[Show all top banners]

dkali_ko_mahila
Replies to this thread:

More by dkali_ko_mahila
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 Ph.D in Japan

[Please view other pages to see the rest of the postings. Total posts: 46]
PAGE: <<  1 2 3  
[VIEWED 24053 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 3 pages, go to PAGE 1.

This page is only showing last 20 replies
Posted on 04-30-07 11:27 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Hi guys,
Whats up?
Yo mula USA ma kati dukha garchhau? Japan ma manchhe haru PH.D nai nasaki Doctor thokdida rahechhan..Yo link tira eso ghuma keta ho..
http://www.samudrapari.com/news.php?go=fullnews&newsid=371
Ps:Does anyone know this Kumar basnet is same kumar basnet ie. our folk singer....ramra ramra taruni.....
 
The postings in this thread span 3 pages, go to PAGE 1.

This page is only showing last 20 replies
Posted on 05-01-07 9:30 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Thank you bhurtel for the information. I am sorry that I mistook Nepalese Student Association in Japan as Ne Bi sangs's japan branch. Frens, I found the link describing this kapati doctors' chartikala.
http://www.lokatantra.blogspot.com/
 
Posted on 05-01-07 11:13 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Fataha- Kumar Basnet
 
Posted on 05-01-07 11:14 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

फटाहा-कुमार बस्नेत

 
Posted on 05-01-07 11:42 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

उनि सहि त छन् नि, Ph-Phataha - फटाहा, D-Daka - डाँका, अर्थात् PhD.
अरुलाई केको टाउको दुखाइ बिनसित्ति। बधाई छ बस्नेत जि लाई :P =))


:-)>
 
Posted on 05-01-07 10:40 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Ishwor bro ko Ph.D ko fullform chahi malai man paryo. tara yo chahi kumar basnet ko case ma matrai lagu hunchha. Yesko PH.D chahi tyahi ho.
 
Posted on 05-02-07 7:25 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Anuhar herdai thag rahechha. kehi kada karbahi garne niyam chhaina hamro nepal ma? japan ma gare pani hunchha ni. Eta bhaye ta esto manchhe lai hami thik pari saktheu.
Desh ko kalanka.
 
Posted on 05-02-07 10:02 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ghumdai jada talako kura padhna paiyo. malai jayaj lagyo. hijo dekhi yo manchhe ko barema padhera ma dang dasai chhu bhanya. Upendra Mahato le pani PHD garya chha chhaina sankai chha hai. malai yo byapari haru ko ratibhar biswas lagdaina. NY ka mandale haru bata aajit bhaiya thiyo antarastriya mandale haru pani ekaek charcha ma aauna thale. mandale lai dadai kataidiu...

एनआरएन: कारवाही गर्ने की विघटन गर्ने?

के एकजनाको गल्तीकै आधारमा सम्पूर्ण सँगठनलाई नै दोष दिन मिल्छ र? अहँ, कुनै हालतमा पनि मिल्दैन। तर, पनि हामी आज एनआरएनको भविष्यका सँबन्धमा कुरा गर्दैछौँ र भन्दैछौँ यस्तै हो भने अब एनआरएन डुब्यो। निश्चित रुपमा, एनआरएन अन्तर्राष्ट्रिय समन्वय समितिका एकाध सदस्यले अनुसन्धानमूलक पि.एच.डी. समाप्त गर्नु अगावै डा. झुन्ड्याउँदै हिँडदैमा र फर्जीकाममा निर्लीप्त रहँदैमा सम्पूर्ण सँस्थालाई नै दोष दिनु गलत हुनेछ । एकल व्यक्तिको गलत कृयाकलापका आधारमा सम्पूर्ण सँस्थालाई नै दोष दिन पाईन्न । हामी यसमा पूर्ण रुपमा सहमत छौँ र यो हाम्रो पनि अडान हो । तर पनि हामी भन्दैछौँ, एनआरएन डुब्यो किनभने यहाँ न पारदर्शिता छ न चुस्तता। न यहाँ सर्वस्विकृत ब्यवस्थापनको प्रयोग छ न यहाँ सबैलाई स्विकार हुने व्यवहारको प्रयोग छ । यहाँ छ त फर्जी काममा लाग्ने गलत तत्वहरुलाई जोगाउन खोज्ने स्वार्थि तत्वहरु र तिनैलाई समाजसेवीको जामा पहिर्याउँदै बस्न चाहनेहरुका जमात ।

यसो नहुँदो हो त एनआरएनको राष्ट्रिय समितिको बैठकमा कुरा उठीसके पछि तदारुकताका साथ छानविनलाई अगाडी बढाईन्थ्यो र सत्य के हो त्यसको निरुपण त्वरीत रुपमा गर्दै दोषीलाई उचित कार्यवाही गरिन्थ्यो । यसको बदलामा सुनियोजित ढिलासुस्तीको जुन क्रम-उपक्रम देखियो, त्यसले आफ्ना मान्छेलाई जोगाउनु पर्छ भन्ने प्रवृतिमात्र उजागर गरेको छैन, कसै-कसैका निर्णय क्षमता र व्यावहारीकतामाथि पनि प्रश्न चिन्ह खडा गरेको छ । यस्तै, जुन हिसावले कार्यवाहीको प्रकृयालाई सँबन्धित व्यक्तिले उपाधि नपाउन्जेलका अवधिसम्मका लागी अगाडी बढाएनन, त्यसले स्पष्ट गर्छ यहाँ गुट-उपगुट छ र यहाँ गलतलाई सही बनाउन कोशिस गर्ने हरु छन। यस्तै अप्रत्यक्ष धम्कीका कुराहरु सुन्दा त यहाँ अरुका लाशमा आफ्नो राजनिति तताउन चाउने स्वार्थि तत्व पनि रहेका आभास हामीले पाएका छौँ। हो,डा.(अहिले) कुमार वस्नेतको पी.एच.डी.उपाधि प्रकरणले अहिले एनआरएनको धेरै कुरालाई छताछुल्ल पारेको छ । यहाँको कार्यपद्धतिलाई छताछुल्ल पारेको छ र यसको विश्वसनियतामाथि प्रश्न चिन्ह तेर्स्याएको छ ।

एनआरएन राम्रो सँगठन हो त्यसैले हामी यसभित्र मौलाएका विकृतिहरु केलाउँदै छौँ। यसको विश्वसनियता बढाउनु छ, त्यसैले हामी भन्दैछौँ विकृतिलाई फाल्नु पर्छ । तर, स्वार्थि गुटका कार्यपद्धतिलाई हेर्नुस त, बैठकमा उठेका एकल आवाजलाई त सुनियोजित तवरले घोती लगाईदिए-लगाईदिए । तर के अब वार्षिक साधारण सभामा उठेका आवाजलाई पनि घोती लाउने? के साधारण सभामा उठेको भूपाल मान श्रेष्ठको आवाज उनका ब्यक्तिगत स्वार्थका लागी थियो त? के विद्वान मित्र सूर्य पाठकको आवाज व्यक्तिगत रुपमा हमला गर्नका लागी थियो त? दुबै आवाज फर्जीहरु सामाजिक सँस्थाको नेतृत्वमा बस्नु हुँदैन भन्ने प्रति थियो। दुबै आवाज दागी चरित्रका सँलग्नताले सँगठनको विश्वनियता घटाउँछ भन्ने थियो। र दुबै आवाज एनआरएनको शुभचिन्तकहरुको आवाज थियो। तर, जहाँ पनि सुनियोजित रुपमा सेतोलाई कालो र कालोलाई सेतो बनाउनेहरु पूर्ण तयारीका रुपमा आउँदा रहेछन र भन्दो रहेछन, सूर्य पाठकले जस्तै म पनि हल थर्काउन सक्छु। बुझ्नु पर्छ यी फर्जी र फ्राडले कुरा आवाजको चर्कोपनको होईन, त्यसमा रहेको सत्यताको हो। बुझ्नु पर्ने थियो यी फर्जीले के भन्दैछन आज नेपाली डियास्पोरा भन्दै। सूर्य पाठकको आवाज साधारण सभामा गुन्जिएको डियास्पोराको आवाज थियो र प्रतिनिधित्व गर्दै थियो विश्वसनिय सँगठनका लागी डियास्पोराको चाहनालाई।

एकल आवाजलाई जवाफ दिँदैमा के फर्जीले विश्वभरका नेपालीहरुलाई विश्वस्त तुल्याउन सक्छ अब? सुन्नु पर्छ फर्जीले के भन्दैछ अहिले नेपाली डियास्पोरा । आज नेपाली डियास्पोरा विश्वसनियताकै लागी भन्दैछन, यो घटीया काम हो, यो नैतिक पतनको पराकाष्ठा हो र सँबन्धित सँस्थाले यस्ता घटीयाहरुलाई तुरुन्तै घोक्रेठ्याक लगाउनु पर्छ। डियास्पोरा भन्दैछ यो सीगो नेपालको विश्वसनियताको प्रश्न हो र यस्ले जापानमा अध्ययन र अनुसन्धान गर्नेहरु तर्फ पनि विश्वासको सँकट पैदा गर्न सक्छ। गल्ती एकजनाको छ तर विश्वासको सँकट भने जापानभरिबाट अध्ययन र अनुसन्धान गर्ने तर्फ । हो, त्यसैले हो विध्यार्थि समाज र डियास्पोराको समाजले खुला रुपमा कार्यवाही गर्नु पर्ने यस्ता फर्जी काममा लागेका तत्वहरुलाई। र खुला रुपमा भन्नु पर्ने हामी यस्ता नैतिक हिसाबले कमजोर तत्वहरुलाई टाउकोमा राख्दैनौँ भनेर। र खुला रुपमा भन्नु पर्छ अब देखि तिम्रा फर्जी तर्क र फर्जी रोदन हामीलाई सुन्नु छैन भनेर। र खुला रुपमा सँगठनको विश्वसनियता बढाउनका लागी यीनलाई निष्काशन गर्नु पर्छ र घोक्रेठ्याक लाउनु पर्छ।

तर, आफ्ना मित्रहरुलाई वचाउन उधतहरु भने भन्दैछन, होईन, अलिक मिष्टेक मात्र भएको हो तर पि.एच.डी त गरिसक्यो नि यार । बरु उल्टो हामीलाई सोध्दै छन र भन्दै छन, ए भाते के ब्लगीँग गर्दै वस्छस, पढ पढ सक्छस भने उहाँ जस्तै सक्कली "डा." हासिल गर अनि हामीसँग कुरा गर । कतिको दुष्प्रभाव छरिसकेको छ फर्जीको कामले, उनका त्यो मन्डले मित्रहरुलाई केही हेक्का छैन। तर, सदा झैँ एउटै निती अपनाउँदै छन फर्जी मन्डलेका मन्डले मन्डली । हिजो ज्ञानेन्द्रको फर्जी लोकतन्त्रका विरुद्ध यसो के कलम चलाएका थियौँ, डा. रमेश बैध्यका पालतु जन्तुहरु हामीलाई यसै भन्थै, "तँ, जापानमा पढन आएको कि राजनिति गर्न?" जब हामीले दब्न बन्द गरेनौँ, केहीले त माओवादीको नाममा गोलीको वर्षात गर्नु पर्छ पनि भने रे । मन्डलेका विचारवाणिलाई हेर्ने हो भने मान्छे जतिको एकाँगी अरु केही हुँदैन रहेछ । यिनिहरुका विचारमा विध्यार्थि भनेपछि पढने मात्र हुन्छन। विध्यार्थिले व्यापार पनि गर्नु हुँदैन, साहित्य पनि लेख्नु हुँदैन र ब्लग पनि लेख्नु हुँदैन। र यिनिहरुका घनटाउके मन्डले त झन डा. उपेन्द्र महतोकै अगाडी उफ्रँदो पो रहेछ, "विध्यार्थिहरुलाई कार्यसमितिमा राख्नु हुँदैन"। कतिको डराउँदा रहेछन मन्डलेहरु विचार प्रवाहको क्रमले भने विचारको स्रोत सुकाउन कर्तव्यबोध तर्फ पो लाग्दा रहेछन। तानाशाहीको दलालीगर्ने देखी मानवतस्करीसम्म लाग्नेहरुलाई विचार प्रवाहले जहिले पनि त्रस्त बनाउने रहेछ। झन रमेश बैध्य जस्ता एमआईटी र आईआईटी शिक्षित र दिक्षित प्राज्ञिक दलालहरु राजदुत हुने हो त, ठूल्ठुला विश्वविध्यालयबाट नाम चलेको अनुसन्धान गर्नेहरु पनि विचारप्रवाहलाई बन्द गराउन लाग्ने रहेछ।

सँबेदनाहिन मन्डलेहरु रोगको औषधि र उपचारमा भन्दा रोगलाई लुकाउन पो लाग्दो रहेछन। विचार प्रवाह भन्छ नरोक्ने हो भने यो क्यान्सर जस्तै फैलिन्छ छ है। विचार प्रवाह भन्छ यसले एउटा खाडल खन्दैछ है। र बुझ्नु पर्ने थियो यी मन्डलेहरुले आज विश्वसनियताको ठूलो खाडल छ र यसका लागी सबैले एकजुट भएर कार्यवाहीमा लाग्नु पर्छ भनेर। तर, मन्डलेहरुका लागी विश्वसनियता भनेको त आफुले जे गरे पनि ठीक र अरुले गरे मात्र बेठीक हुने चिज पो रहेछ । मन्डलेहरुका विचारमा रोग देखाउनु भनेको आफ्नो मान्छेलाई ठेल्नु वा पेल्नु पो हुँदो रहेछ। दासता र गुलामीमा जकडीएका तथा कसैको जी-हुजुरीमा लागेकाहरुका चेतनाको स्तर शायद यतिकै हुँदो हो। अन्यथा, जापानका मन्डलेहरुले बुझ्थे होलान, विश्वसनियताको खडेरी परेको बखतमा धेरै कुरामा शँका लाग्ने गर्छ भनेर । मन्डलेहरुले बुझ्थे होलान आईन्दा देखि, कसैले ठूल्ठुला रकम चन्दा दिँदा पनि हाँसोको फोहरा छुटन सक्छ । नक्कली फर्जी धन्दाको सक्कली तुजुक त होईन भनेर। यस्तै बुझ्थे होलान अब देखि कसैले दीनदुःखीलाई भित्री हृदयदेखि चन्दा दिँदा पनि प्रशँसा नहुन सक्छ। किनभने विश्वसनियताको सँकटले चन्दा रकमलाई फर्जी धन्दाको कमाई हो भन्ने पार्न सक्छ। अनि कुनै समाजसेवी सँस्थाले साँच्चिकै समाजसेवी काम गरेको रहेछ भने पनि मान्छेले भेष्टेड ईन्ट्रेस्टहरु खोतल्न थाल्छन। कतिको विषालु छ विश्वासको सँकट भने हरियालीलाई पनि यसले उजाड मरुभूमिमा रुपान्तरण गर्न सक्छ। तर, चेतनाशुन्य मन्डलेहरुलाई यी कुनै कुराको मतलब छैन । बरु सँस्थाको विश्वसनियता भडखोलामा गए जाओस आफ्नो मान्छे भने जसरी पनि बचाउनु पर्ने रहेछ।

निर्देशक सिद्धान्तलाई नै हेर्नो हो भने एनआरएनका लागी कोही पनि निर्विकल्प छैन। डा. उपेन्द्र महतो आफैले पनि कुनै दिन अन्तर्राष्ट्रिय समितिबाट राजिनामा दिन सक्छन या छोडन सक्छन किनभने यो सँगठन हो र उनका ठाँउमा काम गर्न सक्ने अरु भएमा सँगठन आरामले चल्छ। सँगठन चल्ने मान्छेले होईन विचारले हो। तर, मान्छेको विश्वसनियता भने यहाँको कसीमा जहिले पनि तौलीने गर्छ। हो, विचारले नै भन्छ सँगठनका सबैजना पदाधिकारीहरु विश्वसनिय हुनुपर्यो। तर, ठूल्ठुला डीँग हाँक्नेहरु फर्जी निस्कँदा, र त्यस्ता फर्जीहरु माथि कार्यवाही नहुँदा खेरी भने सँस्थालाई नै अविश्वसनिय बनाउने गर्छ। डा. उपेन्द्र महतो स्वयम विना एनआरएन चल्दैन भन्ने सोच मात्र पनि हामी राख्न सक्दैनौँ । तर, आनाकानी र ढीलासुस्तीको जुन रुप हामीले डा.कुमार वस्नेतको शैक्षिक उपाधिका सँबन्धमा देख्यौँ, त्यसले भने फर्जी उपाधीधारीहरु भने एनआरएनका लागी नभईनहुने हुँदो रहेछ। यदी फर्जी उपाधिधारी डा. कुमार वस्नेत जस्ता अहिले पनि आईसीसीमै बसिरहने हो र तिनका ढाकछोपमा एनआरएन लाग्ने हो भने, एनआरएनको औचित्य समाप्त हुन्छ र यसलाई विघटन गरेपनि खासै फरक पर्दैन। होईन, एनआरएन साँच्चिकै देश विकासमा लाग्ने सँस्था हो भने, आफ्ना निर्देशक सिद्धान्त अनुरुप हिँडनु पर्छ र फर्जी कार्यमा लागेका तत्वहरुमाथि तुरुन्त कार्यवाहीको थालनी गर्नु पर्छ।

source: http://www.lokatantra.blogspot.com/
 
Posted on 05-02-07 10:15 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Continue hai. yo lekh haru ma ma dherai stariyata dekchhu . lagchha japan ma yo kura le tahalkai piteko chha. huna pani kura serious nai ho ni


डा. उपेन्द्र महतो अगाडीका प्रश्नहरु

एनआरएन जापानका पूर्व राष्ट्रिय सँयोजक तथा अन्तर्राष्ट्रिय समन्वय समितिका वर्तमान पदाधिकारी डा.(अहिले) कुमार बस्नेतको फर्जी कृयाकलापले एनआरएनको छविमा ठूलो आँच आएको छ। यस प्रकरण पश्चात एनआरएन फटाहा र फर्जीहरुको सँगठनको रुपमा देखिन थालेको छ। फर्जी काम गर्ने मान्छे अझैपदमै कायम रहनु र एनआरएन जापान भित्रका केही पदाधिकारीहरुका मिलोमतोमा "सामान्य गल्ती" मात्र हो भन्ने भ्रम पैदा गर्ने कोशीसले गर्दा नै आज एनआरएनको भविष्यमा प्रश्नचिन्ह उठेको हो। कुनै समाजसेवी सँस्थाले जहाँकुनै लाभको पद छैन र जहाँ कसैको जीविकाको प्रश्न जोडिएको छैन के समाजसेवीका नाममा धोखाधडीमा निर्लीप्त सँदिग्ध चरित्रका व्यक्तिलाई समाजसेवीको पगरीमा कायमै राख्न सुहाउँछ?

नेपाली डियास्पोरामा उठेको ठूलोप्रश्न हो यो डा. उपेन्द्र महतोलाई । डा. कुमार वस्नेतको पि.एच.डी.प्रकरणपश्चात र एनआरएनले कुनै कदम नचाल्नुका कारण जनमानसमा कतै डा. उपेन्द्रमहतोको विध्यावारीधि पनि शँकास्पद त छैन भन्ने कुराहरु यदाकदा नसुनिएका पनि होईनन। हुन पनि हो, कसैलाई यदि केही लुकाउनु छैन भने र यदि अन्य कोहीपनि शँकाको घेरामा छैन भने डा. कुमार बस्नेतलाई तुरुन्त एनआरएनका सबैसमितिहरुबाट वर्खास्त गर्नु पर्ने हो। होईन, डा. कुमार बस्नेत विरुद्धको आवाज राजनैतिक पूर्वाग्रहले ग्रसित छ, र यो बदलाको भावनाले प्रेरित छ भन्ने पट्टी डा. महतो लगायत एनआरएनका अन्य दिग्गजहरुलाई कसैले पढाएको छ भने यसले झन खराब सँकेत दिनेछ नेपाली डियास्पोरालाई। यस्तो अवस्थामा स्वाभाविक रुपमा डा. महतो लगायत अन्य ठुल-ठुला उपाधि धारकहरुका उपाधिकै सँबन्धमा पनि प्रश्न उठन सक्नेछ ।

कुमार वस्नेत पि.एच.डी.प्रकरण अहिले मात्र अगाडी आएको कुरा होईन। जापानमा रहेको नेपाली डियास्पोराका अन्य सँगठनहरुमा यस मुद्दाले शुद्धिकरण मात्र होईन कायापलट नै गरिदिएको छ । पदका लागी हानाथाप हुने समाजसेवी विध्यार्थि सँगठनमा अहिले अत्यन्त क्षमतावान नेतृत्वहरु सहजै चुनिएका छन । न कसैको विध्न छ न कसैको वाधा । न कसैलाई सोझा-साझा विध्यार्थिहरुका ई-मेल प्रयोग गर्दै कसैले गाली गरेका छन न कसैले कसैलाई मन्डले नै भनेका छन । यदि लोकतान्तृकहरु जहिले पनि राजनिति नै गर्ने र पदको हानाथापमा लाग्दो हो त फेरी पनि झगडा हुनु पर्ने हो र फेरी पनि विवाद चुलिनु पर्ने हो। यी सवका अभावले के देखाउँछ भने पदका लागी हानाथाप, पदका लागी नातावाद र पदका लागी राजनिति गर्नेहरु मन्डले समूह मात्रै थियो । हो, यसै मन्डले समूहको प्रदुषणलाई हटाए पछि नै जापानमा रहेको नेपाली डियास्पोराको ज्वलन्त सँस्थामा कायापलट भएको हो।

हामी सकार्छौँ, त्यस शुद्धिकरण प्रकृयाको नेतृत्व बहुमुखी प्रतिभाका धनी, मृदुभाषी लोकतान्तृक ब्यक्तित्व श्री अच्युत सापकोटाज्युले गर्नु भएको थियो। अच्युत सापकोटाजी लोकतान्तृक हुनु अनि उनका नेतृत्वमा प्रदुषणको सफाया हुनु र राजनितिबाट प्रेरित हुनु फरक कुराहरु हो। राजनितिबाट प्रेरीत भन्नेहरुले बुझ्नुपर्छ ज्ञानेन्द्रको जगजगी चलेको त्यो बेलामा जापान भरिका लोकतान्तृक विध्यार्थिहरुका नेतृत्व गर्ने अच्युत सापकोटाजी माथि नै केही शँकास्पद माफीयातन्त्रका मतियारहरुले हार्डकोर कम्युनिष्ट हो यो भन्दै ब्यापक रुपमा दुष्प्रचार र हमला गर्दै हिँडेका थिए । निरपराध नेपालीलाई माओवादी भन्दै सिधै गोली ठोक्ने ज्ञानेन्द्रको त्यो राजमा यस्तो राजनिति दुर्नियतले मात्र आउन सक्छ। यध्यपि, यस शुद्धिकरणको प्रकृयामा न अच्युत सापकोटाजीले राजनैतिक विभेदलाई प्रयोग गरे न कसैलाई निहित स्वार्थका लागी "युज" गरे। प्रयोग गर्यौँ हामीले त सिर्फ सत्यता र ईमान्दारीको।

तत्पश्चात एनआरएन जापान भित्रैपनि हामीले यस कुरालाई जोडदार रुपमा नउठाएका होईनौँ। सँस्थाको कुरो पत्रपत्रिकामा आउनु अगावै र सँस्थाको सार्वजनिक बदनामी हुनु अगावै भित्रैबाट निमित्याऔँ भनेर हामीले सो कुरा अगाडी राखेका थियौँ । हाम्रो त्यो आवाज एनआरएनकै बृहत्तर हितको लागी थियो र सँस्थाको उद्देश्य अनुरुप पनि । तर, खुराफाती दिमाग भएकाहरु भने अप्रत्यक्ष रुपमा हामीलाई सुनाउँथे, "तँलाई त्यसले जीवन भर छोडदैन भनेर" । हामीलाई हतोत्साहित गर्न फलाना मित्रले तपाईलाई यसो भन्यो, उहाँलाई विश्वास नगर भन्थे। मानौँ, हामी सब रोबोट हौँ र सोच्न सक्ने र बोल्न सक्ने उनीमात्र हुन । हाम्रो आवाज उठेपछि मन्डले समूह व्यापक रुपमा कुमार बस्नेतको वचाउमा लागेका थिए र उल्टो फर्जी कामका विरुद्ध लाग्ने हाम्रै विरुद्ध षडयन्त्रका गोटीहरु फिट गर्दै हिँडेका थिए । एक फोनमा भनौँ वा एक फ्याक्समा टूँगो लाग्ने चिजलाई महिनौँ लगाए पछि हामीले बुझ्यौँ, यहाँ समूह नै लागेको छ वचाव गर्न र समूह नै लागेको छ ढाकछोप गर्न ।

पैसावाल, सम्पर्कवाल र सँबन्धवालहरुका लागी फर्जी र फ्राड कुमार वस्नेत हामी भन्दा प्रिय हुन गएका थिए र उल्टो हाम्रै खेदो खनिन थालिएको थियो। सत्य बोल्दा खेरी कसको खेदो खनिएको छैन र? मानव ईतिहासको नमेटिने पाटो हो यो। त्यसैले, डा. उपेन्द्र महतोले बुझ्नु पर्छ अब उनकै सँगठनमा आवद्ध र उनकै सँगठनका शुभचिन्तक कुनै व्यक्तिलाई हतास गर्न अनुसन्धानका नाममा महिनौँ झुलाउने समूहले राजनिति गरेको छ कि कुरा उठाउनेहरुले ।

हेक्का रहोस, डा. महतोलाई राजनिति गर्नेहरु मात्र जुम्सो झैँ पदमा टाँसिएर बस्छन। त्यसैले, बुझ्नु पर्छ डा. उपेन्द्र महतोले, एनआरएनको छविमा धब्बा लगाउनेहरु यिनै राजनितिवाजहरु हुन कि सँस्थाभित्रको कुरा सँस्थामै टुँग्याऔँ भन्ने हामी। यिनै कुरा हुन आज डा. उपेन्द्र महतोले बुझ्नु पर्ने यदि यिनी पनि फर्जी होईनन भने। डा. कुमार वस्नेतको उपाधिका सँबन्धमा कुरा उठाएर हामीले एनआरएन भित्रको गलत प्रवृतिलाई उजागर मात्र गरेका हौँ । हामी विश्वस्त छौँ, हामीले सही काम गरेका छौँ र अधिकाँस नेपाली डियास्पोराका भावनालाई प्रतिनिधित्व गरेका छौँ। यसका बाबजुद पनि हामि लाई दागा धरिन्छ र हामिलाई छोडदैनौँ भन्दै हिँडछन भने डा. उपेन्द्र महतोले अब झन स्पष्ट रुपमा बुझ्नु पर्छ कस्ता मान्छे रहेछन अहिले एनआरएन जापानमा र एनआरएन आईसिसीमा भन्ने । यिनै हुन डा. महतो अगाडी तेर्सिएका तर एनआरएनको भविष्यसँग जोडिएका प्रश्नहरु।
 
Posted on 05-02-07 10:17 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

It is hitting headlines of nepalese blogger in japan.

मन्डलेको मानवीय त्रुटी

स्वच्छ छविका व्याख्याता र प्रयोगकर्ता महाराज ज्ञानेन्द्रले बुझ्नु पर्ने हो के-कस्ता कारणले २३८ वर्षको राजतन्त्र अहिले नेपालमा निलम्बित हुन गएको छ। राजा ज्ञानेन्द्रको एकल चश्मामा उनी जहिले पनि ठीक छन। उनले कहिले पनि मानवीय त्रुटी गरेका छैनन। जे पडकनु थियो त्यो पडकियो-कुरा खलास। तर, जनताले भने त्यसरी नसोच्ने रहेछ। जनताले बुझ्ने काईदा चैँ फरक हुने रहेछ। जनताले सोच्ने रहेछ पडकिँदा कस्ले फाईदा पायो। पुरा परिवारनै सखाप हुने गरि पडकिनुमा ज्ञानेन्द्रको हात छ या छैन, त्यो हामीलाई थाहा छैन। तर, नेपालको राजनैतिक यथार्थता के हो भने महाराज ज्ञानेन्द्र प्रति लक्षित धेरै प्रश्नहरु अझै अनुत्तरित छन। राजा ज्ञानेन्द्रले बुझ्नु पर्थ्यो, अनुत्तरित प्रश्न थुप्रिएको बेलामा स्वच्छ छविको कुरा गर्नु हुँदैन भन्ने।

तर, मन्डलेहरु हरेक ठाँउमा आफ्ना दुश्मनका रुपमा लोकतन्त्रवादीहरुलाई दागा धर्ने गर्दो रहेछन र जथाभावी बक्दै हिँडने रहेछन। लोकतन्त्रलाई बदनाम गर्ने प्रमुख हतियारका रुपमा यिनिहरुले व्यक्तिगत चरित्रलाई नै दाग्ने रहेछन र भन्ने रहेछन फलानोको छवि स्वच्छ छैन। फलाना चरित्रवान होईनन, दुष्चरित्र हुन । फलाना ईमान्दार होईनन, भ्रष्ट हुन । फलानाको वाउ कहाँ आन्दोलनमा परेर लोकतन्त्रका लागी जेलमा गएका हुन र? तिनि त भ्रष्टाचारका मुद्दामा पो जेलमा खाँदिएका हुन । फलानाले भ्रुण हत्या गरेको थियो, फलानोले भर्खरको मूनालाई पाशविक बलात्कार गरेको थियो । आफै न्यायाधिश, आफै वकिल र आफै अभियोगको शाक्षि । गर बदनाम लोकतन्त्रलाई गर बदनाम लोकतन्त्रवादीलाई। पैसावाल र पहुँचवाला मन्डले नै भएपनि तिनका भनाईलाई मान्ने र समर्थन गर्ने चेतै काँग्रेशीहरु पनि हुँदा रहेछन र बक्दै हिँडने रहेछन, ए भन तँ पैले के थिईस । आफ्ना फुफाजुका काला धन्दा नदेख्ने चेतैहरु, अन्यका फुफाजुलाई जथाभावि भन्दा रहेछन र आफ्ना भिनाजुको करतुत नबुझेकाहरु अरुका भिनाजुलाई पो अपराधि भन्दा रहेछन। अनि, मानवतस्करीको सँजालमा फसेका विध्यार्थिहरुका ई-मेल भने यि चैतै काँग्रेशी र मन्डलेहरुका लागी ठूलो वरदान बन्ने रहेछ-दागा धर्न, स्वच्छ छविको वखान गर्न र दाग लगाउन।

वास्तविकता यहि हो, जापानका मन्डलेहरुले चलाएको स्वच्छ छवि अभियानको । सत्य यही हो, लोकतन्त्रवादीले भोग्नु परेको नियतीको । तर, आज मन्डले नाँगो रुपमा खडा छ, तर पनि समाज चुपचाप बसेको छ । लाग्छ समाजलाई केही मतलबै छैन । अपराधी त ति हुन जस्ले राम्रो प्रगति गर्दै रहेको मान्छेलाई अप्ठेरोमा पार्यो। राम्रो प्रगति गर्नेहरुलाई अप्ठेरोमा पार्ने कामलाई कहाँ ठीक मान्छ यो समाजले। समाजलाई शुद्धिकरण गरिएको छ, तर पनि भन्दैन समाज यो शुद्धिकरण हो र यो विकृतिको वहिस्करण हो । नसकेका भए भन्थे होलान समाजले तँ जस्ताले के सक्नु। न तेरो चरित्र ठीक छ, न तेरो व्यवहार। तँ मर्नु र बाँच्नु बराबर छ। हुन पनि हो, पैसा नहुने, सँबन्ध नहुने र सँपर्क नहुनेहरु धेरैलाई जीवन निरस छ र निरर्थक छ। त्यसैले मन्डले नै भएपनि, फर्जी नै भएपनि पैसा छ भने हामीले भन्नु पर्छ उ मन्डले हो तर पनि उस्लाई धेरै गाली गर्नु हुँदैन। भन्थे सबैले, हामीले मन्डलेलाई वाँच्न दिनु पर्छ किनभने उ पहिले मानव हो । त्यसमा हाम्रो सहमती छ । तर, पढे-लेखेका मान्छेले नक्कली उपाधी बोक्दै हिँडदा पनि चुप लाग्ने हो र सानो गल्ती हो अब प्रश्न नउठाऔँ भन्ने हो भने हामीले अब धेरै ठाँउमा चुप लाग्नु पर्ने हुन्छ । निमहकिमले मान्छे मार्दा पनि हामी चुपचाप लाग्नु पर्छ र खलासीले बस घोप्ट्याउँदा पनि हामी चुपचाप लाग्नु पर्छ । अरु त अरु, गिरिजाका पियनले प्रधानमन्त्रिका कुर्सीमा बस्दा पनि हामी चुपचाप लाग्नु पर्छ । सफा गर्दा बस्यो होला, यार के टेन्सन लिने सानो मानवीय कमजोरी मात्र हो भन्दै । अनि आफुलाई लोकप्रिय अनलाईन पत्रिकाका तथाकथित सम्पादक भनाउँदाले भारत र चीनमा भन्दा नेपालमा अर्बपतिहरु बढे भन्दा पनि हामी चुपचाप लाग्नु पर्छ । किनभने यो लोकतन्त्रवादीहरुबाट भएको महागल्ती होईन, यो त एउटा विकासप्रेमी बिलियनरबादी मन्डलेको सानो मानवीय त्रुटी मात्र हो। टेबुलमा डेटा सार्दा हुन गएको सानो मानविय त्रुटी।

गरिसक्या छ, अब प्रश्न नउठाऔँ किनभने यो मानविय त्रुटीले मात्र भएको हो । कति सजिलो छ-आफ्ना अपराधलाई लुकाउन र छुपाउन । कति सजिलो छ द्वैध मापदन्ड अपनाउन । आफ्ना समूहका रहेछन भने जोगाउनका लागी ज्यान दिने रहेछन । र त्यसैले नै थाहा दिने रहेछन अन्य मन्डलेहरु को-को हुन भन्ने । यदि कुनै लोकतन्त्रवादीले गरेको होस त, निस्किसक्थ्यो विशेष सम्पादकिय र भनिसक्थ्यो यो पहिले देखि यस्तै थियो। भनिसक्थ्यो यो जन्मजात अपराधी हो । यसले पाँच वर्षको हुँदा बगली मारेको थियो, दश वर्षको हुँदा विश्वज्योतीमा टिकट ब्लयाक गर्थ्यो, पन्ध्रवर्षको हुँदा छिमेकीको छोरीलाई करणी गरेको थियो र विस वर्षको हुँदा वानेश्वरमा छुरा हानेको थियो । यो जन्मजात अपराधि हो र यस्ताको अपराधलाई कुनै हालतमा पनि सानो ठान्न मिल्दैन । वास्तविकता एकातिर छ, तर पहेँलोवादमा हुर्केका र जन्मेका मन्डलेहरु पीतपत्रकारीतामा लागिसकेका हुन्थे र कार्यव्यस्तताका कारण यसो एक-दुई दिन ब्लग नलेख्दा पनि चिच्याईसक्थे हेर यो यस्तै घटिया भएको कारण यस्को ब्लग पनि कसैले ह्याक गरिदिएछ भन्दै । अभियानै चलाउँथे होला यी मन्डलेहरुले तालीवानी शैलीमा झुन्ड्याउनका लागी र भन्थे होलान अब यसको विउ पनि राख्नु हुँदैन । मन्डलेहरु आफ्नै दाजुभाईका त बिउ राख्दैनन अन्यका के कुरा । आफ्नो अपराधलाई लुकाउन जुन सुकै स्तरमा पनि झर्ने र अरुको मानमर्दन गर्न जे पनि भन्ने। यही हो मन्डलेहरुका द्वैद मापदन्ड । अरुका समाचार दिने तर आफ्नो दिनुपर्दा ह्याक हुने । हँसायो जापानको यस फ्राड मन्डलेले ।

source: http://www.lokatantra.blogspot.com/
 
Posted on 05-02-07 10:20 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

dherai kura thaha paiyo. NRN malai pahilai dekhi tato na chharo ko sastha lagthyo. Double citizenship nai yini haru ko main dhyan ho. Fraud sala haru

मन्डलेको पर्दाफास र एनआरएन जापान

लोकतान्त्रीक आन्दोलनलाई जापानी भूमिबाट सहयोग गर्नु हामी केहीका लागी धेरै महँगो साबित हुन गएको छ। राजा ज्ञानेन्द्रको 'स्वच्छ छवि' अभियानले प्रभावित यि मन्डलेहरुले यस ब्लगमा लेखेकै आधारमा तत्कालीन मन्डले राजदुत डा.रमेशानन्द बैद्यको आडमा व्यापक चरित्र हत्या गर्दै जापानबाट लखेटने जस्ता धम्कीहरु पनि नदिएका होईनन। सम्मानित पेशामा रहेकाहरुलाई यसो गर्नुमा यी मन्डलेहरुले आफुले चलाईरहेका हाली-मूहाली र दबदबा कायमै राख्न खोज्नु हो भन्ने स्पष्ट छ। जापानी भाषा बिद्यार्थीका नाममा मोटो रकम उठाउँदै मानवतस्करीमा सँलग्न यी माफिया तथा मन्डलेलाई पैसावाल र पहुँचवाल भएकै आधारमा धेरैले समर्थन नगरेका पनि होईनन। आफुलाई काँग्रेसी भनाउदा र केही काँग्रेसि नेताहरुका नातेदारका हुक्के-बैठकेहरुले खुला रुपमा यिनका तलुवा पनि चाटन पुगेका थिए। राजा जोगाउन खोज्ने गिरिजा प्रवृतिकै अनुसरण गर्दै राजावादीहरुसँग गठजोड गर्ने यी तथाकथित लोकतन्त्रवादीहरुले बिद्यार्थीहरुका समाजसेवी सँगठनमा केही आवाज उठाएकै कारण कसैमाथि लान्छना नलगाउनु पर्ने र अनर्गल प्रचार नगर्नु पर्ने थियो। मन्डले नै त हुन, यिनीहरुले लोग्ने स्वास्नी बिचका पारिवारीक कुरा देखि लिएर बाबु-आमाका चरित्र माथि सम्म पनि यी मन्डलेहरुले प्रहार गरेका थिए।
मन्डलेहरुको एउटै मन्त्र हुन्छ र कार्यनिती पनि एउटै हुन्छ भन्ने कुरा जापानका बिद्यार्थीहरुका सँगठन भित्र हामीले स्पष्ट रुपमा देखेका थियौँ। मन्डलेतन्त्रलाई बलियो वनाउन राजा ज्ञानेन्द्र उता नेपालमा अपराधीहरुका जमातलाई 'स्वच्छ छवि'को पगरी गुथाउँदै थिए भने यता जापानमा रहेका मन्डलेहरु भने निष्कलँकित लोकतान्त्रीकहरुका पोशाकमा कालोपोतो लगाउँदै हिँडेका थिए। 'स्वच्छ छवि'का खोजीमा रहेकाहरु होस या चरित्रका सँबन्धमा लामा लामा वखान छाटदै हिँडनेहरु होस, दुबै आफै दागदार छन । आफै कलँकित रहेकाहरु वाहेक अन्यले अन्यका चरित्र र व्यवहारका सँबन्धमा कुरा गर्दैनन, गफ छाँटदैनन र दुष्प्रचार फैलाउँदैनन। यही हो, डा. कुमार वस्नेतको पी.एच.डी. प्रकरणले स्पष्ट पारेको कुरा।
यस परिवर्तनको जीवनका कटु यथार्थ हो-नेपालमा सत्य बोल्नु हुँदैन। नरहरी आचार्य जस्ता बौध्दीक नेतृत्वलाई जवर्जस्ती चुनावमा हराउन षडयन्त्र गर्ने भू-माफिया जग्गादलालहरु होस वा विकासका नाममा नातावाद लाददै भ्रष्टाचारमा निर्लिप्त रहने शैक्षिक माफियाहरु, यीनिहरुलाई परिवर्तनका तीतो र स्वाभिमानी कुरा कहिले पचेन। फलस्वरुप, आफ्ना आसेपासे, अनुगृहित समूह, साम्प्रदायीक तत्वहरु, दलालहरु र भ्रष्टहरुका सँजालको प्रयोग गर्दै परिवर्तन माथि जहिले पनि प्रहार हुँदै आएको छ। परिवर्तनको स्पष्टता, स्वाभिमान र कसैसँग नझुक्ने र नदब्ने आत्मसम्मानपूर्ण व्यवहारलाई माफियातन्त्रले जहिले पनि पहिलो निशानामा राखेको छ। तर, सत्य जतिगरे पनि नलुक्ने रहेछ र अन्तत त्यो प्रकट भई छोडने नै गरेको छ।
एनआरएन जापानबाट प्रतिनिधित्व गर्ने तथाकथित डा. कुमार वस्नेतका सँबन्धमा धेरै कुरा हामीले स्पष्ट रुपमा राखेका छौँ। जापान भरिका बिद्यार्थीहरुका छाता-सँगठनमा यिनले के-कस्ता विध्वँस मच्चाएका थिए र यिनलाई तह लगाउन हामीले कतिको दु:ख गर्नु पर्यो भन्ने हाम्रा पाठकहरुलाई थाहा नभएको पनि होईन। हाम्रो गल्ती एउटै मात्र थियो, त्यो के हो भने कुनै समाजसेवी सँगठनलाई कसैले आफ्नो खल्तीमा राख्न पाउँदैन भन्ने। सचेत बिद्यार्थी जमातले त हाम्रा कुरा मजाले समयमै बुझे। तर बुझ्न ढिलाई गर्यो एनआर एन भित्रका विकासवादी भनाउँदा डा. उपेन्द्र महतोले । हो, यसैको परिणाम हो धोखाघडी र फ्राड गर्दै हिँडने कुमार वस्नेत जस्ताले अहिले आफुलाई जोगाउने मौका पाएको।
एनआरएन जापान होस वा एनआरएन अन्तर्राष्ट्रिय समन्वय समिति, यो विदेशिएका नेपालीहरुले आफ्ना श्रम र दु:खले कमाएको रकमलाई नेपालको विकासमा योजनाबद्ध र सँस्थागत हिसावले लगाउन सकोस भन्ने उद्देश्यले जन्मेको सँस्था हो। हामी सीधासादा मान्छेले सर्सर्ती हेर्दा यस सँस्थामा पसेर न कसैले केही आर्थिक लाभ पाउने छन वा न कसैले कुनै पद। बरु, आफ्नो समय र पैसा दुबै खर्च गर्नु पर्ने वाध्यता छ यहाँ। तर पनि यस्तो सँस्थामा पस्न र बस्न हानाथाप हुन्छ र सँस्थाको नेतृत्वमा पुग्न जथाभावी शैक्षिक उपाधीहरु झुन्ड्याउँदै आफूलाई विद्वान देखाउने कोशिस गर्छन भने, डा. उपेन्द्र महतोले सोच्नु पर्छ एनआरएन कुन दिशामा जाँदैछ भन्ने। एनआरएनले राजनिति गर्नु हुँदैन र त्यो कुरा सत्य हो। तर एनआरएनले राजनितिको विरोधका नाममा लोकतान्तृक पद्धतीलाई पनि त्याग्न मिल्दैन।
सबैलाई थाहा भएकै कुरा हो डा. उपेन्द्र महतो रसियामा जन्मेका व्यक्ति होईनन। नेपालमा जन्मेर रसियामा अध्ययनका लागी पुगेका उनी पनि पहिले त्यहाँ बिद्यार्थी नै थिए। बिद्यार्थीहरुले कतिको प्रगति गर्न सक्दा रहेछन भन्ने हेर्न हामीले उनलाई मात्र हेरे पुग्छ। तर, यिनै उपेन्द्र महतो जब जापानमा एनआरएनको कार्यसमिति गठनका लागी आईपुगे, उनले मजाले सुने मन्डले उदगार," बिद्यार्थीहरुलाई कार्यसमितिमा राख्नु हुँदैन" भन्ने। अब, उपेन्द्र महतोले बुझ्नु पर्छ, डा. कुमार वस्नेतलाई जोगाउन खोज्ने अन्य जापानका मन्डलेहरु को-को हुन भन्ने।
समूद्रपारी डटकममा "बिध्यावारिधी बारे कुमार बस्नेतद्वारा क्षमायाचना"मा प्रकाशित समाचार भनौँ वा एनआरएन जापानको वक्तव्य भ्रमपूर्ण छ। डा. कुमार वस्नेतका सँबन्धमा एनआरएनको कुन मितिको र कुन बैठकमा कुरा उठेको हो,त्यसलाई टाईमलाईन तोकी डा. कुमार वस्नेतले धोखाघडी गरेका हुन वा होईनन,त्यसको किटानी हुनु पर्दथ्यो। तर, आफ्ना मान्छे परेका कारण मनग्गे समय दिने काममा एनआरएन जापानका केही मन्डलेहरु लागेका छन र उनले 'केही समय अगावै मात्र 'डा.' लेख्ने गल्ती गरे' भन्ने भ्रम उत्पन्न गरेको छ। यसले के देखाउँछ भने पैसा र सँबन्ध भएकै आधारमा एनआरएन जापान भित्रका केही मन्डलेहरु आफ्ना मन्डले सहकर्मी कुमार वस्नेतलाई जोगाउने पक्षमा छन।
डा. उपेन्द्र महतोले डा. कुमार वस्नेत माथि कार्यवाही गर्नु त छँदैछ यसको साथसाथै जापानको एनआरएन सँगठन भित्र हालीमूहाली चलाउँदै वसेकाहरुका गतिविधीलाई पनि नियन्त्रण गर्नु पर्दछ। जापानमा रहेका ठूलो तप्का अहिले पनि एनआरएनमा छैनन। एनआरएनमा रहेका यी मन्डले तत्वहरुका कारण धेरै लोकतन्त्रवादीहरुलाई एनआरएनमा प्रवेश गर्नु असहज मात्र होईन अप्ठेरो पनि छ। नेपालमा भएको लोकतान्तृक परिवर्तन अनुरुप एनआरएनको चरित्र पनि परिवर्तन नहुने हो र सिमित मन्डलेहरु मात्र समाजसेवाको रुप धारण गर्दै बस्ने हो भने एनआरएन 'पैसावालहरुको सँगठनमा' मात्र सिमित रहने छ। एउटा समाजसेवी सँगठनका लागी गुडविल र सामाजीक मान्यता कति जरुरत छ, त्यो हामीले डा. उपेन्द्र महतोलाई भनिरहनु नपर्ला। तसर्थ, एनआरएन जापानको वर्तमान गतिविधिमा अन्तर्राष्ट्रिय समन्वय समितिले हस्तक्षेप गर्नु र लोकतान्त्रीक पृष्ठभूमिका लोकप्रिय नेतृत्वलाई मौका दिनु अत्यन्त समय-सापेक्ष छ।
source: http://www.lokatantra.blogspot.com/
 
Posted on 05-02-07 11:11 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

you asssholes really dont have anything to do...you guys just cross others....you guys better go nepal and collect all shhitss around ratnapark, clean it up..and help improving the aesthetics of the valley....you MF have ffucckked many brains already....now stop commenting and complaining others.....let them do whatever they wanna do...just worry about yourself and put your ddickk where it needs to be......"TYPICAL NEPALI PAKHE" haru, stop crossing others and worry about your own......
 
Posted on 05-02-07 11:31 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Hi Mr. (my ber Miss or Mrs or May be Duplicate Doctor like basnet ) Contour,
what do you mean by "TYPICAL NEPALI PAKHE"?
It is clear that You are worried in this matters coz you have some fraud records like this Thug. Better you thug go to ratnapark and take your Fraud doctor friend with you. Best job to you people.
 
Posted on 05-02-07 11:33 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Hi Mr. (may be Miss or Mrs or May be Duplicate Doctor like basnet ) Contour,
what do you mean by "TYPICAL NEPALI PAKHE"?
It is clear that You are worried in this matters coz you have some fraud records like this Thug. Better you thug go to ratnapark and take your Fraud doctor friend with you. Best job to you people
 
Posted on 05-02-07 11:38 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Why you guys are replying this Contour(Joker) ?He has a superiority complex with psychological disorder.Ignore him.
 
Posted on 05-02-07 12:55 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

kukurpaalk, dherai jaso mandale haru lai psychological disorder le chyapeko chha aajbholi. yo pani testai testai parako bajraswath ho jasto chha.
 
Posted on 05-03-07 1:24 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 05-03-07 1:35 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Countour: "you guys just cross others"
Someone holding certain portfolios in organizations like NRN or Student Organization should understand the gravity of his fraud. So be aware who is crossing what?
 
Posted on 05-04-07 10:59 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ANESAS ko president yo manchhe pahila? Lazai lagyo. Ke chha hamro sajha ka sahitya premi sathi haru ko dharna?
tara ANESAS ko step thik chha.

अनेसास जापानका सल्लाहाकार बस्नेत पदमुक्त
समुन्द्रपारि सम्बाददाता
04 May 2007 11:33 am
4 views
टोकियो, जापान ,मे ५,००७- अर्न्तराष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) कापुर्व अध्यक्ष तथा वर्तमान सल्लाहाकार डा,कुमार बस्नेतको शैक्षिक योग्यता बारे उत्पन्न समाचारले संस्थाको मर्यादालाइ आंच पु-याएकोले वहालाई संस्थाबाट हटिदिन अनुरोध भएकोमा राजीना दिइ पदमुक्त हुनुभएको सो समाजले जनाएको छ ।


आज प्रेशीत जानाकारी अनुसार सो संस्थाका पुर्व अध्यक्ष तथा वर्तमान सल्लाहाकार डा,कुमार बस्नेतको शैक्षिक योग्यता बारे प्रसारित समाचार बारे स्वयंम बस्नेत ज्युले टोक्योमा हालै आयोजित सार्वजनिक सभाबाट माफी माग्दै सो बिषयमा आफ्नो गल्ति भएको स्वीकार गरेकोले संस्थाको मर्यादालाइ ध्यानमा राखी वहालाई संस्थाबाट हटिदिन अनुरोध भएकोमा राजीनामा दिनुभएको छ


शैक्षिक योग्यताको विषयलाई लिएर उत्पन्न भएको र यहाँले यसलाई मानवीय त्रुटीका रुपमा सार्वजनिक रुपमा स्विकार गरिसकेको परिप्रेक्षमा अनेसास, जापानले यसको संस्थागत मर्यादालाई कायम राख्न पर्ने भएकोले यहाँले यो सार्वजनिक पदबाट बाहिरिनु संस्थाको हित र मर्यादाप्रद हुने वताउदै राजीनामा दिइ पद मुक्त हुनुभएको हो।
Source: http://www.samudrapari.com/news.php?go=fullnews&newsid=414
 
Posted on 05-04-07 1:45 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Thanks koirala baje for bringing those articles and the blogsite into attention. I just visited http://lokatantra.blogspot.com/2007/05/blog-post_03.html
and I felt that KB does have no feel of shame on what he has done wrong.

------------------------------------------------------------------------


एनआरएनः ईमान्दारको या फटाहाहरुको?


फर्जी काम भनेको आफ्नो मर्जीले ढाकछोप गर्न नसकिने रहेछ। फलानोले पनि गर्यो त्यसैले मैले पनि गरेँ भन्ने जस्ता डा.(अहिले) कुमार बस्नेतका बेतुकका कुराले फर्जी चरित्रको वेवकुफीलाई झन टडकारो रुपमा देखाउने रहेछ। फलस्वरुप,डा. कुमार बस्नेत जस्ता फर्जीहरुलाई ससम्मान पदमा बहालै राख्न सहयोग गर्ने र समर्थन गर्ने ख्यातिप्राप्त, धनाढ्य एनआरएनका नेताहरुका गतिविधि र व्यक्तित्वमा पनि शँका उत्पन्न हुने रहेछ। जापान भित्रकाले मात्र होईन बाहिरकाहरुले पनि सुनियोजित रुपमा यस फर्जीलाई बचाउँदै हिँडेका रहेछन। फलस्वरुप, आज फर्जी डा.कु. बस्नेत गन्दैछ कुन कुन देशमा विदेशिएका नेपालीहरुका प्रकाशनले मेरो उपाधीलाई सक्कली भन्यो भन्दै। ठूलो अट्ठहास गर्दैछ फर्जी हेर मेरो विरुद्ध कसैले समाचार छापेन भन्दै र ठूलो अट्ठहास गर्दैछ फर्जी बेलायतकाहरुले मेरो प्रमाणपत्रलाई सक्कली भन्यो भन्दै। हामी भन्दैछौँ फर्जीका एउटा फर्जी कामले फर्जीका सबकुरा हरु फर्जी बनाईसक्यो। फर्जीका कुरा भन्दा विश्वासीलो त बरु लुते कुकुरको भुकाई छ अहिले। तथापि जति सक्दो हाँस्ने अधिकार भने फर्जीलाई छ है। आफ्नो समूहमा, आफ्नो प्रियतमा सँग र आफ्नो जमातमा हाँस्ने फर्जीहरुका पनि अधिकार छ। यदि भाडाका टट्टु र दलाल मन्डलेहरुले ताली पिटने हो भने फर्जीले हलै थर्काउन पनि सक्छ। दुई दिन अगाडी आफ्नै अनलाईन पत्रिकामा मैलै विध्यावारीधि गरेको छु भन्ने फर्जीको दावी दुई दिन पछि "क्षमा याचना"मा परिणत हुने र त्यसको दुईदिन पछि त्यो "क्षमा याचना" पनि अट्टहास र ललकार पो बन्ने स्थिति आएपछि हामीले पनि अब नयाँ ढँगले सोच्नु पर्छ। अब हामीले भन्नु पर्छ यो फर्जी, फर्जी रहेन, यो त अब फर्जी मात्र होईन, वहुरुपिया पनि हो।

मित्रहरुले नै छट्याए हुन्छ अब, फर्जीको बहुरुपिया रुप भन्दा खतरनाक चीज अरु केही होला त। जस्ले विश्वासको हत्या गरिसकेको छ, जस्ले उपाधीलाई मागी खाने भाडँो बनाईसकेको छ र जस्ले सम्पूर्ण उपाधीधारीहरुकै बेईज्जत गरिसकेको छ, त्यसको अब केही पनि विश्वास छैन। हामी त फर्जीका नजिक पनि पर्दैनौँ, तर फर्जीकै नजिकका मित्रहरुले सोच्नु पर्छ, यस्तो धोखाघडी गर्नेले अब हरेक चिजमा धोखा दिनसक्छ । यस्तो फर्जीले अब पाईला‍‍-पाईलामा षडयन्त्र गर्न सक्छ। सँगै खाना खाँउ भन्दै अर्कै चीज पनि ख्वाउन सक्छ र यीनका घरमा भोजको सादर निमन्त्रणामा कुटील षडयन्त्र पनि हुन सक्छ । फर्जी उपाधिका लागी व्यवसाय र प्राज्ञिकतासँग बेईमानी गर्ने फर्जीहरु नैतिक रसातलमा मात्र भासिएका छैनन, यिनिहरु विश्वासको गहिरो खाडलको तल्लो सतहमा पनि पुगिसकेका छन । तसर्थ, फर्जीको अहिलेको तथाकथित सक्कली भनिएको कुरा पनि खोटो हुन सक्छ र झुटो हुन सक्छ। फर्जीले गर्न नसक्ने चीज अब केही छैन। झन बहुरुपिया भएपछि र नवरसका प्रत्यके रसका विमोचक भएपछि त यसले जुनसुकै रुप पनि धारण गर्न सक्छ। कराउन सक्छ, चिच्याउन सक्छ र धुरुधुरु रुन पनि सक्छ। र भन्न सक्छ मलाई विश्वास गर है, म खराब मान्छे होईन, म पनि समाज सेवक हुँ । हँसायो फर्जीले।

एनआरएन जस्तो सँस्थामा फर्जीको उपस्थिति खतरानक छ। यो हामी होईन, नेपाली डियास्पोरा भन्दैछ। यसलाई नै काखी च्याप्दै राख्ने हो र यसकै पक्षमा तावेदारी गर्ने हो भने एनआरएन पूर्ण रुपमा फर्जी र बहुरुपियाहरुका सँगठन बन्न सक्छ। सत्य कुरा यही हो र तथ्य कुरा यही हो। धेरै सँस्थाहरुले फर्जी कामलाई ठम्याएका छन र फर्जी चरित्रलाई दुनियाँका सामु्न्ने उभ्याएका छन। महाशक्तिशाली राष्ट्र अमेरीकामा त्यहाँका एकजना राष्ट्रपतिलाई फर्जी काम गरेकै कारण सत्ताबाट घोक्रर्याईएको उदाहरण छ भने अर्को राष्ट्रपतिलाई ओभल अफिसमा गरेको कामका सँबन्धमा फर्जी बयान दिएकै कारण झन्डै-झन्डै हुत्याईएको छ। यसले के देखाउँछ भने सँस्थाको लागी व्यक्ति चाहे सर्वशक्तिमान राष्ट्र अमेरीकाकै सर्वशक्तिमान राष्ट्रपति नै किन नहोस, तिनिहरु पनि फर्जी छन भने घोक्रेठ्याकका हकदार बन्छन। तर, सत्तरी हजार कामदारका हाकिम र विकासवादी डा. उपेन्द्र महतोको अन्तर्रराष्ट्रिय समन्वय समितिमा भने सँस्था र सँस्थाको प्रतिष्ठाभन्दा पनि फर्जीहरुका सदस्यता नै महत्वपूर्ण हुने रहेछ। फर्जी हो यो! विश्वभरका नेपालीहरु भन्दै छन तर हाम्रा अग्रज डा. उपेन्द्र महतो भने कानमा तेल हाल्दै बसेका छन। ठीक छ डा. उपेन्द्र महतोलाई फर्जी चरित्र राम्रो लाग्छ र फर्जीलाई कायमै राख्ने ईच्छा छ भने हामी त्यो ईच्छाको पनि सम्मान गर्छौ। तर, डा. उपेन्द्र महतो, एकचोटी त भन्नुस एनआरएन ईमान्दारहरुको सँगठन हो की फटाहाहरुको?
 
Posted on 05-04-07 1:56 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

It is shame on KUMAR BASNET. Even he says he finished Phd I Don't think so. yasle lekhna thaleko ek barsabhanda dherai bhai sakyo ahile aayera MARCH ma phd gareko dekhiyo bhanera NRN le lekhnu. mandale haru lai dhak chhop garnu matra ho. whatever they say THE ARE JUST LYING ABOUT HIM. I DON'T THINK HE HAS ANY PHD YET !

EVEN HE JUST HOLD HE IS A LOOSER. HOW COME HE CAN WRITE DR. UNDER HIS NAME FROM THIS LONG. SHAME ON YOU !
 



PAGE: <<  1 2 3  
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 30 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
मन भित्र को पत्रै पत्र!
Guess how many vaccines a one year old baby is given
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
emergency donation needed
Travelling to Nepal - TPS AP- PASSPORT
Morning dharahara
nrn citizenship
जाडो, बा र म……
1974 AD Pinjadako Suga Remixed
Susta Susta Degree Maile REMIXED version
Elderly parents travelling to US (any suggestions besides Special Assistance)?
कल्लाई मुर्ख भन्या ?
ढ्याउ गर्दा दसैँको खसी गनाउच
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters