा ठानिएको छ । यस बैठकमा सीमा सुरक्षा, अपराध नियन्त्रण, लागूपदार्थ ओसारपसार रोकथाम आदिका बारेमा छलफल हुने एजेन्डा रहेको बुझिन्छ । महत्त्वपर्ूण्ा कुरा के छ भने सचिवस्तरीय बैठकमा सीमा सुरक्षाबलका पदाधिकारी पनि सम्मिलित रहने भएका छन् ।

यहा“ के सुझाव गर्न सकिन्छ भने नेपालमा हुने संविधानसभाको निर्वाचन मिति सन्निकट भएकोले शान्तिसुरक्षा कायम गर्न र तर्राईमा हु“दै आएका घटनालाई अब सधैंका लागि रोक्न दुवै देशबीचको खुला सीमालाई व्यवस्थित गर्ने सहमतिमा दुवै गृहसचिव पुग्नेछन् । अन्तर्रर्ााट्रय सीमा वारपार गर्दा कमसेकम कुन व्यक्ति के कामका लागि कति दिन कहा“ जानलागेका रहेछन् भन्ने सोधखोज गर्ने प्रचलन गर्नुपर्‍यो । नेपाल र भारतका नागरिकलाई मात्र खुला गरिएको अन्तर्रर्ााट्रय सीमारेखाबाट पश्चिम बंगालको वासिन्दा हु“ भनेर मुखका भरमा बंगलादेशी नागरिक, उत्तर प्रदेशीको रूपमा इराकी नागरिक छिर्न नपाउन् । यस्तै सल्यान जिल्लाको वासिन्दाको भेषमा भुटान र म्यानमारका नागरिक घुस्न नसकुन् ।
 
Posted on 09-25-07 1:04 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हो, अब त यस्तो लाग्न थालेको छ, नेपालको सबै समस्याको समाधान गर्ने रामबाण बुटी नै सिमा नियन्त्रण गर्नु हो ।

खै त खुल्ला सिमा भएर नेपालीलाइ के नाप्या छ ? चाहिने माल, पेट्रोल पुग्ने गरी आउने हैन । खाली तस्करी गरेको हतियार, अपराधिको समुह, चोरी चक्कारी, राजनीतिक छलछाम मात्रै आउने त्यो सिमाना खुल्ला किन राख्ने ?

साझामा नेपालभारत सिमाना बन्द गर्ने कि नगर्ने भन्ने तर्क वितर्क धेरै भएको छ, मैले ती थ्रेडहरु खोज्न जानिन, जान्ने कसैले ती थ्रेडहरुलाइ पुनर्जीवन दिम न हौ ।
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
Lets play Antakshari...........
डीभी परेन भने खुसि हुनु होस् ! अमेरिकामाधेरै का श्रीमती अर्कैसँग पोइला गएका छन् !
शीर्षक जे पनि हुन सक्छ।
What are your first memories of when Nepal Television Began?
[New post] Why Would Krishna Have To Run From The Battlefield
Sajha Poll: नेपालका सबैभन्दा आकर्षक महिला को हुन्?
ChatSansar.com Naya Nepal Chat
is Rato Bangala school cheating?
Why always Miss Nepal winner is Newari??
NRN card pros and cons?
Basnet or Basnyat ??
पुलिसनी संग - आज शनिवार - अन्तिम भाग
निगुरो थाहा छ ??
Nas and The Bokas: Coming to a Night Club near you
TPS Re-registration
श्राद्द
सेक्सी कविता - पार्ट २
What Happened to Dual Citizenship Bill
पाप न साप घोप्टो पारि थाप !!
अमेरिकामा छोरा हराएको सूचना
Nas and The Bokas: Coming to a Night Club near you
राजदरबार हत्या काण्ड बारे....
Mr. Dipak Gyawali-ji Talk is Cheap. US sends $ 200 million to Nepal every year.
Harvard Nepali Students Association Blame Israel for hamas terrorist attacks
TPS Update : Jajarkot earthquake
is Rato Bangala school cheating?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters