[Show all top banners]

Jawala
Replies to this thread:

More by Jawala
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 2]

Meetra

Nepali24
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 Pradeep Giri's Article - May 14th
[VIEWED 1409 TIMES]
SAVE! for ease of future access.
Posted on 05-14-07 12:00 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

- http://www.kantipuronline.com/kolnepalinews.php?&nid=109512

माओवादको सैद्धान्तिक आधार



प्रदीप गिरी


विचारको इतिहासमा अंग्रेजीमा आइडियोलोजी वा नेपालीमा वाद भनिने चिन्तन-धाराको चिनारीबारे ठूलो छलफल भएको छ । वाद वा आइडियोलोजीले एउटा साङ्गोपाङ्ग जीवनदृष्टिलाई सूचित गर्छ । एउटा खास किसिमको सामाजिक प्रणालीमा एउटा वाद अन्तर्गत थुप्रा विचारधारा प्रतिबद्ध रहन सक्छन् । एउटा वाद र आइडियोलोजीमा विभिन्न दृष्टिकोण गाभिएको हुनसक्छ । उदाहरणका लागि पुँजीवाद पनि लिन सकिन्छ । पुँजीवादको 'वादत्व' सर्वत्र एउटै छ । सबै थरीका पुँजीवादले केही मूलभूत मान्यता स्वीकार र संरक्षण गर्छ । पुँजीवादीको त्यस्तो वादत्व पहिचान निम्ति हामी निजी सम्पत्तिको पवित्रता, बजारको सम्प्रभुता, ब्याज र नाफाको अग्राधिकार आदि तत्त्व औंल्याउन सक्छौं । पुँजीवादको उपरोक्त दायराभित्र फेरि अनेकौं थरीका मतान्तर अटाउन सक्छन् । यस्ता मत विशेषलाई सिद्धान्त भन्न सकिन्छ । यस्ता मतलाई वाद भन्न सकिँदैन ।
कुनै विचारधाराले वादको संज्ञा प्राप्त गर्न त्यसले दर्शनशास्त्र, राजनीति र अर्थशास्त्रमा सर्वथा मौलिक र नवीन युगबोध -?) प्रतिष्ठा गरेको हुनु पर्नेछ । माओत्सेतुङले यस्तै गरे भन्ने माओवादीको दाबा छ । अर्कोतिर माओत्सेतुङको योगदानलाई सिद्धान्तका विचारमात्र भन्न सकिन्छ, वाद भन्न सकिँदैन

भन्ने तर्क छ । नेकपा -माओवादी) का सिद्धान्तकारहरू यथा मोहन वैद्य, डा. बाबुराम भट्टराईले 'माओवाद' का पक्षमा अनेकन लेख लेखेका

छन् । उता कमरेड मोहनविक्रम, कमरेड प्रकाश र डा महेश मास्के समेतले माओका शिक्षाका निम्ति विचारको संज्ञा उपयुक्त हुन्छ भनेर जिकिर गरेका छन् ।

चिन्तनको इतिहासमा रुचि नभएका व्यक्तिलाई उक्त बहस पट्यारलाग्दो र दुर्बोध्य पनि लाग्न सक्छ । तर वास्तवमा यो बहस विश्वको क्रान्तिकरण गर्ने क्रममा बडो सारगर्भित र शिक्षाप्रद छ । दुर्भाग्यवश, यताका वर्षमा हाम्रो राजनीतिबाट विचार लखेटिँदै छ । होइन भने बहस पुनरावलोकनमात्रले सामयिक नेपाली राजनीतिको अनेकौं अँध्यारो कुना आलोकित गर्नेछ । माओवादी यस समय नेपाली

राजनीतिको एक महत्त्वपूर्ण घटक भइसकेको छ । त्यस पार्टीको सोचाइ र संस्कार बुझ्न आज यसका विरोधीका निम्ति पनि आवश्यक छ । यसैले माओवादीका दार्शनिक-राजनीतिक प्रस्थापना हामीले बुझ्नै पर्छ ।

माओवादीको माओवादमात्र नेपालभित्र उत्पन्न भएको तथा झाङ्गएिको आयाम होइन । खासमा माओवादीको एउटा अन्तर्राष्ट्रिय संगठनै छ । अहिले प्रचण्ड, मोहनविक्रम र कमरेड प्रकाशद्वारा नेतृत्व गरिएका कम्युनिस्ट घटकहरू स्थापनाकालदेखि विभिन्न रूपमा त्यस आन्दोलनसँग सरोकार राख्थे । यी पार्टीका दस्तावेजमा त्यस्ता सरोकारको इतिहास पढ्न सकिन्छ ।

अत्यन्त जटिल प्रतिकूल अन्तर्राष्ट्रिय परिस्थितिमा आजको माओवादको जन्म र विकास भएको हो । सोभियत रूसको विघटन भइसकेको थियो । माओत्सेतुङको देहान्तपछि चीन पुँजीवादको बाटोमा

ढुक्क लम्केको थियो । त्यस्तो बेला पनि हरेस नखाई नेकपा -माओवादी) अगाडि बढेको डफ्फा हो । यसैले हामीले अर्थोक जे गरे पनि माओवादीका सैद्धान्तिक र राजनीतिक समझलाई हलुका रूपमा लिनु हुँदैन । नेपालका हकमा जंगल र भूमिगत जीवनको

अँध्यारोबाट उनीहरू सहरको झििलमिलीमा

हठात् प्रवेश गरेका छन् । यसले उनीहरूको आँखा तिरमिराएका छन् । यसैले उनीहरू अलमलिएकासमेत छन् । तर यस्तो अलमल-तिरिमिरीका बाबजुद

उनीहरूको खोज, संघर्ष र राजनीतिक समझलाई अवमूल्यन गरिन हुँदैन । यसको अर्थ उनीहरूको राजनीतिक समझदारी पूरै ठीक छ भन्ने होइन । त्यो छैन । अझ यी पंक्तिका लेखकका नजरमा त्यस्तो हुँदै-होइन । माओवादीको सोचाइ, संस्कार र विचारधारामा थुप्रा कमी-कमजोरी छन् । त्यसको संशोधन, परिष्कार र विकासको खाँचो छ । तर सात राजनीतिक दलका नेताले माओवादीको राजनीति र विचारधारा बुझ्न लापरबाही गर्नु एक प्रकारको आत्मघात हो । प|mेडरिक एवर्ट र अलेकजेन्डर करेन्सिकीको बाटोमा हिँड्न खोज्नु हो । यसो भयो भने इतिहासले यस्तो प्रवृत्ति र आजको नेतृत्वलाई क्षमा गर्ने छैन ।

कार्लमाक्र्सको जीवनको एउटा चर्चित प्रसंग छ । कुनै प्रशंसकले उनलाई 'माक्र्सवाद' का विषयमा जिज्ञासा गरे । माक्र्सले आत्तिएझैं गरेर त्यसको जानकारी नभएको बताएछन् । अझ उनकै शब्दमा भन्दा, अरूको जान्दिन, म भने पक्कै 'माक्र्सवादी' होइन है भने । कार्लमाक्र्सको व्यक्तित्व अनुरूपकै थियो, यो प्रतिवाद । कार्लमाक्र्सले आफ्नो विचार एउटा मतवादका रूपमा बढोस् भन्ने खोजेका थिएनन् । यसैले गर्दा माक्र्सको आफ्नो विचार-प्रणालीमा एक प्रकारको खुल्लापन छ । माक्र्स केही निश्चित आदर्शका निम्ति आजीवन संघर्षरत रहे । धेरै दुःख खेपे । आफ्ना विचारको विशेषता र महत्त्वबारे उनी विश्वस्तसमेत थिए । तर आफ्ना विचारलाई अलौकिक उपलब्धि भन्ने पक्षमा उनी थिएनन् । उनले आफ्ना निष्कर्षलाई अन्तिम, अकाट्य र निरपेक्ष कहिल्यै भनेनन् । उनी आफ्ना सिद्धान्तलाई 'धर्मसूत्र' का रूपमा सरलतापूर्वक व्यक्त गर्न सकिन्छ

भन्ने सोच्दैनथे । उनको अध्ययन र

लेखन शोधपरक, वैज्ञानिक र अन्तरिम किसिमको थियो ।

प्रारम्भमा कार्लमाक्र्स दर्शनशास्त्रका विद्यार्थी थिए । उनका प्रारम्भिक रचना दर्शनमा केन्दि्रत छन् । उनी हेगेल र फायरवाखबाट विशेष प्रभावित थिए । उनले फायरवाखबारे गरेका टिप्पणी बडा महत्त्वपूर्ण छन् । टिप्पणीमा उनले आजसम्मको दर्शनशास्त्रको भूमिका उल्लेख गरेका छन् । आजसम्म दार्शनिकहरूले दुनियाँलाई विभिन्न किसिमले अथ्र्याएका छन् । अब दुनियाँ बदल्नुपरेको छ । हाम्रो युगको वास्तविक कार्यभार दुनियाँ बदल्नु हो भन्ने उनको स्पष्ट र निश्चयात्मक अभिव्यक्ति छ । कार्लमाक्र्सको यो अभिव्यक्ति उनको सिङ्गो विचार-प्रणालीको आत्मा हो ।

दुनियाँ बदल्ने अठोटले उनलाई क्रमशः राजनीति र अर्थशास्त्रतर्फ डोर्‍यायो । जीवनका उत्तरार्द्धमा

उनी पूर्णतः अर्थशास्त्रमा केन्दि्रत भए । उनले 'पुँजी' भन्ने महान ग्रन्थ सिर्जना गरे । कार्लमाक्र्सका परवर्ती विचारकहरू विशेष गरेर एडम स्मिथ, डेविड रिकार्डोले तत्कालीन पुँजीवादको चरित्र अध्ययन र व्याख्या गरेका थिए । कार्लमाक्र्स उनीहरूका प्रशंसक थिए । तर उनीहरूका निष्कर्षसँग माक्र्स सहमत थिएनन् । एडम स्मिथ र रिकार्डोले प्रतिपादित गरेको शास्त्रीय अर्थशास्त्रमा पुँजी, भूमि, श्रम र उद्यमलाई सन्तुलनमा राख्न सकिने र राख्नुपर्ने जिकिर छ ।

शास्त्रीय अर्थशास्त्रमा पुँजीले ब्याज, भूमिले तिरो, उद्यमले नाफा र श्रमिकले ज्याला पाउँछन् । थोरबहुत हानथाप हुन्छ, तर सन्तुलन अनिवार्य छ भन्ने उनको विश्वास थियो । शास्त्रीय पुँजीवादको यस्तो हिसाब-किताबले माक्र्सको चित्त बुझेन । यस्तो वितरणमा माक्र्सले असन्तुलन र अन्यायसमेत देखे । उनले श्रमलाई उत्पादनको वास्तविक एवं प्रमुख शक्तिका रूपमा रेखांकित गरे । यसैक्रममा उनले 'श्रमको अतिरिक्त मूल्यको सिद्धान्त' प्रतिपादन गरे । राजनीतिमा वर्ग-संघर्षको अनिवार्यताउपर जोड दिए । पछि गएर अर्थशास्त्र र राजनीतिमा चुर्लुम्म डुब्दा पनि माक्र्सको दार्शनिक रुचि र गति कायमै रह्यो । उनले दर्शनका विषयमा स्वतन्त्र कृति लेखेको भने भेटिँदैन । उनका अभिन्न सहकर्मी प|mेडरिक एंगेल्सले अवश्य लेखे । एंगेल्सका दार्शनिक रचनाहरूले माक्र्सवादको दर्शनशास्त्रको जग बसायो ।

प्रथम महायुद्धपछि युरोपमा प्रजातान्त्रिक समाजवाद भनेर चिनिने धाराले दर्शनशास्त्र अध्ययन र विकासमा विशेष रुचि राखेनन् । उल्टो कोही-कोही माक्र्सका दार्शनिक प्रणाली र विशेष गरेर हेगेलीय द्वन्द्ववादका आलोचकसमेत भए । रूसमा नवजीवन प्राप्त गर्ने क्रममा माक्र्सवादको दर्शनशास्त्र अध्ययन परिमार्जित भयो । प्लेखानोव, लेनिन र स्टालिनले दर्शनबारे स्वतन्त्र कृति लेखे । दर्शनशास्त्रको ज्ञान नहुँदासम्म माक्र्सवाद ठीक बुझ्न सकिँदैन भन्ने लेनिनको स्पष्ट दृढोक्ति थियो । १९१४ तिर लेनिनले द्वन्द्ववादको महत्त्वप्रति विशेष जोड

दिए । द्वन्द्ववाद नबुझी माक्र्सवाद बुझन्िनसमेत भने ।

खासमा कार्लमाक्र्सका शिक्षालाई निश्चित सूत्रका रूपमा प्रस्तुत गर्ने काम पनि लेनिनले गरे । लेनिनले पहिलोपटक सरल भाषामा माक्र्सवादका तीन महत्त्वपूर्ण संघटक औंल्याए । जर्मनीको दर्शनशास्त्र, बेलायतको अर्थशास्त्र र प|mान्सको राजनीतिको वर्ग-संघर्षको निचोड

माक्र्सवाद हो भन्ने लेनिनको तेरिज आज बहुप्रचारित छ । कार्लमाक्र्सको चिन्तन संसारमा यस्तो सरल सूत्रीकरण थिएन ।

रूसमा सोभियत क्रान्तिपछि लेनिनका रचना र शिक्षा माक्र्सवादको आधिकारिक र प्रमुख रूपमा संसारभरि फैलियो । स्टालिनले लेनिनको शिक्षा झन् सरल

र सुगम शैलीमा प्रचार गरे । सोभियत रूसका प्रारम्भिक दशकहरू प्रेरक र प्रभावशील थिए । तदनुरूप त्यसैले दुनियाँभरि उनीहरूको शिक्षा लोकपि्रय माक्र्सवादको रूपमा प्रचारित एवं प्रसारित भयो । माओत्सेतुङले माक्र्सवादको प्रारम्भिक शिक्षा यसै परम्पराबाट प्राप्त गरेका थिए । तर माओत्सेतुङको विचार-प्रणालीलाई लेनिन वा स्टालिनको शिक्षाको चिनी भाष्य भन्न सकिँदैन । त्यसको आफ्नै मौलिकता छ । त्यसै मौलिकताबाट माओवाद जन्मेको हो ।

विश्वको कुनै पनि महान आन्दोलन र क्रान्ति पैंचो लिएको आदर्श र विचार-प्रणालीबाट सफल

हुन सक्दैन । अधिकांश आन्दोलन र क्रान्तिका संगठक विचार पैंचो लिन दच्किँदैनन् । तर उनीहरू राजनीतिको लक्ष्यमा पुग्न त्यसैले गर्दा झन् कठिन हुन जान्छ । माओत्सेतुङअघिका चीनका तत्कालीन शासक र क्रान्तिकारी पनि विदेशी विचारधारा र निर्देशनबाट

प्रत्यक्ष प्रभावित थिए । माओत्सेतुङले यस

प्रवृत्तिको उपहास गरे । उनलाई चीनको इतिहास, पुराण, संस्कृति र भाषाप्रति तीव्र अनुराग र श्रद्धा थियो । माओत्सेतुङले आफ्ना राजनीतिक लेखन र संघर्षमा चीनको र्ऊजस्वी र सिर्जनशील परम्परा साँच्चै राम्रो उपयोग गरेका थिए ।

चिनियाँ कम्युनिस्ट पार्टीको विकास र सफलतानिम्ति माओत्सेतुङको व्यक्तित्व र शिक्षा बडो महत्त्वपूर्ण

थियो । विश्वका इतिहास निर्मातामध्ये माओत्सेतुङको नाम सर्वदा आदरणीय रहनेछ । तर सबै इतिहास

निर्माता महान विचारक हुँदैनन् । क्रमवेल, जर्ज वासिङटन, अब्राहम लिंकन, नेपोलियन वा मुस्तफा कमाल पासालाई विचारकको संज्ञा दिन सकिँदैन । उनीहरूले एउटा युगको नेतृत्व अवश्य गरे ।

कतिपय युग पुरुष विचारक पनि थिए । जनश्रुतिका अनुसार चाणक्य यस्तै विचारक र कर्मयोगी थिए । यही कुरो शंकराचार्य, मार्टिन लुथर, लेनिन, गान्धी, माओत्सेतुङबारे ढुक्कसाथ भन्न सकिन्छ । सिंगो संसार र मानवताको दृष्टिकोणले माओत्सेतुङको शिक्षा कत्तिको मूल्यवान र प्रासंगिक छ भन्ने बहस भने जारी छ । यो बहस टुङ्गनिे बेला पनि भएको छैन ।

प्रचण्ड वा प्रचण्डपथका अनुसार माओवादले दर्शनशास्त्र, राजनीतिशास्त्र, अर्थशास्त्रमा गुणात्मक फड्को मारेको छ । कुनै समय माक्र्स र लेनिनले यस्तै काम गरेका थिए । यसैले उनका विचारलाई कम्युनिस्टले विचारधारा नभनेर लेनिनवाद भनेका छन् । माओत्सेतुङले यस्तै युगान्तकारी योगदान दिएका छन् । माओत्सेतुङ शिक्षालाई माओ-विचारधारा भनेर हुँदैन । यसलाई माओवादै भन्नुपर्छ । वादको संज्ञा प्राप्त गर्न सबै संघटक तत्त्व माओत्सेतुङका शिक्षामा छन् । आजको युगको क्रान्तिको समस्या माओत्सेतुङको शिक्षाले मात्र राम्ररी फुकाउन र सुल्झाउन सक्छ । यसरी तर्क गर्दै माओवादीका सिद्धान्तकारले अनेकपटक यसै आशयका लेख र दस्तावेज अघि सारेका छन् ।

माओवादको सर्वाधिक प्रभावशाली पक्ष

निश्चय उसको राजनीति हो । राजनीतिक

विकासक्रममा माओवादले दर्शन, अर्थशास्त्र,

सैन्यशास्त्रमा समेत महत्त्वपूर्ण योगदान दिएको छ । माक्र्सवादी परम्परा अनुरूपको दर्शनशास्त्रको

नौलो भाष्य पनि लेख्ने प्रयत्न गरेका छन् । माओवादको राजनीतिको विकास सोभियत संघको विकासक्रमसँग प्रत्यक्ष रूपमा गाँसिएको छ । १९५६ पछि अर्थात् रूसी कम्युनिस्ट पार्टीको बाह्रौं महाधिवेशनपछि सोभियत रूसमा नाटकीय घटनाक्रम भए । ख्रुस्चोभले स्टालिनको खैरो खने । माओका विचारमा रूस संशोधनवाद, उपभोक्तावाद र नयाँ किसिमको साम्राज्यवादतर्फ अग्रसर भयो । माओका अनुसार निकिता ख्रुस्चोभले महान बोल्सेभिक क्रान्तिलाई धोखा दिए । १९५७ को महाधिवेशनलगत्तै यी सारा कुरा उठेका थिएनन् । तर स्टालिनको त्यस्तो भत्र्सना र उच्छेदन माओत्सेतुङलाई मनपरेको थिएन । ७० को दशकमा रूस र चीनको महाविवाद दुनियाँले जान्यो र देख्यो । कतिपय अध्येताले त्यो महाविवादका व्यावहारिक कारण पनि औंल्याएका छन् । सत्य होला तर सिद्धान्तको परीक्षा गर्दा हामी त्यता ध्यान पुर्‍याउन सक्दैनौं ।

सांस्कृतिक क्रान्ति अघि र पछि पनि माओवादको मुख्य प्रस्थान-विन्दु सोभियत युनियनको विचलनै थियो । महान लेनिन-स्टालिनको त्यो क्रान्तिकारी धर्ती कसरी पथभ्रष्ट भयो ? यही थियो माओत्सेतुङको मुख्य प्रश्न । मरणोपरान्त स्टालिनको अपमान र उच्छेदन देखेर माओत्सेतुङ कदाचित आफ्नो उत्तराधिकार एवं ऐतिहासिक भवितव्यप्रति चिन्तित भए । त्योमात्र कदापि थिएन, चीनको नवनिर्माण थियो । चीनको नवनिर्माणप्रति सोभियत सर्वथा विमुख भइसकेको थियो । सोभियत सहायताको अभावमा चीन

विकासको बाटो के हुने कुरा बडो जटिल भएको थियो । सोभियत साम्यवादको उदाहरणप्रति माओत्सेतुङ धेरै अघिदेखि शंकालु थिए । अब शंकामात्र रहेन । उनी नयाँ मोडेल खोजी गर्नसमेत तम्सिए ।

माओले सोभियत रूसको विचलनको पृष्ठभूमिमा राजनीति, अर्थशास्त्र र दर्शनशास्त्रको सर्वथा नयाँ मूल्याङ्कन गरे । सोभियत राजनीतिले वर्ग-संघर्ष, राज्य, राज्य चरित्र, राज्य लोप हुने माक्र्सवादी मान्यतामा केही नौला विचार प्रतिपादन गरेको थियो । माक्र्सवादका अनुसार प्रत्येक राज्य वर्गीय हुन्छ । सोभियत शासकका अनुसार सोभियत रूसमा अब वर्ग-संघर्ष समाप्त थियो । त्यसैले वर्ग-संघर्ष पनि थिएन । सोभियत राज्य आमजनताको साझा राज्य थियो । यसबाट माओत्सेतुङलाई चित्त बुझेन । कम्युनिस्ट व्यवस्था आएपछि पनि वर्ग-संघर्ष जारी रहन्छ भन्ने माओको तर्क आयो । तदनुरूप माओत्सेतुङले सांस्कृतिक

क्रान्तिका क्रममा कम्युनिस्ट भइसकेको मुलुकमा पनि जनताको विद्रोहको अधिकार प्रत्याभूत हुनुपर्छ

भने । सांस्कृतिक क्रान्तिमा लाखौं विद्यार्थी एवं

तन्नेरीलाई राजनीतिमा हामफाल्न तयार गरियो । लाखौंको संख्यामा सडकमा झरे । माओको समर्थन क्रान्तिकारीको पहिचान बन्यो । रक्षामन्त्री, मार्सल लिन पियाओको संरक्षण र प्रेरणाले यो सम्भव भयो । मूलतः माओवादको शिक्षा जनविद्रोहको आह्वान थियो । माओत्सेतुङ त्यस समय सत्तारुढ पार्टीका अध्यक्ष थिए । तर उनी आफैंले नेतृत्व गरेको त्यस पार्टीको सरकार र सत्ताविरुद्ध विद्रोह गर्न आमजनतालाई आह्वान गरे । यस्तो उदाहरण इतिहासमा कमै होलान् ।

हाम्रो नेपालका सर्वोच्च नेता गणेशमान सिंहले झन्डै यसै किसिमको प्रयत्न गर्नुभएको थियो । उहाँको सैद्धान्तिक तयारी थिएन । असफल हुनुभयो । माओत्सेतुङलाई पनि सफल मान्न भने सकिँदैन । उनले अन्ततः सांस्कृतिक क्रान्ति समापनमा पुर्‍याउन

सेनाको खुल्ला सहायता लिनुपर्‍यो । व्यवहारमा सांस्कृतिक क्रान्ति असफल भयो । सिद्धान्ततः सांस्कृतिक क्रान्ति आज पनि सार्थक छ । नेकपा -माओवादी) यसैबाट प्रेरित भएको दाबा गर्छ । समाजवादमा जनताको विद्रोह गर्ने अधिकार सुनिश्चित रहने उनीहरूको आश्वासन छ । कसरी हुन्छ भन्ने उनीहरूसँग कुनै संस्थागत प्रत्याभूति छैन । यही आजको नेपालको माओवादको प्रमुख सैद्धान्तिक समस्या हो ।
 
Posted on 05-14-07 12:07 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

I like Pradeep Giri's articles. He is a good reader & writer. .....and also I know, he is real guffadi :D
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 7 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
nrn citizenship
जाडो, बा र म……
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters