[Show all top banners]

Birke
Replies to this thread:

More by Birke
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 Where is 30 Lakh Va Ru?
[VIEWED 4513 TIMES]
SAVE! for ease of future access.
Posted on 06-05-07 12:16 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Our corrupt leaders - BP to Gobinde!

http://www.kantipuronline.com/Nepal/smaran.php

जेलबाट रहिा हुनासाथ विश्वेश्वरप्रसाद कोइरालाले भारत प्रवासबाट सशस्त्र सङ्घर्षको उद्घोष गरे । भूतपूर्व सैनिकहरूलाई सङ्गठित गर्दै जनमुक्ति सेना गठन गरयिो । म पनि सोही क्रान्तिमा होमिएको थिएँ । "केटा हो, सशस्त्र क्रान्तिका लागि हतियार चाहिन्छ । हतियार किन्न पैसा कसरी जुटाउने

" गिरजिाप्रसाद कोइराला हामीसँग बारम्बार भनिरहन्थे । ब्याङ्क 'क्याप्चर' गर्ने कोसिस असफल भइसकेको थियो ।
नेपाल राष्ट्र ब्याङ्कका केही कर्मचारीमार्फत के थाहा लाग्यो भने विराटनगरबाट हरेक छ महिना बिराएर विमानमार्फत लाखौँ भारतीय रुपियाँ काठमाडौँ पुर्‍याइने रहेछ । 'मनी हाइज्याक' गर्ने निधो भयो । वसन्त भट्टराई, नगेन्द्र ढुङ्गेल र म सो 'मिसन' मा खटियौँ । २०३० असार २९ गते बिहान सवा ८ बजेको उडानमार्फत ३० लाख भारतीय रुपियाँ काठमाडौँ लैजान लागिएको सूचना पाइयो । माइतीघर चलचित्रका नायक सीपी लोहनी र नायिका माला सिन्हा सोही उडानमार्फत काठमाडौँ जाँदै थिए । हाम्रो आग्रहमा नायक/नायिकाले आफ्नो टिकट रद्द गरे । अनि, हामीले उनीहरूको टिकट लियौँ ।
नगेन्द्र विमानको मध्यभागको सीटमा बस्यो, रविल्भर देखाएर यात्रुलाई नियन्त्रणमा लिन । वसन्त र म ककपीटतर्फ गयौँ । म ककपीटभित्र छिरेँ । विमान उडेको १० मिनेटपछि तल कोसी नदी देखियो । मैले क्याप्टेन वैद्यको कञ्चटमा रभिल्भर राखेँ । सहचालकले मलाई समाते । "ए वसन्त भित्र आऊ त," मेरो आवाज सुनेर वसन्त भित्र छिर्‍यो । उसले सहचालकलाई पछि धकेल्यो ।
"ब्याङ्कको पैसा हासिल गर्न यो सब गरएिको हो, चुपचाप फारवीसगन्जतर्फ लैजानूस्," मैले क्याप्टेनलाई भनेँ । उनले विमान भारततर्फ मोडे । "वीरपुरबाट ढुङ्गा ढुवानी गर्ने एउटा रेलवे लाइन सोझै फारवीसगन्ज पुग्छ, रेलवे लाइन पत्ता लगाउनूस्," मैले भनेँ । आधा घण्टापछि रेलवे लाइन फेला पर्‍यो । क्याप्टेनले त्यसकै माथिमाथि जहाज उडाउन थाले । "एउटा ठूलो पोखरी र लगत्तै सिमलको रूख देखिन्छ, त्यही वरपर रातो झन्डा देखिनेछ," मैले यसो नभन्दै ती सबै दृश्य देखियो ।
गिरजिाबाबुले विनोद अर्याल र मनोहर िबराललाई रातो झन्डा बोकेर उभिन त्यहाँ खटाइसकेका रहेछन् । मैदान पनि देखियो । क्याप्टेनले झ्याप्पै विमान ओराले । माल राख्ने ठाउँमा १०/१० लाख भारतीय रुपियाँले भरएिका तीनवटा बक्सा थिए । पैसा लिएर हामी सोझै अररयिा भन्ने ठाउँमा गयौँ, जहाँ बीपी कोइराला पहिले नै पुगिसकेका थिए । त्यहाँबाट बङ्गालतर्फ लाग्यौँ, भागलपुरका भाइस चान्सलर देवेन्द्रप्रताप सिंहसँगै । बङ्गालको सीमामा पुग्दा हामी चढेको गाडी 'चेकिङ्' मा पर्‍यो । भारतीय सुरक्ष्ााकर्मीले भन्न थाले, "माल के हो साइड लगाऊ । " सबैको होसहवास उड्यो ।
तीनवटै बक्सा पछाडिपट्ट िथिए, जहाँ सुशील कोइराला बसेका थिए । उनले बक्सा फुटाएर पैसा झिकिसकेका रहेछन्, प्रहरीलाई घूस खुवाउन भनेर । मैले हत्तपत्त गाडीबाट उत्रिएर भनेँ, "ठीक छ भाइसाहब, चियापानीका लागि दुई-चार रुपियाँ दिउँला नि !" उसले अस्वीकारको मुन्टो हल्लाउँदै भन्यो, "त्यतिले हँुदैन, २० रुपियाँ लाग्छ ।" तत्काल २० रुपियाँ दिएर हामी रफुचक्कर भयौँ । दिउँसो २ बजेतिर सिक्किम पुगियो ।
१० लाख भारु रहेको एउटा बक्सा लिएर गिरजिाबाबु त्यसैदिन दार्जीलिङतिर लागे । पछि थाहा भो, गिरजिाबाबुले बीचबाटोमै बीएल शर्मा नामक ठेकेदारकहाँ लुकाएर राखेको छ लाख भारु प्रहरीले छापा मारेर जफत गरेछ । अर्को दिन हामी बीपीसँग पूणिर्या हुँदै पटना पुग्यौँ । त्यहाँ भाइस चान्सलर देवेन्द्रप्रताप सिंहकै घरमा बाँकी दुईवटा बक्सा लुकाइयो । त्यसपछि, सिताब तेहरास्थित भारतीय नेता जयप्रकाश नारायणको घरमा केही दिन बसेर बनारस हुँदै बम्बई पुग्यौँ र त्यहीँबाटै सबै छुट्टयिौँ ।
केही समयपछि प्रशस्तै राइफल, गि्रनेड र अन्य हतियारहरू नेपाल भित्रिए । साथमा कोइराला परविारका सदस्यहरूको अनुहारमा नयाँ चमक पनि देखिन थाल्यो । नेताहरू हामीलाई भन्ने गर्थे, "क्रान्तिकारीहरूले पढेर के हुन्छ र

क्रान्तिमा पो लाग्नुपर्छ । " उता शेखर, सशाङ्क, सुजाता सबै भारतमै थिए । पैसा प्रशस्तै भएपछि उनीहरूलाई महँगा स्कुल/कलेजहरूमा पढाउने तरखर सुरु भयो । बीपी र गिरजिाबाबुको व्यक्तिगत गाडी त थियो नै, पछि नोना, प्रकाशलगायत अरू पनि नयाँनयाँ गाडी चढ्न थाले । व्यक्तिगत प्रयोजनका लागि घर किन्ने काम भयो । नेताहरूको बास रहने ठाउँहरूमा महँगा फ्ल्याटहरू भाडामा लिन थालियो, वनारस, दिल्लीदेखि पटनासम्म ।
"हामीले त्यत्रो जोखिम मोलेर क्रान्तिका लागि रकम जम्मा गर्‍यौँ, यसरी दुरूपयोग गर्न मिल्ला र

" मैले सोझै बीपीसँग सोधेँ । उनले त उल्टै झर्किएर भने, "क्रान्तिमा यस्तो हुन्छ, तिमी अहिले मसँग यस्तो प्रश्न नगर ।" त्यसैताका ओखलढुङ्गामा हाम्रा धेरै साथी मारएि । त्यहाँ केन्द्रीय स्तरका कोही नेता उपस्थित थिएनन्, रसदपानी र पैसा पनि पुगेन । नेताहरू सुरक्षित आश्रयस्थलमा थिए ।
एकातिर नेताहरूको विलासी जीवन, अर्कोतिर साथीहरूको सहादत । "हामी त ज्यूज्यान छाडेर क्रान्तिमा होमिएका थियौँ, तपाईंहरूको यो के चाला हो

पैसाको हिसाब खोइ

" मैले यति भन्न सङ्कोच मानिनँ । काङ्ग्रेसमा बीपी र जीपीले पैसा खर्च गर्थे । त्यसको हिसाबकिताब माग्ने आँट कसैमा हुन्थेन । मेरो प्रश्न सुनेलगत्तै बीपीले ममाथि पार्टीगत कारबाही गरे । त्यसपछि नै हो मैले नेपाली काङ्ग्रेसको कोइराला परविारसँगको नाता तोडेको ।
प्रस्तुति : कुसुम भट्टराई
 
Posted on 06-05-07 1:18 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Hey Birke,
Thanks for posting that article. It shows how Nepali congress and its top leaders are involveed in organised corruption.
Not Only these days, they were involved in corruption from the begininng.

BP koirala and GP koirala + his family has made Nepali Congress as a corruption corporation where Koirala family are CEO and others leaders are the share holders.

The money from corruption goes to Koirala family in big chunk and reamaining money is distributed to its share holders,
i.e. other leaders and its active members.
 
Posted on 06-05-07 1:20 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

HERE IT GOES ANOTHER NEPALI CONGRESS CORPORATION KO KARTUT.!!!!!!!
This real story starts at 2048 B.S. when Nepali Congress was ruling Nepal with theirT majority in Nepal parliament and Nepal Rastriya Sabha. Almost 2/3rd seats were won by Nepali Congress party in the election which was held recently.

Mr. Girija Prasad Koirala in his state visit to India signed a treaty with India about couple of rivers of Nepal without the acknowledge of Nepal's other political party, Nepali Press, Nepali Public as well King Birendra. He gave full rights to India to use the water of those river. If some Nepali people in the border would use couple of hundred gallon water to irrigate their fields, it would be criminal act for Indian Government and Nepalese current government silently supported that.

IN ANOTHER WORDS, OUR PRIME MINISTER AND HIS PARTY SOLD OUR RIVERS TO INDIA.

I THINK YOU ALL WONDER HOW COME GOVINDA RAJ JOSHI, KHUM BAHADUR KHADAKA AND OTHER NEPALI CONGRESS LEADERS HAD BILLIONS OF NEPALESE CERRENCY SITTING IN THE BANKS ALL OVER THE WORLD.

OUR PRIME MINISTER GIRIJA'S DAUGHTER "MISS. SUJATA KOIRALA" HAS BELEIVED TO BE AT LEAST 20 ARAB NEPALESE CURRENCY IN VARIOUS INIDAN BANKS INCLUDING SWISS BANK.BELEIVE IT OR NOT!!!!!!!!!!llETS NOT TALK ABOUT PRIME MINISTER HIMSELF!!!!!! I WONT BE SURPRIZED IF HE HAS MORE MONEY THAN LALI PRASAD YADAV.

LET ME UNLOCK THE MYSTERY OF THE SECRETS OF THOSE LEADERS GETTING RICH!!!

oUR DEAR PRIME MINISTER SOLD RIVERS TO INDIA 15 YEARS BACK. THAT RIVER IS SUPPOSED TO GENERATE BILLIONS OF DOLLARS IF NOT TRILLION OF DOLLARS WORTH OF ELECTRICITY FOR NEXT 200-300 YEARS AS WELL ANOTHER TRILLIONS OF DOLLAR WORTH OF AGRICULTURAL PRODUCTS CAN BE PRODUCED FOR NEXT 200-300 YEARS BY IRRIGATING THE WATER FROM THAT RIVER.

Because of the corrupt Leader in Nepali Congress, Nepal couldnot benefit from those river. India does not pays a penny as a tax or royalty for using Nepalese rivers. Because they paid large chunk of money to Girija and his friends in Nepali congress to make a deal or in another word to buy these rivers.

THE FIGURE MIGHT LOOK TOO BIG AND UNBELEIVEBALE.BUT THAT IS THE TRUTH GUYS. WE ARE NOT TALKING ABOUT 10-12 YEARS USE OF THAT RIVER, THE ONE GIRIJA AND OTHER nEPALI CONGRESS LEADERS SOLD TO INDIA......WE ARE TALKING ABOUT THE USE OF THAT RIVER FOR ANOTHER 200-300 YEARS.

I WONDER HOE MUCH WOULD INDIA BENEFIT FROM THOSE RIVERS EEVNTHOUGH NEPAL DID NOT GOT A PENNY!!!!!!
 
Posted on 06-05-07 1:21 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

rather than calling Nepali Congress Party, we need to call them Nepali Congress Corporation PVT LTD
 
Posted on 06-05-07 1:28 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

bal bahadur gay bhai, timro pani chaak thokdela girija le...budo bhaye pani jawaan chha ajhai girija.....
 
Posted on 06-05-07 1:30 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Kina Girija le timro chhak thoke ko thiyo ra.....

It seems like Contour bro is getting tired of getting girijas doggy in his ASSSSSS

Dont worry bro...timi pani deu na baru yeso girija ko chauri parya chaak ma......
 
Posted on 06-05-07 1:54 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

देश लाई कसरी भ्रस्टाचारको जालो बाट निकाल्ने होला!
YCLले केही गर्छ कि! अली अली आशा पलाएको छ।
 
Posted on 06-05-07 3:05 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

balbahadur...timro ta purai family ko thokdeko jastai lagchha.....natra kinaho girja ko yastari pachhi lagya tatto na chharo sanga......timro chahi 3 pusta purai ko thokekai hunu parchha..
 
Posted on 06-06-07 12:34 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

It means Contour bro le admist agryo ki timilai girija babu le din dinai chaak hani rachha bhanera
 
Posted on 06-06-07 12:31 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

And people here were swearing on aristocracies of the King for getting refined honey and not paying electricity bills.
Democracy in Nepal is a massive propaganda to get rid of our Nepali identity and with it we will be marginalized with the Indian population.
Wake up people and start supporting the king. You might not get all the luxuries of life, but you can at least get peace.
Development is proportional to education and infrastructural development which needs time in a country like ours.
These politicians blamed the king for underdevelopment, but everything was going smoother before 1990. Lets get the kind back on power and with it we might be able to achieve gradual development and less corruption.
** I don’t want to talk about Maoists because they were never an option and will never be an option. They have done worse by killing innocent civilians. **
 
Posted on 06-10-07 1:59 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Where did she got all these money?
Ans: Corruption!!!!!!

प्रधानमन्त्री-पुत्रीको राजसी किनमेल

एक लाख ३४ हजारको ब्याग, ६० हजारको चस्  मा र ३४ हजारको पर्स !

थानेश्वर सापकोटा/शरण केसी

म्युनिख -जर्मनी)

जेठको दोस्रो साता जर्मनीको म्युनिखस् िथत व्यस्त म्याक्सिमिलियन स्टि्रटमा एउटी चर्चित नेपाली महिलाले भव्य 'सपिङ्' गरनि् । सिद्धान्ततः समाजवादी पार्टी नेपाली काङ्ग्रेसकी केन्द्रीय सदस् य एवम् प्रधानमन्त्री गिरजिाप्रसाद कोइरालाकी एक्ली पुत्री सुजाता कोइरालाको सो राजसी किनमेल देख्दा लाग्थ्यो, उनी कुनै राजकुमारी हुन् ।

युरोपेली र अमेरकिी धनाढ्यहरूले सामान खरदि गर्ने सो बजारमा उनले महँगो फेसन ब्रान्ड 'गुची' को सोरुमबाट सामान्य लाग्ने तर निकै महँगो 'लेडिज ब्याग' खरदि गरनि् । गुचीको सोरुमसम्म पुग्न उनी यति आतुर थिइन् कि त्यसका निम्ति करबि एक घण्टा त पैदलै हिँडिन् । उनले किनेको हाते ब्यागको मूल्य थियो, एक हजार पाँच सय ६० युरो -अर्थात् करबि एक लाख ३७ हजार रुपियाँ) । सोही पसलबाट उनले तीन सय ९५ युरो -करबि ३३ हजार सात सय ७० रुपियाँ) को 'लेडिज पर्स' पनि किनिन्, जुन नेपालीको वाषिर्क औसत आयभन्दा डेढ गुणाले बढी हो । दुईदिने म्युनिख बसाइका क्रममा उनले यहाँको अर्को महँगो पसल 'प्रो-अप्टिक' बाट छ सय ७२ युरो -करबि ६० हजार रुपियाँ) तिरेर दुईवटा 'सनग्लास' पनि किनिन् । जर्मनीको सयरमा उनी त्यही चस् मामा देखिन्थिन् -हेर्नुहोस्, तस्बिर) ।

सुजाताले किनेको गुची अत्यधिक महँगो ब्रान्डमध्ये एक हो । १८ औँ शताब्दीमा एक इटालियन छाला व्यापारीद्वारा स्थापित यो ब्रान्ड अहिले विश्वको दोस्रो ठूलो फेसन ब्रान्ड मानिन्छ । किन गुची नै ? आफूले गुचीका उत्पादनहरू लामो समयदेखि प्रयोग गर्दै आएकाले यसपटक पनि त्यही छानेको उनको भनाइ थियो ।

म्याक्सिमिलियन स्टि्रटकै गहना पसलबाट एउटा 'नेक्लेस' किन्ने ताकमा पनि थिइन् सुजाता । तर, हच्किइन् । विभिन्न हीराजडित सो नेक्लेसको मूल्य करबि १२ लाख रुपियाँ थियो, जुन आफ्नी छोरीलाई 'सरप्राइज गिफ्ट' दिन किन्ने सुरमा थिइन् उनी । "मेरी छोरी केही दिनमै बच्चा जन्माउँदै छिन् । मैले उनलाई सरप्राइज दिनुपर्नेछ," सुजाताले भनिन् । बर्लिन पुगेपछि उनले छोरीलाई त्यस्तै महँगो नेक्लेस किनेको नेपाली दूतावासका एक कर्मचारीले बताएका छन् ।

सुजाता कोइरालाको म्युनिख यात्रा कुनै औपचारकि कार्यक्रमका निम्ति भएको थिएन । अमेरकिा यात्रा सकेर आफू नितान्त पारविारकि भेटघाटका क्रममा यहाँ आइपुगेको उनको भनाइ थियो । मुख्य उद्देश्य थियो, छोरा आन्द्रेयस जोस्टलाई भेट्नु । तर, भित्री रूपमा उनका अरू धेरै भेटघाटहरू भएका थिए र साथमा भव्य किनमेल पनि ।

सुजातालाई अमेरकिामा छँदै नेपाली जनसम्पर्क समिति, युरोप शाखा गठन गर्न बर्लिनका रेस्टुराँ व्यवसायी दिल गुरुङले निम्ता पठाएको भनिएको थियो । तर, सुजाता स्वयम्लाई यसबारे खासै जानकारी थिएन । यद्यपि, उनको दुईदिने म्युनिख बसाइका क्रममा भएको चारतारे होटलको खर्च दिल गुरुङले नै बेहोरेका थिए ।

जेठ ८ गते बिहान म्युनिखको प|mान्स जोसेफ स्ट्राउस विमानस्थलमा अवतरण गरेकी सुजातालाई छोरा आन्द्रेयस र अन्य केही नेपालीले स्वागत गर्ने बताइएको थियो । तर, उनी दक्षिण जर्मनीका लागि नेपाली वाणिज्यदूत अलेक्जेन्डर काइजरको कारमा होटेलतर्फ लागिन्, जुन दृश्यबाट त्यहाँ पुगेका अन्य नेपालीहरू मात्र होइन, उनकै छोरा आन्द्रेयस पनि आश्चर्यमा परे ।

सामान्यतया कुनै पनि नेपाली कार्यक्रम र नेपालीहरूबीच उपस्थित हुन नरुचाउने काइजर सुजाताकोे स्वागतका लागि विमानस्थलसम्म पुग्नु आफैँमा अनौठो घटना थियो । तीन दशकदेखि लगातार नेपाली वाणिज्यदूत रहँदै आएका काइजरलाई तत्कालीन राजा वीरेन्द्र दम्पतीको म्युनिखमा भव्य स्वागत गरेकै कारण सो पद प्राप्त भएको थियो । वर्तमान राजा ज्ञानेन्द्रसँगसमेत उनको निकट सम्बन्ध छ । र, सायद अब उनी नेपालका कार्यवाहक राष्ट्रप्रमुख गिरजिाप्रसाद कोइरालासँग उनकी छोरीमार्फत सम्बन्ध विस् तार गर्न चाहन्छन् ।

म्युनिखको मुख्य स्टेसननजिकैको एट्लस होटल पुग्नासाथ सुजातासँग केहीबेर कुराकानी गरेपछि वाणिज्यदूत काइजर त्यहाँबाट बाहिरएिका थिए । सुजाता म्युनिख आइपुग्नु एक दिनअघि नै उनका राजनीतिक सहयोगी रमेश धमलालाई नेपालबाट झिकाइएको थियो । धमला सुजाताका नजिकका विश्वासपात्र मानिन्छन् । सुजाताले जर्मनीमा रहेका छोरालाई खर्च पठाउँदा धमला नै बाहक हुने गर्छन् । पछिल्लोपटक जर्मनी आउँदा आफूले नै सुजाताले पठाएको पैसा उनको छोरासमक्ष पुर्‍याएको धमलाले पनि स्वीकारे । तर, रकमको राशि भने उनले खुलाएनन् । धादिङ घर भएका धमला लामो समयदेखि सुजातानिकट रहँदै आएका छन् । सुजाता प्रमुख रहेको नेपाली काङ्ग्रेस विदेश विभागको सदस्य रहेका धमलाको पार्टी राजनीतिमा भने न्यून भूमिका छ ।

सुजाताले काठमाडौँबाट धमलालाई बोलाउनुको खास कारण अर्कै थियो । धमलाले त्यसै बेलुका चार सय किलोमिटर पर हाइडलबर्गबाट 'प्यारेन्ट्स चाइल्ड बि्रज' नामक संस्थाका प्रबन्ध-निर्देशक सिगमन्ड जिमरमानलाई म्युनिख निम्त्याएका थिए, जसको मुख्य उद्देश्य थियो, अन्तरदेशीय धर्मपुत्र-पुत्री ग्रहणमा नेपाल सरकारले लगाएको रोक खुलाउनु । भोलिपल्ट बिहान सुजाताले जिमरमानसँग होटलकै बैठक कक्षमा भेटिन् । केहीछिनको गोप्य वार्तापछि उनले आफ्ना बुबा प्रधानमन्त्री कोइरालालाई भनेर अन्तरदेशीय धर्मपुत्र-पुत्री ग्रहणमा लगाइएको रोक खोलिदिने आश्वासन दिएको स्रोतहरूको भनाइ छ । त्यसलगत्तै जिमरमान हाइडलबर्ग फर्किएका थिए । त्यस दिनभर िधमलाको सहयोगमा सुजाताले अन्य विभिन्न व्यक्तिहरूसँगसमेत भेटवार्ता गरनि्, जो धर्मपुत्र-पुत्री ग्रहण गर्ने विभिन्न संस्थासँग सम्बन्धित थिए । उनले सबैलाई सक्दो आश्वासनसमेत दिइन् ।

'प्यारेन्ट्स चाइल्ड बि्रज' लामो समयदेखि विदेशबाट धर्मपुत्र-पुत्री ग्रहण गर्ने काममा सक्रिय छ । खासगरी एसियाली मुलुकहरूबाट बालबच्चाहरू ल्याएर सन्तानहीन जर्मन आमाबाबुहरूलाई उपलब्ध गराउने पुलको काम गर्छ, सो संस् थाले । एक जर्मन अधिकारीका भनाइमा, सो संस्थाका गतिविधिहरू व्यावसायिक देखिए तापनि युरोपमा गरबि मुलुकहरूबाट बालबालिका ल्याएर बेचबिखन गर्ने प्रवृत्तिचाहिँ बढ्दै गएको छ, जसबाट यहाँका अधिकारीहरू चिन्तित छन् ।

धर्मपुत्र-पुत्री ग्रहणमा लगाइएको रोक खोलिदिने आश्वासन त्यहाँ पुगेर सुजाताले किन दिइन् ? प्रोटेस्टेन्ट चर्चसँगसमेत सम्बन्धित 'प्यारेन्ट्स चाइल्ड बि्रज' का प्रबन्ध-निर्देश्ाक जिमरमानसँग सुजातासँगको भेटबारे कुराकानी गर्न पटकपटक सम्पर्क गर्दा पनि उनले प्रतिक्रिया दिन चाहेनन् । तर, सोही संस् थाकी कार्यसमिति सदस्य श्रीमती होफनागेलले सुजातासँगको वार्तापछि अन्तर देशीय धर्मपुत्र-पुत्री ग्रहणमा नेपालले लगाएको रोक खुला हुनेमा आफूहरू आशावादी रहेको बताइन् । "हामी नेपाल सरकारको सकारात्मक निर्णयको प्रतीक्षामा छौँ," उनले भनिन् ।

सुजाता म्युनिखमै रहँदा नेपालमा भने काङ्गे्रसको भ्रातृ सङ्गठन नेपाल विद्यार्थी सङ्घको अधिवेशन चल्दै थियो, जसबाट आउने परण्िाामलाई लिएर उनी निकै चिन्तित देखिन्थिन् । कारण थियो, गगन थापाले नेविसङ्घ अध्यक्ष पदमा उम्मेदवारी दिने हल्ला । टेलिफोनमार्फत उनी कसैलाई हप्काउँथिन् र भन्थिन्, "अरू जेसुकै होस्, गगनले कुनै हालतमा पनि चुनाव जित्नु हुँदैन । त्यसका लागि तपाईंहरूले जेजे गर्नुपर्छ, गर्नूस् । बरु प्रदीप - पौडेल) ले जिते केही फरक पर्दैन । " नेविसङ्घ निर्वाचनकै प्रसङ्गमा उनले कम्तीमा पाँच जनासँग नेपालमा लामो फोनवार्ता गरेकी थिइन् ।

म्युनिख बसाइको दोस्रो दिन उनले छोरा आन्द्रेयससँग बिताइन्, दिनभर िनै । छोरालाई पकेट खर्चका लागि केही हजार युरो दिइन् । २८ वषर्ीय आन्द्रेयस जोस्ट म्युनिखको एउटा कलेजमा सूचना प्रविधिका विद्यार्थी हुन् । उनका बुबा एवम् सुजाताका जर्मन पति अहिले इजरायलमा बस्छन् ।

तेस्रो दिन बिहानै उनी धमलासँग म्युनिख विमानस् थलबाट बर्लिनतर्फ उडिन्, जहाँ नेपाली काङ्ग्रेसको युरोप जनसम्पर्क समिति गठन गर्ने कार्यक्रम थियो । म्युनिखदेखि बर्लिन र बर्लिनदेखि म्युनिखसम्मको सम्पूर्ण टिकट खर्च रेस्टुराँ व्यवसायी दिल गुरुङले नै बेहोरेका थिए । सुजाता बर्लिनको दुईदिने यात्रामा स्पान्डाउस्थित नेपाली राजदूतको निवासमा बसिन् । र, त्यहाँ उनले केही जर्मन राजनीतिकर्मीसँग भेटघाट पनि गरनि् । र, बर्लिनबाट म्युनिख, दिल्ली हुँदै काठमाडौँ फर्किइन् । धमला भने सुजाता उडेको दुई दिनपछि मात्र नेपाल फर्किए ।

सुजाताको जर्मनी सयरमा जेजस्तो राजसी ठाँटबाँठ देखियो, त्यसका निम्ति उनले खर्च गरेको र यसरी नै अन्यत्र पनि खर्चिने गरेको धनराशिको स्रोतचाहिँ के हो, के उनले यसको जवाफ दिन सक्छिन् ?
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 90 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration
What are your first memories of when Nepal Television Began?
निगुरो थाहा छ ??
Basnet or Basnyat ??
TPS Re-registration case still pending ..
Sajha has turned into MAGATs nest
NRN card pros and cons?
Nas and The Bokas: Coming to a Night Club near you
Will MAGA really start shooting people?
मन भित्र को पत्रै पत्र!
Top 10 Anti-vaxxers Who Got Owned by COVID
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
TPS Work Permit/How long your took?
Breathe in. Breathe out.
3 most corrupt politicians in the world
Guess how many vaccines a one year old baby is given
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
चितवनको होस्टलमा १३ वर्षीया शालिन पोखरेल झुण्डिएको अवस्था - बलात्कार पछि हत्याको शंका - होस्टेलहरु असुरक्षित
शीर्षक जे पनि हुन सक्छ।
Disinformation for profit - scammers cash in on conspiracy theories
Nas and The Bokas: Coming to a Night Club near you
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters